bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 14
1 Samuel 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 15 →
1
एक दिन जोनाथनले आफ्नो हतियार बोक्ने केटालाई भने, “आऊ, हामी पारिपट्टि पलिश्तीहरूका छाउनीमा जाऔं।” तर जोनाथनले त्यो कुरा आफ्ना बुबा शाऊललाई भनेनन्।
2
शाऊल गिबाको नजिकै मिग्रोनमा एउटा अनारको बोटमुनि डेरा गरेर बसेका थिए, तिनीसित प्राय: छ सय जना मानिसहरू थिए।
3
(एपोद बोक्ने पूजाहारीचाहिँ ईकाबोदको भाइ अहीतूबको छोरा अहियाह थिए। अहीतूब पीनहासको छोरो अनि शीलोमा रहेका परमप्रभुको पूजाहारी एलीका नाति थिए।) जोनाथन गएको मानिसहरूले थाहा पाएनन्।
4
मिकमाशको घाटीको, जुन बाटो भएर जोनाथन पलिश्तीहरूका छाउनीमा पुग्नुपर्थ्यो, दुई वटा चोसो निस्केका चट्टानहरू घाटीका दुईपट्टि उठेका थिए। एउटा चट्टानको नाम बोसेस र अर्काको नाम सेनेह थियो।
5
एउटा चट्टान घाटीको उत्तरपट्टि मिकमाशतिर र अर्को दक्षिणपट्टि गेबातिर फर्केका थिए।
6
जोनाथनले त्यस जवान मानिसलाई भने, “हामी पारिपट्टि ती मूर्ति पुज्ने पलिश्तीहरूका छाउनीमा जाऔं। हुन सक्छ, परमप्रभुले हाम्रो मद्दत गर्नुहुन्छ र उहाँले मद्दत दिनुभयो भने हामी जति नै थोरै सङ्ख्यामा भए पनि कुनै कुराले हामीलाई विजय पाउनदेखि रोक्न सक्नेछैन।”
7
त्यस केटाले उत्तर दियो, “जे तपाईं गर्न चाहनुहुन्छ, त्यसमा म तपाईंलाई साथ दिनेछु।”
8
जोनाथनले भने, “ठीक छ! हामी पारि जानेछौं र पलिश्तीहरूकहाँ देखा पर्नेछौं।
9
यदि तिनीहरूले ‘तिमीहरू त्यहीँ पर्ख हामी आउँदै छौं’ भनेर हामीलाई भन्छन् भने हामी जहाँ हुन्छौं, त्यहीं पर्खनेछौं।
10
तर तिनीहरूले आफू भएका ठाउँमा हामीलाई बोलाए भने हामी त्यसै गर्नेछौं किनभने त्यो परमप्रभुले हामीलाई तिनीहरूमाथि विजय दिनुभएको छ भन्ने कुराको चिन्ह हुनेछ।”
11
यसर्थ तिनीहरू पलिश्तीकहाँ देखा परे र पलिश्तीहरूले भने, “हेर, कोही-कोही हिब्रूहरू आफू लुकेका दुलाहरूबाट निस्की आउँदै छन्!”
12
तब तिनीहरूले जोनाथन र त्यस केटालाई कराएर भने, “तिमीहरू यहाँ आओ! हामीसित तिमीहरूलाई भन्नुपर्ने केही कुरा छन्!” जोनाथनले त्यस केटालाई भने, “मेरो पछि-पछि आऊ। परमप्रभुले इस्राएललाई तिनीहरूमाथि विजय दिनुभएको छ।”
13
जोनाथन हात र घुँडा टेकी घाटीबाट उक्ली उँभो आए र जोनाथनको पछि-पछि त्यो केटा पनि आयो। जोनाथनले हमला गरेर पलिश्तीहरूलाई ढाले र त्यो केटाले तिनीहरूलाई मार्यो।
14
त्यो पहिलो संहारमा मार-काट हुँदा जोनाथन र त्यो केटाले प्राय: बीस जना मानिसहरूलाई चार रोपनीजस्तो क्षेत्रफलभित्र मारे।
15
गाउँ-बस्तीमा बास गर्ने सबै पलिश्तीहरू डराए, छाउनीमा बसेका छापामार र सिपाहीहरू डरले काँमे, पृथ्वी हल्लियो र एउटा ठूलो आतङ्क मच्चियो।
16
बेन्यामीनी इलाकाको गिबामा पहरा दिएर बसेका शाऊलका मानिसहरूले पलिश्तीहरू डरले भाग्दै गरेका देखे।
17
यसकारण शाऊलले आफ्ना मानिसहरूलाई भने, “सिपाहीहरूको गन्ती लिएर को-को छैन हेर।” तिनीहरूले त्यसै गरे अनि जोनाथन र उनको हतियार बोक्ने केटा रहेनछन् भनी पत्ता लगाए।
18
शाऊलले पूजाहारी अहियाहलाई भने, “सन्दुक यहाँ ल्याओ।” (त्यस दिन अहियाहले इस्राएलका मानिसहरूका अघि सन्दुक बोकेका थिए।)
19
शाऊल पूजाहारीसित कुरा गरिरहेको बेलामा पलिश्ती छाउनीमा गड्बडी अझै बढ्दैगयो र शाऊलले तिनलाई भने, “परमप्रभुसित सल्लाह लिइरहने समय छैन!”
