bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 20
1 Samuel 20
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 21 →
1
त्यसपछि, दाऊद रामाको नैयोतबाट भागेर जोनाथनकहाँ गए। “मैले के गरेको छु?” तिनले सोधे, “मैले कुन अपराध गरेको छु? मैले तपाईंको बुबाको के खराबी गरें र तिनले मलाई मार्न चाहन्छन्?”
2
जोनाथनले उत्तर दिए, “परमेश्वरले तिम्रो मृत्यु हुनुदेखि तिमीलाई बचाऊन्! मेरा बुबाले आफूले गर्ने ठूला-साना सबै कुराहरू मलाई भन्नुहुन्छ र यो कुरा पनि मदेखि लुकाउनुहुनेछैन। यो साँचो हुन सक्दैन!”
3
तर दाऊदले उत्तर दिए, “तपाईंको बुबाले राम्ररी जान्दछन् कि तपाईंले मलाई कति मन पराउनुहुन्छ र तिनले के उपाय गर्दैछन्, सो तपाईंलाई नभन्ने निश्चय गरेका छन् किनभने त्यसले तपाईंलाई गहिरो चोट पुर्याउनेछ। जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्दछु कि अब त मेरो मृत्यु नजिकै छ।”
4
जोनाथनले भने, “तिमी जे चाहन्छौ, त्यो म गर्नेछु।”
5
दाऊदले जवाफ दिए, “भोलि औँसीको चाड हो र मैले राजासित भोजन गर्ने कुरा छ। तर म पर्सि बेलुकासम्म खेतमा गई लुक्नेछु।
6
यदि तपाईंको बुबाले म भोजमा नआएको चाल पाउनुभयो भने तपाईंको अनुमति लिएर बेथलेहेममा आफ्नो घर गए भनिदिनुहोला किनभने मेरा सारा परिवारले वार्षिक बलिदान चढाउने समय यही हो।
7
राजाले ‘ठीकै छ’ भनेदेखि मलाई डर छैन; तर उनी रिसाए भने उनीबाट मलाई खतरा छ भनी तपाईंले बुझ्नुहुनेछ।
8
कृपा गरी ममाथि यो निगाह गर्नुहोला र मसित गरेको आफ्नो पवित्र प्रतिज्ञाको पालना गर्नुहोला। तर म अपराधी छु भने तपाईं आफैंले मलाई मार्नुहोस्। किन मलाई मार्नको लागि आफ्ना बुबाकहाँ पुर्याउनुहुन्छ?”
9
“यस्तो विचार नै नगर!” जोनाथनले उत्तर दिए, “मेरो बुबाले तिम्रो खराबी गर्ने निश्चय गरेका छन् भनी मलाई थाहा भए, मैले तिमीलाई भन्ने थिइनँ र?”
10
तब दाऊदले सोधे, “तपाईंको बुबाले रिसाएर तपाईंलाई रूखो जवाफ दिए भने कसले मलाई खबर गर्नेछ?”
11
“हामीहरू मैदानमा जाऔं,” जोनाथनले उत्तर दिए। तिनीहरू खेतमा गए
12
र जोनाथनले दाऊदलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर हाम्रा बीच साक्षी रहून्! भोलि र पर्सि यति नै बेला म मेरा बुबालाई सोध्नेछु। उनको आचरण तिमीप्रति ठीक छ भने म खबर पठाउनेछु।
13
तिमीलाई हानि गर्ने उनको इच्छा रहेछ भने मैले तिमीलाई त्यसको खबर दिएर कुशलसाथ भगाउने काम गरिनँ भने परमप्रभुले मलाई मारून्। परमप्रभु मेरा बुबासित रहे झैँ तिमीसित रहून्!
14
र म बाँचिरहें भने तिम्रो पवित्र प्रतिज्ञा मानेर मप्रति विश्वासयोग्य रहनू तर म मारिएँ भने
15
त्यही प्रकारको विश्वासयोग्यता मेरो परिवारप्रति सदैव देखाऊ अनि परमप्रभुले जब तिम्रा सबै शत्रुहरूलाई नाश गरिसक्नुहुन्छ,
16
तब हाम्रा आपसको प्रतिज्ञा त्यति बेला पनि रहिरहोस्। त्यो तोडियो भने परमप्रभुले तिमीलाई दण्ड दिनुहुनेछ।”
17
फेरि एकपल्ट जोनाथनले दाऊदलाई उनीसित प्रेम गर्छु भनी प्रतिज्ञा गर्न लगाए किनभने तिनले दाऊदलाई आफैंलाई जस्तै प्रेम गर्थे।
18
तब जोनाथनले तिनलाई भने, “भोलि औँसीको चाड हुनाले तिमी भोजमा नआएको सबैको नजरमा पर्नेछ।
19
पर्सिको दिन तिमी अस्ति आपत्तिको बेला लुकेकै ठाउँमा जाऊ र त्यहाँ ढुङ्गाका रासको पछाडि बस।
20
त्यसलाई निशाना बनाएर म तीन वटा काँड हान्नेछु।
21
त्यसपछि मेरो चाकरलाई म ती खोज्न पठाउनेछु। यदि मैले त्यसलाई ‘हेर, काँड तेरो वल्लोपट्टि छन्, ती टिपेर ले,’ भनेमा त्यसको अर्थ हुनेछ कि तिमीलाई डर छैन र त्यहाँबाट निस्किआए हुन्छ। जीवित परमप्रभुलाई साक्षी राखी म भन्दछु कि तपाईं कुशल रहनुहुनेछ।
22
तर यदि मैले त्यसलाई ‘काँड तेरो पल्लोपट्टि छन्,’ भनेमा तिमी गइहाल्नू किनभने तिमीलाई परमप्रभुले नै जानू भन्नुभएको रहेछ।
23
हामीले आपसमा गरेका प्रतिज्ञा परमप्रभुले निश्चय नै हामीलाई सदासर्वदा पालन गर्न लाउनुहुनेछ।”
24
दाऊद खेतमा लुके। औँसीको चाडको दिन शाऊल भोजमा आए
25
र आफ्नो सधैँको स्थानमा भित्ताको छेउमा बसे। तिनको छेउमा अबनेर र सामुन्नेपट्टि जोनाथन बसे। दाऊदको ठाउँ रित्तो थियो,
26
तर त्यस दिन शाऊलले केही भनेनन् किनभने तिनले सोचे, “त्यसलाई केही भएको होला र त्यो विधिअनुसार अशुद्ध होला।”
27
भोलिपल्ट वा औंसीको चाडको दिनको भोलिपल्ट पनि दाऊदको ठाउँ रित्तै थियो र शाऊलले जोनाथनलाई सोधे, “हिजो र आज दुवै दिन किन दाऊद भोजमा आएन?”
