bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 5
Acts 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 6 →
1
हननिया भन्ने एक जना मानिस थिए। तिनकी स्वास्नीको नाउँ सफीरा थियो। तिनीहरूले पनि आफ्नो अलिकति खेत बेचे
2
अनि सल्लाह गरेर खेत बेचेको अलिकति पैसा आफ्नै लागि सुटुक्क लुकाएर राखे। बाँकी पैसाचाहिँ हननियाले ‘सबै पैसा ल्याएँ’ भनेर प्रेरितहरूका चरणमा राखिदिए।
3
तब पत्रुसले भने, “ए हननिया, आफ्नो हृदयमा शैतानलाई राज्य गर्न दिएर तिमीले किन पवित्र आत्मासँग झूटो बोल्यौ? खेत बेचेको अलिकति पैसा तिमीहरूले किन आफ्नै लागि लुकाएर राखेका छौ?
4
खेत नबेच्दा पनि त्यो खेत तिमीहरूकै थियो। बेचेपछि पनि त्यसबाट आएको पैसा तिमीहरूकै थियो। तिमीहरूले आफू खुसीले दिन सक्थ्यौ। किन आफ्नो मनमा यस्तो झूट बोल्ने विचार गर्यौ? तिमीहरूले मानिसहरूसँग होइन, तर परमेश्वरसँग झूट बोलेका हौ।”
5
पत्रुसको कुरा सुन्नेबित्तिकै हननिया भूइँमा पछारिएर मरे। यो कुरा सुन्नेहरू सबै डरले कामे।
6
युवाहरू आएर हननियाको लाश बाहिर ल्याएर गाडिदिए।
7
तीन घण्टापछि हननियाकी स्वास्नी भित्र आइन्। तिनलाई आफ्ना लोग्ने मरेको कुरा थाहा थिएन।
8
पत्रुसले तिनलाई सोधे, “मलाई भन त, तिमीहरूले खेत त्यति नै पैसामा बेचेको हो कि होइन?” तिनले भनिन्, “ज्यू, त्यतिमा नै हो।”
9
पत्रुसले भने, “तिमीहरू दुवैले प्रभुको आत्माको जाँच किन लिन खोज्यौ? हेर, तिम्रा लोग्नेलाई गाड्न जाने मानिसहरू भर्खरै ढोका बाहिर आइपुगेका छन्। तिनीहरूले तिमीलाई पनि त्यसै गरी गाड्नेछन्।”
10
तब तिनी तुरुन्तै पत्रुसको अघिल्तिर पछारिएर मरिहालिन्। ठिटाहरू भित्र आएर तिनलाई मरेको देखेर तिनको लाश लगेर तिनको लोग्नेको छेउमा गाडिदिए।
11
यस्तो घटना भएपछि मण्डलीका मानिस र यो कुरा सुन्ने जति सबै मानिसहरू डरले ज्यादै आत्तिए।
12
प्रेरितहरूले मानिसहरूको बीचमा धेरै अचम्मका कामहरू गर्दै चिन्हहरू देखाउँथे। प्रभु येशूमा विश्वास गर्नेहरू सबै मन्दिरको सोलोमन भन्ने दलानमा एउटै मनको भएर जम्मा हुन्थे।
13
अरू मानिसहरूले चाहिँ तिनीहरूसँग मिल्ने आँटै गरेनन्। तर पनि मानिसहरूले तिनीहरूलाई आदर गर्थे।
14
धेरै मानिसहरू, स्त्री-पुरुष दुवै प्रभुलाई विश्वास गर्दै तिनीहरूको समूहमा थपिन लागे।
15
मानिसहरूले बिरामीहरू ल्याएर गल्लीमा ओछ्यान राखेर सुताइदिन्थे। उनीहरूले पत्रुसको छायाँसम्म पर्ला भन्ने आशा राख्थे।
16
यरूशलेम वरिपरि भएका सहरहरूबाट पनि धेरै मानिसहरू आए। तिनीहरूले बिरामी र भूत लागेकाहरूलाई ल्याए अनि तिनीहरू सबै निको भए।
17
प्रधान पूजाहारी र उनका सदुकी साथीहरूले प्रेरितहरूको ज्यादै डाह गर्न लागे।
18
प्रेरितहरूलाई पक्रेर झ्यालखानमा थुनिदिए।
19
तर त्यो रात परमेश्वरको एउटा स्वर्गदूतले झ्यालखानको ढोका खोलेर प्रेरितहरूलाई बाहिर ल्याए। स्वर्गदूतले तिनीहरूलाई भने,
20
“अब गएर मन्दिरमा उभिएर मानिसहरूलाई यो नयाँ जीवनको बारेमा बताइदेओ।”
21
उनले भनेको मानेर तिनीहरू बिहानै मन्दिरमा गएर मानिसहरूलाई सिकाउन लागे। प्रधान पूजाहारी र तिनका साथीहरूले इस्राएलीहरूका सबै अगुवाहरूलाई महासभामा बोलाए। त्यसपछि तिनीहरूले कैदीहरूलाई ल्याउन आज्ञा दिए।
22
तर सिपाहीहरूले झ्यालखानमा आएर हेर्दा त प्रेरितहरू थिएनन्। त्यसो हुँदा तिनीहरूले फर्केर यो खबर दिए,
23
