bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 22
Acts 22
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 23 →
1
“दाजुभाइ तथा बुबाहरू हो, तपाईंहरूको अगाडि मैले मेरो पक्षमा भन्नुपर्ने कुरा अब सुन्नुहोस्।”
2
पावलले हिब्रू भाषामा बोलेको सुनेर सबै मानिसहरू चुपचाप लागे।
3
पावलले भने, “म किलिकियाको टार्सस सहरमा जन्मिएको यहूदी हुँ, तर म यही यरूशलेम सहरमा हुर्केर गुरु गमलियलको चरणमा हुर्किएँ। हाम्रा पिता-पुर्खादेखि नै मान्दै आएको धर्मशास्त्रको शिक्षा मैले राम्रोसँग सिकेको छु। आज तपाईंहरूले परमेश्वरप्रति जति उत्साह देखाउनुभएको छ, मैले पनि त्यत्तिकै उत्साह देखाएको थिएँ।
4
मैले मुक्तिको बाटोमा लागेका मानिसहरूलाई मर्नेसम्म गरी सताएको थिएँ। मैले पुरुष र स्त्रीहरूलाई पक्रेर थुन्न लगाएको थिएँ।
5
यी मैले भनेका कुरा साँचो हुन् भनेर प्रधान पूजाहारी र हाम्रो महासभाका सदस्यहरूले पनि भन्न सक्नुहुन्छ। उहाँहरूले नै मलाई दमस्कसमा हुने यहूदी दाजुभाइहरूको नाउँमा पत्र दिनुभयो र त्यस पत्रमा मलाई प्रभु येशूमा विश्वास गर्ने जनहरूलाई पक्रिने अधिकार मिलेको थियो। यसैकारण तिनीहरूलाई यरूशलेममा ल्याएर सजाय दिने उद्देश्यले म दमस्कस गएँ।
6
“दमस्कसनेर पुग्न लाग्दा मध्यदिन भएको थियो। त्यसै बेला आकाशबाट एक्कासि अति नै चहकिलो उज्यालो ममाथि चम्कियो।
7
म भूइँमा ढलें। त्यति नै खेर मैले यसो भनेको एउटा आवाज सुनें, ‘शाऊल, ए शाऊल तिमी मलाई किन सताउँछौ?’
8
मैले भनें, ‘प्रभु! तपाईं को हुनुहुन्छ?’ प्रभुले भन्नुभयो, ‘म नासरतको येशू हुँ, जसलाई तिमीले सताउँदै छौ’।
9
मसँग हुनेहरूले उज्यालोलाई त देखे, तर आवाजलाई चाहिँ सुनेनन्।
10
मैले भनें, ‘हे प्रभु, अब म के गरूँ?’ प्रभुले मलाई भन्नुभयो, ‘उठेर दमस्कस सहरमा जाऊ, परमेश्वरले तिमीलाई खटाउनुभएको कामहरूको बारे तिमीलाई त्यहीँ नै बताइनेछ’।
11
त्यस चहकिलो उज्यालोले गर्दा म अन्धो भएको थिएँ अनि मेरा साथीहरूले मलाई डोर्याएर दमस्कस पुर्याए।
12
“त्यस सहरमा हननिया नाउँ भएका एक जना मानिस बस्थे। उनी मोशाले दिएका व्यवस्था पालन गर्ने धर्मी मानिस थिए र दमस्कसमा बस्ने यहूदीहरू सबैले उनलाई मान-इज्जत गर्थे।
13
तिनै मानिसले मकहाँ आएर मेरो छेउमा उभिएर भने, ‘शाऊल भाइ, फेरि देख्ने होऊ’। तिनले यसो भन्नेबित्तिकै म आँखा देख्ने भएँ।
14
त्यसपछि उनले मलाई भने, ‘तिमीले हाम्रा पुर्खाका परमेश्वरको इच्छा जान्न सक भनेर नै उहाँले तिमीलाई चुन्नुभएको छ। तिमीले धर्मी सेवक येशूलाई देख्न पायौ र उहाँको मुखबाट बोलिएको कुरालाई सुन्न पायौ!
