bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 6
1 Samuel 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 7 →
1
परमप्रभुको करारको सन्दुक पलिश्तमा सात महिनासम्म रहेपछि
2
त्यहाँका मानिसहरूले पूजाहारी र जादूगरहरूलाई बोलाएर सोधे, “परमप्रभुको करारको सन्दुकलाई हामी के गरौं? त्यसलाई त्यसको आफ्नो ठाउँमा पठाउने हो भने त्योसित के पठाउनू?”
3
तिनीहरूले उत्तर दिए, “यदि तिमीहरू इस्राएलका परमेश्वरको करारको सन्दुक फर्काउँछौ भने त्योसित अवश्यै उहाँलाई एउटा भेटी तिम्रा पापको कटनीको निम्ति तिमीहरूले पठाउनुपर्नेछ। बिनाभेटी करारको सन्दुक फर्काउनुहुन्न। तब तिमीहरू निको हुनेछौ र उहाँले किन तिमीहरूलाई सजाय दिइरहनुभएको छ, त्यसको कारण थाहा पाउनेछौ।”
4
“हामीले के भेटी पठाऔं त?” मानिसहरूले सोधे। तिनीहरूले जवाफ दिए, “हरेक पलिश्ती राजाको लागि एउटाको हिसाबले पाँच वटा सुनका मुसा र पाँच वटा सुनका गिर्खाका नमुनाहरू पठाओ। तिमीहरू र पाँचै जना राजामाथि एउटै रुढी आएको थियो।
5
तिम्रा देशमा उत्पात मच्चाउने गिर्खा र मुसाका नमुनाहरू तिमीहरूले बनाउनुपर्छ अनि इस्राएलका परमेश्वरलाई आदर दिनुपर्छ। सायद उहाँले तिमीहरू र तिम्रा देवी-देवता र देशलाई सजाय दिन रोक्नुहुनेछ।
6
मिश्रका राजा र प्रजाजस्तै किन तिमीहरू हठी हुन्छौ? इस्राएलीहरूलाई मिश्रबाट निस्केर जान नदिएसम्म कसरी परमेश्वरले तिनीहरूलाई मूर्ख पार्नुभएको थियो, त्यो नबिर्स।
7
यसकारण कहिल्यै ननारेको एक जोर गोरु र एउटा गाडा तयार गर, गोरु गाडामा नार र तिनका बाछा-बाछीहरू गोठमा फिर्ता पठाइदेओ।
8
परमप्रभुको करारको सन्दुक ल्याएर गाडामा राख अनि त्यसको छेउमा तिम्रा पाप कटनीको निम्ति तिमीहरूले पठाउने सुनका नमुनाहरू अर्को बाकसमा राख। गाडालाई बाटो लगाइदेओ र त्यो आफैं बाटोमा जाओस्।
9
त्यसपछि गाडा कता जान्छ, हेरिबस। यदि त्यो बेथ-शेमेश सहरतिर गयो भने त्यसको अर्थ हो कि इस्राएलका परमेश्वरले त्यो डरलाग्दो आपत्ति हामीमाथि पठाउनुभएको हो। तर यो त्यतातिर गएन भने हामी थाहा पाउनेछौं कि उहाँले यो विपत्ति पठाउनुभएको होइन र यो खालि एउटा संयोगले भएको हो।”
10
तिनीहरूले सबै कुरा भनेअनुसार गरी दुई वटा गोरु लिई गाडामा नारे र बाछा-बाछीहरू गोठमा बन्द गरे।
11
करारको सन्दुक गाडामा राखे र त्योसँगै मुसा र गिर्खाका सुनका नमुनाहरू राखेको बाकस पनि राखे।
12
गोरुहरू बेथ-शेमेश जाने बाटोमा हिंड्न थाले र सीधा बाटो नछोडी त्यो सहरतिर लागे। गोरु बाँ-बाँ गर्दै हिंडे। पाँच जना राजाहरू बेथ-शेमेशको सिमानासम्म गोरुको पछिपछि गए।
13
बेथ-शेमेशका मानिसहरू बेसीमा गहुँ काटिरहेका थिए अनि जब तिनीहरूले आफ्ना नजर उठाए, तिनीहरूले करारको सन्दुक देखे। त्योदेखि तिनीहरू औधी रमाए।
14
बेथ-शेमेशमा बास गर्ने यहोशूको खेतमा आई गाडा एउटा ठूलो ढुङ्गाको छेउमा थामियो। मानिसहरूले गाडाका काठहरू काटे र गोरुहरू मारेर परमप्रभुलाई होमबलि चढाए।
15
लेवीहरूले परमप्रभुको करारको सन्दुक र सुनका नमुनाहरू राखेका बाकस उठाएर एउटा ठूलो ढुङ्गामाथि राखे। त्यसपछि बेथ-शेमेशका मानिसहरूले परमप्रभुलाई होमबलि साथै अरू बलिहरू चढाए।
16
ती पाँच पलिश्ती राजाहरूले तिनीहरूले यी सबै गरेका देखे र त्यही दिन एक्रोनमा फर्किए।
17
पलिश्तीहरूले तिनीहरूको पापबलिको निम्ति प्रत्येक सहरको लागि एउटा-एउटा गरेर अश्दोद, गाजा, अश्कलोन, गात र एक्रोन सहरहरूका नाममा पाँच वटा सुनका गिर्खाका नमुनाहरू परमप्रभुलाई भेटीका रूपमा पठाए।
18
तिनीहरूले ती पाँच जना पलिश्ती राजाहरूले राज्य गरेका प्रत्येक सहरका नाउँमा एकएक वटा सुनका मुसाहरू पठाए। ती सहरहरू पर्खाल लाएका र नलाएका दुवै थरीका थिए। बेथ-शेमेशका यहोशूको खेतको त्यो ठूलो ढुङ्गा, जसमाथि तिनीहरूले परमप्रभुको करारको सन्दुक राखेका थिए, अझसम्म त्यहाँ भएका कुराको साक्षीको रूपमा छँदैछ।
19
परमप्रभुले बेथ-शेमेशका सत्तरी जना मानिसहरूलाई मार्नुभयो किनभने तिनीहरूले करारको सन्दुकभित्र हेरेका थिए र परमप्रभुले तिनका माझमा यस्तो ठूलो संहार गर्नुभएकोले मानिसहरूले विलाप गरे।
20
बेथ-शेमेशका मानिसहरूले भने, “परमप्रभु पवित्र परमेश्वरअघि को खडा रहन सक्छ? हामीबाट टाढा उहाँलाई कहाँ पठाउन सक्छौं?”
21
तिनीहरूले किर्यत-यारीमका मानिसहरूलाई यसो भनी खबर दिनलाई मानिसहरू पठाए, “पलिश्तीहरूले परमप्रभुको करारको सन्दुक फर्काएका छन्, आएर लैजाओ।”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31