bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 24
1 Samuel 24
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 25 →
1
शाऊल पलिश्तीहरूसित लडाइँ गरेर फर्किएपछि दाऊद एन-गदीको मरुस्थलमा छन् भनी तिनलाई सुनाइयो।
2
शाऊलले इस्राएलमा भएका सबैभन्दा असल तीन हजार सिपाहीहरू लिएर जङ्गली घोरल-पहराको पूर्वमा दाऊद र तिनका मानिसहरूलाई खोज्दै गए।
3
तिनी बाटोको छेउमा भएका भेडाका खोरका छेउमा एउटा ओडारमा आए र दिसा बस्न त्योभित्र पसे। त्यही ओडारको भित्री कुनामा दाऊद र तिनका मानिसहरू लुकिबसेका थिए।
4
तिनीहरूले उनलाई भने, “अहिले तपाईंको मौका छ! परमप्रभुले तपाईंलाई भन्नुभयो कि उहाँले तपाईंको शत्रुलाई तपाईंका हातमा दिनुहुनेछ र त्योसित तपाईं जे चाहनुहुन्छ, सो गर्न सक्नुहुन्छ।” दाऊदले घस्रँदै गएर शाऊलले थाहा नपाई तिनको खास्टोको एक छेउ काटिदिए।
5
तर त्यसपछि दाऊदको विवेकले उनलाई दोष दिन लाग्यो
6
र तिनले आफ्ना मानिसहरूलाई भने, “परमप्रभुले राजा चुन्नुभएको मेरो मालिकलाई केही क्षति गर्नबाट परमप्रभुले मलाई बचाऊन्! उनी परमप्रभुले चुन्नुभएका राजा हुन्, मैले उनलाई अलिकता पनि चोट पुर्याउन दिनुहुन्न!”
7
र दाऊदले आफ्ना मानिसहरूलाई तिनीमाथि आक्रमण गर्नुहुन्न भनी सम्झाए। शाऊल उठे, ओडारबाट निस्के र आफ्नो बाटो लागे।
8
तब दाऊद तिनको पछिपछि गई तिनलाई बोलाएर भने, “हे राजा!” शाऊल पछिल्तिर फर्के
9
र दाऊदले आदर गर्दै भूइँसम्म घोप्टी ढोगे र भने, “मैले तपाईंको हानि गर्ने चेष्टा गर्दै छु भनी मानिसहरूले भन्दा हजुर किन तिनीहरूका कुरा सुन्नुहुन्छ?
10
तपाईं आफैँ देख्नुहुन्छ कि अहिले ओडारभित्र परमप्रभुले तपाईंलाई मेरा हातमा दिनुभएको थियो। मेरा कति जना मानिसहरूले तपाईंलाई मार्न मलाई भने; तर मलाई तपाईंप्रति दु:ख लाग्यो र मैले तपाईंलाई अलिकता पनि चोट दिनेछैन भनें किनभने तपाईंलाई परमप्रभुले राजा चुन्नुभएको हो।
11
हेर्नुहोस् मेरा पिता, मैले हातमा लिएको यो तपाईंको खास्टोको टुक्रा हेर्नुहोस्। म तपाईंलाई मार्न सक्थें; तर मैले यो मात्रै काटें। यसैले तपाईंलाई विश्वास हुनुपर्छ कि मेरो तपाईंको विरुद्धमा विद्रोह गर्ने वा तपाईंलाई हानि गर्ने विचार छैन। मैले तपाईंको केही खराब नगरेको भए पनि तपाईंले मलाई मार्न खोजिहिंड्नुभएको छ।
12
हामी दुईमा को दोषी छौं, सो परमप्रभुले निर्णय गरून्! मेरो विरुद्धको तपाईंको कामकाजको निम्ति परमप्रभुले तपाईंलाई दण्ड देऊन् किनभने म त तपाईंलाई अलिकति पनि चोट दिनेछैनँ।
13
‘खराब मानिसले मात्र खराबी गर्दछ’ भन्ने पुरानो उखान तपाईंलाई थाहा छ।
14
इस्राएलका राजाले कसलाई मार्न खोज्दै हुनुहुन्छ? कसलाई खोज्दै हुनुहुन्छ, सो हेर्नुहोस्। एउटा मरेको कुकुरलाई, एउटा उपियाँलाई होइन र?
15
परमप्रभुले न्याय गर्नुहुनेछ र हामी दुईमा कसको कसुर छ त्यो निर्णय दिनुहुनेछ। उहाँले यस विषयमा जाँच गरून्, मेरो रक्षा गरून् र मलाई तपाईंका हातबाट बचाऊन्।”
16
दाऊदले त्यसो भनिसकेपछि शाऊलले भने, “दाऊद, मेरो छोरो! साँच्चै तँ आफैं होस्?” त्यसपछि तिनी रुन लागे।
17
त्यसपछि तिनले दाऊदलाई भने, “तँ साँचो छस् र मैले भुल गरें। तँ मप्रति यति भलो छस् र मैले चाहिँ तँप्रति यस्तो खराब व्यवहार गरें।
18
आज तँ मप्रति कति भलो छस्, तैँले मलाई देखाइस् किनभने परमप्रभुले मलाई तेरा हातमा पारिदिनुभए पनि तैँले मलाई मारिनस्।
19
मानिसले कतिपल्ट आफ्नो शत्रुलाई पक्रेर त्यसलाई कुशलसाथ छोडिदिन्छ? आज तैँले मलाई जे गरिस्, त्यसको निम्ति परमप्रभुले तँलाई आशीर्वाद देऊन्!
20
अब मलाई निश्चय भयो कि तँ इस्राएलको राजा हुनेछस् र यो राज्य तेरो शासनमा रहिरहनेछ।
21
तर परमप्रभुको नाममा मलाई प्रतिज्ञा गर् कि मेरा सन्तानलाई तैँले जोगाइराख्नेछस् र म र मेरा परिवारको नाम मेटिनेछैन।”
22
दाऊदले त्यसै गर्छु भनेर प्रतिज्ञा गरे। त्यसपछि शाऊल घर फर्के र दाऊद र तिनका मानिसहरू आफू लुकेको ठाउँमा गए।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31