bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 23
Acts 23
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 24 →
1
पावलले सभाको चारैतिर हेरेर भने, “दाजुभाइहरू हो, आजसम्म मेरो जीवनको यात्रामा मैले मेरो विवेकलाई परमेश्वरको अघि शुद्ध राखेको छु।”
2
पावलले यो कुरा भनेको सुनेर प्रधान पूजाहारी हननियाले नजिकै उभिएका मानिसहरूलाई पावलको मुखमा हिर्काउने आज्ञा दिए।
3
तर पावलले हननियालाई भने, “हे सेतो कमेरो लाएको भित्तो! तिमीलाई पनि परमेश्वरले हिर्काउनुहुनेछ। तिमी व्यवस्थाअनुसार मेरो न्याय गर्न बसेका छौ र पनि व्यवस्था मिचेर मलाई कुट्ने आज्ञा किन दिन्छौ?”
4
पावलका नजिकै हुनेहरूले भने, “के तिमी परमेश्वरले ठहराउनुभएका प्रधान पूजाहारीलाई पनि गाली दिन्छौ?”
5
पावलले भने, “दाजुभाइहरू हो, उहाँ नै प्रधान पूजाहारी हुनुहुन्छ भन्ने कुरा मलाई थाहा थिएन। आफ्ना मानिसहरूमाथि अधिकार गर्ने प्रधानको विरोधमा नराम्रो कुरा बोल्नुहुँदैन भन्ने धर्मशास्त्रमा लेखिएको त्यो कुरा म जान्दछु।”
6
महासभामा सदुकी र फरिसी समूहका मानिसहरू बसेका छन् भन्ने कुरा जानेर पावलले ठूलो सोरमा भने, “दाजुभाइहरू हो, म फरिसीको छोरा फरिसी नै हुँ। मरेको मानिस फेरि बिउँतनेछन् भन्ने आशा राखेकाले यहाँ मेरो मुद्दा चलिरहेछ।”
7
पावलले भनेको यस कुराले गर्दा सदुकी र फरिसीहरूमा मतभेद भयो र सभामा फाटो हुन गयो
8
किनभने सदुकीहरूले मानिस मरेपछि फेरि बिउँतनेछन् भन्ने कुरामा विश्वास गर्दैनथे अनि स्वर्गदूत र आत्मा छँदैछैनन् भन्दथे। तर फरिसीहरूले चाहिँ यी तीन कुरामा विश्वास गर्दथे।
9
त्यसैले गर्दा महासभामा ठूलो होहल्ला मच्चियो। फरिसी समूहका केही धर्म-गुरुहरूले उभिएर सदुकीहरूको घोर विरोध गर्दै भने, “हामी त यो मानिसको कुनै दोष नै देख्तैनौं। यी मानिससँग कुनै आत्मा वा स्वर्गदूतले बोलेका नै हुन् भने के भयो त!”
10
तिनीहरूको झगडा निक्कै चर्केर गयो। झगडामा पावललाई लुछलाछ पारेर मार्लान् भन्ने डरले सेनापतिले ‘पावललाई सभाबाट निकालेर किल्लामा लैजाओ’ भनेर सिपाहीहरूलाई पठाइदिए।
11
त्यही रातमा प्रभुले पावलको नजिकै आएर भन्नुभयो, “साहसी होऊ, नडराऊ! यहाँ यरूशलेममा मेरो गवाही दिएजस्तै तिमीले रोममा पनि दिनुपर्छ।”
12
भोलिपल्ट बिहानै यहूदीहरू भेला भएर पावललाई मार्ने सल्लाह गरे अनि तिनीहरूले यसो भनेर शपथ खाए, “पावललाई नमारेसम्म हामी केही पनि खानेछैनौं र पानी पनि पिउनेछैनौं।”
13
यसरी मार्नेछौं भनेर शपथ खानेहरू चालीस जनाभन्दा बढी थिए।
14
त्यसपछि तिनीहरूले मुख्य पूजाहारी र अरू धर्म-गुरुहरूकहाँ गएर भने, “हामीले पावललाई नमारेसम्म केही पनि खाँदैनौं भनेर निश्चय नै मार्ने शपथ खाएका छौं।
15
अब हजुरहरूले सेनापतिलाई ‘महासभाको तर्फबाट पावलको अरू जानकारी लिन चाहन्छौं’ भनेर पावललाई किल्लाबाट झिकाइदिनुहोस्। तब महासभामा आउँदाआउँदै हामी उसलाई बाटोमै मार्नेछौं।”
16
तर ती यहूदीहरूले पावललाई मार्नेछौं भनेर ढुकेको कुरा उनका भानिजले थाहा पाए। उनले किल्लाभित्र गएर यो कुरा पावललाई सुनाए।
