bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 23
1 Samuel 23
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 24 →
1
पलिश्तीहरूले कीलाह सहर हमला गरेका र नयाँ काटेका अन्न चोरेका खबर दाऊदले सुने।
2
तिनले परमप्रभुलाई सोधे, “के म गई पलिश्तीहरूलाई हमला गरूँ?” परमप्रभुले उत्तर दिनुभयो, “हुन्छ, गएर तिनीहरूमाथि आक्रमण गर् र कीलाह सहर बचा।”
3
तर दाऊदका मानिसहरूले तिनलाई भने, “यहाँ यहूदामा हामीले डर मान्नुपर्ने कुराहरू धेरै छन्। कीलाहमा गई पलिश्ती सेनामाथि आक्रमण गर्नु अझ गाह्रो हुनेछ।”
4
यसकारण दाऊदले फेरि परमप्रभुसित सल्लाह लिए र परमप्रभुले तिनलाई भन्नुभयो, “गएर कीलाहमाथि आक्रमण गर् किनभने म तँलाई पलिश्तीहरूमाथि विजय दिनेछु।”
5
यसकारण दाऊद र तिनका मानिसहरू कीलाहमा गए र पलिश्तीहरूमाथि आक्रमण गरे। तिनीहरूले धेरै पलिश्तीहरूलाई मारे र तिनका गाई-वस्तु हात पारे। त्यसरी दाऊदले त्यस सहरको रक्षा गरे।
6
अहीमेलेकको छोरा अबियाथार भागेर गई दाऊदसित कीलाहमा मिलेको बेलामा तिनले एपोद आफूसँग लगेका थिए।
7
दाऊद कीलाहमा गएको कुरा शाऊललाई भनियो र तिनले भने, “परमेश्वरले त्यसलाई मेरा हातमा दिनुभएको छ। पर्खालले घेरेको र सुरक्षित ढोका भएको सहरमा गई दाऊदले आफैंलाई पासोमा पारेको छ।”
8
यसकारण शाऊलले आफ्ना सेनालाई लडाइँको निम्ति भेला गरे र कीलाहमाथि आक्रमण गरी दाऊद र तिनका मानिसहरूलाई घेरामा हाल्न पठाए।
9
शाऊलले आफूलाई हमला गर्ने तयारी गर्दै छन् भनी सुनेर दाऊदले पूजाहारी अबियाथारलाई भने, “एपोद यहाँ लिएर आऊ।”
10
त्यसपछि दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंको दासको कारणले गर्दा शाऊलले कीलाहमा आएर त्यसको नाश गर्ने उपाय गर्दै छन् भनी मैले सुनेको छु।
11
के कीलाहका बासिन्दाहरूले मलाई शाऊलका हातमा सुम्पिदेलान्? के, मैले सुनेझैँ शाऊल साँच्चै आउने हुन्? परमप्रभु इस्राएलका परमेश्वर, म बिन्ती गर्दछु, मलाई उत्तर दिनुहोस्!” परमप्रभुले उत्तर दिनुभयो, “शाऊल आउनेछ।”
12
दाऊदले फेरि सोधे, “के कीलाहका बासिन्दाहरूले म र मेरा मानिसहरूलाई शाऊलका हातमा सुम्पिदेलान्?” “तिनीहरूले त्यसो गर्नेछन्,” परमप्रभुले उत्तर दिनुभयो।
13
यसकारण दाऊद र तिनका करिब छ सय जना मानिसहरू तुरुन्तै कीलाह छोडेर जान लागे। दाऊद कीलाहबाट भागेका खबर सुनी शाऊलले आफ्नो योजना छोडिदिए।
14
दाऊद पहाडी देश, जीपको मरुस्थलमा गई लुकेर बसे। शाऊलले तिनलाई दिनदिनै खोजिरहेका थिए तर परमप्रभुले दाऊदलाई तिनको हातमा पर्न दिनुभएन।
