bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 11
Acts 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 12 →
1
अरू जातिका मानिसहरूले पनि परमेश्वरको शिक्षामा विश्वास गरेछन् भन्ने कुरा अरू प्रेरितहरूले र यहूदिया क्षेत्रभरि नै बस्ने प्रभुमा विश्वास गर्ने दाजुभाइहरूले पनि सुने।
2
पत्रुस यरूशलेममा पुग्दा खतना गर्नु नै पर्छ भन्ने विश्वासीहरूले पत्रुसलाई यसरी दोष लगाउन लागे,
3
“तिमी त खतना नभएको मानिसहरूसँगै बस्यौ र खायौ।”
4
त्यसो हुँदा पत्रुसले के-के भएको थियो, ती सबै कुरा सुरुदेखि नै सुनाउन लागे—
5
“म योप्पा सहरमा हुँदा प्रार्थना गर्दै थिएँ। मैले ध्यानमग्न भएर यस्तो एउटा दर्शन देखें। स्वर्गबाट एउटा ठूलो तन्नाजस्तो चीज चार कुनामा समातिएर मतिर झरिरहेको देखें। त्यो आएर मेरो छेवैमा रोकियो।
6
मैले राम्ररी हेर्दा त त्यसमा चारखुट्टे पशुहरू, जङ्गली जनावरहरू, घस्रने जीवजन्तुहरू र आकाशका चरा-चुरुङ्गीहरू रहेछन्।
7
त्यसपछि मैले यसो भनेको एउटा आवाज सुनें, ‘ए पत्रुस, उठ र यिनीहरूलाई मारेर खाऊ’।
8
मैले भनें, ‘होइन यस्तो कुरा म कसरी खान सक्छु र, प्रभु! यस्ता खान नहुने अशुद्ध कुरा मेरो मुखमा कहिल्यै परेको छैन’।
9
स्वर्गबाट फेरि त्यो आवाजले भन्यो, ‘परमेश्वरले शुद्ध ठहराउनुभएको कुरालाई तिमीले अशुद्ध नठान!’
10
तीनपल्टसम्म यस्तै भयो र त्यसपछि सबै चीज फेरि स्वर्गतिर लगियो।
11
त्यही समयमा नै कैसरियाबाट मलाई बोलाउन पठाइएका तीन जना मानिसहरू म बसेको घरमा आइपुगे।
12
पवित्र आत्माले ती मानिसहरूसँगै आनाकानी नगरी जान मलाई अगुवाइ गर्नुभयो। मसँगै हुने छ जना प्रभुमा विश्वास गर्ने दाजुभाइहरू पनि मेरो साथमा आए र हामी सबै कर्नेलियसको घरभित्र गयौं।
13
कर्नेलियसले आफ्नो घरमा एउटा स्वर्गदूत देखा परेको कुरा हामीलाई बताए। ती स्वर्गदूतले उनलाई यसरी भनेथे, ‘योप्पा सहरमा भएको पत्रुस भनिने सिमोनलाई बोलाउन पठाऊ।
14
उनले तिमीलाई सुसमाचार सुनाउनेछन् अनि तिमी र तिम्रा पूरै परिवारले मुक्ति पाउनेछौ’।
15
“जब म गएर ती मानिसहरूसँग बोल्न लागेको थिएँ, तब जसरी सुरुमा पवित्र आत्मा हामीहरूमा आउनुभएको थियो, त्यसरी नै तिनीहरूमा पनि आउनुभयो।
16
मैले प्रभुले भन्नुभएको यो कुरा सम्झें, ‘यूहन्नाले त पानीले बप्तिस्मा दिएका थिए, तर तिमीहरूले चाहिँ पवित्र आत्माले बप्तिस्मा पाउनेछौ’।
17
हामीले प्रभु येशू ख्रीष्टमा विश्वास गर्यौं र परमेश्वरबाट पवित्र आत्मा पायौं। त्यसै गरी ती अन्य-जातिहरूले पनि उहाँमाथि विश्वास गरेर उहाँबाट नै पवित्र आत्मा पाए। यसरी परमेश्वर आफैंले पवित्र आत्मा दिनुहुन्छ भने मैले उहाँलाई कसरी रोक्ने?”