17
पावलले तुरुन्तै एक जना कप्तानलाई बोलाएर भने, “यो केटोको सेनापतिसँग भेटेर बिन्ती चढाउने केही कुरो छ रे, यिनलाई उहाँकहाँ पुर्याइदिनुहोस्।”
18
कप्तानले पावलको भानिजलाई सेनापतिकहाँ पुर्याइदिएर भने, “हजुर, कैदी पावलले मलाई बोलाएर ‘यो केटोको बिन्ती चढाउने केही कुरो छ’ भनेकोले यसलाई हजुरकहाँ ल्याइदिएको छु।”
19
सेनापतिले त्यस केटाको हात समाती अलिक पर लगेर सोधे, “के भन्नुछ? भनिहाल।”
20
केटोले भन्यो, “भोलि यहूदीहरूले ‘पावललाई महासभामा अरू कुरा बुझ्न लैजान पाऊँ’ भनी हजुरकहाँ बिन्ती गर्ने भएका छन्।
21
तर हजुरले तिनीहरूको कुरा नसुन्नुहोस्! किनभने चालीस जनाभन्दा बढी यहूदीहरूले ‘पावललाई नमारी केही पनि नखाने र पानी पनि नपिउने’ भनेर शपथ खाएका छन्। तिनीहरू अहिल्यै उहाँलाई मार्न ढुकिबसेका छन् र हजुरको आज्ञाको आशामा पर्खिरहेका छन्।”
22
यस्तो कुरा सुनेपछि सेनापतिले केटोलाई ‘यो कुरा तिमीले मलाई भनेको हो भनी कसैलाई नसुनाउनू है’ भनेर पठाइदिए।
23
त्यसपछि सेनापतिले दुई जना कप्तानहरूलाई बोलाएर भने, “कैसरिया जानलाई दुई सय सिपाही, सत्तरी जना घोडचढी र दुई सय भाला बोकेका सिपाहीहरू ठीक पार। उनीहरू बेलुका नौ बजे नै हिँड्न तयार हुनुपर्छ।
24
पावलले चढ्ने घोडाहरू पनि ठीक पार्नू र उनलाई राम्रो पहरा दिएर बडा-हाकिम फेलिक्सकहाँ पुर्याउनू।”
25
यति भनिसकेपछि ती सेनापतिले बडा-हाकिम फेलिक्सलाई यस्तो एउटा पत्र लेखे—
26
श्रीमान् बडा-हाकिम फेलिक्स, म क्लौडियस लुसियसको अभिवादन!
27
पावल भन्ने यस मानिसलाई यहूदीहरूले मार्न भनेर पक्रेछन्, तर यिनीचाहिँ रोमी नागरिक रहेछन्। यो कुरा थाहा पाएर मैले आफैं सेना लिएर गई यिनको रक्षा गर्दै त्यहाँबाट छुटाएर ल्याएँ।
28
यिनले के बिराएका रहेछन् भनेर बुझ्नलाई मैले यहूदीहरूको सभामा पनि हाजिर गराएँ।
29
तर यिनले त ज्यान सजाय पाउनुपर्ने वा थुनिनुपर्ने किसिमको अपराध केही पनि गरेका रहेनछन्। उनको दोषचाहिँ तिनीहरूकै व्यवस्थाको प्रश्नहरूबारे रहेछ।
30
यहूदीहरू यस मानिसलाई मार्ने दाउमा छन् भन्ने कुरा मैले सुनेकोले यिनलाई तुरुन्तै हजुरकहाँ पठाउँदै छु। यिनलाई दोष लगाउने यहूदीहरूलाई पनि हजुरकहाँ नै उजुर गर्नू भनी आज्ञा दिएको छु।
31
कप्तान र सिपाहीहरूले सेनापतिको आज्ञाअनुसार पावललाई लिएर हिँडे। उनीहरूले पावललाई त्यसै रात एन्टिपाट्रिस सहरसम्म पुर्याए।
32
भोलिपल्ट पैदल सिपाहीहरूचाहिँ पावललाई घोडचढी सिपाहीहरूको जिम्मामा दिएर यरूशलेम फर्किए।
33
घोडचढी सिपाहीहरू कैसरियामा पुगे अनि पावललाई बडा-हाकिमकहाँ सेनापतिको पत्रसहित सुम्पिदिए।
34
त्यो पत्र पढिसकेर बडा-हाकिमले पावललाई सोधे, “तिम्रो घर कहाँ हो? कुन इलाकामा पर्छ?” पावलले भने, “किलिकियामा पर्छ, हजुर।”
35
अनि बडा-हाकिमले भने, “त्यसो भए तिम्रो उजुर गर्नेहरू यहाँ आइपुगेपछि मात्र तिम्रो कुरा सुनौंला।” त्यसपछि बडा-हाकिमले पावललाई राम्ररी पहरा दिएर हेरोदको दरबारमा राख्नू भन्ने आज्ञा दिए।
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28