15
किनभने तिमीले उहाँको साक्षी भएर आफूले देखेका र सुनेका कुरा सबै मानिसहरूको अगाडि सुनाउनुपर्नेछ।
16
त्यसो हुँदा अब किन ढीलो गर्ने? उठ र बप्तिस्मा लेऊ अनि येशूको नाउँ लिएर आफ्नो पापदेखि शुद्ध होऊ’।
17
“त्यहाँबाट म यरूशलेम गएँ अनि मन्दिरमा प्रार्थना गर्दागर्दै ध्यान-मग्न भएँ र
18
मैले प्रभुलाई देखें र प्रभुले मलाई भन्नुभयो, ‘छिट्टै यरूशलेमबाट हिँडिहाल किनभने तिमीले मेरो बारेमा भनेका साक्षीहरू यहाँका मानिसहरूले सुन्नेछैनन्’।
19
मैले भनें, ‘हे प्रभु, मेरो बारेमा तिनीहरूलाई सबै कुरा थाहा छ, मैले हरेक सभाघरमा गएर तपाईंलाई विश्वास गर्नेहरूलाई पक्रिंदै र पिट्दै थुन्ने गरें।
20
तपाईंका साक्षी दिने स्तिफनसलाई रगतपच्छे पारेर मार्दा म त्यहाँ थिएँ। उनको ज्यान लिनेहरूसँग सहमत भएर तिनीहरूको लुगा कुरेर बसेको थिएँ’।
21
तर प्रभुले भन्नुभयो, ‘तिमी जाऊ, म तिमीलाई टाढा-टाढासम्म अन्य-जातिहरूकहाँ पठाउँदै छु’।”
22
यति भनुञ्जेल मानिसहरूले पावलको कुरा सुनिरहेका थिए। तर त्यसपछि चाहिँ तिनीहरूले चिच्च्याउँदै भन्न लागे, “यसलाई मार्नैपर्छ! मार्नैपर्छ!! अब यसलाई जिउँदो छोड्नै हुँदैन।”
23
यसरी जोशमा आएर तिनीहरूले आ-आफ्नो ओढ्ने फुकालेर आकाशतिर धुलो फ्याँकेर कराउन लागे।
24
यो देखेर रोमी सेनापतिले भित्र लगी पावललाई कोर्रा लाउने आज्ञा दिएर भने ‘कतै कोर्रा लाउँदा यसले यहूदीहरू किन रिसाएका रहेछन् भनी बताउँछ कि?’
25
सिपाहीहरूले कोर्रा लाउन बाँध्न लाग्दा पावलले नजिकै उभिएको कप्तानलाई भने, “के रोमी नागरिकलाई दोषी नठहराई कोर्रा लगाउन पाइन्छ? के रोमी कानुनले यसै गर्नू भनेको छ?”
26
कप्तानले सेनापतिकहाँ गएर यो कुरो सुनाउँदै भने, “हजुर! के गर्न आँट्नुभएको? तपाईंलाई थाहा छ? त्यो मानिस त रोमी नागरिक पो रहेछ!”
27
यो कुरा सुनेर सेनापति भित्र पसे र पावललाई सोधे, “के तिमी साँच्चै रोमी नागरिक हौ?” पावलले भने, “हो हजुर!”
28
सेनापतिले भने, “म त धेरै पैसा तिरेर रोमी नागरिक भएको हुँ।” पावलले भने, “मचाहिँ जन्मैदेखिको रोमी नागरिक हुँ।”
29
यस्तो सुन्नेबित्तिकै पावललाई केरकार गर्न आएका मानिसहरू पछि हटे। पावल रोमी नागरिक हुँदाहुँदै यसरी साङ्गलाले बाँध्न लगाएकोमा ती सेनापति पनि डराए।
30
यहूदीहरूले पावललाई किन दोष लगाएका हुन्, त्यो कुरा सेनापति बुझ्न चाहन्थे। त्यसो हुँदा भोलिपल्ट उनले मुख्य पूजाहारी र महासभाका सबै सदस्यहरूलाई बोलाएर सभा गर्ने आज्ञा दिए र पावललाई लगेर सबैका अगाडि उभ्याए।
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28