bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 7
1 Samuel 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 8 →
1
यसकारण किर्यत-यारीमका मानिसहरूले परमप्रभुको करारको सन्दुक लगेर गए अनि एक जना पहाडमा बास गर्ने अबीनादाब नाम गरेका मानिसको घरमा पुर्याए। तिनको छोरो एलाजारलाई सन्दुकको जिम्मा लिनलाई तिनीहरूले अर्पण गरे।
2
धेरै समयसम्म प्राय: बीस वर्षसम्म करारको सन्दुक किर्यत-यारीममा राखियो। त्यस बेला सबै इस्राएलीहरूले मद्दतको लागि पुकारे।
3
शमूएलले इस्राएलका मानिसहरूलाई भने, “यदि तिमीहरू पूरा हृदयले परमप्रभुकहाँ फर्कन्छौ भने तिमीहरूले सबै पराई देवी-देवताहरू र अश्तोरेत देवीका मूर्तिहरू हटाउनुपर्नेछ। तिमीहरू आफैंलाई पूर्णरूपमा परमप्रभुलाई अर्पण गर र उहाँको मात्र आराधना गर अनि उहाँले तिमीहरूलाई पलिश्तीहरूका हातबाट बचाउनुहुनेछ।”
4
यसकारण इस्राएलीहरूले बाल र अश्तोरेतका मूर्तिहरू हटाइदिए र परमप्रभुलाई मात्र आराधना गरे।
5
तब शमूएलले सबै इस्राएलीहरूलाई मिस्पामा भेट गर्न बोलाउन पठाए र भने, “तिम्रा निम्ति म परमप्रभुलाई प्रार्थना गर्नेछु।”
6
यसकारण तिनीहरू सबै जना मिस्पामा भेला भए। तिनीहरूले पानी भरेर ल्याए अनि परमप्रभुको अघि भेटीको रूपमा खन्याए र त्यस दिनभरि उपवास बसे। तिनीहरूले भने, “हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं।” (मिस्पामा नै शमूएलले इस्राएलीहरू माझका झैझगडा मिलाइदिएका थिए।)
7
पलिश्तीहरूले इस्राएल मिस्पामा भेला भएको कुरा सुने र तिनका पाँच जना राजाहरू आ-आफ्ना सेनासित तिनीहरूमाथि हमला गर्न अघि बढे। त्यो कुरा सुनी इस्राएलीहरू डराए
8
र तिनीहरूले शमूएललाई भने, “हामीलाई पलिश्तीहरूदेखि बचाइदेऊन् भनी परमप्रभुलाई प्रार्थना गरिरहनुहोस्।”
9
शमूएलले एउटा भर्खरको थुमा मारेर परमप्रभुलाई जम्मै होमबलि चढाए। त्यसपछि इस्राएलको मद्दतको लागि परमप्रभुलाई बिन्ती गरे र परमप्रभुले तिनको प्रार्थनाको उत्तर दिनुभयो।
10
शमूएलले बलि चढाउँदै गरेको बेलामा हमला गर्न भनी पलिश्तीहरू अघि बढे। तर ठीक त्यति बेला नै तिनका विरुद्धमा परमेश्वर गर्जनुभयो। तिनीहरूका बीचमा पूरा खलबली मच्चियो र तिनीहरू डराएर भागे।
11
इस्राएलीहरू मिस्पाबाट निस्किआए र पलिश्तीहरूलाई बाटोमा मार्दै बेथ-करसम्म खेदेर लगे।
12
तब शमूएलले एउटा ढुङ्गा लिएर मिस्पा र शेनका बीचमा खडा गरे र भने, “परमप्रभुले हामीलाई सारा यात्रामा मद्दत गर्नुभएको छ।” र त्यस ठाउँको नाम एबेन-एजेर (‘सहायताको चट्टान’) राखे।
13
यसरी पलिश्तीहरूले हारे र शमूएलको जीवनकालभरि इस्राएल देशमा हमला गर्नदेखि परमप्रभुले तिनीहरूलाई रोक्नुभयो।
14
पलिश्तीहरूले एक्रोन र गातका बीचमा कब्जा गरेका सहरहरू सबै इस्राएललाई फर्काइदिए र इस्राएलले आफ्ना सारा इलाका हात पार्यो। इस्राएली र कनानीहरूका माझमा शान्ति स्थापना भयो।
15
शमूएलले आफ्नो जीवनभरि इस्राएलमाथि राज गरे।
16
हरसाल तिनी घुम्दै बेथेल, गिलगाल र मिस्पामा जान्थे र ती ठाउँमा मानिसहरूका झैझगडाको न्याय गरिदिन्थे।
17
त्यसपछि तिनी आफ्नो घर रामामा जान्थे र त्यहाँ पनि न्यायकर्ताको काम गर्थे। तिनले रामामा परमप्रभुको निम्ति एउटा वेदी बनाए।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31