bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 1
Acts 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 2 →
1
येशूले काम गर्न सुरु गर्नुभएदेखि उहाँ स्वर्ग नजानुहुँदासम्म भएका सबै कुरा मैले तपाईंलाई पठाएको पहिलो बयानमा लेखिसकें।
2
येशूले स्वर्ग जानुभन्दा पहिला आफूले छानेका प्रेरितहरूलाई पवित्र आत्माको शक्तिद्वारा आज्ञा दिनुभयो।
3
दु:ख भोगेर क्रूसमा मर्नुभएपछि उहाँ चालीस दिनसम्म घरीघरी तिनीहरूकहाँ देखा पर्नुभयो र विभिन्न किसिमका पक्का प्रमाणहरूद्वारा आफैंलाई जिउँदो छु भनी देखाउनुभयो। तिनीहरूले उहाँलाई देखे र उहाँले तिनीहरूसँग परमेश्वरको राज्यको बारेमा कुरा गर्नुभयो।
4
एकपल्ट येशू तिनीहरूसँग भेला भएर खान बस्नुहुँदा उहाँले तिनीहरूलाई यसरी आज्ञा दिनुभयो, “तिमीहरू यरूशलेम नछोडी मेरा पिताले प्रतिज्ञा गर्नुभएको वरदानलाई पर्खेर बस। त्यो वरदानको बारेमा मैले तिमीहरूलाई अघि पनि भनेको थिएँ,
5
यूहन्नाले चाहिँ पानीको बप्तिस्मा दिन्थे, तर केही दिनपछि तिमीहरूले पवित्र आत्माको बप्तिस्मा पाउनेछौ।”
6
यसरी भेला हुनुहुँदा ती छानिएका प्रेरितहरूले उहाँलाई सोधे, “प्रभुज्यू, के तपाईंले यही बेला नै हाम्रो इस्राएल देशलाई मुक्त गराउनुहुन्छ?”
7
येशूले तिनीहरूलाई भन्नुभयो, “यसको समय त परमेश्वर आफैंले तोक्नुभएको छ। उहाँले के तोक्नुभएको छ, त्यो तिमीहरूले जान्नुपर्दैन।
8
तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ। त्यसपछि तिमीहरू यरूशलेममा र पूरै यहूदिया र सामरिया क्षेत्रहरूमा अनि पृथ्वीका कुना-कुनासम्म मेरा साक्षी हुनेछौ।”
9
यति भनिसक्नुभएपछि तिनीहरूले हेर्दाहेर्दै येशू स्वर्गतिर उठाइनुभयो। बादलले उहाँलाई ढाक्यो र उहाँ तिनीहरूको आँखाबाट हराउनुभयो।
10
तिनीहरूले आकाशतिर एकोहोरो भएर हेरिरहँदा सेता लुगा लगाएका दुई जना मानिसहरू एक्कासि तिनीहरूकै अघि उभिए।
11
तिनीहरूले भने, “ए गालीलका मानिस हो, तिमीहरू किन उभिएर आकाशतिर हेर्दै छौ? येशू त स्वर्गमा जानुभयो। उहाँलाई जसरी तिमीहरूले अहिले गइरहेका देख्यौ, त्यसरी नै उहाँ फेरि कुनै दिन फर्की आउनुहुनेछ।”
12
त्यसपछि तिनीहरू जैतुन डाँडा छोडेर यरूशलेमतिर लागे। त्यहाँदेखि यरूशलेमसम्म आधा घण्टा जतिको बाटो छ।
13
यरूशलेम पुगेर तिनीहरू आफू बस्ने गरेको घरको माथिल्लो तलामा चढी एउटा कोठामा जम्मा भए। त्यहाँ जम्मा हुनेहरूमा पत्रुस, यूहन्ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, देशभक्त दलका सिमोन र याकूबका छोरा यहूदा थिए।
14
तिनीहरू केही दिदी-बहिनीहरू र येशूकी आमा मरियम र उहाँका भाइहरूसँग जम्मा भएर प्रार्थनामा लागिरहन्थे।
15
केही दिनपछि त्यहाँ झण्डै एक सय बीस जना प्रभु येशूमा विश्वास गर्ने मानिसहरू जम्मा भएका थिए। पत्रुसले उभिएर तिनीहरूको बीचमा बोल्न लागे,
16
“दाजुभाइ हो, धर्मशास्त्रमा पनि पवित्र आत्माले राजा दाऊदद्वारा यहूदाको बारेमा बोल्नुभएको थियो। ती कुराहरू पूरा हुनु नै पर्थ्यो र पूरा पनि भए। येशूलाई पक्रिने मानिसहरूलाई अगुवाइ गर्ने यहूदाचाहिँ
17
हामीजस्तै प्रभुका बाह्र प्रेरितहरूमध्ये एउटा थियो अनि हामीजस्तै प्रभुको काम गर्न ऊ पनि चुनिएको थियो।”
18
यहूदाले अधर्मले कमाएको पैसाले एउटा खेत किन्यो। त्यही खेतमा ऊ उँधोमुन्टो भई खसेर मर्यो र उसको पेट फुटेर आन्द्राभुँडी छरिए।
19
यरूशलेमका सबै बासिन्दामा यो कुराको हल्ला भयो अनि तिनीहरूले त्यो खेतको नाउँ आफ्नो भाषामा ‘आखेल्दामा’ राखे। त्यसको अर्थ हो रगतको खेत। पत्रुसले फेरि भने—
20
“अब भजनसंग्रहको पुस्तकमा दाऊद राजाले यसरी लेखेका छन्— त्यसको घर रित्तो होस्, त्यसमा कसैले बास नगरोस्। फेरि, त्यसले गर्ने कामको जिम्मा अर्कोले नै लेओस्! भनेर पनि लेखिएको छ।
21
[21-22] “त्यसकारण येशू फेरि जिउँदो भएको कुराको साक्षी हुन अब हाम्रो झुण्डबाट एउटा मानिसलाई चुन्नुपर्छ। त्यो मानिसचाहिँ यस्तो हुनुपर्छ, जो यूहन्नाले बप्तिस्मा दिएको समयदेखि प्रभु येशू स्वर्गमा उठाई लगिनुभएको दिनसम्म उहाँ हामीहरूसँग हिँड्डुल गर्नुहुँदा हाम्रो संगतमा थियो।”
23
यो कुरा सुनेपछि त्यहाँ जम्मा भएका मानिसहरूले दुई जनालाई अघि सारे। एक जनाचाहिँ योसेफ थिए, जसलाई बारसाबास अथवा युस्तस पनि भनिन्थ्यो अनि अर्काचाहिँ मतियास थिए।
24
[24-25] तिनीहरूले यसरी प्रार्थना गरे, “हे प्रभु, तपाईंले सबै मानिसको हृदयमा भएको कुरा जान्नुहुन्छ। यसकारण प्रभु, हामीलाई देखाउनुहोस्, यी दुईमध्ये प्रेरित भएर सेवा गर्न तपाईंले कसलाई चुन्नुभएको छ। कारण यहूदाले चाहिँ यस कामलाई छोडेर जहाँको थियो, त्यही ठाउँमा गयो।”
26
त्यसपछि तिनीहरूले ती दुई जनाका नाउँमा चिट्ठा हाले। चिट्ठा मतियासको नाउँमा पर्यो र यसरी तिनी एघार प्रेरितहरूमा थपिए।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28