20
त्यसपछि शाऊल र तिनका मानिसहरू पलिश्तीहरूका विरुद्धमा लड्न निक्ले। पलिश्तीहरू पूरा गड्बडीका बीचमा आफू-आफूमा नै लडिरहेका थिए।
21
कति जना हिब्रूहरू, जो पलिश्तीहरूतिर लागेर तिनीहरूसित तिनका छाउनीमा गएका थिए, फेरि तिनीहरूलाई छोडेर शाऊल र जोनाथनपट्टि आए।
22
अरू एफ्राइमको डाँडामा लुकेर बस्नेहरूले पलिश्तीहरू भाग्दै छन् भनी सुने र तिनीहरूले पनि साथ दिएर पलिश्तीहरूमाथि हमला गरे
23
अनि लडाइँ गर्दै बेथ-आवनको पारिपट्टि गए। त्यो दिन परमप्रभुले इस्राएलको रक्षा गर्नुभयो।
24
त्यो दिन इस्राएलीहरू भोकले कमजोर भएका थिए किनभने शाऊलले एउटा गम्भीर किरिया खाएर यस्तो हुकुम दिएका थिए, “जसले आज मैले आफ्ना शत्रुहरूसित बदला लिनुअघि खाना खानेछ, त्यसलाई मेरो सराप छ।” यसकारण दिनभरि कसैले केही खाएका थिएनन्।
25
तिनीहरू सबै जना एउटा जङ्गल भएको इलाकामा आइपुगे र त्यहाँ जताततै मह भेट्टाए।
26
जङ्गल महले भरिएको थियो तर शाऊलको सरापसित डराएर कसैले मह खाएनन्।
27
तर आफ्ना बुबाले सराप दिएर प्रजालाई डर देखाएका कुरा जोनाथनले सुनेका थिएनन् र तिनले आफूले बोकेको लौरो चाकामा पुर्याएर महमा डुबाए र केही मह खाए। तुरुन्तै तिनलाई शरीरमा बल आएको थाहा भयो।
28
तर एक जना मानिसले भन्यो, “हामी सबै भोकले कमजोर भएका छौं; तर तपाईंका बुबाले हामीलाई डर देखाएर यसो भन्नुभयो, ‘जसले आज खाना खान्छ, त्यसलाई मेरो सराप लाग्छ।”
29
जोनाथनले उत्तर दिए, “मेरो बुबाले हाम्रो प्रजामाथि कस्तो डरलाग्दो कुरा गर्न सक्छन्! हेर त, मह खाएर अहिले मलाई कति राम्रो लागिरहेछ!
30
शत्रुहरूको हार हुँदा हाम्रा मानिसहरूले फेला परेका खाना खाएका भए कति असल हुनेथियो। तिनीहरूले अझ कति धेरै पलिश्तीहरूलाई मार्नेथिए अनि सो विचार गर त!”
31
त्यस दिन मिकमाशदेखि अय्यालोनसम्म लड्दै गएर इस्राएलीहरूले पलिश्तीहरूलाई हराए। त्यस बेलासम्ममा इस्राएलीहरू भोकले औधी दुर्बल भइसकेका थिए।
32
तिनीहरू शत्रुहरूबाट कब्जा गरेका सामानहरूतिर हतारिँदै गए, त्यहाँका भेडा र गाई-गोरुहरू लिएर त्यहीँ मारे र रगतैसँग मासु खाए।
33
शाऊललाई यसो भनियो, “हेर्नुहोस्, मानिसहरूले रगतैसँग मासु खाएर परमप्रभुको विरुद्धमा पाप गरिरहेका छन्।” शाऊल कराए, “तिमीहरू विश्वासघातीहरू हौ! एउटा ढुङ्गा पल्टाएर यहाँ म भएको ठाउँमा ल्याओ।”
34
त्यसपछि उनले अर्को एउटा आज्ञा दिए, “मानिसहरूका बीचमा जाओ र तिनीहरूलाई भन कि सबैले आ-आफ्ना गाई-गोरु र भेडाहरू यहाँ लिएर आऊन्। ती मारेर तिनीहरूले यहाँ खाऊन्। रगतैसँग मासु खाएर तिनीहरूले परमप्रभुको विरुद्धमा पाप गर्नुहुन्न।” यसकारण त्यस रात सबैले आफ्ना गाईवस्तु त्यहाँ ल्याएर मारे।
35
शाऊलले परमप्रभुको निम्ति एउटा वेदी बनाए। त्यो उनले बनाएको पहिलो वेदी थियो।
36
शाऊलले आफ्ना मानिसहरूलाई भने, “आओ, हामी तल झरेर राती पलिश्तीहरूमाथि हमला गरौं र घाम उदाउने बेलासम्म तिनीहरूलाई लुटपाट गरौं र सबैलाई मारिदिऔं।” तिनीहरूले जवाफ दिए, “तपाईंलाई जे असल लाग्छ, त्यही गर्नुहोस्।” तर पूजाहारीले भने, “पहिले परमेश्वरको सल्लाह लिऔं।”
