bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 18
1 Samuel 18
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 19 →
1
शाऊल र दाऊदको बातचित सकियो। त्यस दिनपछि शाऊलको छोरा जोनाथन दाऊदसँग आत्मामा एक भए र तिनले दाऊदलाई आफैंलाई झैँ प्रेम गर्न लागे।
2
त्यस दिनदेखि शाऊलले दाऊदलाई आफ्नोसाथमा राखे र घर फर्कन दिएनन्।
3
दाऊदलाई गहिरो प्रेम गर्न लागेकोले जोनाथनले तिनीसित सदासर्वदा मित्रता राख्ने किरिया खाए।
4
आफूले लगाएको लबेदा खोलेर तिनले दाऊदलाई दिए साथै आफ्ना तरवार, धनु र पेटी पनि तिनलाई दिए।
5
शाऊलले गर्न पठाएका हरेक विशेष काममा दाऊद सफल भए र शाऊलले तिनलाई आफ्ना सेनामा अधिकृत नियुक्त गरे। त्यसो भएपछि शाऊलका सारा सैनिक वर्ग र अधिकृतहरू खुसी भए।
6
जब दाऊद गोल्यतलाई मारेर फर्किरहेका थिए अनि सिपाहीहरू घर फर्किरहेका थिए, तब सबै सहरहरूबाट स्त्रीहरू शाऊल राजालाई भेट्न निस्किआए। तिनीहरू आनन्दले गाउँदै, नाच्दै र वीणा, खैँजडी बजाउँदै थिए।
7
प्रशंसा गर्दै तिनीहरूले यसरी गाउँदै थिए, “शाऊलले हजार-हजारलाई मारे; तर दाऊदले लाख-लाखलाई मारे।”
8
त्यो शाऊललाई मन परेन र तिनी औधी रिसाए। तिनले भने, “दाऊदको लागि तिनीहरूले लाख-लाख मार्यो भन्ने दाबी गर्दै छन्; तर मलाई चाहिँ हजार-हजार मात्र। अर्को पालि त तिनीहरूले उनलाई राजा पनि बनाउलान् नि!”
9
र त्यस दिनदेखि तिनले दाऊदसँग ईर्ष्या र शङ्का गर्न लागे।
10
भोलिपल्ट परमेश्वरतर्फको एउटा दुष्टात्माले शाऊललाई पक्र्यो र तिनी घरैमा पागलजस्तो चिच्च्याउन लागे। दाऊद हरेक दिनझैँ वीणा बजाइरहेका थिए। शाऊलले हातमा भाला लिएका थिए।
11
“म त्यसलाई भित्तैमा टाँसिदिनेछु,” भनी शाऊलले मनमा सोचेर दुईपल्ट दाऊदलाई भालाले हाने र दुवैपल्ट तिनी छलिएर बाँचे।
12
शाऊल दाऊदसित डराउँथे किनभने परमप्रभु उनीसित हुनुहुन्थ्यो; तर शाऊललाई चाहिँ त्याग्नुभएको थियो।
13
यसकारण शाऊलले दाऊदलाई दरबारबाट निकालेर हजार सैनिकहरूमाथि कप्तान नियुक्त गरिपठाए। दाऊदले आफ्ना सैनिकहरूलाई लडाइँमा अगुवाइ गरे
14
र आफ्ना हरेक काममा सफल भए किनभने परमप्रभु तिनीसित हुनुहुन्थ्यो।
15
शाऊलले दाऊदको सफलता देखे र तिनीसित अझ धेरै डराउन थाले।
16
तर दाऊद सफल अगुवा भएको कारणले इस्राएल र यहूदाका हरेक व्यक्तिले तिनलाई प्रेम गर्थे।
17
तब शाऊलले दाऊदलाई भने, “मेरी जेठी छोरी मेराब यहाँ छे। म त्यसलाई तिम्री स्वास्नी हुन दिनेछु; तर शर्त यो छ कि साहस र भक्तिसाथ तिमीले मेरो सेवा गर्नुपर्नेछ र परमप्रभुका लडाइँहरू लड्नुपर्नेछ।” यस्तो भएपछि पलिश्तीहरूले दाऊदलाई मार्नेछन् र म आफैंले त्यसलाई मार्नुपर्दैन भनी शाऊलले सोचेका थिए।
18
दाऊदले उत्तर दिए, “म को हुँ र मेरो परिवार के हो कि म राजाका ज्वाइँ हुन सक्छु?”
