bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 25
1 Samuel 25
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 26 →
1
शमूएल मरे र सबै इस्राएलीहरूले एकसाथ भएर तिनको निम्ति बिलौना गरे। तिनलाई रामामा तिनकै घरमा गाडे। त्यसपछि दाऊद माओनको मरुस्थलमा गए।
2
[2-3] त्यहाँ कालेबको वंशको नाबाल नाम गरेको एक जना मानिस थियो। त्यो माओन सहरबाट आएको थियो र कर्मेल सहरछेउ त्यसको ठूलो जमिन थियो। त्यो औधी धनी थियो र त्यसका तीन हजार भेडा र एक हजार बाख्राहरू थिए। त्यसकी स्वास्नी अबीगेल सुन्दरी र बुद्धिमति थिइन्; तर त्यो आफैंचाहिँ नीच र रिसाहा थियो। नाबालले कर्मेलमा भेडाका ऊन कत्रँदै थियो
4
र मरुस्थलमा दाऊदले त्यसबारे सुने।
5
तिनले दश जना केटाहरूलाई कर्मेलमा गई नाबाललाई भेट्ने र उनको शुभकामना जनाउने आज्ञा दिएर पठाए।
6
तिनले नाबाललाई यसो भने, “दाऊदले तपाईंलाई आफ्नो अभिवादन पठाएका छन्। तपाईंका परिवार र अरू जम्मै तपाईंका सन्तानलाई शुभकामना पठाएका छन्।
7
तपाईंले भेडाका ऊन कत्रँदैगरेका उनले सुने र उनले तपाईंलाई यो थाहा भएको चाहन्छन् कि तपाईंका गोठालाहरू हामीकहाँ आएका थिए र हामीले तिनीहरूको केही हानि गरेनौं। तिनीहरू कर्मेलमा रहुञ्जेलसम्म तिनीहरूका कुनै कुरा चोरी भएन।
8
तिनीहरूलाई सोध्नुहोस् र तिनीहरूले पनि यो कुरा भन्नेछन्। आज हामी एउटा भोजको चाड मनाउन आएका छौं र हामीलाई कृपा गरी ग्रहण गर्नुहोस् भनी उनले बिन्ती पठाएका छन्। हामी तपाईंका सेवक र तपाईंका प्रिय मित्र दाऊदलाई जे सक्नुहुन्छ, दिनुहोला।”
9
दाऊदका मानिसहरूले उनका नाउँमा नाबाललाई यो समाचार दिए। तिनीहरू पर्खिबसे
10
र अन्तमा नाबालले यस्तो उत्तर दियो, “दाऊद? उनी को हुन्? मैले कहिल्यै उनको बारेमा सुनिनँ। यो देश आजकाल भगुवा कमाराहरूले भरिएको छ!
11
मेरो आफ्नै रोटी र पानी अनि ऊन कत्रनेहरूको निम्ति मारेको पशुको मासु मैले नजानेको ठाउँबाट आउने मानिसहरूलाई दिन्नँ!”
12
दाऊदका मानिसहरू फर्किगए र उनलाई नाबालले भनेका कुरा सुनाए।
13
“तिम्रा तरवार भिर,” उनले आज्ञा गरे र तिनीहरूले आ-आफ्ना तरवार भिरे। दाऊदले पनि आफ्नो तरवार भिरे र चार सय जना आफ्ना मानिसहरू लिएर हिंडे। दुई सय मानिसहरूलाई माल-सामान हेर्न छोडिराखे।
14
नाबालको एउटा चाकरले उनकी स्वास्नी अबीगेललाई भन्यो, “तपाईंले सुन्नुभयो? दाऊदले वनबाट केही मानिसहरू आफ्नो शुभकामनासाथ हाम्रा मालिककहाँ पठाएका थिए; तर तिनले त तिनीहरूलाई अपमान पो गरे।
15
तर तिनीहरूले हामीसित असल व्यवहार गरेका थिए, तिनीहरूले हामीलाई कहिल्यै दु:ख दिएनन् र जतिञ्जेल हामी तिनीहरूसित मैदानमा थियौं, हाम्रो केही थोक हराएन।
16
हामी आफ्ना भेडाका बगाल हेरेर तिनीहरूसित रहँदाबस्दा सबै समय, रात-दिन, तिनीहरूले हाम्रो रक्षा गरे।
17
यसमाथि विचार गरी हामीले के गर्नुपर्ने हो, कृपा गरी निर्णय गर्नुहोस्। यो कुरा हाम्रा मालिक र तिनका परिवारको लागि विपत्तिपूर्ण हुन सक्छ, तिनी यति जिद्दीवाल छन् कि कसैका कुरा सुन्दैनन्!”
