bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 10
Acts 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 11 →
1
कैसरिया सहरमा कर्नेलियस नाउँ भएका एक जना मानिस बस्थे। उनी रोमी सेनाको इटालिया भन्ने पल्टनका कप्तान थिए।
2
उनी परमेश्वरका भक्त थिए। उनी र उनको परिवार परमेश्वरको डर राख्ने मानिसहरू थिए। उनले खाँचोमा परेका मानिसहरूलाई उदार चित्तले सहायता गर्थे र सधैँ परमेश्वरसँग प्रार्थना गर्थे।
3
एक दिन कर्नेलियसले दिउँसो तीन बजेतिर दर्शनमा स्पष्टसँग परमेश्वरको एउटा स्वर्गदूतलाई देखे। स्वर्गदूतले कर्नेलियसलाई भने, “ए कर्नेलियस!”
4
डरले स्वर्गदूतलाई हेरेको हेरेकै भएर कर्नेलियसले भने, “आज्ञा होस् हजुर!” स्वर्गदूतले भने, “तिम्रा प्रार्थनाहरू र तिमीले गरीबहरूलाई गरेको दयाका कामहरू परमेश्वरकहाँ पुगेका छन्। यी सबैको उहाँले याद राख्नुभएको छ।
5
अब तिमीले योप्पा सहरमा भएका पत्रुस भनिने सिमोनलाई बोलाउन पठाऊ।
6
तिनी छालाको काम गर्ने सिमोनको घरमा बसेका छन्, जसको घर समुद्रको छेउमा छ।”
7
यति भनेर स्वर्गदूत कर्नेलियसबाट बिदा भए। त्यसपछि कर्नेलियसले आफ्ना दुई नोकर र परमेश्वरलाई मान्ने एउटा सिपाहीलाई बोलाए। त्यो सिपाहीले चाहिँ सधैँ कर्नेलियसको सेवा-टहल गर्दथ्यो।
8
कर्नेलियसले आफूले देखेका सबै कुरा बताएर तिनीहरूलाई योप्पा सहरमा पठाए।
9
भोलिपल्ट दिउँसो बाह्र बजेतिर तिनीहरू योप्पा सहरको नजिक आइपुगे। त्यति बेला पत्रुस घरको छतमा प्रार्थना गर्न उक्ले।
10
प्रार्थना गर्दागर्दै उनलाई भोक लाग्यो र खाना तयार भइरहेको बेला पत्रुसले ध्यान-मग्न भएर एउटा अचम्मको कुरा देखे–
11
स्वर्ग उघ्रिएको र त्यहाँबाट ठूलो तन्ना चार कुनामा समातिएर पृथ्वीतिर झरिरहेकोजस्तो चीज देखे।
12
त्यस तन्नामा नाना थरीका चारखुट्टे पशुहरू, घस्रने जीवजन्तु र आकाशका चरा-चुरुङ्गीहरू थिए।
13
“ए पत्रुस, उठ र यिनीहरूलाई मारेर खाऊ,” भन्ने आवाज पत्रुसले सुने।
14
“होइन प्रभु, यस्तो कुरा कसरी खान सक्छु र! यस्ता खान नहुने अशुद्ध कुरा मैले कहिल्यै पनि खाएको छैनँ!” भनेर पत्रुसले जवाफ दिए।
15
तर फेरि यस्तो आवाज आयो, “परमेश्वरले शुद्ध ठहराउनुभएको चीजलाई तिमीले अशुद्ध नठान।”
16
तीनपल्टसम्म यस्तै भइरह्यो। त्यसपछि त्यो तन्ना स्वर्गतिर उचालियो।
17
आफूले देखेको यो कुरा नबुझेर पत्रुस अकमक्क परे। त्यति बेला कर्नेलियसले पठाएका मानिसहरू सिमोनको घर पुगेर ढोकामा उभिए।
18
तिनीहरूले बोलाउँदै सोधे, “पत्रुस भनिने सिमोन यहाँ हुनुहुन्छ कि?”
19
त्यतिखेर पत्रुसचाहिँ अझै आफूले देखेको दर्शन बुझ्ने कोसिस गरिरहेका थिए। परमेश्वरको आत्माले तिनलाई भन्नुभयो, “सुन, तल तीन जना मानिसहरूले तिमीलाई खोज्दै छन्।
20
तल ओर्लेर आनाकानी नगरी तिनीहरूसँगै जाऊ किनभने मैले तिनीहरूलाई पठाएको हुँ।”
21
पत्रुस तल झरे र ती मानिसहरूलाई भने, “तपाईंहरूले खोज्नुभएको मानिस मै हुँ। तपाईंहरू कति कामले आउनुभयो?”