28
जोनाथनले उत्तर दिए, “तिनले मलाई बेथलेहेम जाने अनुमति मागे।
29
‘मलाई कृपा गरी जान दिनुहोस् किनभने हाम्रा परिवारले सहरमा बलिदानको चाडको उत्सव मनाउँदैछ। बलिदान चढाउन र मेरा दाजुहरूले मलाई त्यहाँ जाने आज्ञा गरेका छन् र तपाईं मेरा मित्र हुनुहुन्छ भने मलाई गएर आफ्ना नातेदारहरूसित भेट गर्न दिनुहोस्। म गएर आफ्ना नातेदारसित भेट गर्न पाऊँ’ भनेर तिनले बिन्ती गरे। यसैकारण तिनी हजुरको भोजमा आउन सकेनन्।”
30
शाऊलले जोनाथनसित झोक्किएर भने, “तँ अट्टेरी र विश्वासघाती स्त्रीको छोरो! मैले अहिले थाहा पाएँ कि तँ यिशैको छोरोपट्टि लागेको छस् र आफ्नो र आफ्नी आमाको बेइज्जत गर्दै छस्!
31
के तँ यो जान्दैनस् कि त्यो यिशैको छोरो बाँचुञ्जेल तँ यस देशमा राजा हुन सक्नेछैनस्? अब जा र त्यसलाई यहाँ लिएर आइज! त्यो मर्नु नै पर्छ!”
32
जोनाथनले उत्तर दिए, “उनी किन मर्नुपर्छ? उनले के गरे?”
33
त्यसो हुँदा जोनाथनलाई मार्न शाऊलले भाला हाने। तब जोनाथनले आफ्ना बुबाले साँच्चै दाऊदलाई मार्ने नै निश्चय गरिसकेका रहेछन् भनी थाहा पाए।
34
जोनाथन रिसले टेबलबाट उठे र त्यो दिन केही खाएनन्। त्यो औंसीको चाडको दोस्रो दिन थियो। दाऊदको खातिर तिनले गहिरो दु:ख माने किनभने शाऊलले तिनको बेइज्जत गरेका थिए।
35
भोलिपल्ट बिहान सल्लाह भएअनुसार जोनाथन दाऊदलाई भेट्न खेतमा गए। तिनले एउटा केटोलाई आफूसँग लगेर
36
त्यसलाई भने, “दगुर्! म एउटा काँड हान्नेछु, त्यो खोजेर ले।” केटो दगुर्यो अनि जोनाथनले त्यसको पल्लोपट्टि काँड हाने।
37
काँड खसेको ठाउँमा केटो पुगेपछि जोनाथनले त्यसलाई कराएर भने, “काँड तेरो पल्लोपट्टि छ!
38
त्यहाँ उभी नबस्! चाँडो गर!” केटोले काँड टिपेर ल्यायो र आफ्ना मालिककहाँ फर्केर आयो।
39
त्यसलाई त्यसको केही अर्थ थाहा भएन। जोनाथन र दाऊदले मात्र बुझे।
40
त्यसपछि जोनाथनले आफ्ना हतियारहरू त्यस केटालाई दिए र तिनलाई लिएर सहरमा पुर्याउन भने।
41
केटो गएपछि दाऊद ढुङ्गाका रासको पछिल्तिरबाट निस्किआए र तीन पल्ट भूइँसम्म निहुरेर ढोग गरे। दाऊद र जोनाथनले आपसमा म्वाइँ खाए र रोए। दाऊदको मनको पीर जोनाथनको भन्दा ज्यादा थियो।
42
तब जोनाथनले दाऊदलाई भने, “परमेश्वर तिमीसित रहून्! परमप्रभुले यो निश्चय गर्नुहुनेछ कि तिमी र मैले आपसमा गरेको पवित्र प्रतिज्ञा पूरा गर्नेछौं अनि तिम्रा र मेरा सन्तानले पनि सदासर्वदा त्यो मान्नेछन्।” त्यसपछि दाऊद बिदा भए र जोनाथन सहरतिर फर्के।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31