bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 30
1 Samuel 30
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 31 →
1
दुई दिनपछि दाऊद र तिनका मानिसहरू सिक्लगमा आइपुगे। अमालेकीहरूले यहूदाको दक्षिणमा छापा मारी सिक्लगमा आक्रमण गरेका थिए। तिनीहरूले आगो लाएर सहर भस्म पारेका थिए
2
र सबै स्त्रीहरूलाई कैदमा लिएका थिए। तिनीहरूले कसैलाई मारेका थिएनन्; तर जाँदाखेरि सबैलाई लिएर गएका थिए।
3
दाऊद र तिनका मानिसहरू आइपुग्दा तिनीहरूले सहर डढेर भस्म भएको र आफ्ना स्वास्नी छोरा-छोरीहरू लगिसकेका देखे।
4
दाऊद र तिनका मानिसहरू रुन थाले र पूरा नथाकेसम्म रोइरहे।
5
दाऊदका दुईटी स्वास्नी अहीनोम र अबीगेल पनि कैद गरी लगिएका थिए।
6
दाऊद ठूलो सङ्कष्टमा परे किनभने तिनका मानिसहरूले आफ्ना छोरा-छोरी हराएका कारणले तीतो अनुभव गरेका थिए र तिनलाई ढुङ्गाले हान्ने धम्की दिँदै थिए। तर परमप्रभु तिनका परमेश्वरले तिनलाई साहस दिनुभयो।
7
अहीमेलेकको छोरो अबियाथार पूजाहारीलाई दाऊदले भने, “मकहाँ एपोद ल्याउनुहोस्।” अबियाथारले त्यो ल्याए।
8
दाऊदले परमप्रभुलाई सोधे, “के म ती छापामारहरूका पछि जाऊँ? के म तिनीहरूलाई भेट्टाउन सकूँला?” उहाँले उत्तर दिनुभयो, “तिनीहरूलाई खेदेर जा, तैँले तिनीहरूलाई भेट्टाउनेछस् र कैदीहरूलाई छुटाउनेछस्।”
9
यसकारण दाऊद र तिनका छ सय मानिसहरू त्यहाँबाट हिँडे र बसोरको खोल्सा पुगे र कति जना त्यहीँ बसे।
10
चार सय जना मानिसहरू लिएर दाऊद अघि बढे तर अरू दुई सय जनाचाहिँ साह्रै थाकेर खोल्सामा पार गर्न नसक्ने भएका थिए र त्यहीँ बसे।
11
दाऊदका मानिसहरूले गाउँमा एउटा मिश्री ठिटोलाई भेटे र त्यसलाई दाऊदकहाँ ल्याए। तिनीहरूले उसलाई केही खानेकुरा र पानी दिए।
12
सुकाएको नेभारा र दुई झुप्पा किसमिस दिए। ती खाइसकेपछि त्यसको बल आयो। पूरा तीन दिन त्यसले केही खाएको थिएन।
13
दाऊदले त्यसलाई सोधे, “तेरा मालिक को हुन् र तँ कहाँबाट आएको होस्?” त्यसले जवाफ दियो, “म मिश्री हुँ, एक जना अमालेकीको दास हुँ। म बिरामी थिएँ र तीन दिनअघि मेरा स्वामीले मलाई छोडिराखे।
14
हामीले यहूदाको दक्षिणमा भएका करेतीहरूको देश र कालेबको इलाकामा छापा मार्यौं र सिक्लग डढाएर भस्म पारिदियौं।”
15
“के तँ मलाई ती छापामारहरूकहाँ पुर्याउँछस्?” दाऊदले त्यसलाई सोधे। त्यसले उत्तर दियो, “तपाईंले परमेश्वरको नाममा मलाई मार्नुहुन्न वा मेरा मालिकको हातमा सुम्पिदिनुहुन्न भनी प्रतिज्ञा गर्नुभयो भने म पुर्याइदिनेछु।”