18
यो कुरा सुनेपछि प्रभुमा विश्वास गर्ने यहूदी दाजुभाइहरूले पत्रुसलाई दोष लगाउन छोडे र “परमेश्वरतिर फर्कने र बाँच्ने मौका अरू जातिका मानिसहरूलाई पनि दिनुभएछ,” भनेर परमेश्वरको प्रशंसा गरे।
19
स्तिफनसलाई मारेपछि प्रभु येशूमा विश्वास गर्नेहरूलाई खेदो भएको हुनाले धेरै जना भागे र कति जना फोनिके क्षेत्रमा पुगे, कति जना साइप्रस टापू र कति जना एन्टिओखिया सहरसम्म पनि पुगे। सुरुमा तिनीहरूले सुसमाचार खालि यहूदीहरूलाई सुनाए।
20
तर पछि साइप्रस टापु र कुरेनी देशबाट आएका प्रभु येशूका केही चेलाहरूले चाहिँ एन्टिओखियामा आएर अरू जातिका मानिसहरूलाई पनि शिक्षा दिँदै प्रभु येशूको बारेमा सुनाए।
21
प्रभुको शक्ति तिनीहरूसँगै थियो र धेरै मानिसहरू विश्वास गरेर प्रभुका चेला बने।
22
जब यो खबर यरूशलेमको मण्डलीमा पुग्यो, तब मण्डलीका अगुवाहरूले बारनाबासलाई एन्टिओखियामा पठाइदिए।
23
एन्टिओखियामा आइपुग्दा परमेश्वरले ती मानिसहरूलाई दया गर्नुभएको र आशिष् दिनुभएको देखेर बारनाबास साह्रै खुसी भए। उनले तिनीहरूलाई प्रभुप्रति पूरा हृदयले विश्वासी भइरहनू भनी उत्साह दिए।
24
बारनाबासचाहिँ पवित्र आत्मा र विश्वासले भरपूर भएका असल मानिस थिए र उनले गर्दा धेरै मानिसहरूले प्रभुलाई विश्वास गरे।
25
त्यसपछि बारनाबास शाऊललाई खोज्न टार्सस सहरतिर लागे।
26
शाऊललाई टार्ससमा भेटेर एन्टिओखिया सहरमा ल्याए। दुवैले वर्ष दिनसम्मै एन्टिओखिया मण्डलीका मानिसहरूसँग संगति गर्दै धेरैलाई सिकाए। एन्टिओखियामा नै सबैभन्दा पहिले ख्रीष्टका चेलाहरूलाई ख्रीष्टियान भनिएको हो।
27
त्यस समयमा परमेश्वरको तर्फबाट बोल्ने केही अगमवक्ताहरू यरूशलेमबाट एन्टिओखियामा आए।
28
तिनीहरूमध्ये अगाबस नाउँ गरेका एक जना थिए। पवित्र आत्माले उनलाई पृथ्वीभरि नै अनिकालपर्नेछ भनेर थाहा दिनुभएको थियो। उनले मण्डलीमा उभिएर यो कुरो बताइदिए। (पछि रोमी महाराजा क्लौडियसको पालामा त्यो अनिकाल आयो।)
29
अगाबसको भविष्यवाणी सुनेर प्रभुका चेलाहरूले यहूदिया क्षेत्रमा भएका दाजुभाइहरूलाई आफ्नो औकातअनुसार पैसा पठाउने विचार गरे।
30
यसरी उठाएको पैसा उनीहरूले यरूशलेम मण्डलीका धर्म-गुरुहरूलाई बारनाबास र शाऊलको हातबाट पठाइदिए।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28