bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 10
1 Samuel 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 11 →
1
त्यसपछि शमूएलले जैतुनको तेलको एउटा ढुङ्ग्रो लिएर शाऊलको शिरमा खन्याइदिए र तिनलाई म्वाइँ खाएर भने, “परमप्रभुले तिमीलाई आफ्ना प्रजा इस्राएलका राजा अभिषेक गर्नुहुन्छ। तिमीले उहाँको प्रजामाथि राज्य गर्नेछौ र तिनका सबै शत्रुहरूबाट रक्षा गर्नेछौ। परमप्रभुले तिमीलाई आफ्ना प्रजाको शासक चुन्नुभएको छ भन्ने कुराको प्रमाण तिमीलाई यो हुनेछ कि
2
आज मलाई छोडेर जाँदा तिमीले दुई जना मानिसहरूलाई बेन्यामीनका इलाकाभित्र सेल्सहमा भएका राहेलको चिहाननिर भेट्नेछौ। तिनीहरूले तिमीलाई भन्नेछन् कि तिमीहरूले खोज्दैगरेका गधाहरू पाइसके र तिम्रा बुबालाई तिनको बारे होइन तर तिमीहरूको बारेमा सुर्ता भएको छ र तिनले ‘मेरो छोरोबारे म के गरूँ?’ भनी सोधिरहन्छन्?
3
त्यहाँबाट गएर तिमीहरू तबोरको पवित्र रूखसम्म पुग्नेछौ, जहाँ तीन जना मानिसहरूलाई बेथेलमा परमेश्वरलाई बलि चढाउनका निम्ति जाँदैगरेका भेट्नेछौ। तीमध्ये एउटाले तीन वटा पाठा डोर्याएको हुन्छ। अर्काले तीन वटा रोटी बोकेको हुन्छ र तेस्रोसित दाखमद्यले भरिएको एउटा छालाको मशक हुनेछ।
4
तिनीहरूले तिमीहरूलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्, ती ग्रहण गर्नू।
5
त्यसपछि तिमीहरू गिबामा परमेश्वरको डाँडामा जानू, जहाँ एउटा पलिश्ती छाउनी छ। सहरको ढोकामा तिमीहरूले एक हुल अगमवक्ताहरूलाई वीणा, खैँजडी, बाँसुरी र सारङ्गी बजाएर डाँडाको वेदीबाट ओर्लंदै गरेका र अगमवाणी बोलिरहेका हुन्छन्।
6
परमप्रभुको आत्माले झट्टै तिमीलाई आफ्नो अधीन गर्नुहुनेछ र तिमीले अगमवाणी बोल्नेछौ र एक भिन्नै मानिस हुनेछौ।
7
यी कुरा भएपछि परमेश्वरले जस्तो अगुवाइ गर्नुहुन्छ, त्यस्तै काम गर।
8
तिमी मेरो अघि गिलगाल पुग्नेछौ। त्यहाँ म तिमीलाई भेट्नेछु र होमबलि र मेलबलि चढाउनेछु। म त्यहाँ आई तिमीलाई के गर्नुपर्छ, सो नबताएसम्म सात दिनसम्म पर्खिबस।”
9
जब शाऊल शमूएलबाट बिदा हुनलाई फर्के परमेश्वरले तिनलाई एउटा नयाँ स्वभाव दिनुभयो र त्यस दिन शमूएलले भनेका कुरा सबै दुरुस्तै पूरा भए।
10
जब शाऊल र तिनका चाकर गिबामा आइपुगे, एक हुल अगमवक्ताहरूले तिनलाई भेटे। झट्टै परमेश्वरको आत्मा तिनमा उत्रनुभयो र उनी तिनीहरूसित मिलेर अगमवाणी बोल्न थाले।
11
उनलाई पहिल्यै चिन्ने मानिसहरूले त्यसो गरेको देखेर आपसमा सोध्न लागे, “कीशका छोरालाई के भयो? के शाऊल अगमवक्ता भए?”