18
अबीगेलले हतारसाथ दुई सय रोटी, दाखमद्यले भरिएका दुई वटा छालाका मशकहरू, पाँच वटा आगोमा पोलेका भेडा, सत्र किलोग्राम भुटेको अन्न, एक सय झुप्पा सुकाएका अङ्गुर र दुई सय वटा सुकेका नेभाराका डल्ला जम्मा गरिन् र गधामा लदाइन्।
19
तब तिनले आफ्ना चाकरहरूलाई भनिन्, “तिमीहरू अघि-अघि जाओ। म पछिपछि आउनेछु।” तर तिनले लोग्नेलाई केही भनिनन्।
20
तिनी आफ्नो गधामा चढी डाँडाको एउटा घुम्ती घुमेर जाँदै थिइन्। अचानक तिनले दाऊद र तिनका मानिसहरू आफूतिर आइरहेका देखिन्।
21
दाऊदले मनमा यस्तो गुन्दै थिए, “किन मैले वनमा त्यस मानिसको सम्पत्तिको रक्षा गरेछु? त्यसको एउटा थोक पनि चोरी भएन र यस प्रकारले त्यसले मेरो मद्दतको सट्टामा मलाई खराबी गर्दै छ।
22
ती मानिसहरू एक-एकलाई आज बिहानै मैले मारिनँ भने परमेश्वरले मलाई मारून्।”
23
दाऊदलाई देखेर अबीगेल तुरुन्तै गधाबाट ओर्लिन्
24
र तिनका खुट्टानिर भूइँमा तेर्सो परिन् र तिनलाई भनिन्, “हजुर, कृपा गरी मेरा कुरा सुन्नुहोस्! म आफूमाथि दोष लिँदछु।
25
दया गरी नाबालतिर ध्यान नदिनुहोस्, त्यो व्यर्थको मानिस हो! त्यो त्यसको नामजस्तै मूर्ख छ! तपाईंका चाकरहरू आउँदा म त्यहाँ थिइनँ।
26
परमेश्वरले तपाईंलाई आफ्ना शत्रुहरूसित बदला लिएर तिनीहरूलाई नाश पार्नदेखि रोक्नुभएको छ। जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्दछु कि तपाईंका शत्रुहरू र तपाईंको नाश चाहनेहरू सबैको दशा नाबालकै जस्तै होस्।
27
हजुर, कृपा गरी मैले लिइआएका यी सौगात ग्रहण गर्नुहोस् र आफ्ना मानिसहरूलाई दिनुहोस्।
28
हजुर, मैले गरेका कुनै भुल छन् भने मलाई माफ गर्नुहोला। परमप्रभुले तपाईंलाई र तपाईंका सन्तानलाई पनि राजा बनाउनुहुनेछ किनभने तपाईंले उहाँका लडाइँहरू लड्दै हुनुहुन्छ र आफ्नो जीवनभरि तपाईंले कुनै खराब काम गर्नुहुनेछैन।
29
यदि कसैले तपाईंलाई हमला गरेर मार्ने चेष्टा गर्यो भने परमप्रभु तपाईंको परमेश्वरले मानिसको बहुमूल्य धन-राशिको जगेरा गरेझैँ तपाईंलाई रक्षा गर्नुहुनेछ। तपाईंका शत्रुहरूलाई चाहिँ मानिसले घुँयेत्रोले ढुङ्गा हानेझैँ उहाँले फ्याँकिदिनुहुनेछ।
30
परमप्रभुले तपाईंलाई प्रतिज्ञा गर्नुभएको हरेक असल कुरा गरिसक्नुभएपछि र तपाईंलाई इस्राएलका राजा बनाउनुभएपछि
31
तपाईंले केही कुरामा कसैलाई कारणबिना मारें वा बदला लिएँ भनेर दु:ख वा पछुताउ गर्नुपर्ने छैन र जब परमप्रभुले तपाईंलाई आशीर्वाद दिनुहुन्छ, मलाई नबिर्सनुहोला।”
32
दाऊदले तिनलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्, जसले तिमीलाई आज मसित भेट गर्न पठाउनुभयो!
