bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 19
1 Samuel 19
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 20 →
1
शाऊलले आफ्ना छोरा जोनाथन र सबै भारदारहरूलाई म दाऊदलाई मार्ने उपाय गर्छु भने। जोनाथनले दाऊदलाई खुबै मन पराउँथे
2
र तिनलाई भने, “मेरा बुबाले तिमीलाई मार्ने चेष्टा गर्दै छन्। भोलि बिहान होशियार हुनु, कुनै गुप्त स्थानमा गएर बस्नू।
3
म गएर तिमी लुकिरहेको खेतमा मेरा बुबाको छेउमा उभिनेछु र तिम्रो बारेमा कुरा गर्नेछु। मैले केही कुरा थाहा पाएँ भने तिमीलाई भन्नेछु।”
4
जोनाथनले शाऊलको अघि दाऊदको प्रशंसा गरेर भने, “हजुर, आफ्नो सेवक दाऊदलाई केही खराबी नगर्नुहोस्। तिनले कहिल्यै तपाईंको खराबी गरेका छैनन्। त्यसका सट्टामा तिनले गरेका हरकामले तपाईंको ठूलो मद्दत भएको छ।
5
आफ्नो प्राण खतरामा हालेर तिनले गोल्यतलाई मारे र परमप्रभुले इस्राएलको निम्ति महान् विजय दिनुभयो। त्यो देखेर तपाईं प्रसन्न हुनुभयो। तर किन अहिले तपाईं एउटा निर्दोष मानिसलाई अन्याय गर्न चाहनुहुन्छ? किन दाऊदलाई कुनै कारणबिना मार्न चाहनुहुन्छ?”
6
शाऊलले शपथ खाए, “जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिँदछु कि दाऊद मारिनेछैन।”
7
यसकारण जोनाथनले दाऊदलाई बोलाएर सबै कुरा भने। तिनले दाऊदलाई शाऊलकहाँ लगे र अघिझैँ दाऊदले राजाको सेवा गरे।
8
पलिश्तीहरूसित फेरि लडाइँ भयो। दाऊदले तिनीहरूलाई हमला गरेर पूर्णरूपले हराए र तिनीहरू भागे।
9
एक दिन परमप्रभुले पठाउनुभएको दुष्टात्माले शाऊललाई अधीन गर्यो। तिनी आफ्नो घरमा हातमा एउटा भाला लिएर बसिरहेका थिए र दाऊद त्यहाँ बसेर वीणा बजाइरहेका थिए।
10
भाला हानेर शाऊलले दाऊदलाई भित्तैमा टाँस्ने चेष्टा गरे; तर दाऊद तर्किए र भाला भित्तामा गाडियो। दाऊद उम्केर बाँचे।
11
त्यही रात शाऊलले केही मानिसहरूलाई दाऊदको घरमाथि नजर राख्नू र बिहानै तिनलाई मारिदिनू भनी पठाए। दाऊदकी स्वास्नी मीकलले तिनलाई होशियार गराइन् र भनिन्, “आज राती भाग्नुभएन भने भोलि तपाईं मर्नुहुनेछ।”
12
तिनले उनलाई एउटा झ्यालबाट तल झारिदिइन् र उनी भागेर गए।
13
त्यसपछि तिनले घरको देवको मूर्ति लिएर ओछ्यानमा सुताइन्, टाउको मुनि बाख्राका रौँले बनाएको सिरानी राखिदिइन् र लुगा ओढाइदिइन्।
14
जब शाऊलका मानिसहरू दाऊदलाई समात्न आए, मीकलले तिनीहरूलाई दाऊद बिरामी छन् भनिदिइन्।
15
तर शाऊलले दाऊदलाई आफ्नै आँखाले हेरिआउनू भनी तिनीहरूलाई फर्काइपठाए। शाऊलले तिनीहरूलाई यस्तो आज्ञा दिए, “त्यसलाई खाटैमा यहाँ लिएर आओ र म त्यसलाई मार्नेछु।”
16
तिनीहरू घरभित्र पसे र खाटमाथि घरका देवताको मूर्ति बाख्राका रौंका सिरानीमा शिर राखेर लडिरहेको भेट्टाए।
17
शाऊलले मीकललाई सोधे, “किन तैँले मलाई यसरी छल गरेर मेरो शत्रुलाई भाग्न दिइस्?” तिनले उत्तर दिइन्, “उनले ‘मलाई भाग्न मद्दत गरिनस् भने तँलाई नै मार्छु,’ भने।”
18
दाऊद भागेर रामामा शमूएलकहाँ गए र शाऊलले तिनलाई गरेका सबै कुरा सुनाए। त्यसपछि उनी र शमूएल नैयोतमा गएर बसे।
19
दाऊद रामाको नैयोतमा छन् भनी शाऊललाई कसैले सुनायो।
20
दाऊदलाई पक्रन शाऊलले केही मानिसहरू त्यहाँ पठाए। तिनीहरूले एक दल अगमवक्ताहरू आफ्ना अगुवा शमूएलसँग अगमवाणी बोल्दैगरेका देखे। तब शाऊलका मानिसहरूलाई परमेश्वरको आत्माले अधीन गर्नुभयो र तिनीहरूले पनि अगमवाणी बोल्न लागे।
21
शाऊलले जब यो कुरा सुने, अरू मानिसहरूलाई त्यहाँ पठाए र तिनीहरूले पनि अगमवाणी बोल्न थाले। तेस्रोपल्ट तिनीहरूले अरू मानिसहरूलाई पठाए, तिनीहरूले पनि अगमवाणी बोल्न थाले।
22
तब तिनी आफैं रामामा गए। सेकूमा भएको ठूलो कुवामा आइपुग्दा तिनले शमूएल र दाऊद कहाँ छन् भनी सोधे। तिनीहरू नैयोतमा छन् भनी तिनलाई भनियो।
23
उनी त्यहीँ जान लाग्दा परमेश्वरको आत्मा उनीमाथि पनि आउनुभयो र उनी पनि नैयोतसम्मै अगमवाणी बोल्दै गए।
24
उनले आफ्ना वस्त्र फुकाले र शमूएलको सामुन्ने अगमवाणी बोल्दै त्यो दिन र रातभरि नाङ्गै बसे। (त्यसरी यो भनाइ सुरु भयो, “के शाऊल पनि अगमवक्ता भएका छन्?”)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31