bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 17
1 Samuel 17
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 18 →
1
पलिश्तीहरू लडाइँ गर्न यहूदाको सोको भन्ने सहरमा जम्मा भए। तिनीहरूले सोको र आजेकाको बीचमा भएको एपेस-दम्मीम भन्ने ठाउँमा आफ्नो छाउनी हाले।
2
शाऊल र इस्राएलीहरूले जम्मा भएर एलाहको बेसीमा छाउनी हाले र पलिश्तीहरूसित लड्ने तयारी गर्न लागे।
3
एउटा डाँडामा पलिश्तीहरू र अर्को डाँडामा इस्राएलीहरू पङ्क्ति बाँधेर उभिए र बीचमा बेँसी पर्थ्यो।
4
गात सहरको गोल्यत नाम गरेको मानिस पलिश्तीहरूका छाउनीबाट इस्राएलीहरूसित जोरी खोज्न निस्किआयो। त्यो प्राय: साढे छ हात अग्लो थियो
5
र त्यसले प्राय: सन्ताउन्न किलोग्राम ओजन भएको काँसाको झिलम र काँसाको टोप लगाउँथ्यो।
6
त्यसका गोडा पनि बचाउन काँसाका पाताले ढाकेका थिए र काँधमा काँसाको भाला भिरेको थियो।
7
त्यसको बर्छा जुलाहाको तानको डण्डाजत्रै मोटो थियो र बर्छाको फलामको टुप्पाको वजन सात किलोग्रामजति थियो। त्यसको अघिअघि एक जना सिपाही त्यसको ढाल बोकेर हिंड्थ्यो।
8
गोल्यतले उभिएर इस्राएलीहरूलाई जोडले कराएर भन्यो, “त्यहाँ लडाइँ गर्न खडा भएर तिमीहरू के गर्दछौ? ए शाऊलका कमाराहरू हो, म पलिश्ती हुँ। मसित लड्न तिम्रा एक जना मानिसलाई छान।
9
त्यसले मलाई जितेर मार्यो भने हामी तिम्रा कमारा बन्नेछौं। तर मैले त्यसलाई जितेर मारें भने तिमीहरू हाम्रा कमारा बन्नेछौ।
10
यहाँ अहिले म इस्राएली सेनालाई चुनौती दिन्छु। हिम्मत छ भने मसित लड्न कसैलाई छान।”
11
यो सुनेर शाऊल र तिनका मानिसहरू डराए।
12
दाऊद एप्राती यिशैका छोरा थिए। यिशै यहूदाको बेथलेहेमका थिए। तिनका आठ छोराहरू थिए र शाऊल राजा छँदा तिनी बुढो भइसकेका थिए।
13
तिनका तीन ठूला छोराहरू शाऊलसित लडाइँमा गएका थिए। जेठो एलीआब, माहिलो अबीनादाब र साहिंलो शम्मा थिए।
14
दाऊद सबैभन्दा कान्छा थिए। तिनका तीन जना ठूला दाजुहरू शाऊलसँग थिए।
15
तर दाऊदचाहिँ तिनीहरूलाई छोडेर समय-समयमा बेथलेहेम फर्किन्थे र आफ्ना बुबाका भेडाका रखवाली गर्थे।
16
चालीस दिनसम्म बिहान बेलुका गोल्यतले इस्राएलीहरूलाई चुनौती दियो।
17
एक दिन यिशैले दाऊदलाई भने, “यो दश किलोग्राम भुटेका अन्नका दाना र दश वटा रोटी लिएर चाँडो-चाँडो तेरा दाजुहरूका छाउनीमा जा।
18
यी दश वटा पनीरचाहिँ सेनापतिलाई लगिदे। तेरा दाजुहरू के-के गर्दै छन्, बुझेर आइज र तिनी कुशलै छन् भनी बुझाउने केही चिन्ह लिएर आइज।
19
शाऊल राजा, तेरा दाजुहरू र अरू सबै इस्राएलीहरूले एलाहको बेसीमा पलिश्तीहरूसित लडाइँ गरिरहेका छन्।”
20
दाऊद भोलिपल्ट बिहानै उठे, अर्को मानिसलाई भेडाको हेरचाहा गर्न राखे, खाना बोकेर यिशैले भनेझैँ बिदा भए। इस्राएलीहरू छाउनीबाट निस्केर युद्धको ध्वनि बजाउँदै लडाइँको मैदानमा जाँदैगरेका बेलामा तिनी छाउनीमा पुगे।
21
पलिश्ती र इस्राएली सेनाहरू आमुन्ने-सामुन्ने खडा भएर लड्न आ-आफ्ना ठाउँमा उभिए।
22
सेनाका सामानहरूका जिम्मावाललाई खानेकुराहरू दिएर दाऊद दगुरेर लडाइँको मैदानमा पङ्क्ति बाँधेका ठाउँमा आफ्ना दाजुहरूकहाँ गए र तिनीहरूसित भलाकुसारी सोधे।
23
तिनले दाजुहरूसित कुरा गर्दैगर्दा गोल्यतले अघि आई सधैँझैँ इस्राएलीहरूलाई चुनौती दिन थाल्यो र त्यो दाऊदले सुने।
24
गोल्यतलाई देखेर इस्राएलीहरू डरले भागे।
25
“त्यसलाई हेर न!” तिनीहरूले आपसमा भनाभन गरे, “त्यसको चुनौती सुन! त्यसलाई मार्ने मानिसलाई शाऊल राजाले ठूलो इनाम दिने प्रतिज्ञा गरेका छन्। राजाले आफ्नी छोरी पनि त्यससँग विवाह गर्न दिनेछन् र तिनका बुबाका परिवारले राजाको कर तिर्न पर्नेछैन।”
26
दाऊदले आफ्ना छेउका मानिसहरूलाई सोधे, “यस पलिश्तीलाई मार्ने र इस्राएललाई यस बेइज्जतीबाट छुटाउने मानिसले के पाउनेछ? जिउँदो परमेश्वरको सेनालाई तुच्छ ठान्ने यो कुनचाहिँ बेखतने पलिश्ती हो?”