16
र त्यसले दाऊदलाई तिनीहरूकहाँ पुर्यायो। छापामारहरू जहीँतहीँ छरिएर चारैतिर खाँदै-पिउँदै र उत्सव मनाउँदै थिए किनभने तिनीहरूले धेरै धन-सम्पत्ति पलिश्त र यहूदाबाट लुटेका थिए।
17
भोलिपल्ट मिरमिरे उज्यालो हुँदा दाऊदले तिनीहरूलाई आक्रमण गरे र बेलुकासम्म लडाइँ गरिरहे। ऊँटमा चढी भागिजाने चार सय जना केटाहरूबाहेक अरू कोही पनि भाग्न पाएनन्।
18
दाऊदले आफ्ना दुई स्वास्नीहरूसहित अमालेकीहरूले लगेका सबैलाई र वस्तुहरूको उद्धार गरे।
19
कुनै कुरा छोडिएन। दाऊदले आफ्ना सबै मानिसहरू, छोरा-छोरी र अमालेकीहरूले लुटिलगेका सबै सर-सामान फर्काए।
20
तिनले सबै भेडा-बाख्रा र गाई-गोरुका बथानहरू फर्काए र तिनका मानिसहरूले ती गाई-वस्तुहरू अघि लाएर यसो भन्दै लगे, “यी दाऊदका हुन्!”
21
त्यसपछि दाऊद ती दुई सय जनाकहाँ गए, जुनहरू दुर्बल भएर तिनीसित जान नसकी बसोरको खोल्सामा बसेका थिए। तिनीहरू दाऊद र तिनीसँग जानेहरूलाई भेट्न आए र दाऊदले तिनीहरूको छेउमा गएर तिनीहरूलाई अभिवादन गरे।
22
तर दाऊदसित जाने निच र बेकामका कति मानिसहरूले यसो भने, “यिनीहरू हामीसित गएनन् र हामी तिनीहरूलाई लुटका कुनै पनि धन दिनेछैनौं। तिनीहरू आ-आफ्ना स्वास्नी र छोरा-छोरीहरू लिएर जाऊन्।”
23
तर दाऊदले उत्तर दिए, “मेरा भाइहरू हो! परमप्रभुले हामीलाई जे दिनुभयो, त्यसलाई त्यसरी गर्नुहुन्न! उहाँले हामीलाई कुशल राख्नुभयो र आक्रमण गर्नेहरूमाथि विजय दिनुभयो।
24
तिमीहरूले भनेका कुरामा कोही राजी हुन सक्दैन। सबैले एकै प्रकारले बाँड्नुपर्छ। सामल-तुमल आदि थोकहरू कुरेर बस्ने र लडाइँको मैदानमा जाने सबैले बराबर हिस्सा पाउनेछन्।”
25
दाऊदले यस्तो एउटा नियम नै बनाए र त्यो दिनदेखि यता इस्राएलको त्यो नियम पालन गरिँदै आएको छ।
26
जब दाऊद सिक्लगमा फर्किगए, तिनले लुटका मालको केही हिस्सा आफ्ना साथी यहूदाका अगुवाहरूकहाँ यसो भनी पठाए, “परमप्रभुका शत्रुहरूबाट हामीले लिएका लुटको धनबाट यो इनाम तपाईंहरूलाई टक्र्याउँदै छौं।”
27
यसरी तिनले बेथेल, यहूदाको दक्षिण भागमा भएको रामोत-नेगेव र यत्तीर,
28
अरोएर, सिपमोत, एश्तमोमा
29
राकाल सहरहरू र यरहमेलीका वंश
30
अनि होर्मा, बोर-आशान, अत्ताक
31
र हेब्रोन सहरहरूमा भएका प्रजालाई ती इनामहरू पठाए। आफू आफ्ना मानिसहरूसित गएका सबै ठाउँहरूमा ती इनाम दाऊदले पठाए।
← Chapter 29
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 31 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31