“झ्यालखान त राम्रोसँग नै बन्द गरिएको थियो। पालेहरू ढोकामा पहरा दिइरहेका थिए। तर ढोका खोल्दा त भित्र कोही पनि रहेनछन्।”
24
यो सुनेर मन्दिरका सिपाहीहरूको कप्तान र मुख्य पूजाहारीहरू छक्क परे। तिनीहरूले के हुँदै छ भनेर सोच्नै सकेनन्।
25
त्यति नै बेला एउटा मानिस आएर तिनीहरूलाई भने, “सुन्नुहोस्, तपाईंहरूले कैद गर्नुभएका मानिसहरू त मन्दिरमा उभिएर शिक्षा दिँदै छन्।”
26
यस्तो सुनेर कप्तान र सिपाहीहरू प्रेरितहरूलाई लिन गए। मानिसहरूले ढुङ्गाले हानेर मार्लान् भन्ने डरले तिनीहरूलाई जबरजस्ती नगरीकन फर्काएर ल्याए।
27
तिनीहरूले प्रेरितहरूलाई महासभाको सामने उभ्याए। प्रधान पूजाहारीले तिनीहरूलाई सोधे,
28
“हामीले तिमीहरूलाई येशूको नाउँमा फेरि कसैलाई केही नभन्नू भन्ने आज्ञा दिएका थियौं, हो कि होइन? ल हेर, तिमीहरूले त आफ्नो शिक्षा यरूशलेमभरि फिँजाएछौ। अझ तिमीहरूले त्यस येशूलाई मारेको दोष हामीलाई पो लगाउने निधो गर्दै रहेछौ!”
29
पत्रुस र अरू प्रेरितहरूले जवाफ दिए, “मानिसले भनेको होइन, तर परमेश्वरले भन्नुभएको हामीले मान्नुपर्छ।
30
तपाईंहरूले क्रूसमा किला ठोकी मार्नुभएको येशूलाई हाम्रा पिता-पुर्खाका परमेश्वरले फेरि बिउँताउनुभएको छ।
31
इस्राएलीहरूले पश्चात्ताप गरी पापबाट क्षमा पाऊन् भनेर परमेश्वरले येशूलाई मुक्ति दिनुहुने राजा तुल्याएर आफ्नो दाहिनेपट्टिको आदरको ठाउँसम्म बसाउनुभयो।
32
हामी यसको साक्षी छौं र परमेश्वरले आफ्ना आज्ञापालन गर्नेहरूलाई दिनुभएको पवित्र आत्माले पनि साक्षी दिँदै हुनुहुन्छ।”
33
यो कुरा सुनेर भेला भएका अगुवाहरू रिसले चुर भए अनि प्रेरितहरूलाई मार्ने निधो गरे।
34
त्यतिखेर गमलिएल नाउँ गरेका फरिसी सभाको सामु खडा भए। उनी तिनीहरू सबैले मानेका धर्म-गुरु थिए। उनले प्रेरितहरूलाई एक छिनको लागि सभाबाहिर जाने आज्ञा दिए।
35
त्यसपछि उनले सभालाई भने, “ए इस्राएली हो, तपाईंहरूले यी मानिसहरूलाई के गर्न लाग्नुभएको हो? होश राख्नुहोस्!
36
केही समयअघि थुदास भन्ने एक जना मानिस आफैंलाई ठूलो मान्छे हुँ भनेर खडा भए। तर तिनी मारिए र तिनलाई पछ्याउनेहरू चार सय जति सबै छरिए अनि तिनको नाउँ निशानै हरायो।
37
त्यसपछि जनगणनाको समयमा गालीलको यहूदा भन्ने मानिस देखा पर्यो। धेरै मानिसहरू तिनको पछि लागे, तर तिनी पनि मारिए र तिनलाई पछ्याउनेहरू छरिए।
38
त्यसैकारण अब यस मामिलामा म तपाईंहरूलाई भन्छु, ती मानिसहरूको विरोधमा केही नगर्नुहोस्, बरु तिनीहरूलाई छोडिदिनुहोस् किनकि तिनीहरूको यो विचार र काम मानिस आफैंले बनाएको हो भने त्यो आफैं हराएर जानेछ।
39
तर यदि यो परमेश्वरबाट भएको हो भने तपाईंहरूले यी मानिसहरूलाई रोक्न सक्नुहुन्न। नत्र त तपाईंहरू परमेश्वरको विरोधमा लड्ने ठहरिनुहोला।”
40
सभाका मानिसहरूले गमलिएलको सल्लाह माने। तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए र पिट्न लगाए अनि ‘येशूको नाउँमा फेरि कहिल्यै पनि प्रचार नगर्नू’ भन्ने कडा आज्ञा दिएर छोडिदिए।
41
प्रेरितहरू सभादेखि बाहिर आए अनि ‘परमेश्वरले हामीहरूलाई येशूको नाउँमा दु:ख र अपमान सहन योग्य ठहराउनुभयो’ भनेर तिनीहरू आनन्दले भरपूर भए।
42
त्यसपछि तिनीहरूले दिनदिनै मन्दिरमा र मानिसको घरहरूमा गएर येशू नै मुक्ति दिनुहुने राजा हुनुहुन्छ भन्ने सुसमाचार प्रचार गर्न छोडेनन्।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28