bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 12
Acts 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 13 →
1
ती दिनहरूमा हेरोद राजाले मण्डलीका केही दाजुभाइहरूलाई पक्रेर उनीहरूमाथि अत्याचार गर्न थाले।
2
तिनले यूहन्नाका दाजु याकूबलाई तरवारले मार्न लगाए।
3
यस कामले यहूदीहरू खुसी भएको देखेर तिनले अझ झन् सुरिएर पत्रुसलाई पनि पक्रे। त्यस बेला अखमिरी रोटी खाने मुक्ति-दिवस भन्ने चाडको समय थियो।
4
हेरोदले पत्रुसलाई झ्यालखानभित्र राखे र सोह्र जना सिपाहीलाई चार-चार जनाको टोली बनाई पहरा दिएर राखे। निस्तार चाडपछि पत्रुसलाई यहूदीहरूको अगाडि ल्याउने हेरोदको विचार थियो।
5
पत्रुस झ्यालखानभित्र कैद हुँदा मण्डलीले एउटै मनका भएर तिनको लागि परमेश्वरसँग लगातार प्रार्थना गरिरहेका थिए।
6
हेरोदले पत्रुसलाई मानिसको अगाडि ल्याउने दिनको अघिल्लो रात पत्रुस दुई जना सिपाहीहरूका बीचमा सुतिरहेका थिए। उनलाई दुई वटा साङ्लाले बाँधिएको थियो र ढोकामा पालेहरू पहरा दिइरहेका थिए।
7
तब अचानक प्रभुका एउटा स्वर्गदूत देखा परे र कोठा उज्यालो भयो। स्वर्गदूतले पत्रुसको कुममा घचघच्याउँदै “चाँडै उठ,” भनेर उठाए। त्यत्तिकैमा पत्रुसका हातमा बाँधेका साङ्लाहरू फुस्केर झरे।
8
स्वर्गदूतले भने, “पटुका बाँधेर जुत्ता लगाऊ!” पत्रुसले लगाए र स्वर्गदूतले भने, “खास्टो ओढेर मेरो पछि लाग!”
9
स्वर्गदूतको पछि-पछि लागेर पत्रुस झ्यालखानबाट निस्किआए। तर स्वर्गदूतले गरेका यी कुरा साँच्चै हो भनेर उनलाई थाहा थिएन। उनले त सपनामा दर्शन देख्दै छु भन्ठानेका थिए।
10
स्वर्गदूत र पत्रुस पहिलो र दोस्रो पहरा भएर सहरको फलामे मूल-ढोकामा आइपुगे। त्यो ढोका आफैं खुल्यो र तिनीहरू बाहिर निस्के। एक गल्ली पार गरेपछि स्वर्गदूत पत्रुसलाई छोडेर गइहाले।
11
त्यति बेला पो आफूमा घटेको कुरा पत्रुसलाई स्पष्टसँग थाहा भयो— “परमेश्वरले साँच्चै आफ्नो स्वर्गदूत पठाउनुभएको रहेछ। उहाँले मलाई हेरोदको हात र यहूदीहरूले गर्न खोजेको कामबाट छुटाउनुभएको रहेछ।”
12
यो कुरा बुझेपछि उनी मरियमको घरमा गए। मरियमचाहिँ मर्कूस भनिने यूहन्नाकी आमा थिइन्। मरियमको घरमा धेरै मानिसहरू जम्मा भएर प्रार्थना गरिरहेका थिए।
13
पत्रुसले ढोका ढक्ढक्याउँदा रोदा भन्ने एक जना नोकर्नी हेर्न आई।
14
पत्रुसको सोर चिनेपछि त्यसले खुसीले गद्गद् भएर ढोकै नउघारी भित्रतिर दौडेर गई र भनी, “पत्रुस ढोकामा उभिरहनुभएको छ।”
15
तिनीहरूले त्यसलाई भने, “तँ बौलाएकी छस् कि क्या हो?” तर त्यसले “हो, पत्रुस नै हुनुहुन्छ, साँच्चै हो,” भनेर जिद्दी गरी। तिनीहरूले भने, “त्यसो भए उनी पत्रुसलाई हेरचाहा गर्ने स्वर्गदूत होलान्।”
16
पत्रुसले चाहिँ ढोका ढक्ढकाइरहे। आखिरमा तिनीहरूले ढोका खोले। पत्रुसलाई नै देख्दा तिनीहरू छक्कै परे।
17
पत्रुसले तिनीहरूलाई हातको इशाराले चुप गराए अनि परमेश्वरले आफूलाई कसरी झ्यालखानबाट निकाल्नुभयो भन्ने कुरा तिनीहरूलाई सुनाए। “याकूब र मण्डलीका अरू दाजुभाइहरूलाई पनि यो कुरा सुनाइदिनू है,” भनेर तिनी त्यहाँबाट गइहाले।
18
बिहान पहरा बस्ने सिपाहीहरूको बीचमा ‘पत्रुसलाई के भयो’ भनेर ठूलो हलचल मच्चियो।
19
हेरोदले तिनलाई खोज्ने हुकुम दिए, तर तिनीहरूले पत्रुसलाई कहीँ पनि फेला पार्न सकेनन्। त्यसो हुँदा हेरोदले पहरा बस्ने सिपाहीहरूलाई पूरै केरकार गरे र जवाफ नपाउँदा तिनीहरूलाई मृत्युदण्ड दिए। त्यसपछि हेरोद यरूशलेम छोडेर कैसरिया सहरमा गए अनि त्यहीँ नै बसे।
20
हेरोद राजा टुरोस र सीदोन सहरका मानिसहरूसँग साह्रै रिसाएका थिए। अब ती दुई सहरका मानिसहरूले खानेकुरा हेरोदको क्षेत्रबाट नै झिकाउनुपर्थ्यो। त्यसले गर्दा ती दुई सहरका नेताहरू मिलेर राजासँग मिलाप गर्न चाहे। तिनीहरूले राजाकै मान्छे बलस्तसलाई हातमा लिएर राजासँग दर्शनभेट मागे।
21
तोकिएको दिनमा हेरोदले राजाको पोशाक लगाई मानिसहरूका अघि सिंहासनमा बसेर ती नेताहरूको अगाडि भाषण दिए।
22
मानिसहरूले कराउँदै “यो त मानिसको बोली होइन, तर परमेश्वरको बोली हो,” भनेर राजाको प्रशंसा गर्न लागे।
23
यसरी हेरोदले परमेश्वरलाई आदर नदिएकोमा एक्कासि प्रभुका एउटा स्वर्गदूतले तिनलाई प्रहार गरे र तिनी किरा परेर मरे।
24
तर परमेश्वरले पठाउनुभएको परमेश्वरको वचनचाहिँ फैलिंदै र बढ्दै गयो।
25
बारनाबास र शाऊलले आर्थिक सहायता पुर्याउने काम पूरा गरेपछि तिनीहरू मर्कूस भनिने यूहन्नालाई लिएर यरूशलेमबाट एन्टिओखिया सहरमा फर्केर आए।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28