bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 28
1 Samuel 28
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 29 →
1
केही समयपछि पलिश्तीहरूले इस्राएलसित लडाइँ गर्न आफ्ना पल्टन भेला गरे र आकीशले दाऊदलाई भने, “यो कुरा तपाईंले निश्चय बुझेको हुनुपर्छ कि आफ्ना मानिसहरूसहित तपाईंले हाम्रापट्टि भएर लडाइँ गर्नुपर्नेछ।”
2
“निश्चय नै,” दाऊदले उत्तर दिए, “म तपाईंको सेवक हुँ र मैले तपाईंको पक्षमा के गर्न सक्छु, त्यो आफैंले देख्नुहुनेछ।” आकीशले भने, “असल कुरा! म तपाईंलाई सधैँभरिको निम्ति मेरो अङ्ग-रक्षक बनाउनेछु।”
3
शमूएल मरिसकेका थिए र सबै इस्राएलीहरूले तिनको निम्ति विलाप गरेर तिनकै सहर रामामा गाडेका थिए। शाऊलले सबै ज्योतिषीहरू र भूत-प्रेत खेलाउनेहरूलाई इस्राएलबाट धपाएका थिए।
4
पलिश्ती सेना भेला भएर शूनेम सहरको छेउमा छाउनी हाले। शाऊलले इस्राएलीहरूलाई भेला गरी गिल्बो पहाडमा छाउनी हाले।
5
पलिश्ती सेना देखेर शाऊल डराए
6
र परमप्रभुलाई म के गरूँ भनी सोधे। तर परमप्रभुले उनलाई कुनै उत्तर दिनुभएन, सपनामा वा ऊरीम र तुम्मीमका प्रयोगले वा अगमवक्ताद्वारा कुनै प्रकारले उहाँले उत्तर दिनुभएन।
7
तब शाऊलले भारदारहरूलाई आज्ञा गरे, “एउटी भूत-प्रेत खेलाउने स्त्री खोज र म गएर त्योसित सल्लाह लिनेछु।” “एउटी त्यस्ती आइमाई एन्दोरमा छे,” तिनीहरूले भने।
8
शाऊलले आफ्नो भेष बदलेर, सामान्य पोशाक पहिरी रात परेपछि दुई जना मानिसहरूसाथमा लिएर त्यस आइमाईलाई भेट्न गए। उनले त्यसलाई भने, “मेरो निम्ति आत्माहरूसित सोधपुछ गर। के हुने हो, त्यो मलाई भन। मैले भनेको मानिसको आत्मालाई बोलाऊ।”
9
त्यस आइमाईले उत्तर दिई, “शाऊल राजाले के गरेका छन्, तिनले कसरी ज्योतिषी र भूत-प्रेत खेलाउनेहरूलाई इस्राएल छोड्न लाए, त्यो तिमी निश्चय नै जान्दछौ। किन मलाई पासोमा हाली मार्ने चेष्टा गर्दछौ?”
10
शाऊलले परमप्रभुको नाउँमा शपथ खाएर त्यसलाई भने, “जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिंदछु कि यसले गर्दा तिमीमाथि कुनै किसिमको आपत् आइपर्नेछैन।”
11
आइमाईले सोधी, “तिम्रो लागि कसलाई बोलाऊँ त?” “शमूएललाई,” तिनले भने।
12
त्यस आइमाईले जब शमूएललाई देखी त्यसले चिच्च्याएर शाऊललाई भनी, “तिमीले किन मसित छल गर्यौ? तिमी शाऊल राजा रहेछौ!”
13
राजाले त्यसलाई भने, “नडराऊ! के देख्दै छौ?” “म एउटा आत्मा पृथ्वीबाट आउँदै गरेको देख्दै छु,” त्यसले जवाफ दिई।
14
“त्यो केजस्तो देखिंदै छ?” तिनले सोधे। त्यसले उत्तर दिई, “एउटा बुढो मानिस निस्किआउँदै छ। उसले खास्टो ओढेको छ।” तब शाऊलले शमूएल रहेछन् भनी थाहा पाए र आदर गर्दै भूइँमा घोप्टेर ढोगे।
15
शमूएलले शाऊललाई भने, “किन तिमीले मलाई अशान्तिमा पार्यौ? मलाई किन आउन लायौ?” शाऊलले जवाफ दिए, “म महाकष्टमा छु। पलिश्तीहरूले मसित लडाइँ गर्दै छन् र परमेश्वरले मलाई त्याग्नुभएको छ। उहाँले मलाई सपनामा वा अगमवक्ताहरूद्वारा कुनैले पनि उत्तर दिनुहुन्न। यसकारण मैले तपाईंलाई बोलाएँ। मैले के-कसो गर्नुपर्छ, तपाईंले भनिदिनुहोस्।”
16
शमूएलले भने, “जब परमप्रभुले तिमीलाई छोडिसक्नुभयो र तिम्रो शत्रु हुनुभएको छ, तब मलाई किन बोलाउँछौ?
17
परमप्रभुले तिमीलाई मद्वारा जे भन्नुभएको थियो, त्यो गर्नुभएको छ। उहाँले तिमीदेखि राज्य खोसेर दाऊदलाई दिइसक्नुभएको छ।
18
तिमीले परमप्रभुको आज्ञा मानेनौ र अमालेकीहरू र तिनका सम्पत्ति पूरा नाश गरेनौ। त्यसैकारण परमप्रभुले यसो गर्नुभएको हो।
19
उहाँले तिमी र इस्राएललाई पलिश्तीहरूका हातमा पारिदिनुहुनेछ। भोलि तिमी र तिम्रा छोराहरू मसँग हुनेछौ र इस्राएली सेनालाई पनि परमप्रभुले पलिश्तीहरूका हातमा दिनुहुनेछ।”
20
शमूएलले भनेका कुरा सुनेर तुरुन्तै शाऊल भूइँमा लडेर तेर्सिए। तिनी दुर्बल भएका थिए किनभने त्यो दिन र राती तिनले केही खाएका थिएनन्।
21
त्यो आइमाई तिनको छेउमा गई र तिनलाई डराएका देखेर भनी, “हजुर, ममाथि निगाह राख्नुहोस्। तपाईंले भनेअनुसार गरेर मैले आफ्नो प्राण खतरामा हालें।
22
अब कृपा गरी मैले भनेअनुसार गर्नुहोला। तपाईंको निम्ति केही भोजन तयार गर्ने अनुमति दिनुहोस्। यात्राको निम्ति बलियो हुनलाई तपाईंले भोजन गर्नुपर्छ।”
23
शाऊलले अस्वीकार गरे र केही खान्न भने। तर तिनका भारदारहरूले पनि तिनलाई खानलाई बिन्ती गरे। अन्तमा तिनले आफ्नो ढिपी छोडे र भूइँबाट उठी पलङ्गमा बसे।
24
त्यस आइमाईले छिटो-छिटो एउटा घरमा पालेको बाछो मारी। केही पिठो लिएर मुछी र बिनाखमिरको रोटी पकाई।
25
त्यसले शाऊल र तिनका भारदारहरूको अघि खाना टक्र्याई र तिनीहरूले खाए। त्यही रात तिनीहरू त्यहाँबाट बिदा भए।
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 29 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31