bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 14
Acts 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 15 →
1
आइकोनियन सहरमा पनि पावल र बारनाबास सधैँजस्तै यहूदीहरूको सभाघरमा गए। उनीहरूले सभाघरभित्र यस्तो किसिमले बोले, त्यहाँ भएका धेरै यहूदी र अरू जातिका मानिसहरूले पनि प्रभु येशू ख्रीष्टमा विश्वास गरे।
2
तर विश्वास नगर्ने यहूदीहरूले चाहिँ अरू जातिका मानिसहरूलाई उचालेर प्रभुमा विश्वास गर्ने दाजुभाइहरूको विरोध गर्न थाले।
3
तापनि पावल र बारनाबास त्यस सहरमा निकै दिनसम्म बसे। तिनीहरूले आफ्नो भरोसा प्रभुमा राखेर प्रभुको पक्षमा साहससँग बोले। प्रभुले उनीहरूलाई अचम्म-अचम्मका काम गर्ने शक्ति दिँदै उनीहरूले बोलेको त्यो अनुग्रहको सन्देशलाई साँचो हो भनी प्रमाणित गरिदिनुभयो।
4
तर सहरका मानिसहरू दुईटा दलमा बाँडिए। कति जना यहूदीहरूतिर र कति जनाचाहिँ प्रेरितहरूतिर लागे।
5
अरू जातिका मानिस र विरोध गर्ने यहूदी र तिनीहरूका शासकहरू मिलेर पावल र बारनाबासलाई ढुङ्गा हानी मार्ने मतो गरे।
6
तर पावल र बारनाबासले यो कुरा सुने अनि उनीहरू भागेर लुकोनिया क्षेत्रमा पर्ने लुस्त्रा र डर्बी सहरमा गए।
7
ती दुई सहरमा र वरिपरि भएका ठाउँहरूमा पनि तिनीहरूले प्रभुले दिनुभएको सुसमाचार प्रचार गरे।
8
लुस्त्रा सहरमा एउटा लङ्गडो मानिस बस्थ्यो। ऊ जन्मैदेखिको कुँजो भएकोले कहिल्यै हिँड्न सकेको थिएन।
9
पावल बोल्दा उसले ध्यान दिएर सुनिरह्यो। पावलले पनि उसको अनुहारमा राम्ररी हेरे। त्यो मानिसले “म पनि निको हुन सक्छु,” भनी विश्वास गर्दोरहेछ भन्ने पावलले थाहा पाए।
10
पावलले ठूलो सोरमा भने, “उठ र आफ्नो खुट्टामा उभ।” यसो भनेको सुन्नेबित्तिकै त्यो मानिस जुरुक्क उठ्यो अनि आफ्नो खुट्टा टेकेर हिँड्न थाल्यो।
11
पावलले यस्तो काम गरेको देखेर त्यहाँका मानिसहरूले आफ्ना लुकोनिया भाषामा कराएर भन्न लागे, “देवताहरू त मानिस भएर हामीहरूकहाँ आएछन्।”
12
उनीहरूले बारनाबासलाई जिउस भनिने देवता सम्झे र पावलले नै मुख्य प्रचार गरेकोले उनलाई चाहिँ हर्मेस भनिने देवता सम्झे।
13
जिउस देवताको मन्दिरचाहिँ त्यस सहरको छेउमा नै थियो। त्यो मन्दिरको पूजाहारी फूल-माला र बहरहरू लिएर सहरको ढोकामा आए। तिनीहरूले बारनाबास र पावलका सामु बहरहरू बलि चढाउन ठीक परे।
14
यो कुरा थाहा पाउनेबित्तिकै पावल र बारनाबासले आपत् मान्दै आ-आफ्नो लुगा च्यातेर दगुर्दै मानिसको हुलमा गएर कराउँदै भने,
15