12
त्यहाँ बस्ने एक जनाले सोध्यो, “यी अरू अगमवक्ताहरू नि त? तिनीहरूका बुबा को हुन्?” यसरी यहाँबाट यो भनाइ सुरु भयो, “के शाऊल पनि अगमवक्ता भएका छन्?”
13
अगमवाणी बोलिसकेपछि शाऊल डाँडामाथिको वेदीमा गए।
14
शाऊलका काकाले शाऊल र तिनको चाकरलाई देखेर सोधे, “तिमीहरू कहाँ गएका थियौ?” शाऊलले उत्तर दिए, “हामी गधा खोज्दैगएका थियौं। ती नभेट्दा हामी शमूएललाई भेट्न गयौं।”
15
“अनि उनले के भने त?” काकाचाहिँले सोधे।
16
“गधाहरू पाइसकेका छन् भनी तिनले हामीलाई भने।” शाऊलले जवाफ दिए। तर तिनले काकालाई शमूएलले तिनलाई राजा हुनेबारे भनेका कुरा बताएनन्।
17
शमूएलले प्रजालाई एउटा धार्मिक सभामा मिस्पामा भेला गरेर भने,
18
“परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘मैले तिमीहरूलाई मिश्रबाट निकाली ल्याएँ र मिश्रीहरूका र तिमीहरूलाई सताउने सबै जातिहरूका हातबाट बचाएँ।
19
म तिमीहरूका परमेश्वर हुँ, जसले तिम्रा सारा दु:ख र कष्टबाट तिमीहरूलाई रक्षा गर्छ। तर आज तिमीहरूले मलाई अस्वीकार गर्यौ र आफ्नो लागि मबाट एउटा राजा माग्यौ। अब परमप्रभुको सामुन्ने तिमीहरू कुल-कुल र गोत्र-गोत्र गरी भेला होओ।”
20
तब शमूएलले हरेक कुललाई अघि आउन अह्राए र परमप्रभुले बेन्यामीन कुललाई चुन्नुभयो।
21
त्यसपछि शमूएलले बेन्यामीन कुलका परिवारलाई अघि आउन अह्राए र मत्रीको परिवार चुनियो। त्यसपछि मत्री परिवारका पुरुषहरू अघि आए अनि कीशको छोरो शाऊल चुनिए। तिनलाई तिनीहरूले खोजे तर नपाएर,
22
परमप्रभुलाई सोधे, “के अझै अरू कोही छ?” परमप्रभुले उत्तर दिनुभयो, “शाऊल त्यहाँ खानेकुरा राखेका ठाउँको पछि लुकेको छ।”
23
त्यसरी तिनीहरू दगुरेर गए र शाऊललाई निकालेर मानिसहरूका माझमा ल्याए र तिनीहरूले देखे कि सबै जना तिनको कुमभन्दा होचा थिए।
24
शमूएलले प्रजालाई भने, “परमप्रभुले चुन्नुभएको मानिस यी नै हुन्! यिनीजस्ता अरू कोही हाम्रा माझमा छैनन्।” सारा प्रजाले नारा लगाए, “राजा दीर्घायु होऊन्!”
25
शमूएलले राजाका अधिकार र कर्तव्य प्रजालाई बुझाइदिए र ती एउटा किताबमा लेखेर पवित्र स्थानमा राखिदिए। त्यसपछि तिनले सबैलाई घर पठाइदिए।
26
शाऊल पनि गिबामा आफ्नो घर गए। कति जना बलिया मानिसहरू, जसका हृदय परमेश्वरले छुनुभएको थियो, तिनीसित गए।
27
तर कति जना बेकामका मानिसहरूले भने, “कसरी यस मानिसले हाम्रो भलाइ गर्ला?” तिनीहरूले शाऊलको निन्दा गरे र उनलाई कुनै भेटी दिएनन्।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31