bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 21
Acts 21
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 22 →
1
एफिसस मण्डलीको अगुवाहरूसँग बिदा भएपछि हावा राम्ररी चलेकोले हामी पानीजहाजबाट सीधै कोस भन्ने टापुमा आइपुग्यौं। भोलिपल्ट रोडस टापुमा पुग्यौं अनि त्यहाँबाट पटारा सहरमा आइपुग्यौं।
2
त्यहाँ हामीले फोनिके इलाकासम्म जाने पानीजहाज पायौं र त्यसैमा चढेर गयौं।
3
हामी साइप्रस टापुको नजिकै भएर त्यसैको दक्षिणतिरबाट सिरिया इलाकातिर लाग्यौं। टुरोस सहरमा चाहिँ पानीजहाज मालसमान उर्तानलाई रोकियो। त्यसो हुँदा हामी पनि ओर्लियौं
4
अनि त्यहाँ बस्ने प्रभुका चेलाहरूलाई भेट्न गयौं र एक हप्तासम्म उनीहरूसँगै बस्यौं। पवित्र आत्माबाट अगुवाइ पाएर उनीहरूले पावललाई यरूशलेम नजान बिन्ती गरे।
5
तैपनि एक हप्ता जति बसेपछि हामी उनीहरूसँग बिदा भएर हिँड्यौं। त्यहाँका प्रभुमा विश्वास गर्ने सबै दाजुभाइ, दिदी-बहिनी र केटा-केटीहरूसमेत हामीहरूलाई सहरबाहिरसम्म पुर्याउन आए। हामीहरू सबैले समुद्रको किनारमा घुँडा टेकेर प्रार्थना गर्यौं।
6
त्यसपछि हामी बिदाबारी भएर पानीजहाजमा चढ्यौं र उनीहरूचाहिँ आफ्नो घरतिर फर्के।
7
टुरोस सहरबाट हामी टोलेमाइस सहरमा पुगेर पानीजहाजबाट ओर्लियौं। हामी त्यहाँ भएका प्रभुमा विश्वास गर्ने दाजुभाइहरूलाई भेट्न गयौं र एक दिन तिनीहरूसँगै बस्यौं।
8
भोलिपल्ट त्यहाँबाट बिदा भएर हामी कैसरिया सहरमा पुग्यौं। त्यहाँ हामी सुसमाचार प्रचार्ने फिलिपको घरमा बस्यौं। फिलिपचाहिँ यरूशलेममा सेवा गर्न चुनिएका सात जनाहरूमध्ये एक जना थिए।
9
उनका चार वटी विवाह नभएका छोरीहरू थिए। तिनीहरूलाई अगमवाणी बोल्ने वरदान थियो।
10
हामी केही दिन फिलिपका परिवारहरूसँग बस्दा यहूदिया क्षेत्रबाट अगाबस नाउँ गरेका एक जना अगमवक्ता हामीहरूकहाँ आए।
11
उनले पावलको पटुका लिएर आफ्ना हात र खुट्टा बाँधेर भने, “पवित्र आत्माले यसरी भन्नुहुन्छ, यरूशलेम गए भने यहूदीहरूले यो पटुकाको धनीलाई यसै गरी बाँध्नेछन् र अरू जातिका हातमा सुम्पनेछन्।”
12
यो कुरा सुनेर हामीहरू र त्यहाँ भएका मानिस सबैले पावललाई यरूशलेम नजानुहोस् भनेर बिन्ती गर्यौं।
13
तर पावलले भने, “तिमीहरू किन यसरी रोएर मेरो मन खिन्न बनाउन खोज्दै छौ? म यरूशलेममा बाँधिन मात्र होइनँ, तर मेरो प्रभुको निम्ति मर्न पनि तयार छु।”
14
पावललाई रोक्न नसक्दा हामी ‘परमेश्वरको इच्छा पूरा होस्’ भनेर चुप लाग्यौं।
15
त्यसपछि हामी आफ्ना सामानहरू तयारी गरेर यरूशलेमको बाटो लाग्यौं।
16
कैसरियाका प्रभुमा विश्वास गर्ने केही दाजुभाइहरू पनि हामीसँगै आए। उनीहरूले हामीलाई साइप्रस टापुबाट आएर बसेका प्रभुको पुरानो विश्वासी मनासोनको घरमा बास बस्न पुर्याए।
17
हामी यरूशलेममा पुग्दा त्यहाँको मण्डलीका दाजुभाइहरूले बडो खुसीसाथ हाम्रो स्वागत-सत्कार गरे।
18
भोलिपल्ट पावल हामीलाई लिएर याकूबकहाँ गए। याकूबको घरमा मण्डलीका सबै धर्म-गुरुहरू भेला भएका थिए।
19
भेटघाट गरेपछि पावलले अन्य-जातिको बीचमा सुसमाचार प्रचार गर्दा परमेश्वरले कस्तो-कस्तो कामहरू गर्नुभयो, यी सबै उनीहरूलाई बताइदिए।
20
पावलको बयान सुनेर उनीहरूले परमेश्वरको प्रशंसा गरे। त्यसपछि उनीहरूले पावललाई भने, “यहाँ पनि हजारौं यहूदीहरूले प्रभुमाथि विश्वास गरेर मोशाले दिएका व्यवस्थालाई पनि कडासँग पालन गर्दै छन्।
21
अब ‘मोशाको व्यवस्था मान्नुपर्दैन अनि बालकहरूको शरीरको खतना गर्नुपर्दैन र यहूदी चलनमा चल्नुपर्दैन’ भनी विदेशमा बस्ने यहूदीहरूलाई तपाईंले सिकाउँदै हुनुहुन्छ रे भन्ने कुरा उनीहरूले सुनेका छन्।
22
त्यसो हुँदा अब हामी के गरौं? अब पक्का पनि अहिले तपाईं यहाँ आउनुभएको छ भनेर तिनीहरूले सुन्नेछन्।