27
गोल्यतलाई मार्ने मानिससित कस्तो व्यवहार हुनेथियो, त्यो तिनीहरूले तिनलाई भने।
28
दाऊदका जेठा दाजु एलीआबले आफ्नो भाइ त्यसरी मानिसहरूसित बोल्दैगरेको सुने। तिनी दाऊदसित रिसाए र भने, “तँ यहाँ के गर्दै छस्? जङ्गलमा कसले तेरा भेडाहरूको हेरचाहा गर्दै छ? तँ अट्टेरी ठिटो! लडाइँ हेर्ने भइस्!”
29
दाऊदले सोधे, “होइन, मैले के गरेको छु र? मैले एउटा पनि कुरा सोध्नुहुँदैन र?”
30
अर्को मानिसतिर फर्केर तिनले त्यही प्रश्न गरे। जतिपल्ट तिनले सोधे, त्यतिपल्ट त्यही उत्तर पाए।
31
कति मानिसले दाऊदले भनेका कुरा सुने र शाऊललाई सुनाइदिए र राजाले तिनलाई बोलाए।
32
दाऊदले शाऊललाई भने, “राजन्! यो पलिश्तीसित कोही पनि डराउनुपर्दैन। म गएर त्योसित लड्नेछु।”
33
शाऊलले उत्तर दिए, “होइन, कसरी तँ त्योसित लड्न सक्छस्? तँ भर्खरको ठिटो छस् र त्यो जीवनभरि सिपाही भएर आएको छ!”
34
दाऊदले भने, “राजन्! म मेरा बुबाका भेडाको रखवाली गर्छु। जुन बेला सिंह वा भालुले थुमा बोकिलैजान्छ,
35
म त्यसलाई खेदेर आक्रमण गरी थुमा बचाएर ल्याउँछु र त्यो सिंह वा भालुले मलाई झम्टेर आयो भने म त्यसको घिच्रो समातेर त्यसलाई कुटेरै मार्छु।
36
मैले सिंह र भालुहरू मारेको छु र यो बेखतने पलिश्तीलाई पनि त्यसरी मार्नेछु। त्यसले जीवित परमेश्वरको सेनालाई तुच्छ ठानेको छ।
37
परमप्रभुले मलाई सिंह र भालूहरूबाट बचाउनुभएको छ, उहाँले नै मलाई यस पलिश्तीबाट पनि बचाउनुहुनेछ।” शाऊलले उत्तर दिए, “लौ, हुन्छ तँ जा, परमप्रभु तँसित होऊन्।”
38
तिनले आफ्नै कवच दाऊदलाई पहिरन दिए, काँसाको टोप दाऊदको टाउकोमा लाइदिए र एकसरो झिलम दिए।
39
दाऊदले झिलममाथि शाऊलको तरवार बाँधे र हिँड्ने चेष्टा गरे तर सकेनन् किनभने तिनलाई ती कुराहरू पहिरने बानी थिएन। तिनले शाऊललाई भने, “म यी सबै लाएर लडाइँ गर्न सक्दिनँ। मलाई यस्तो बानी छैन।” तिनले कवच खोले।
40
तिनले आफ्नो गोठालेलौरो लिए र खोलाबाट पाँच वटा चिल्ला-चिल्ला ढुङ्गाहरू टिपेर आफ्नो झोलामा हाले। आफ्नो घुँयेत्रो तयार गरी तिनी गोल्यतसित लड्न हिंडे।
41
आफ्नो ढाल बोक्ने मानिसलाई अघि लाएर त्यो पलिश्ती दाऊदतिर बढ्यो। त्यो नजिक-नजिक आयो
42
र दाऊदलाई राम्ररी हेरेपछि घृणा र तिरस्कारले भरियो किनभने तिनी राता-राता गाला भएका र हेर्नमा सुन्दर ठिटा थिए।
43
त्यसले दाऊदलाई भन्यो, “त्यो लौरो केलाई लिइस्? मलाई तैँले कुकुर हो भन्ठानिस् र?” त्यसले दाऊदलाई त्यसका देवी-देवताका नाममा सरापहरू दिन लाग्यो।