37
शाऊलले परमेश्वरलाई सोधे, “के म पलिश्तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले हामीलाई विजय दिनुहुन्छ?” तर त्यो दिन परमेश्वरले केही उत्तर दिनुभएन।
38
तब शाऊलले मानिसहरूका अगुवाहरूलाई भने, “यता आएर आज के पाप गरिएको छ, त्यो पत्ता लगाओ।
39
इस्राएललाई उद्धार गर्नुहुने जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिंदछु कि मेरो छोरो जोनाथनमा नै त्यो लुकेको भए पनि उनी मारिनेछन्।
40
तब शाऊलले तिनीहरूलाई भने, “तिमीहरू सबै जना त्यहाँ खडा होओ, म र जोनाथन यहाँ खडा हुन्छौं।” “जे तपाईंलाई असल लाग्छ, त्यही गर्नुहोस्,” तिनीहरूले जवाफ दिए।
41
शाऊलले परमप्रभु इस्राएलका परमेश्वरलाई भने, “परमप्रभु, आज किन तपाईंले मलाई उत्तर दिनुभएन? परमप्रभु इस्राएलका परमेश्वर, पवित्र पत्थरहरूद्वारा मलाई उत्तर दिनुहोस्। दोष मेरो वा जोनाथनको छ भने ऊरीमद्वारा जवाफ दिनुहोस् तर तपाईंको प्रजा इस्राएलको दोष छ भने तुम्मीमद्वारा जवाफ दिनुहोस्।” जवाफमा जोनाथन र शाऊल देखा परे र मानिसहरू छुट्टिए।
42
तब शाऊलले भने, “म र मेरो छोरो जोनाथनका बीचमा को हो, त्यो छुट्टाइदिनुहोस्।” तब दोष जोनाथनमाथि पर्यो।
43
शाऊलले जोनाथनलाई सोधे, “तैँले के गरिस्?” जोनाथनले जवाफ दिए, “मैले अलिकता मह खाएँ। म यहाँ हाजिर छु र मर्न तयार छु।”
44
शाऊलले तिनलाई भने, “तँ मारिइनस् भने परमेश्वरले मलाई मारून्!”
45
तर मानिसहरूले शाऊललाई भने, “के जोनाथन, जसले इस्राएलको लागि यति महान् विजय गरे, मारिने? अँहँ, होइन! जीवित परमप्रभुलाई साक्षी राखी हामी वचन दिंदछौं कि उनको शिरको एउटा केश पनि भूइँमा खस्न पाउनेछैन।” किनभने उनले आज परमेश्वरको सहायताले काम गरेका छन्। यसरी नै मानिसहरूले जोनाथनलाई मारिनदेखि मुक्त गराएका छन्।
46
त्यसपछि शाऊलले पलिश्तीहरूलाई खेद्न छोडे र तिनीहरू आफ्नै देशमा फर्के।
47
शाऊल इस्राएलका राजा भएपछि उनले आफ्ना सबै शत्रुहरूसित सबै ठाउँमा लडाइँ गरे। उनले मोआब, अम्मोन, एदोमका मानिसहरू, सोबाका राजा र पलिश्तीहरूसित लडाइँ गरे। जहाँजहाँ लडाइँ गरे, त्यहाँत्यहाँ तिनले जिते।
48
उनले वीरतासाथ लडाइँ गरे र अमालेकीहरूलाई पनि हराए। उनले इस्राएलीहरूलाई सबै हमलाबाट बचाए।
49
शाऊलका छोराहरू जोनाथन, यिश्वी, मल्कीशूअ थिए। तिनका जेठी छोरी मेराब र कान्छी छोरी मीकल थिए।
50
उनकी रानी अहीमासकी छोरी अहीनोम थिइन्। उनका काका नेरका छोरा अबनेर सेनापति थिए।
51
शाऊलका बुबा कीश र अबनेरका बुबा नेर अबीएलका छोराहरू थिए।
52
शाऊलले आफ्नो जीवनकालभरि पलिश्तीहरूसित लडाइँ गर्नुपर्यो। यसकारण जहिले-जहिले कोही बलियो वा साहसी पुरुष भेट्थे, त्यही बेला उनले त्यसलाई आफ्ना सेनामा भर्ती गर्थे।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31