19
तर मेराबलाई दाऊदसित पठाइदिने बेलामा त त्यसलाई एक जना महोलामा बस्ने अद्रीएल नाम गरेको मानिसलाई पो दिइहाले।
20
तर शाऊलकी छोरी मीकलले दाऊदलाई प्रेम गर्न थाली। त्यो सुनेर शाऊल खुसी भए।
21
तिनले आफ्नो मनमा सोचे, “म मीकल दाऊदलाई दिनेछु। दाऊदलाई पासोमा पार्न म मीकललाई काममा ल्याउनेछु र त्यो पलिश्तीहरूद्वारा मारिनेछ।” यसकारण दोस्रोपल्ट शाऊलले दाऊदलाई भने, “तिमी मेरो जुवाइँ हुनेछौ।”
22
तिनले आफ्ना भारदारहरूलाई दाऊदसित कुरा गरेर यो कुरा सुटुक्क भन्ने आज्ञा दिए, “राजा तिमीसित प्रसन्न छन् र उनका सबै भारदारहरूले तिमीलाई मन पराउँछन्। तिमीले राजाकी छोरीसित विवाह गर्ने यो असल समय हो।”
23
त्यसरी तिनीहरूले दाऊदलाई भने र तिनले यस्तो उत्तर दिए, “राजाका ज्वाइँ हुन ठूलो इज्जतको कुरा हो। मजस्तो दरिद्र र क्षुद्रको लागि त्यो अति महान् र हुनै नसक्ने कुरा हो।”
24
दाऊदले के भनेका थिए, त्यो कुरा भारदारहरूले शाऊललाई सुनाए।
25
शाऊलले तिनीहरूलाई दाऊदलाई (यसरी भन्न लाए, “बेहुलीका दामका मूल्यका रूपमा राजाले तिमीसित आफ्ना शत्रुहरूसित बदला लिन एक सय पलिश्तीहरूका खलडी मात्र चाहन्छन्।” यसरी शाऊलले दाऊदलाई पलिश्तीहरूका हातबाट मार्न लाउने उपाय गरेका थिए।)
26
शाऊलका भारदारहरूले राजाले भनेका कुरा दाऊदलाई सुनाए, उनी राजाका ज्वाइँ हुने विचारले रमाए। विवाह हुनुअघि
27
दाऊद र तिनका मानिसहरूले गएर दुई सय पलिश्तीहरूलाई मारेर तिनका खलडीहरू राजाकहाँ पुर्याएर तिनका सामुन्ने गन्ती गरिदिए र राजाका ज्वाइँ हुने अनुमति मागे। यसरी शाऊलले आफ्नी छोरी मीकलको विवाह दाऊदसित गरिदिए।
28
परमप्रभु दाऊदसित हुनुहुन्छ र मेरी छोरी मीकलले पनि दाऊदलाई प्रेम गर्दिरहिछ भनी शाऊलले सफासित बुझे।
29
यसकारण तिनी दाऊदसित अझ धेरै डराउन लागे र आफ्नो जीवनभरि दाऊदसित दुश्मनी गरे।
30
पलिश्ती सेनाहरू आएर लडाइँ गर्थे; तर हरेक लडाइँमा दाऊदले शाऊलका अरू अधिकृतहरूभन्दा बढी सफलता पाउँथे। त्यसो हुँदा दाऊद खुबै प्रसिद्ध भए।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31