bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 25
Acts 25
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 26 →
1
फेस्तस आफ्नो मुलुकबाट आएको तीन दिनपछि नै कैसरियाबाट यरूशलेम गए।
2
त्यहाँ हुँदाखेरि मुख्य पूजाहारी र यहूदी नेताहरूले उनलाई पावलको विरोधमा आफ्ना कुरा सुनाए
3
र पावललाई यरूशलेम पठाइदिनुहोस् भनी बिन्ती चढाए किनभने तिनीहरूले पावललाई बाटोमा आउँदाआउँदै मार्ने योजना बनाउँदै थिए।
4
तर फेस्तसले तिनीहरूलाई यस्तो जवाफ दिए, “पावललाई कैसरियामै थुनिराखिएको छ र म पनि चाँडै त्यहाँ जाँदै छु।
5
तिमीहरूमध्येको कोही शासकहरू मसँगै जान चाहन्छन् भने पठाइदेओ। यदि पावलले केही बिराएको छ भने तिनीहरूले त्यहाँ नै उजुर गर्न सक्छन्।”
6
आठ-दश दिनसम्म यरूशलेममा बसेपछि फेस्तस कैसरियामा फर्किए। भोलिपल्टै उनले न्याय गर्ने ठाउँमा बसेर ‘पावललाई ल्याउनू’ भनेर हुकुम दिए।
7
पावल आइपुगेपछि यरूशलेमबाट आएका यहूदीहरूले उनलाई चारैतिरबाट घेरेर थरी-थरीका दोष लगाए। तर तिनीहरूले कुनै पनि दोषको प्रमाण दिन सकेनन्।
8
पावलले तिनीहरूलाई जवाफ दिँदै भने, “मैले न यहूदी धर्मशास्त्रको विरोधमा न मन्दिरको विरोधमा नता रोमी महाराजाको विरोधमा नै कुनै नराम्रो काम गरेको छु।”
9
यहूदीहरूलाई खुसी पार्ने इच्छाले फेस्तसले पावललाई भने, “म तिमीलाई यरूशलेम पठाइदिन्छु अनि यी कुराको बारेमा म तिम्रो न्याय त्यहीँ नै गर्नेछु, हुँदैन र?”
10
तर पावलले भने, “म रोमी महाराजाको न्यायालयको अगाडि उभिरहेको छु। यहीँ नै मेरो न्याय हुनुपर्छ। मैले यहूदीहरूको विरोधमा कुनै खराबी गरेको छैन भन्ने कुरा हजुरलाई पनि थाहा छ।
11
यदि मैले ऐन-कानुनलाई मिचेको छु र ज्यानसजाय पाउनुपर्ने कुनै अपराध गरेको छु भने म मर्नलाई पनि तयार छु। तर यहूदीहरूले लगाएका कुनै पनि दोष साँचो छैन भने मलाई तिनीहरूको हातमा कसैले पनि सुम्पन सक्दैन। म रोमी महाराजाको अगाडि नै बिन्ती चढाउने अधिकार माग्छु।”
12
तब फेस्तसले उनका सल्लाहकारहरूसँग सल्लाह गरे अनि पावललाई भने, “तिमीले महाराजाको अगाडि नै बिन्ती चढाउने माग गर्यौ। त्यसो हुँदा म तिमीलाई महाराजाकहाँ नै पठाइदिनेछु।”
13
केही दिनपछि राजा अग्रिपास र उनकी बहिनी बरनिकी फेस्तसको स्वागत गर्न कैसरियामा आए।
14
तिनीहरू केही दिन कैसरियामा बसेपछि फेस्तसले तिनीहरूलाई पावलको कुरा यसरी सुनाए, “यहाँ फेलिक्सले नै थुनेका एउटा मानिस छ।
15
म यरूशलेम गएको बेलामा यहूदीहरूका मुख्य पूजाहारी र अरू अगुवाहरूले उसको विरोधमा दोष लगाएका थिए र उसलाई दण्ड दिनुपर्छ भने।
16
तर मैले तिनीहरूलाई भनें, ‘मानिसलाई दोषी नठहराएसम्म रोमी सरकारको दण्ड दिने चलन छैन। दोष लगाइएको मानिसले दोष लगाउनेका अगाडि आफ्नो कुरा सुनाउने मौका पाउनुपर्छ’।
17
तिनीहरू यहाँ आएपछि मैले ढीलो नगरी भोलिपल्टै पावललाई न्यायालयमा ल्याउने आज्ञा दिएँ।
18
पावलका विरोधीहरूले उसले अपराध गरेको कुनै खास दोष लगाउँछन् होला भन्ने सम्झेको थिएँ, तर तिनीहरूले त्यस्तो कुनै दोष लगाउन सकेनन्।
19
उनीहरूकै धर्म र मरिसकेको येशू भन्ने मानिसको बारेमा मात्रै तिनीहरूको पावलसँग झगडा थियो। पावलचाहिँ मरेको येशू बिउँतनुभएको छ भनेर जिद्दी गर्दोरहेछ।
20
यी कुराको बारेमा मैले त केही सोधपूछ गर्न पनि सकिनँ। त्यसो हुँदा मैले उसलाई ‘यरूशलेम गएर तिम्रो न्याय त्यहीँ नै गरे हुन्छ कि’ भनेर सोधें।
21
तर उसले रोमी सम्राटबाट न्याय पाऊँ भनी बिन्ती गर्यो र मैले सम्राटकहाँ नपठाएसम्म उसलाई राम्ररी पहरा दिएर यहीँ नै राख्ने आज्ञा दिएको छु।”
22
यो बयान सुनेर अग्रिपासले फेस्तसलाई भने, “मलाई आफैं त्यसको कुरा सुन्न मन लाग्यो।” फेस्तसले भने, “भोलि नै हजुरले सुन्न पाउनुहुन्छ।”
23
भोलिपल्ट अग्रिपास र बरनिकी ठूलो सम्मानमा आए। उनीहरू सेनापतिहरू र सहरका गण्य-मान्य व्यक्तिहरूसँग सभामा बसे। फेस्तसले आज्ञा दिएपछि पावललाई सभामा ल्याइयो।
24
फेस्तसले भने, “राजा अग्रिपास र यहाँ उपस्थित हुने सबै भलाद्मीहरू, यहूदीहरू सबैले मकहाँ उजुर गरेको मानिस यही नै हो। यो मानिसलाई मार्नुपर्छ भनी सबै यहूदीहरूले यरूशलेममा र यहाँ कैसरियामा पनि भन्छन्।
25
तर मैले यस मानिसमा ज्यान सजाय दिने लायकको कुनै दोष पनि भेट्न सकिनँ। तर ऊ आफैंले रोमी सम्राटकहाँ बिन्ती चढाउने माग गरेकोले मैले उसलाई रोमी सम्राटकहाँ पठाउने निर्णय गरें।
26
तर मैले सम्राटलाई उसको बारेमा केही पनि लेख्न सकिनँ। यसैकारण मैले उसलाई तपाईंहरूको सामुन्ने र खास गरी तपाईं राजा अग्रिपासको सामुन्नेमा ल्याउन चाहेको हुँ। तपाईंहरूले यसको जाँचबुझ गरिदिनुभयो भने मैले लेख्ने कुरो पाउँछु कि भन्ने आशा राखेको छु
27
किनभने खास दोष नदेखाई उसलाई पठाउन मलाई राम्रो लागेन।”
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 26 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28