22
तिनीहरूले भने, “कप्तान कर्नेलियसले हामीलाई पठाउनुभएको हो। उहाँ असल र परमेश्वरको डर मान्ने मानिस हुनुहुन्छ। उहाँलाई यहूदी जातिहरूले पनि आदर गर्छन्। एउटा पवित्र स्वर्गदूत उहाँकहाँ देखा परे अनि तपाईंलाई उनको घरमा बोलाएर तपाईंका उपदेश सुन्ने आज्ञा स्वर्गदूतले दिनुभएको छ।”
23
यो सुनेर पत्रुसले ती मानिसहरूलाई भित्र लगेर स्वागत-सत्कार गरे। तिनीहरू त्यस रात त्यहीँ नै बसे। भोलिपल्ट पत्रुस र योप्पामा भएका प्रभुमा विश्वास गर्ने केही दाजुभाइहरू ती मानिसहरूसँगै गए।
24
पर्सिपल्ट तिनीहरू कैसरियामा आइपुगे। कर्नेलियसले चाहिँ आफ्ना इष्टमित्रहरूलाई निम्त्याएर पत्रुसको बाटो हेरिरहेका थिए।
25
पत्रुस आएर भित्र जान लाग्दा कर्नेलियसले उनका खुट्टामा ढोगे।
26
तर पत्रुसले तिनलाई उठाएर भने, “उठ्नुहोस्, म त मामुली मानिस मात्रै हुँ।”
27
पत्रुस कर्नेलियससँग कुरा गर्दै घरभित्र पसे। त्यहाँ तिनले धेरै मानिसहरूलाई जम्मा भएका देखे।
28
पत्रुसले तिनीहरूलाई भने, “हामी यहूदीहरूलाई अरू जातिका मानिससँग सङ्गत गर्न वा भेटघाट गर्न हाम्रो धर्मले दिँदैन भन्ने कुरा तपाईंहरू सबैलाई थाहै छ। तर कुनै पनि मानिसलाई अशुद्ध ठहराउनुहुँदैन भनेर अब परमेश्वरले मलाई देखाउनुभएको छ।
29
यसैकारण तपाईंले मलाई बोलाउँदा म नअन्कनाई आएँ। अब भन्नुहोस्, मलाई किन बोलाउनुभएको हो?”
30
कर्नेलियसले भने, “चार दिन अघिको कुरा हो। दिउँसो तीन बजेतिर म घरमै प्रार्थना गर्दै थिएँ। अचानक चम्किलो लुगा लगाएका मानिसले मेरो सामुन्ने उभिएर भन्नुभयो,
31
‘ए कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ र तिमीले गरीबहरूलाई गरेको दयाको कामलाई याद गर्नुभएको छ।
32
योप्पा सहरमा आएका पत्रुस भनिने सिमोनलाई बोलाउन पठाऊ। उनी समुद्रको छेउ छालाको काम गर्ने सिमोनको घरमा बसेका छन्’।
33
त्यसपछि मैले तुरुन्तै तपाईंलाई बोलाउन पठाएँ र तपाईं पनि यहाँसम्म कष्ट गरेर पाल्नुभयो। अब परमेश्वरले तपाईंलाई आज्ञा गर्नुभएको कुरा सुन्न हामी सबै प्रभुकै सामुन्ने भेला भएका छौं।”
34
पत्रुसले भन्न सुरु गरे, “साँच्चै परमेश्वरले सबै मानिसलाई समान व्यवहार गर्नुहुन्छ। यो कुरा अब मलाई थाहा भयो।
35
मानिस जुनसुकै जातिको होस्, परमेश्वरको आदर गर्ने र ठीक काम गर्ने मानिसलाई नै उहाँले मन पराउनुहुन्छ।
36
तपाईंलाई थाहा छ कि येशू सबैका प्रभु हुनुहुन्छ। परमेश्वरले उहाँद्वारा शान्ति दिने सुसमाचार इस्राएलीहरूमा पठाउनुभयो।
37
यूहन्नाले बप्तिस्माको प्रचार गरेपछि गालील क्षेत्रदेखि सुरु भएर यहूदिया देशभरि घटेका घटनाको बारेमा तपाईंहरूलाई थाहै छ।
38
परमेश्वरले नासरतका येशूलाई खटाएर आफ्नै पवित्र आत्मा र शक्ति उहाँमा खन्याउनुभयो। परमेश्वर उहाँसँग हुनुभएकोले उहाँ भलाइको काम गर्दै भूत लागेकाहरूलाई निको पार्दै सबै ठाउँतिर जानुभयो।
39
उहाँले यहूदिया देश र यरूशलेममा गर्नुभएका सबै कुराको हामी साक्षी छौं। यहूदीहरूले उहाँलाई क्रूसमा झुण्डाएर मारे।
40
तर तेस्रो दिनमा परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो र मानिसहरूले उहाँलाई देख्न पाए।
41
सबैकहाँ त उहाँ देखा पर्नुभएन, तर उहाँ बिउँतनुभएपछि उहाँसँगै खानपिन गर्ने हामीसँग देखा पर्नुभयो किनभने परमेश्वरले हामीलाई यो घटनाको साक्षी बनाउन अघिबाटै चुन्नुभएको थियो।
42
सुसमाचार प्रचार गर्न र परमेश्वरले उहाँलाई जिउँदा र मरेकाहरूको न्याय गर्न खटाउनुभएको छ भनी साक्षी दिन हामीलाई आज्ञा दिनुभयो।
43
अगमवक्ताहरूले पनि उहाँको बारेमा बताएका थिए। उहाँमा विश्वास गर्ने जतिले उहाँकै नाउँको शक्तिले गर्दा आफ्ना पापबाट क्षमा पाउनेछन् भनी तिनीहरूले अघि नै जनाएका थिए।”
44
पत्रुस बोलि नै रहेका थिए, तब सुन्नेहरू सबैमाथि पवित्र आत्मा आउनुभयो।
45
परमेश्वरले आफ्नो पवित्र आत्माका वरदान अरू जातिका मानिसमाथि पनि खन्याउनुभएको देखेर पत्रुससँग आएका प्रभुमा विश्वास गर्ने यहूदीहरू छक्कै परे
46
किनभने ती सुन्नेहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्वरको प्रशंसा गरिरहेका तिनीहरूले सुने। पत्रुसले भने,
47
“हामीले जस्तै यिनीहरूले पनि पवित्र आत्मा पाएका छन्! अब यी मानिसहरूलाई पानीको बप्तिस्मा लिन कसले रोक्न सक्छ?”
48
यसकारण उनीहरूलाई ‘प्रभु येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिने’ आज्ञा दिए। त्यसपछि तिनीहरूले पत्रुसलाई केही दिनसम्म आफूहरूसँगै बस्न बिन्ती गरे।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28