“हैन, तपाईंहरूले यो के गर्नुभएको? हामीहरू पनि तपाईंहरूजस्तै दु:ख-सुख झेल्ने मानिस मात्रै हौं। हामी तपाईंहरूलाई परमेश्वरले दिनुभएको सुसमाचार सुनाउन आएका हौं। यस्तो नचाहिँदो काम छोडेर स्वर्ग र पृथ्वी अनि त्यहाँ भएका सबै कुरा सृष्टि गर्नुहुने जिउँदो परमेश्वरलाई मान्नुपर्छ।
16
उहिलेका मानिसहरूलाई त परमेश्वरले आफूखुसी गर्न दिनुभएको थियो।
17
उहाँले कहिले पनि असल र भलाइको कामहरू गर्न छोड्नुभएको छैन। उहाँले आकाशबाट पानी पारेर ठीक समयमा उब्जनी गराइदिनुहुन्छ। प्रशस्त खानेकुरा जुटाइदिएर मानिसहरूको हृदयलाई हर्षले भरिदिनुहुन्छ। यसरी परमेश्वरका कामहरूले नै उहाँको साक्षी दिन्छन्।”
18
यी सबै कुरा भनेर पावल र बारनाबासले आफूलाई चढाउन ठीक पारेको बलिलाई धेरै मुस्किलले रोक्न सके।
19
त्यसपछि पिसिदिया क्षेत्रको एन्टिओखिया र आइकोनियन सहरबाट केही यहूदीहरू त्यहाँ आए। तिनीहरूले मानिसको हुललाई उक्साएर पावललाई ढुङ्गाले हिर्काएर मार्न लगाए अनि मर्यो भन्ने सम्झी उनलाई घिस्सार्दै लगेर सहरबाहिर फ्याँकिदिए।
20
तर प्रभुका चेलाहरू आएर पावलको वरिपरि जम्मा हुँदा उनी उठेर सहरतिर लागे। भोलिपल्ट उनी बारनाबाससँगै डर्बी सहरमा गए।
21
पावल र बारनाबासले डर्बी सहरमा सुसमाचार प्रचार गरेर धेरैलाई प्रभु येशूका चेला बनाए। त्यसपछि तिनीहरू लुस्त्रा र आइकोनियन सहरबाट भएर पिसिदिया क्षेत्रको एन्टिओखियामा फर्के।
22
तिनीहरूले ती ठाउँहरूमा भएका प्रभुका चेलाहरूलाई बलियो बनाउँदै विश्वासमा रहिरहने हौसला दिए। “परमेश्वरको राज्यमा पुग्नुभन्दा अघि हामीले दु:ख, कष्ट र खेदो सहनुपर्छ,” भन्ने कुरा सिकाए।
23
तिनीहरूले प्रत्येक मण्डलीमा धर्म-गुरूहरू नियुक्त गरिदिए अनि उपवास बसेर प्रार्थना गर्दै ती चेलाहरूलाई आफूले विश्वास गरेका प्रभुको चरणमा सुम्पिदिए।
24
पिसिदिया इलाका भएर तिनीहरू पामफिलिया क्षेत्रमा फर्केर आए।
25
पर्गा क्षेत्रमा पनि तिनीहरूले प्रभु येशू ख्रीष्टको प्रचार गरे। त्यसपछि तिनीहरू अटालिया सहरतिर झरे।
26
त्यहाँ पानीजहाजमा चढेर एन्टिओखिया सहरमा फर्किए। यही एन्टिओखिया सहरका प्रभुमा विश्वास गर्ने दाजुभाइहरूले पावल र बारनाबासलाई परमेश्वरको अनुग्रहमा सुम्पिदिएर प्रचारको काममा पठाएका थिए र त्यो काम पूरा गरेर उनीहरू त्यहीँ नै फर्किए।
27
एन्टिओखियामा फर्केर आइपुगेपछि पावल र बारनाबासले मण्डलीका सबैलाई बोलाए। परमेश्वरले उनीहरूद्वारा कस्तो-कस्तो काम गर्नुभयो र उहाँले अरू जातिका मानिसहरूलाई पनि विश्वास गर्ने बाटो खोलिदिनुभयो भन्ने कुरा उनीहरूले तिनीहरूलाई सुनाए।
28
त्यसपछि उनीहरू निकै दिनसम्म एन्टिओखियाका मण्डलीका दाजुभाइहरूसँग बसे।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28