bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Samuel 15
1 Samuel 15
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 16 →
1
शमूएलले शाऊललाई भने, “तिमीलाई इस्राएलका राजा अभिषेक गर्न परमप्रभुले पठाउनुभएको व्यक्ति म नै हुँ। सर्वशक्तिमान् परमप्रभुले के भन्नुहुन्छ, सो सुन।
2
उहाँले अमालेकका मानिसहरूलाई दण्ड दिनुहुनेछ किनभने तिनका पुर्खाहरूले इस्राएलीहरू मिश्रबाट आइरहेका बेलामा तिनीहरूले विरोध गरेका थिए।
3
गएर अमालेकीहरूमाथि आक्रमण गर् र तिनीहरूसँग भएका सबै कुरा नाश गर्। एउटै कुरा पनि नछोड्। सबै पुरुष, स्त्री, केटाकेटी, बालबच्चा, गाई-गोरु, भेडा, ऊँट र गधाहरू मारिदे।
4
शाऊलले आफ्ना सैन्य दलहरूलाई तेलैममा एकसाथ भेला गरेर जाँच गरे। त्यहाँ इस्राएलबाट दुई लाख र यहूदाबाट दश हजार सैनिकहरू भेला गरे।
5
त्यसपछि तिनी आफ्ना सेनासित अमालेक सहरमा गए र सुक्खा नदीको छेउमा ढुकेर बसे।
6
तिनले केनीहरूलाई, जसका पुर्खाहरूले इस्राएलीहरू मिश्रबाट आएका बेलामा तीप्रति दयालु भएका थिए, यसो भनी एउटा चेतावनी पठाए— “अमालेकीलाई छोडेर गइहाल र तिनीहरूसाथसाथै मैले तिमीहरूलाई मार्नुनपरोस्।” यसकारण केनीहरू हिंडिहाले।
7
हवीलादेखि मिश्रको पूर्वमा भएको शूरसम्म लड्दै गएर शाऊलले अमालेकीहरूलाई हराए।
8
तिनले अमालेकको राजा अगागलाई जिउँदै पक्रे र सबै मानिसहरूलाई मारे।
9
तर शाऊल र तिनका मानिसहरूले अगागको प्राण बचाइदिए र सबैभन्दा असल-असल भेडा र गाई-वस्तु, बाछा र थुमाहरू र अरू कति वटा असल कुराहरू नाश गरेनन्। जे कुरा बेकामका र केही मोल नभएका थिए, ती मात्र तिनीहरूले नाश गरे।
10
परमप्रभुले शमूएललाई भन्नुभयो,
11
“मैले शाऊललाई राजा बनाएकोमा मलाई पछुतो छ। त्यो मदेखि तर्किगएको छ र मेरा आज्ञा उल्लङ्घन गरेको छ।” शमूएल रिसाए र रातभरि परमप्रभुसित बिन्ती गरिरहे।
12
भोलिपल्ट बिहानै तिनी शाऊललाई खोज्न निस्के। तिनले सुने कि शाऊल कर्मेल सहरमा गएका थिए र त्यहाँ आफ्नो नाममा एउटा स्मारक बनाएपछि गिलगालतिर लागेका थिए।
13
शमूएल शाऊलकहाँ गए र शाऊलले यसो भन्दै तिनलाई स्वागत गरे, “परमप्रभुले तपाईंलाई आशिष् देऊन्, शमूएल! मैले परमप्रभुको आज्ञापालन गरें।”
14
शमूएलले सोधे, “त्यसो भए किन मैले गाई-गोरु, भेडाहरू कराएका सुन्दछु?”
15
शाऊलले जवाफ दिए, “ती मेरा मानिसहरूले अमालेकीहरूदेखि लिएका हुन्। तिनीहरूले सबैभन्दा असल भेडा र गाई-गोरुहरू परमप्रभु तपाईंको परमेश्वरलाई चढाउन जोगाएका छन्, बाँकी अरू जम्मै हामीले नाश पार्यौं।”
16
“चूप लाग,” शमूएलले हुकुम गरे, “र हिजो राती परमप्रभुले मलाई के भन्नुभयो, सो म तिमीलाई सुनाउनेछु।” “भन्नुहोस्,” शाऊलले भने।
17
शमूएलले जवाफ दिए, “तिमीले आफैंलाई केही महत्त्व नभएको मानिस हुँ भनी ठान्छौ भने पनि तिमी इस्राएलका कुलहरूका अगुवा हौ। परमप्रभुले तिमीलाई राजा अभिषेक गर्नुभयो
18
र अमालेकका दुष्ट मानिसहरूलाई नाश पार्ने आज्ञा दिएर पठाउनुभयो। उहाँले तिमीलाई भन्नुभयो कि तिमीले तिनीहरू सबैलाई मारी नसकेसम्म लडाइँ गर्नू।
19
तर किन तिमीले उहाँको आज्ञा मानेनौ? किन लुटका माल लिन हतारले गयौ र त्यसरी परमप्रभुलाई असन्तुष्ट पार्ने काम गर्यौ?”
