bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 28
Acts 28
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
1
यसरी बाँचेर किनारमा आएपछि त्यस टापुको नाउँ माल्टा रहेछ भन्ने कुरा हामीले थाहा पायौं।
2
त्यहाँका मानिसहरू धेरै मिलनसार रहेछन्। त्यस बेला पानी पर्न लागेको र निकै जाडो भएको हुनाले तिनीहरूले आगो बालेर हामीलाई ताप्न बोलाए।
3
पावलले एक बिटा दाउरा उठाएर आगोमा हाल्दा एउटा सर्प आगोको तातोले गर्दा उनको हातमा बेह्रिएर बस्यो।
4
पावलको हातमा यसरी सर्प झुण्डिएको देखेर त्यहाँका मानिसहरूले एक-अर्कासँग यस्तो कुरा गर्न लागे, “पक्का पनि यो मानिस ज्यानमारा हुनुपर्छ। समुद्रबाट उम्केर पनि दैवले यसलाई बाँच्न दिएन।”
5
तर पावलले आफ्नो हात झड्काउँदा सर्प स्वात्तै आगोमा पर्यो। त्यसले पावललाई केही हानि पुर्याएन।
6
त्यहाँका मानिसहरूले ‘पावल अलि बेरमा विषले सुनिएर मर्नेछन्’ भनी हेरिरहे। तर धेरै बेरपछि पनि उनलाई केही पनि भएन। यो देखेर तिनीहरूको विचार फेरियो र छक्क पर्दै तिनीहरूले भने, “यिनी त देवता पो रहेछन्।”
7
त्यस ठाउँबाट त्यस टापुका मुखिया पब्लियसको घर-जग्गा नजिकै थियो। पब्लियसले हामीलाई आफ्नो घरमा लगेर स्वागत गरे। हामी तीन दिनसम्म उनको घरमा पाहुना भएर बस्यौं।
8
त्यस बेला पब्लियसका बुबालाई ज्वरो आएको र आउँ परेको थियो। त्यसो हुँदा पावल पब्लियसको बुबाको कोठामा गए अनि प्रार्थना गरेर आफ्ना हात बिरामीमाथि राखेपछि उनी निको भए।
9
यसरी निको भएको थाहा पाएर त्यस टापुमा भएका सबै बिरामीहरू आए र पावलले तिनीहरूलाई निको पारे।
10
तिनीहरूले हामीहरूलाई आदर गरेर धेरै उपहारहरू दिए र हिँड्ने बेलामा बाटोमा चाहिने चीजहरू पनि हालिदिए।
11
हामी तीन महिनापछि जुम्ल्याहा देवता भन्ने पानीजहाजमा चढी माल्टा टापुलाई छोडेर गयौं। त्यो जहाजचाहिँ अलेक्जेन्ड्रिया सहरबाट आएर जाडो मौसमभरि माल्टा टापुमै पर्खिरहेको रहेछ।
12
हामी सुराकुसाई भन्ने सहर पुगेर त्यहाँ तीन दिनसम्म बस्यौं।
13
त्यहाँबाट हिँडेपछि हामी रेगियन भन्ने सहरमा पुग्यौं। भोलिपल्ट दक्षिणतिरबाट हावा चल्यो र पर्सिपल्ट हामी पटिओली भन्ने सहरमा आइपुग्यौं।
14
त्यहाँ हामीहरूले प्रभु येशूमाथि विश्वास गर्ने केही दाजुभाइहरूलाई भेट्यौं। उनीहरूले हामीलाई एक हप्तासम्म बसिदिनुहोस् भनेर बिन्ती गरे। हामी तिनीहरूसँग एक हप्तासम्म बसेपछि रोम सहरतिर जाने बाटो लाग्यौं।
15
प्रभु येशूमाथि विश्वास गर्ने रोममा भएका दाजुभाइहरूले हामी आउँदै छौं भन्ने कुरा सुनेर कति जना तीन-पाटी भन्ने बजारसम्म, अनि कति जनाचाहिँ अप्पियस भन्ने बजारसम्म हामीलाई भेट्न आए। तिनीहरूलाई देख्नेबित्तिकै पावलले हौसला पाउँदै परमेश्वरलाई धन्यवाद दिए।
16
रोममा आइपुगेपछि पावललाई सिपाहीको पहरामा आफ्नै डेरा लिएर बस्न दिइयो।
17