15
शाऊलले मलाई मार्नेरहेछन् भनी दाऊदले बुझे। दाऊद जीपको छेउ मरुस्थलको होरेशमा थिए।
16
त्यहाँ जोनाथनले तिनलाई भेटे र परमेश्वरको सुरक्षामा विश्वास दिलाएर तिनको उत्साह बढाइदिए।
17
तिनले यसो भने, “नडराऊ, मेरा बुबा शाऊलले तिम्रो क्षति गर्न सक्नेछैनन्। तिमी इस्राएलका राजा हुनेछौ र मेरो स्थान तिम्रो पछि हुनेछ भनी उनी राम्ररी जान्दछन्।”
18
ती दुईले आपसमा मित्रताको पवित्र प्रतिज्ञा बाँधे। दाऊद होरेशमा रहे र जोनाथन घर फर्के।
19
जीपका केही मानिसहरू गिबामा शाऊलकहाँ गएर भने, “दाऊद हाम्रा इलाकामा हकीला पहाडको होरेशमा लुकेर बसेका छन्। त्यो यहूदाको मरुस्थलको दक्षिणी भागमा छ।
20
राजन्, हामी जान्दछौं कि त्यसलाई कब्जा गर्न तपाईंको कत्रो इच्छा छ र तपाईं हाम्रा इलाकामा आउनुहोस् र त्यसले तपाईंका हातमा सुम्पिदिने पक्का बन्दोबस्त हामी गर्नेछौं।”
21
शाऊलले जवाफ दिए, “तिमीहरूले ममाथि दया गरेकोले परमप्रभुले तिमीहरूलाई आशीर्वाद देऊन्!
22
गएर फेरि एकपल्ट पक्का गर। त्यो कहाँ छ, त्यहाँ कसले उसलाई देख्यो, सो ठीक गरी बुझ। त्यो अत्यन्त चतुर छ भनी मैले सुनेको छु।
23
त्यो लुक्ने ठाउँहरू राम्ररी पत्ता लगाओ र तुरुन्तै मकहाँ खबर लिएर आओ। यो काम निश्चय गर। त्यसपछि म तिमीहरूसित जानेछु र त्यो अझ त्यही इलाकामा छ भने र सारा यहूदा देशमा खोज्नुपर्यो भने पनि म त्यसलाई खोजी निकाल्नेछु।”
24
तिनीहरू ढिलो नगरी शाऊलभन्दा अघि जीपतिर लागे। दाऊद र तिनका मानिसहरू यशीमोनको दक्षिणतिरको अराबाको माओनको मरुस्थलमा थिए।
25
शाऊल र तिनका मानिसहरू दाऊदको खोजीमा निस्के। त्यो कुरा सुनेर दाऊद माओन मरुस्थलको एउटा चट्टान मात्र भएको डाँडामा गए र त्यहाँ बसे। त्यो सुनेर शाऊल दाऊदको पछि लागे।
26
शाऊल र तिनका मानिसहरू पहाडको एकापट्टि र दाऊद र तिनका मानिसहरू पहाडको अर्कोपट्टि अलग-अलग थिए। शाऊल र तिनका मानिसहरू अघि बढेर नजिक आउँदै थिए र दाऊद र तिनका मानिसहरूचाहिँ भाग्नलाई हतारिँदै थिए। तिनीहरू शाऊलका हातमा पर्न आँटेका थिए।
27
ठीक त्यति बेला नै एउटा दूत आइपुग्यो र शाऊललाई भन्यो, “झट्टै फर्कनुहोस्! पलिश्तीहरूले देशमाथि हमला गर्दै छन्!”
28
यसकारण शाऊल दाऊदलाई खेद्न छोडी पलिश्तीहरूसित लडाइँ गर्न गए। त्यसैले त्यस ठाउँलाई ‘सेला-हामालेकोथ’ भन्छन्।
29
दाऊद त्यहाँबाट हिंडे र एन-गदीको इलाकामा गई लुकेर बसे।
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31