20
“मैले परमप्रभुको आज्ञा साँच्चै पालन गरें,” शाऊलले जवाफ दिए, “उहाँले भनेअनुसार म गएँ, अगाग राजालाई ल्याएँ र सबै अमालेकीहरूलाई मारें।
21
तर मेरा मानिसहरूले पो कब्जा गरेकामध्ये सबैभन्दा असल भेडा र गाई-गोरु मारेनन्। त्यसका सट्टामा तिनीहरूले ती पशुहरू परमप्रभु तपाईंको परमेश्वरलाई बलि चढाउन यहाँ गिलगालमा ल्याए।”
22
शमूएलले भने, “परमप्रभुले कुन कुरा बढ्ता रुचाउनुहुन्छ? आज्ञापालन, भेटी वा बलि? सबैभन्दा असल भेडा बलिदान गरेको भन्दा उहाँको आज्ञापालन गरेको अझ बढी असल हो।
23
उहाँको विरुद्धमा विद्रोह गर्नु तन्त्र-मन्त्रको पापजस्तै हो र घमण्ड गर्नु मूर्तिपूजाजस्तै पाप हो। तिमीले परमप्रभुको आज्ञा अस्वीकार गरेको हुनाले उहाँले तिमीलाई राजा मान्न अस्वीकार गर्नुभएको छ।”
24
“हो, मैले पाप गरें,” शाऊलले जवाफ दिए, “मैले परमप्रभुको आज्ञा र तपाईंका आदेशहरू मानिनँ। म मेरा मानिसहरूसित डराएँ र तिनीहरूले चाहेका काम मैले गरें।
25
तर, म अब तपाईंलाई बिन्ती गर्दछु, मेरा पाप क्षमा गर्नुहोस् र मसित फर्कनुहोस् र म परमप्रभुलाई पुज्न सकूँ।”
26
“म तिमीसित फर्किनेछैनँ,” शमूएलले उत्तर दिए, “तिमीले परमप्रभुको आज्ञा अस्वीकार गर्यौ र उहाँले तिमीलाई इस्राएलका राजा मान्न इन्कार गर्नुभएको छ।”
27
शमूएल जानलाई फर्के तर शाऊलले तिनको खास्टो समाते र त्यो च्यातियो।
28
शमूएलले तिनलाई भने, “परमप्रभुले आज तिमीबाट इस्राएलको राज्य टुक्र्याइदिनुभयो र अर्को तिमीभन्दा असल मानिसलाई दिनुभएको छ।
29
इस्राएलका गौरवशाली परमेश्वरले असत्य बोल्नुहुन्न वा मन बदल्नुहुन्न। उहाँ मानिस हुनुहुन्न, उहाँले आफ्नो मन बदल्नुहुन्न।”
30
“मैले पाप गरेको छु,” शाऊलले उत्तर दिए, “तर कम-से-कम मेरा प्रजाका अगुवाहरू र सारा इस्राएलको अघि मलाई इज्जत गरेर देखाइदिनुहोस्। मसँग फर्कनुहोस् र म परमप्रभु तपाईंका परमेश्वरलाई पूज्न सकूँ।”
31
यसकारण शमूएल तिनीसँग फर्किगए र शाऊलले परमप्रभुलाई आराधना गरे।
32
“अगाग राजालाई यहाँ मकहाँ ल्याऊ,” शमूएलले आज्ञा गरे। अगाग तिनीकहाँ डरले काँम्दै र मनमा यस्तो विचार गर्दैआए, “मर्नु भन्ने कुरा कति तीतो!”
33
शमूएलले भने, “जसरी तिम्रा तरवारले धेरै स्त्रीहरूलाई निस्सन्तान बनाएको छ, त्यसरी नै तिम्री आमा अब निस्सन्तान हुन्छे।” तिनले अगागलाई गिलगालमा परमप्रभुको सामुन्ने टुक्रा-टुक्रा पारे।
34
त्यसपछि शमूएल रामामा गए र शाऊल राजाचाहिँ आफ्नो घर गिबामा गए।
35
शमूएल जिउँदो रहुञ्जेलसम्म तिनले फेरि राजाको मुख हेरेनन्; तर तिनको लागि शोक गरे। शाऊललाई इस्राएलका राजा बनाउनुभएकोमा परमप्रभु दु:खित हुनुभयो।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31