33
तिम्रो विवेकी बुद्धिको निम्ति र मलाई हत्याको अपराध गर्न आफैं बदला लिनदेखि रोकेर कस्तो असल काम गर्यौ, त्यसको निम्ति परमेश्वरलाई धन्यवाद देऊ।
34
तिम्रो नोक्सान गर्नदेखि परमप्रभुले मलाई रोक्नुभयो। जीवित परमप्रभु इस्राएलका परमेश्वरलाई साक्षी राखी म भन्दछु, यदि तिमी मलाई भेट्न झट्टै नआएकी भए नाबालका परिवारको एउटै पुरुष पनि बिहानसम्म जीवित रहनेथिएन!”
35
त्यसपछि तिनले ल्याएका चीजबीज दाऊदले ग्रहण गरे र भने, “घर फर्केर जाऊ र निस्फिक्रीसाथ बस। म तिमीले चाहेझैँ गर्नेछु।”
36
अबीगेल फर्केर नाबालकहाँ गइन्। त्यो घरमा बसेर राजाले खाने किसिमको भोज खाँदै थियो। त्यो मातेको थियो र असल मिजासको थियो। यसकारण तिनले भोलिपल्ट बिहानसम्म त्यसलाई केही भनिनन्।
37
त्यसको होश खुलेपछि सबै कुरा तिनले त्यसलाई बताइन्। त्यसलाई हृदयघात भएर चलहल गर्न नसक्ने भयो।
38
अरू दश दिनपछि परमप्रभुले त्यसलाई प्रहार गर्नुभयो र त्यो मर्यो।
39
नाबाल मर्यो भनी दाऊदले सुने र तिनले भने, “परमप्रभुको प्रशंसा होस्! मलाई अपमान गरेको निम्ति उहाँले त्योसित बदला लिनुभयो र मलाई खराब काम गर्नदेखि बचाउनुभयो। नाबाललाई त्यसले गरेको खराबको निम्ति परमप्रभुले सजाय दिनुभएको हो।” त्यसपछि दाऊदले अबीगेललाई आफूले विवाह गर्ने प्रस्ताव पठाए।
40
तिनका चाकरहरू कर्मेलमा तिनीकहाँ गए र भने, “हामीलाई दाऊदले तपाईंलाई तिनकी स्वास्नी हुन लिन पठाएका छन्।”
41
अबीगेलले भूइँमा घोप्टेर ढोगिन् र भनिन्, “म उनकी दासी हुँ र उनका चाकरहरूका खुट्टा धुन तयार छु।”
42
तिनी हतारसाथ उठिन् र आफ्नो गधामा सवार भइन्। आफ्ना पाँच दासीहरू साथ लिएर तिनी दाऊदका चाकरहरूका साथमा गइन् र विवाह गरी तिनकी स्वास्नी भइन्।
43
दाऊदले यिजरेलकी अहीनोमलाई विवाह गरेका थिए र अब अबीगेल पनि तिनकी स्वास्नी भइन्।
44
त्यही बेला शाऊलले आफ्नी छोरी र दाऊदकी स्वास्नी मीकललाई लेशको छोरो पल्तिएललाई दिइहाले। लेश गल्लीम सहरबाट आएका थिए।
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 26 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31