bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 22
1 Samuel 22
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 23 →
1
दाऊद गात सहरबाट भागेर अदुल्लाम सहरछेउको एउटा ओडारमा गए। तिनका दाजुहरू र परिवारका अरूहरूले तिनी त्यहाँ छन् भनी सुनेर तिनीकहाँ आए।
2
अत्याचार वा ऋण वा असन्तोषमा परेका मानिसहरू तिनीकहाँ गए। तिनीहरू जम्मा चार सय जति थिए र तिनी तिनीहरूका अगुवा भए।
3
दाऊद त्यहाँबाट मोआबको मिस्पामा गए र मोआबका राजालाई भने, “परमेश्वरले मेरा लागि के गर्नुहुनेछ, त्यो थाहा नभएसम्म मेरा माता-पितालाई तपाईंकहाँ आएर बास गर्न दिनुहोस्।”
4
त्यसरी दाऊदले आफ्ना माता-पितालाई मोआबको राजाकहाँ छोडी राखे र जहिलेसम्म तिनी ओडारमा लुकिबसे, तहिलेसम्म तिनीहरू त्यहीँ बसिरहे।
5
अगमवक्ता गाद दाऊदकहाँ आएर भने, “यहाँ नबस्नुहोस्। झट्टै यहूदा देशमा गइहाल्नुहोस्।” यसकारण दाऊद त्यहाँबाट हिंडे र हारेतको वनमा गए।
6
एक दिन शाऊल हातमा भाला लिई गिबाको एउटा डाँडामा एउटा झ्याउजस्तै रूखको बोटमुनि बसेका थिए र तिनका सबै भारदारहरू तिनका चारैपट्टि उभिएका थिए। दाऊद र तिनका मानिसहरू फेला परे भनी तिनलाई भनिएको थियो।
7
तिनले भारदारहरूलाई भने, “बेन्यामीनीहरू हो, सुन! के दाऊदले तिमीहरू सबैलाई खेत र दाखबारी दिनेछ र त्यसका सेनामा अधिकृत बनाउनेछ भनी सोच्दछौ?
8
के त्यही कारण तिमीहरू मेरा विरुद्धमा षड्यन्त्र गर्दछौ? मेरो छोराले दाऊदसित मिलाप गरेको छ भनी तिमीहरू कसैले मलाई भनेनौ। कसैले मेरो वास्ता गर्दैन वा मेरै मानिसहरूमध्ये एक जना दाऊदले यो घडी मलाई मार्ने मौका खोज्दै छ र मेरो छोराले त्यसलाई सुर्याउँदै छ भनी मलाई भन्दैन।”
9
शाऊलका भारदारहरूसित दोएग खडा थियो र त्यसले भन्यो, “नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ दाऊद गएको बेलामा मैले उनलाई देखें।
10
दाऊदले कसो गर्नुपर्ने हो, सो अहीमेलेकले परमप्रभुसित सोधे र तिनले दाऊदलाई केही भोजन र पलिश्ती गोल्यतको तरवार दिए।”
11
यसकारण शाऊल राजाले अहीमेलेक र उनका नोबमा पूजाहारी काम गर्ने नातेदारहरूलाई बोलाउन पठाए र तिनीहरू राजाकहाँ आए।
12
शाऊलले अहीमेलेकलाई भने, “अहीमेलेक, सुन!” “हजुर, म सेवामा हाजिर छु,” अहीमेलेकले उत्तर दिए।
13
शाऊलले उनलाई सोधे, “किन तिमी र दाऊदले मेरो विरुद्धमा षड्यन्त्र गर्दछौ? तिमीले किन त्यसलाई भोजन र एउटा तरवार दियौ र त्यसको निम्ति परमेश्वरदेखि सल्लाह माग्यौ? अहिले त्यो मेरो विरुद्धमा खडा भएको छ र मलाई मार्ने मौका हेर्दछ!”
14
अहीमेलेकले उत्तर दिए, “तपाईंसित भएका सबैभन्दा विश्वासी अधिकृत दाऊद हुन्। तिनी तपाईंको आफ्नै ज्वाइँ, हजुरका अङ्ग-रक्षकहरूका नाइके र राज-दरबारमा सबैले खुबै आदर गरेका व्यक्ति हुन्।
15
हो, मैले उनको पक्षमा परमेश्वरको सल्लाह लिएँ, त्यो पहिलो चोटि पनि थिएन, षड्यन्त्रबारे चाहिँ हजुरले मलाई वा मेरा परिवारका अरू कसैलाई दोष नदिनू होला। यस विषयमा म केही कुरा जान्दिनँ!”
16
राजाले भने, “अहीमेलेक! तिमी र तिम्रा सबै नातेदारहरू मारिनुर्छ।”
17
तब तिनले आफ्ना छेउमा उभिरहेका पहरादारहरूलाई भने, “परमप्रभुका पूजाहारीहरू सबैलाई मार! तिनीहरूले दाऊदसित मिलेर षड्यन्त्र गरे र सबै कुरा थाहा हुँदाहुँदै पनि त्यो भागेको कुरा मलाई भनेनन्।” तर पहरेदारहरूमध्ये एक जनाले पनि परमप्रभुका पूजाहारीहरूलाई मार्न भनी आफ्नो हात उठाएन।
18
यसकारण शाऊलले दोएगलाई भने, “तैँले तिनीहरूलाई मार्!” र दोएगले तिनीहरू सबैलाई मार्यो, त्यस दिन त्यसले पचासी जना एपोद लाउनलाई योग्य पूजाहारीहरू मार्यो।
19
पूजाहारीहरूका सहर नोबका अरू सबै बासिन्दाहरूलाई पनि मार्ने आज्ञा शाऊलले दिए। पुरुष, स्त्री, दूधे-बालक, गाई-गोरु, गधा र भेडाहरू सबै संहार गरिए।
20
तर अहीमेलेकको एक जना छोरो अबियाथार बाँचेर भागे र गएर दाऊदसित मिले।
21
शाऊलले कसरी परमप्रभुका पूजाहारीहरूलाई मारेका थिए, त्यो कुरा तिनले दाऊदलाई सुनाए।
22
दाऊदले तिनलाई भने, “जब त्यो दिन मैले दोएगलाई देखें, तब त्यसले शाऊललाई त्यो कुरा भन्नेछ भनी म पक्का थिएँ। मलाई पक्का लागेको थियो। र तिम्रा सबै नातेदारहरूका मृत्युको लागि म जिम्मेवार छु।
23
मसित बस र नडराऊ। शाऊल तिमी र म दुवैलाई मार्न चाहन्छन्; तर तिमी मसित सुरक्षित रहनेछौ।”
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31