bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 4
Acts 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 5 →
1
पत्रुस र यूहन्ना मानिसहरूसँग यसरी कुरा गर्दागर्दै पूजाहारी र सदुकीहरू अनि मन्दिरका सिपाहीहरूका कप्तान आए।
2
ती दुई प्रेरितहरूले ‘येशू मरेकोबाट बिउँतनुभएको छ, त्यसैले अरू मरेका मानिसहरू पनि बिउँतनेछन्’ भनी प्रमाण दिए। यसकारण सदुकीहरू रिसाए।
3
तिनीहरूले पत्रुस र यूहन्नालाई पक्रे। त्यतिखेर मुद्दा चलाउन ढिलो भएकोले तिनीहरूले उनीहरूलाई रातभरिका लागि थुने।
4
तर ती दुई प्रेरितको सन्देश सुन्नेहरूमध्ये धेरै जनाले विश्वास गरे र विश्वास गर्ने पुरुषहरूको सङ्ख्या बढेर पाँच हजार जति पुग्यो।
5
भोलिपल्ट मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू र अरू अगुवाहरू यरूशलेममा भेला भए।
6
यस सभामा हन्नास भन्ने प्रधान पूजाहारी र उनका नाता पर्ने कैयाफा, यूहन्ना, अलेक्जेन्डर र हन्नासका घरानाका अरू मानिसहरू पनि थिए।
7
तिनीहरूले पत्रुस र यूहन्नालाई सभाको सामुन्ने ल्याए र सोधे, “तिमीहरूले कुन शक्तिले या कसको नाउँमा यस लङ्गडालाई निको पारेका हौ?”
8
पवित्र आत्माले भरिएर पत्रुसले तिनीहरूलाई भने, “जनताका माननीय शासक र अगुवाहरू हो,
9
यस लङ्गडा मानिसलाई दया गरेर निको पारेको हुनाले हामीलाई आज यस सभाको अगाडि उभिनुपरेको हो भने अनि हामीले यस मानिसलाई कसरी निको पारेका छौं भन्ने कुरा तपाईंहरूले हामीबाट जान्न चाहनुहुन्छ भने
10
तपाईंहरू र इस्राएलका सबै मानिसहरूलाई थाहा होस् कि— तपाईंहरूको अगाडि उभिएको यो मानिस नासरतको येशूको नाउँमा निको भएको हो। तपाईंहरूले चाहिँ येशूलाई क्रूसमा झुण्ड्याएर मार्नुभयो। तर परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो।
11
धर्मशास्त्रको यो कुरा उहाँकै बारेमा लेखिएको हो— जुन ढुङ्गालाई डकर्मीहरूले बेकामको ठाने, त्यही ढुङ्गा जगको मुख्य ढुङ्गा बन्यो।
12
“येशू ख्रीष्टबाहेक अरू कसैले पनि मानिसहरूलाई मुक्ति दिन सक्दैन। परमेश्वरले येशूको नाउँबाहेक संसारमा अरू कुनै नाउँ जनाउनुभएको छैन, जसबाट हामीले मुक्ति पाउन सक्छौं।”
13
पत्रुस र यूहन्ना धेरै नपढेका साधारण मानिस थिए। तैपनि उनीहरूले ठूलो साहससँग बोले। यो देखेर सभाका मानिसहरू सबै छक्क परे। पत्रुस र यूहन्ना पनि येशूसँगै रहन्थे भन्ने कुरा तिनीहरूले थाहा पाए।
14
तर त्यो निको भएको लङ्गडोलाई पत्रुस र यूहन्नासँगै उभिरहेको देखेर तिनीहरूले उनीहरूलाई केही भन्न सकेनन्।
15
त्यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई सभाबाट बाहिर जाने आज्ञा गरे अनि तिनीहरूले चाहिँ मिलेर यसरी छलफल गर्न लागे,
16
“अब यी मानिसहरूलाई हामीहरू के गरौं? यरूशलेमका सबै मानिसले तिनीहरूले गरेको यो अचम्मको काम थाहा पाएका छन्। अब यस कुरालाई हामीले होइन भन्न सक्दैनौं।
17
तैपनि यो कुरा अरू मानिसहरूको बीचमा फैलिन दिनुहुँदैन। त्यसकारण उनीहरूलाई ‘येशूको बारेमा अबदेखि कुनै कुरा पनि कसैसँग नगर्नू’ भनेर कडा आज्ञा दिऔं।”
18
त्यसपछि तिनीहरूले पत्रुस र यूहन्नालाई भित्र बोलाएर ‘अबदेखि येशूको बारेमा कसैसँग कहिल्यै पनि कुरा नगर्नू अनि नसिकाउनू’ भनेर कडा आज्ञा दिए।
