bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 16
1 Samuel 16
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 17 →
1
परमप्रभुले शमूएललाई भन्नुभयो, “तँ कति दिनसम्म शाऊलको निम्ति शोक गर्छस्? मैले त्यसलाई इस्राएलका राजा मान्न इन्कार गरेको छु। तर अब केही जैतुनको तेल लिएर बेथलेहेममा यिशै नाम गरेको मानिसकहाँ जा किनभने त्यसका छोराहरूमध्ये एक जनालाई मैले राजा चुनेको छु।”
2
“म कसरी त्यसो गर्न सक्छु र?” शमूएलले सोधे, “शाऊलले सुने मलाई मार्लान्!” परमप्रभुले जवाफ दिनुभयो, “तँसित एउटा बाछो लिएर जा र तँ त्यहाँ परमप्रभुलाई बलि चढाउन गएको हो भन्।
3
यिशैलाई पनि त्यस बलिदानमा निम्तो दे र तैँले के गर्नुपर्छ, सो म तँलाई भन्नेछु। म जसलाई भन्छु, त्यसलाई तैँले राजा अभिषेक गर्नू।”
4
परमप्रभुले उनलाई भन्नुभएअनुसार शमूएलले गरे र बेथलहेममा गए। त्यहाँ नगरका अगुवाहरू काँम्दै तिनलाई भेट्न आए र भने, “स्वप्नदर्शी, के यो शान्तिको भेटघाट हो?”
5
“हो!” उनले उत्तर दिए, “म परमप्रभुलाई बलि चढाउनलाई आएको हुँ। तिमीहरूले आफैंलाई शुद्ध गरेर मेरो साथमा आओ।” उनले यिशै र तिनका छोराहरूलाई पनि शुद्ध होओ भने र तिनीहरूलाई बलिदानमा आउने निम्तो दिए।
6
जब तिनीहरू आइपुगे, शमूएलले यिशैको छोरो एलीआबलाई देखेर मनमा भने, “परमप्रभुको सामुन्ने त्यहाँ खडा रहने त्यो मानिसलाई अवश्य नै उहाँले चुन्नुभएको छ।”
7
तर परमप्रभुले उनलाई भन्नुभयो, “त्यो कति अग्लो र सुन्दर छ भनी ध्यान नदे। मैले त्यसलाई इन्कार गरेको छु किनभने म मानिसले जस्तै विचार गर्दिनँ। मानिसले बाहिरी अनुहारलाई हेर्छ, म भित्री हृदयलाई हेर्छु।”
8
तब यिशैले आफ्नो छोरो अबीनादाबलाई बोलाएर शमूएलकहाँ ल्याए। तर शमूएलले भने, “होइन, परमप्रभुले यसलाई पनि चुन्नुभएको छैन।”
9
तब यिशैले शम्मालाई ल्याए। “यसलाई पनि परमप्रभुले चुन्नुभएको छैन,” शमूएलले भने।
10
यस प्रकारले यिशैले आफ्ना सात छोराहरू शमूएलकहाँ ल्याए र शमूएलले तिनलाई भने, “अँहँ, परमप्रभुले यीमध्ये कसैलाई पनि चुन्नुभएको छैन।”
11
अन्त्यमा तिनले यिशैलाई सोधे, “तिम्रा अरू कोही छोरा छन्?” यिशैले उत्तर दिए, “अझै कान्छोचाहिँ छ; तर त्यो भेडा चराउन गएको छ।” शमूएलले भने, “त्यसलाई यहाँ बोलाओ। त्यो नआएसम्म हामी बलिदान चढाउनेछैनौं।”
12
यसर्थ यिशैले तिनलाई बोलाउन पठाए। तिनी एक सुन्दर र स्वस्थ केटा थिए र तिनका आँखा चम्किला उज्ज्वल थिए। परमप्रभुले शमूएललाई भन्नुभयो, “व्यक्ति यही हो, त्यसलाई अभिषेक गर्!”
13
शमूएलले जैतुनको तेल लिएर दाऊदलाई तिनका दाजुहरूका सामुन्नेमा अभिषेक गरे। तुरुन्तै परमप्रभुको आत्माले दाऊदलाई आफ्ना अधीनमा लिनुभयो र त्यस दिनदेखि रामामा फर्के।
14
परमप्रभुको आत्माले शाऊललाई त्याग्नुभयो र परमप्रभुले पठाउनुभएको एउटा दुष्ट आत्माले तिनलाई सताउँथ्यो।
15
तिनका नोकर-चाकरहरूले तिनलाई भने, “हामी जान्दछौं कि परमप्रभुले पठाउनुभएको एउटा दुष्ट आत्माले तपाईंलाई कष्ट दिन्छ।
16
यसकारण, हजुर, हामीलाई आज्ञा गर्नुहोस् र हामी एक जना वीणा बजाउन जान्ने मानिसलाई खोज्दछौं। तब दुष्ट आत्मा तपाईंकहाँ आउँदा त्यस मानिसले वीणा बजाउन सक्छ र तपाईं फेरि निको भइहाल्नुहुनेछ।”
17
शाऊलले तिनीहरूलाई आज्ञा गरे, “राम्रो बजाउन सक्ने कुनै एक जना मानिस खोज र मकहाँ ल्याओ।”
18
एक जना सेवकले भन्यो, “बेथलहेम नगरको यिशैको एक जना छोरा बाजा बजाउन अति राम्रो छ। तिनी साहसी र हेर्नमा सुन्दर, असल सैनिकजस्ता र बोल्नमा सिपालु छन्। परमप्रभु तिनीसित हुनुहुन्छ।”
19
यसकारण शाऊलले यिशैकहाँ मानिसहरूका हातमा यस्तो समाचार दिएर पठाए, “मकहाँ तिम्रो भेडा चराउने छोरो दाऊदलाई पठाऊ।”
20
यिशैले दाऊदलाई एउटा पाठो, रोटीको भारी लादेको एउटा गधा र एक मशक दाखमद्यसाथ शाऊलकहाँ पठाए।
21
दाऊद शाऊलकहाँ गए र तिनको सेवा गर्न लागे। तिनलाई शाऊलले औधी रुचाए, मन पराए र आफ्ना हातहतियार बोक्ने कामको निम्ति चुने।
22
तब शाऊलले यिशैलाई एउटा यस्तो खबर पठाए, “मलाई दाऊद मन पर्यो। म दाऊदसित खुसी छु। त्यसले यहाँ बसेर मेरो सेवा गरोस्।”
23
त्यस दिनदेखि जब परमेश्वरले पठाउनुभएको दुष्टात्मा शाऊलमा पस्थ्यो, तब दाऊदले आफ्नो वीणा ल्याएर बजाउँथे र शाऊललाई आराम हुन्थ्यो।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31