44
“आइज,” त्यसले दाऊदलाई चुनौती दियो, “र म तेरो मासु पशु-पंक्षीहरूलाई खान दिनेछु।”
45
दाऊदले उत्तर दिए, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आउँदै छस्; तर म तेरो विरुद्धमा सर्वशक्तिमान् परमप्रभु इस्राएली सेनाका परमेश्वरको नाममा आउँदै छु, जसलाई तैँले तुच्छ ठानेको छस्।
46
आज नै परमप्रभुले तँलाई मेरो अधीनमा दिनुहुनेछ। म तँलाई जितेर तेरो टाउको ठुन्क्याउनेछु र पलिश्ती सिपाहीहरूका लाश पशु-पंक्षीहरूलाई खान दिनेछु। तब सारा संसारले थाहा पाउनेछ कि इस्राएलसित परमेश्वर हुनुहुन्छ
47
र यहाँ भएका सबैले देख्नेछन् कि आफ्ना प्रजालाई बचाउन परमप्रभुलाई तरवार र भालाको जरुरत पर्दैन। उहाँ लडाइँमा विजयी हुनुहुन्छ र तिमीहरू सबैलाई हाम्रा अधिकारमा दिनुहुनेछ।”
48
गोल्यत फेरि दाऊदतिर बढ्यो र त्योसँग लड्ने विचारले दाऊद झटपट गरी पलिश्तीहरूले लडाइँको निम्ति बाँधेको पङ्क्तितिर दगुरे।
49
तिनले आफ्नो थैलीमा हात हालेर एउटा ढुङ्गा निकाले र गोल्यतलाई घुँयेत्रोले हाने। ढुङ्गा त्यसको निधारमा गाडियो र खप्पर फोरिदियो। गोल्यत भूइँमा घोप्टिएर ढल्यो।
50
यसरी दाऊद आफ्नो घुँयेत्रो र ढुङ्गाले विजयी भए। तरवारबिना तिनले गोल्यतलाई हानेर मारे।
51
तिनी त्योतिर दगुरिगए र त्यसमाथि उभिए र गोल्यतको तरवार म्यानबाट झिकी त्यसैले त्यसको टाउको ठुन्क्याएर त्यसको प्राण लिए। पलिश्तीहरूले आफ्नो वीर योद्धा मरेको देखेर भागे।
52
इस्राएल र यहूदाका मानिसहरू कराउँदै तिनीहरूका पछि लागे र तिनीहरूलाई गात र एक्रोनको ढोकासम्म खेदेर लगे। शारैम जाने बाटोमा गात र एक्रोनसम्मै पलिश्तीहरू घाइते भएर जताततै लडे।
53
जब इस्राएलीहरू पलिश्तीहरूलाई खेद्न छोडेर फर्किआए, तिनीहरूले तिनको छाउनी लुटे।
54
गोल्यतको टाउको टिपेर दाऊदले यरूशलेममा लगे तर गोल्यतका हतियारहरूचाहिँ आफ्नै पालमा राखे।
55
शाऊलले दाऊदलाई गोल्यतसित लड्न जाँदैगरेका देखेर आफ्ना सेनाका अध्यक्ष अबनेरलाई सोधे, “अबनेर, त्यो कसको छोरो हो?” अबनेरले जवाफ दिए, “राजन्, मलाई थाहा भएन।”
56
“त्यसो भए गएर पत्ता लगाऊ”, शाऊलले आज्ञा गरे।
57
यसकारण गोल्यतलाई मारेर छाउनीमा फर्केपछि अबनेरले दाऊदलाई शाऊलकहाँ लगे। गोल्यतको टाउको दाऊदका हातमा नै थियो।
58
शाऊलले तिनलाई प्रश्न गरे, “ए केटा, तिमी कसका छोरा हौ?” “म तपाईंको सेवक बेथलेहेमको यिशैको छोरो हुँ।” दाऊदले उत्तर दिए।
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31