bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 29
1 Samuel 29
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 30 →
1
पलिश्तीहरूले आफ्ना सारा सेना अपेकमा भेला गरे। इस्राएलीहरूले यिजरेलको बेसीमा एउटा सानो खोलाको छेउमा छाउनी हाले।
2
पाँच पलिश्ती राजाहरू सय-सय र हजार-हजारका सङ्ख्यामा आफ्ना मानिसहरूलाई लिएर हिँडे र दाऊद र तिनका मानिसहरू राजा आकीशको सँगसँगै तिनको पछि लागे।
3
पलिश्ती सेनापतिहरूले तिनीहरूलाई देखेर, “यी हिब्रूहरूले यहाँ के गर्दैछन्?” भनी सोधे। आकीशले उत्तर दिए, “यिनी दाऊद इस्राएलका राजा शाऊलका एउटा अधिकृत हुन्। धेरै दिनदेखि यिनी मसित छन्। यिनी मकहाँ आएदेखि आजसम्म मैले यिनमा केही दोष पाउन सकिनँ।”
4
तर पलिश्ती सेनापति आकीशसित रिसाए र तिनलाई यसो भने, “त्यस मानिसलाई तपाईंले दिनुभएको नगरमा फर्काइदिनुहोस्। त्यो हामीसित लडाइँमा नजाओस्। लडाइँ भइरहेको बेलामा त्यो हाम्रा विरुद्धमा जाला। हाम्रा मानिसहरूलाई मार्नुबाहेक अर्को कुन अझ असल उपाय होला, जसद्वारा त्यसले आफ्ना राजाको निगाह पाउन सक्छ?
5
अन्तमा त त्यो त्यही दाऊद हो, जसको बारेमा आइमाईहरूले नाच्दै यसरी गाएका थिए, ‘शाऊलले हजार-हजारलाई मारे तर दाऊदले लाख-लाखलाई मारे।”
6
तब आकीशले दाऊदलाई भने, “जीवित परमप्रभुलाई साक्षी राखी म भन्दछु कि तिमी सोझो मानिस हौ। तिमी मसँग आएर यस युद्ध लडेको म चाहन्छु। मकहाँ आएको दिनदेखि मैले तिमीमा केही दोष पाइनँ। तर यी अरू राजाहरूले तिमीलाई मन पराउँदैनन्
7
र शान्तिमा फर्किजाऊ, तिनीहरूलाई असन्तुष्ट गराउने केही काम नगर।”
8
दाऊदले जवाफ दिए, “हजुर! मैले के दोष गरें? तपाईंले भनेअनुसार मैले तपाईंको सेवा गर्न थालेको दिनदेखि ममा केही दोष पाउनुभएको छैन भने किन म तपाईं मेरा मालिक र राजासँग गई शत्रुहरूसित लडाइँ गर्न नपाउने?”
9
“म तपाईंको कुरा मान्छु,” आकीशले भने, “म तिमीलाई परमेश्वरको दूतजस्तै विश्वासयोग्य ठान्छु। तर यी अरू राजाहरू भन्छन् कि तिमी हामीसित लडाइँमा जान सक्दैनौ।
10
यसकारण तिमीहरू सबै जना, जसले शाऊललाई छोडी मकहाँ आएका छौ, भोलि बिहान सबेरै उठेर उज्यालो हुने बित्तिकै जानुपर्नेछ।”
11
यसकारण भोलिपल्ट बिहानै दाऊद र तिनका मानिसहरू पलिश्तीहरूको देश जान बिदा भए र पलिश्तीहरूचाहिँ यिजरेलपट्टि लागे।
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 30 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31