तीन दिनपछि पावलले रोममा बसेका यहूदीहरूका नेताहरूलाई बोलाए। तिनीहरू भेला भएपछि पावलले भने, “दाजुभाइहरू हो, मैले हाम्रो जाति र हाम्रा पिता-पुर्खादेखि चल्दैआएको रीतिरिवाजको विरोधमा केही नगरे पनि यहूदी दाजुभाइहरूले मलाई यरूशलेममा पक्रेर रोमीहरूको जिम्मामा सुम्पिदिए।
18
रोमीहरूले केरकार गरेपछि मलाई छोडिदिन खोजे किनभने तिनीहरूले मलाई ज्यानसजाय दिनुपर्ने कुनै दोष भेटेनन्।
19
तर यहूदी दाजुभाइहरूले जबरजस्ती गरेर मलाई छोड्न नदिएकोले मैले रोमी महाराजाकहाँ बिन्ती चढाउन करै लाग्यो। तैपनि मेरा आफ्ना यहूदी दाजुभाइको विरोधमा दोष लगाउनुपर्ने कुनै कुरा छैन।
20
यो कुरा बुझाउन र तपाईंहरूसँग भेट गर्नको लागि मैले तपाईंहरूलाई यहाँ बोलाएको हुँ। हामी इस्राएलीहरूले आशा राखेका मुक्ति दिनुहुने राजाको निम्ति नै म यसरी साङ्लाले बाँधिएको हुँ।”
21
यो सुनेर तिनीहरूले भने, “तपाईंका बारेमा हामीले यहूदिया देशबाट कुनै पत्र पनि पाएका छैनौं नता कुनै दाजुभाइहरूले आएर तपाईंको विरोधमा कुनै नराम्रो कुरा बोलेका वा हामीलाई सुनाएका नै छन्।
22
तर हामी तपाईंका विचारहरू सुन्न चाहन्छौं किनभने तपाईंको समूहको विरोधमा जताततै कुरा भएको चाहिँ हामीलाई थाहा छ।”
23
त्यसपछि उनीहरूले पावलका कुरा सुन्नलाई दिन तोके। तोकेको दिनमा पहिलो पटकभन्दा धेरै यहूदीहरू भेला भएर पावलको डेरामा आए। त्यस दिन पावलले बिहानदेखि बेलुकासम्म परमेश्वरको राज्यको बारेमा शिक्षा दिए। धर्मशास्त्रमा मोशा र अगमवक्ताहरूले लेखेका कुरा लिएर उनले येशूको बारेमा बुझाउँदै तिनीहरूलाई विश्वासमा ल्याउने कोसिस गरे।
24
कति जनाले चाहिँ उनका कुरा बुझेर विश्वास गरे तर कतिले चाहिँ विश्वास गरेनन्।
25
आफू-आफूमै कुरा नमिलेर तिनीहरू त्यतिकै त्यहाँबाट हिँड्न लागे। तब पावलले तिनीहरूलाई यसो भने, “पवित्र आत्माले तपाईंहरूका पुर्खाहरूलाई भन्नुभएको कुरो साँचो छ किनभने यशैया अगमवक्ताद्वारा उहाँले यसरी बोल्नुभयो—
26
यी मानिसहरूकहाँ गएर भन, ‘सुन्न त तिमीहरू सुन्छौ, तर बुझ्दैनौ, हेर्न त हेर्छौ, तर देख्दैनौ!’
27
किनभने यी मानिसहरूको मन कठोर छ, यिनीहरूका कान बाक्ला भएका छन् अनि यिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्! नत्रता यिनीहरूले देख्नेथिए, सुन्ने थिए र मनले बुझ्नेथिए। अनि तिनीहरूले आफ्नो मन मतिर फर्काउनेथिए र म तिनीहरूलाई निको पार्नेथिएँ।”
28
अन्तमा पावलले भने, “यसकारण अब म तपाईंहरूलाई भन्न चाहन्छु, परमेश्वरको मुक्तिको सुसमाचार उहाँले अन्य-जातिहरूकहाँ पठाउनुभएको छ र तिनीहरूले सुन्नेछन्।”
29
[पावलले यो कुरा भनिसकेपछि तिनीहरू एक-अर्कामा तर्कवितर्क गर्दै र बाझ्दै हिँडे।]
30
आफैंले भाडामा लिएको त्यही डेरामा पावल दुई वर्षसम्म बसे। पावलले आफूलाई भेट्न आउने सबैको स्वागत गर्थे।
31
उनले साहसी भएर परमेश्वरको राज्यको प्रचार गर्दै प्रभु येशू ख्रीष्टको बारेमा सिकाउँथे र कसैले पनि उनलाई रोक्दैनथे।
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28