19
तर पत्रुस र यूहन्नाले तिनीहरूलाई जवाफ दिए, “तपाईंहरूले भनेको कुरा मान्नु कि परमेश्वरले नै भन्नुभएको कुरा मान्नु, परमेश्वरको अघि कुनचाहिँ ठीक छ? तपाईंहरू आफैं विचार गर्नुहोस्।
20
हामी त आफैंले सुनेका र देखेका कुरा नभनी चुप लागेर बस्न सक्दैनौं।”
21
यो सुनेर सभाका मानिसहरूले उनीहरूलाई फेरि धम्की दिएर छोडिदिए। तिनीहरूले पत्रुस र यूहन्नालाई सजाय दिने उपाय पाएनन् किनभने उनीहरूले गरेका अचम्मको काम देखेका हुनाले सबै मानिसहरूले परमेश्वरको प्रशंसा गर्दै थिए।
22
यसरी अचम्म प्रकारले निको भएको मानिसचाहिँ चालीस वर्षभन्दा पनि बढी उमेरको थियो।
23
त्यहाँबाट छुट्नासाथ पत्रुस र यूहन्ना आफ्ना साथीहरूकहाँ फर्के। उनीहरूले मुख्य पूजाहारी र अरू अगुवाहरूले भनेका कुरा आफ्ना साथीहरूलाई सुनाए।
24
यस्तो कुरा सुनेपछि तिनीहरू सबै मिलेर परमेश्वरसँग यसरी प्रार्थना गर्न लागे, “हे सर्वशक्तिमान् प्रभु परमेश्वर, आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो।
25
तपाईंको पवित्र आत्माद्वारा तपाईंले हाम्रा पुर्खा दाऊदको मुखबाट यसरी बोल्नुभयो— अरू जातिहरू किन रिसाउँछन्? मानिसहरू व्यर्थैमा किन जाल रच्तछन्?
26
परमेश्वर र उहाँले खटाउनुभएको मुक्ति दिनुहुने ख्रीष्टको विरोधमा पृथ्वीका राजा र शासकहरूसमेत भेला भएका छन्।
27
यस्तै कुरा हिजो-आज भइरहेछन्। तपाईंको पवित्र सेवक येशूलाई खटाएर तपाईंले मुक्तिदाता बनाउनुभयो। उहाँको विरोधमा जाल रच्ने हेरोद र पन्तियस पिलातस अनि इस्राएलका र अरू जातिका मानिसहरूसमेत यही सहरमा भेला भएका थिए।
28
तर तिनीहरूले तपाईंको शक्ति र इच्छाद्वारा तपाईंले अघिबाटै विचार गर्नुभएअनुसार मात्रै काम गरे।
29
अब हे प्रभु, तिनीहरूले दिएको धम्कीतिर ध्यान दिनुहोस्। तपाईंको सन्देश साहससँग प्रचार गर्न आफ्ना सेवकहरूलाई शक्ति दिनुहोस्।
30
आफ्ना सेवकहरूलाई तपाईंको पवित्र सेवक येशूको नाउँमा बिरामीहरू निको पार्ने अनि अचम्मका कामहरू गर्दै चिन्हहरू देखाउने शक्ति दिनुहोस्।”
31
यसरी प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो। तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्वरको वचन नडराइ सुनाउन थाले।
32
प्रभुमा विश्वास गर्नेहरू सबै एउटै मन र एउटै तनका भएका थिए। तिनीहरूमा कसैले पनि कुनै चीज ‘यो मेरो हो’ भनेर भन्दैनथे। तर तिनीहरूसँग भएका सबै कुरा सबैले साझा सम्झन्थे।
33
प्रभु येशू मरेकोबाट बिउँतनुभएको छ भनी प्रेरितहरूले ठूलो शक्ति पाएर गवाही दिन्थे र परमेश्वरले तिनीहरू सबैमाथि दया गरेर प्रशस्त आशिष् खन्याउनुहुन्थ्यो।
34
तिनीहरूमा कसैलाई केही कुराको खाँचो थिएन। खेत वा घरबारी हुनेहरूले बेचेर
35
त्यसबाट आएको पैसा प्रेरितहरूकहाँ ल्याउँथे अनि तिनीहरूले आवश्यकताअनुसार त्यो पैसा बाँड्थे।
36
लेवी घरानाका योसेफ नाउँ भएका मानिस थिए। तिनी साइप्रस भन्ने टापुमा जन्मिएका थिए। प्रेरितहरूले तिनलाई बारनाबास भनेर बोलाउँथे, जसको अर्थ हो हौसला दिने मानिस।
37
तिनले पनि खेत बेचेर पाएको पैसा प्रेरितहरूलाई दिए।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28