23
यसकारण हामीले भनेको मान्नुहोस्। यहाँ अहिले हामीसँग शुद्ध हुने उपवासको भाकल गरेका चार जना मानिस छन्।
24
तिनीहरूले भाकल गरेको समय सकियो। अब तपाईं तिनीहरूलाई लिएर मन्दिरमा गएर शुद्ध हुने काममा भाग लिनुहोस्। खर्चहरूचाहिँ तपाईंले तिरिदिनुहोस् र तिनीहरूको कपाल खौरन लगाउनुहोस्। यसरी तपाईंले व्यवस्था मानेको देखेर तपाईंलाई लगाएको दोष साँचो होइन रहेछ भनेर सबैले थाहा पाउनेछन्।
25
प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्ने अरू जातिका मानिसहरूलाई चाहिँ ‘मूर्तिलाई चढाएको खाना नखानू, रगत नपिउनू र घाँटी निमोठेर मारेको पशुको मासु नखानू अनि व्यभिचारबाट अलग बस्नू’ भनेर हामीले निधो गरी पत्र लेखेर पठाइसकेका छौं।”
26
भोलिपल्ट पावल ती चार जना मानिसहरूलाई लिएर शुद्ध हुने उपवास मान्न मन्दिरमा गए। उनले तिनीहरूसँगै शुद्ध हुने उपवास पनि मनाए। त्यसपछि पावल शुद्ध हुने उपवासको भाकल पूरा गरेर बलि चढाउने दिन कहिले हो भनी पूजाहारीलाई थाहा दिन मन्दिरभित्र पसे।
27
भाकल गरेको सात दिन पूरा हुन लागेको थियो। तब एशिया इलाकाबाट आएका यहूदीहरूले पावललाई मन्दिरमा देखे। तिनीहरूले मानिसको भीडलाई सुर्याए अनि पावललाई समातेर
28
चिच्च्याउँदै भन्न लागे, “आओ, आओ, इस्राएली दाजुभाइहरू हो, मद्दत गर। यही मानिस हो, जताततै गएर हामी इस्राएलीहरूको विरोधमा बोल्ने! मोशाको व्यवस्था नमान्नू अनि मन्दिरमा पूजा पनि नगर्नू भनी सिकाउने यही हो। अझै त्यसमाथि यसले अरू जातिका मानिसहरूलाई मन्दिरमा पसाएर यस पवित्र ठाउँलाई पनि अपवित्र पारिदिएको छ।”
29
किनभने तिनीहरूले एफिससबाट आएका त्रोफिमसलाई पावलसँगै सहरमा देखेका थिए र पावलले तिनलाई मन्दिरभित्रै ल्याए भनी सम्झेका थिए।
30
यस कुराले सहरभरि होहल्ला मच्चियो र मानिसहरू चारैतिरबाट ओइरिएर आए। तिनीहरूले पावललाई घिसार्दै मन्दिरभित्रबाट बाहिर निकाले अनि मन्दिरको ढोका थुनिदिए।
31
तिनीहरूले पावललाई मार्नै आँटेका थिए। त्यतिखेर नै यरूशलेम सहरमा मारकाट हुन लाग्दै छ भन्ने खबर रोमी सेनापतिको कानमा पुग्यो।
32
उनी तुरुन्तै सिपाही र कप्तानहरू लिएर दगुर्दै मानिसको भीडतिर लागे। उनीहरूलाई आएको देखेर मानिसहरूले पावललाई कुटपिट गर्न छोडे।
33
सेनापतिले पावललाई पक्रे र दुईटा साङ्लाले बाँध्न लगाए अनि मानिसहरूलाई सोधे, “यसले के गर्यो? यो कहाँको मानिस हो?”
34
तर भीडमा भएका मानिसहरू कसैले एक थोक भने त कसैले अर्कै थोक। यसरी सेनापतिले झगडाको खास कुरा थाहै पाउन सकेनन्। त्यसो हुँदा उनले पावललाई सिपाहीहरू बस्ने किल्लामा लान हुकुम गरे।
35
सिपाहीहरूले पावललाई लिएर जाँदा मानिसको घुइँचो उनीहरूको पछि-पछि लागिहाल्यो। सिंढीबाट माथि जान लाग्दा मानिसहरू पावललाई मार्न आइलागे। त्यसो हुँदा मानिसहरूबाट बचाउन सिपाहीहरूले उनलाई बोकेर लगे।
36
त्यस बेलासम्म पनि मानिसहरू पावललाई मार्नै पर्छ भनेर चिच्च्याउँदै कराइरहेका थिए।
37
किल्लाभित्र पस्न लाग्दा पावलले सेनापतिलाई ग्रीक भाषामा भने, “हजुर, म तपाईंको अगाडि केही बिन्ती चढाउन सक्छु कि?”
38
सेनापतिले भने, “ए! तिमीले ग्रीक भाषा पनि जानेका छौ? के तिमी त्यो उत्पात मच्चाउने चार हजार डाकाहरूको मिश्री नेता त होइनौ?”
39
पावलले भने, “होइन हजुर! म त किलिकियाको टार्सस सहरमा जन्मिएको यहूदी हुँ। म त्यही नाउँ चलेको सहरको एउटा नागरिक हुँ। दया गरी मलाई यी मानिसहरूको अगाडि केही कुरा बोल्न दिनुहोस्।”
40
सेनापतिले आज्ञा दिए अनि पावलले सिंढीमा उभिएर हातले मानिसहरूलाई शान्त हुने इशारा गरे। मानिसहरू शान्त भएपछि पावल हिब्रू भाषामा बोल्न थाले–
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28