bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 17
Acts 17
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 18 →
1
पावल र सिलास अम्फिपोलिस र अपोल्लोनिया सहरबाट भएर थेसलोनिके सहरमा पुगे। त्यहाँ यहूदीहरूको सभाघर थियो।
2
सधैँजस्तो गरेर पावल त्यस सभाघरमा पनि गए। उनले त्यहाँ तीन हप्तासम्म पवित्र विश्राम दिनैपिच्छे धर्मशास्त्रका कुरा लिएर तिनीहरूसँग बहस गरे।
3
उनले धर्मशास्त्रबाट प्रमाण दिएर तिनीहरूलाई यसरी बुझाए, “मुक्ति दिनुहुने राजा ख्रीष्टले दु:ख भोगेर मर्नुपर्थ्यो र बिउँतनुपर्थ्यो अनि मैले प्रचार गरेको येशू नै त्यही मुक्ति दिनुहुने ख्रीष्ट हुनुहुन्छ।”
4
यसरी केही यहूदीहरूले प्रभुमा विश्वास गरे र त्यसै गरी परमेश्वरको भक्ति गर्ने धेरै ग्रीकहरू र नाउँ चलेका निक्कै स्त्रीहरू पनि प्रभुमा विश्वास गरेर पावल र सिलाससँग लागे।
5
तर अरू यहूदीहरूले चाहिँ उनीहरूको डाह गरे अनि गल्लीका गुण्डाहरूलाई भेला गरेर सहरमा उपद्रव गर्न लगाए। तिनीहरूले पावल र सिलासलाई भीडको अगाडि ल्याएर उभ्याउन यासोनको घरतिर दगुरे।
6
तर तिनीहरूले पावल र सिलासलाई त्यहाँ भेट्टाएनन्। त्यसो हुँदा तिनीहरूले यासोन र प्रभुमा विश्वास गर्ने अरू दाजुभाइहरूलाई नै लछारपछार पार्दै लगे। उनीहरूलाई सहरका हाकिमहरूकहाँ पुर्याएर कराउँदै भने, “संसारभरि उत्पात मच्चाउने मानिसहरू अहिले हाम्रो सहरमा पनि आइपुगेका छन्।
7
यस यासोनले यिनीहरूलाई आफ्नो घरमा पालेर राखेको रहेछ। तिनीहरू रोमी महाराजाका हुकुमलाई नटेरी येशू भन्ने अर्कै राजा छन् भनेर भन्छन्।”
8
यो सुनेर भीड र सहरका हाकिमहरू अन्योलमा परे।
9
आखिरमा हाकिमहरूले यासोन र अरूहरूलाई धरौटी लिएर छोडिदिए।
10
रात पर्ने बित्तिकै प्रभुमा विश्वास गर्ने दाजुभाइहरूले पावल र सिलासलाई बेरिया सहरमा पठाए। त्यहाँ आइपुगेर उनीहरू यहूदीहरूको सभाघरमा गए।
11
त्यहाँका मानिसहरू थेसलोनिकेका मानिसहरूभन्दा धेरै असल थिए। तिनीहरूले परमेश्वरको प्रचार एकदम मीठो मानेर सुने। पावलले भनेका कुरा मिल्छ कि मिल्दैन भनेर तिनीहरूले दिनहुँ धर्मशास्त्र पढेर जाँच्थे।
12
धेरै यहूदीहरूले प्रभुमा विश्वास गरे। त्यसै गरी नाउँ चलेका निकै ग्रीक स्त्री र ग्रीक पुरुषहरूले समेत प्रभुमाथि विश्वास गरे।
13
थेसलोनिकेमा भएका यहूदीहरूले बेरियामा पनि पावलले परमेश्वरको प्रचार गर्दै छन् भन्ने कुरा सुने। तिनीहरू बेरियामा आएर उत्पात मच्चाउँदै मानिसहरूलाई पावलको विरोध गर्न सुर्याउन लागे।
14
यो देख्नेबित्तिकै प्रभुमा विश्वास गर्ने दाजुभाइहरूले पावललाई तुरुन्तै समुद्र किनारतिर पठाइदिए। तर सिलास र तिमोथीचाहिँ त्यहीँ बेरियामा नै बसे।
15
पावललाई पुर्याउन जाने दाजुभाइहरूले उनलाई एथेन्स सहरसम्म पुर्याइदिए। त्यहाँ पुगेर पावलले आफूलाई पुर्याउने दाजुभाइहरूलाई सिलास र तिमोथी जति सक्दो चाँडो आऊन् भनेर खबर पठाए।
16
पावल एथेन्स सहरमा सिलास र तिमोथीलाई पर्खिरहेको बेला त्यो सहर मूर्तिपूजाले भरिएको देखेर उनलाई साह्रै दु:ख लाग्यो।
17
उनी यहूदीहरूको सभाघरमा गएर यहूदी र परमेश्वरको भक्ति गर्ने ग्रीक जातिका मानिसहरूसँग येशूको बारेमा बहस गर्थे। त्यसै गरी दिनदिनै सहरको मुख्य बजारमा आउने जाने मानिसहरूसँग पनि उनले निकै बहस गरे।
18
केही इपिक्युरी र स्तोइकी भन्ने दर्शनका केही पण्डितहरूले पनि पावलसँग तर्कवितर्क गर्न थाले। तिनीहरूमध्ये कतिले भने, “यो फत्फते के भन्छ?” कतिले चाहिँ, “यसले त नौलो देवताहरूको प्रचार गर्दै रहेछ!” भने। पावलले येशूको बारेमा र उहाँ मरेकोबाट बिउँतनुभएको सन्देश प्रचार गरेका हुनाले तिनीहरूले यसो भने।
19
त्यसो हुँदा तिनीहरूले पावललाई अरियोपागसको सभामा लगेर भने, “तपाईंले प्रचार गर्नुभएको यो नयाँ शिक्षाको बारेमा हामीलाई जान्ने इच्छा छ।
20
त्यो हाम्रो लागि एकदमै नयाँ छ र तपाईंले भन्न खोज्नुभएको खास कुरा के हो, त्यो हामी बुझ्न चाहन्छौं।”
21
किनभने एथेन्सका मानिसहरू र त्यहाँ बस्ने विदेशीहरूले नौला-नौला कुराहरू मात्र गरेर दिनहरू बिताउँथे।
22
पावलले अरियोपागस भन्ने सभाको अगाडि उभिएर भने, “हे एथेन्स सहरका बासिन्दाहरू हो, हजुरहरू असाध्यै धर्मप्रेमी हुनुहुँदोरहेछ।
23
यस सहरमा घुम्दा मैले हजुरहरूको पूजा गर्ने ठाउँहरू पनि हेरें। एक ठाउँको बलि चढाउने वेदीमा ‘नचिनेको ईश्वरलाई’ भनी लेखिएको रहेछ। तपाईंहरूले नचिनीकनै पूजा गर्नुभएको उही परमेश्वरलाई म अहिले प्रचार गर्दै छु।
24
संसार र यसमा भएका सबै थोक सृष्टि गर्नुहुने परमेश्वर नै स्वर्ग र पृथ्वीका मालिक हुनुहुन्छ। उहाँ मानिसहरूले बनाएको मन्दिरमा बास गर्नुहुन्न।
25
उहाँलाई मानिसहरूले चढाएको कुनै चीजको खाँचो पर्दैन। बरु उहाँले मानिसहरूलाई जीवन, प्राण र चाहिने सबै थोक दिनुहुन्छ।
26
संसारभरि नै मानिसहरू बसून् भनेर उहाँले एउटै मानिसबाट सबै जातिहरूलाई सृष्टि गर्नुभयो र तिनीहरूलाई संसारैभरि बस्न दिनुभयो। तिनीहरूले जिउनुपर्ने समय र बस्नुपर्ने ठाउँ उहाँले अघिबाट नै तोकिदिनुभएको छ।
27
मानिसहरूले उहाँलाई खोज्न र छामछुम गरेर पाउन सकून् भनेर उहाँले यसो गर्नुभयो। तरै पनि परमेश्वर हामीहरूदेखि टाढा हुनुहुन्न
28
किनभने हामी उहाँमै जिउँछौं र उहाँमै चहलपहल गर्छौं। यस बारेमा तपाईंहरूका एक जना कविले पनि यसरी भनेका छन्, ‘साँच्चै हामी उहाँकै सन्तान हौं’।
29
यसरी परमेश्वरका सन्तान भएपछि हामीले परमेश्वरलाई मानिसको बुद्धि र कलाबाट बनिएका ढुङ्गा, चाँदी र सुनको मूर्तिजस्तो सम्झनुहुँदैन।
30
यसकारण अनजानमा हुँदा नजानी गरेका कामलाई परमेश्वरले वास्ता गर्नुभएन। तर अब परमेश्वरले सबै मानिसहरूलाई ‘आ-आफ्ना पापलाई मानिलिएर छोड्नू’ भन्ने आज्ञा दिनुभएको छ
31
किनभने संसारका सबै मानिसहरूको न्याय गर्ने दिन उहाँले तोकिसक्नुभएको छ र त्यस दिन उहाँ आफैंले छान्नुभएको व्यक्तिद्वारा न्यायसाथ इन्साफ गर्नुहुनेछ। त्यस व्यक्तिलाई न्याय गर्ने अधिकार छ भन्ने प्रमाण सबै मानिसहरूलाई दिनू भनेर परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो।”
32
मरेकोबाट मानिस बिउँतन्छन् भन्ने सुनेर कति जनाले पावलको हाँसो गरे। तर कसै-कसैले भने, “यसको बारेमा फेरि अर्कोपल्ट पनि हामी सुन्न चाहन्छौं।”
33
पावल तिनीहरूसँग बिदा भए।
34
केही मानिसहरू उनीसँग लागेर प्रभुमाथि विश्वास गरे। तिनीहरूमध्ये अरियोपागस सभाका डियनुसियस भन्ने सदस्य र दामारिस भन्ने स्त्री थिए। यीबाहेक अरू केहीले पनि प्रभुमा विश्वास गरे।
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28