bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 26
Acts 26
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 27 →
1
त्यसपछि अग्रिपासले पावललाई भने, “अब तिमीलाई आफ्नो पक्षमा बोल्ने अनुमति छ।” पावलले पनि हात फैलाएर आफ्नो बचाउमा यसरी बोल्न थाले–
2
“हे राजा अग्रिपास, यहूदीहरूले मलाई दोष लगाएको कुराको बारेमा मैले आज आफ्नो कुरा हजुरकै अगाडि भन्न पाएकोमा म आफूलाई भाग्यमानी सम्झन्छु।
3
हजुरलाई यहूदीहरूको चालचलन, रीतिरिवाज र तर्कवितर्क गर्ने कुराको बारेमा राम्ररी थाहा भएको हुनाले म आफूलाई झन् भाग्यमानी ठान्दछु। त्यसो हुँदा अब हजुरसँग बिन्ती चढाउँछु, मेरो कुरा धीरज राखेर सुनिदिनुहोला।
4
“म आफ्नो देशमा अनि यरूशलेम सहरमा यहूदी जातिको बीचमा नै हुर्किएँ। त्यसो हुँदा यहूदीहरूले मलाई बालककालदेखि नै राम्ररी चिन्दछन्।
5
पहिले म फरिसी भन्ने कट्टर धार्मिक समूहको मानिस थिएँ, त्यही कट्टर धर्मको जीवन बिताउँथें। यदि तिनीहरूले चाहे भने यो कुरा आफैंले पनि भन्न सक्छन्।
6
परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई गर्नुभएको प्रतिज्ञामा नै भरोसा राखेकोले मैले आज यसरी हजुरहरूको सामुन्ने उभिनुपरेको छ।
7
हे राजा अग्रिपास, त्यही प्रतिज्ञा पाउने आशामा हाम्रा बाह्र कुलहरूले पनि दिनरात एक चित्तले परमेश्वरलाई पूजा र भक्ति चढाइरहेका हुन्। मैले पनि त्यही आशा राखेकोले यहूदीहरूले मलाई दोष लगाएका हुन्।
8
परमेश्वरले मरेकाहरूलाई बिउँताउनुहुन्छ भन्ने कुरामा तपाईंहरू किन विश्वास गर्न सक्नुहुन्न?
9
“हुन त, मैले पनि सकेसम्म नासरतको येशूको विरोध गर्नुपर्छ भन्ने सम्झेको थिएँ।
10
यरूशलेममा त्यस्तै विरोध गरें। मैले मुख्य पूजाहारीहरूबाट अधिकार पाएर प्रभु येशूमा विश्वास गर्ने धेरै पवित्र जनहरूलाई थुनाएँ र उनीहरूलाई मार्ने काममा समेत सहायता गरें।
11
धेरैपल्ट मैले उनीहरूलाई ‘अबदेखि नासरतको येशूमा विश्वास गर्दिनँ’ भन्ने पार्नलाई सभाघरहरूमा जबरदस्ती गरेर सजाय दिन लगाएँ। म उनीहरूदेखि रिसले यति साह्रो आगो भएको थिएँ कि अरू देशका सहरहरूमा पनि गएर मैले उनीहरूलाई सताउन थालें।
12
“यसरी एक दिन मुख्य पूजाहारीहरूको अधिकार र आज्ञा पाएर म दमस्कस सहरतिर जाँदै थिएँ।
13
हे राजा, त्यस दिन दिउँसो बाटोमा जाँदैगर्दा घामको उज्यालोभन्दा पनि चहकिलो उज्यालो म र मेरा साथीहरूमाथि पर्यो र हामी सबै जमिनमा पछारियौं।
14
त्यति नै खेर हिब्रू भाषामा मैले यसो भनेको सुनें, ‘शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ? तीखो सुइरोमा लातले हानेजस्तै तिमीले आफैंलाई चोट पुर्याउँछौ’।
15
‘प्रभु, तपाईं को हुनुहुन्छ?’ मैले सोधें। अनि प्रभुले फेरि भन्नुभयो, ‘म येशू हुँ, जसलाई तिमी सताउँदैछौ।
16
अब उठ, म तिमीलाई मेरो सेवक र मेरो गवाही दिने मानिस बनाउन चाहन्छु। यसैले म तिमीकहाँ देखा परेको हुँ। तिमीले मेरो बारे देखेका कुरा र मैले तिमीलाई पछि देखाउने कुराहरूसमेत अरू मानिसहरूलाई सुनाउनुपर्छ।
17
म तिमीलाई यहूदीहरू र अन्य-जातिहरूकहाँ पठाउँदै छु। तिमीलाई तिनीहरूबाट जोगाउनेछु।
18
तिमीले तिनीहरूका आँखा खोलिदिएर तिनीहरूलाई अँध्यारोबाट उज्यालोमा र शैतानको शक्तिदेखि परमेश्वरतर्फ फर्काउनुपर्छ र तिनीहरूले ममाथि विश्वास गर्छन् अनि तिनीहरूको पाप मेटिनेछ र तिनीहरूले परमेश्वरका चुनिएका जनहरूको संगतिमा बस्न पाउनेछन्’।
19
“हे राजा अग्रिपास, स्वर्गबाट देखेको यो दर्शनलाई मैले नटेरीकन बस्न सकिनँ।
20
पहिले दमस्कस र यरूशलेममा अनि पूरै यहूदिया देशमा र अरू जातिको देशहरूमा पनि गएर मैले मानिसहरूलाई आ-आफ्ना पापलाई मानिलिएर परमेश्वरकहाँ फर्कनू भन्ने प्रचार गरें। परमेश्वरकहाँ फर्केको हुँ भन्ने प्रमाण आफूले गरेको कामबाट देखाउनुपर्छ भन्दै सिकाएँ।
21
यसैले गर्दा यहूदीहरूले मलाई मन्दिरमा पक्रेर मार्न खोजे।
22
तर आजको दिनसम्म मैले परमेश्वरबाट नै सहायता पाइरहेको छु। त्यसैकारण म यहाँ हुनेहरू ठूला-साना सबैलाई गवाही दिँदै उभिएको छु। अगमवक्ताहरू र मोशाले समेत पछि हुन आउनेछन् भनेका कुराहरूबाहेक मैले अरू बढी कुरा केही पनि भनेको छैनँ।
23
मुक्ति दिनुहुने राजा ख्रीष्टले दु:ख भोगेर मर्नुपर्नेछ, उहाँ मरेकोबाट बिउँतनेहरूमा सबैभन्दा पहिला हुनुहुनेछ र उहाँले आफ्नो उज्यालो यहूदीहरूमा पनि र अरू जातिका मानिसहरूमा पनि फैलाउनुहुनेछ, यी कुरा त अगमवक्ताहरूले भनिसकेका थिए।”
24
पावलले भनेको यी कुरा सुनेर फेस्तसले कराएर भने, “पावल तिमी बौलाएछौ, तिम्रो ज्ञानले तिमीलाई बौलाहा बनायो।”
25
पावलले भने, “माननीय फेस्तस, म बौलाएको होइनँ, म सद्धे छु र सत्य कुराहरू गर्दै छु।
26
राजा अग्रिपासलाई यी सबै कुरा थाहा छ, उहाँलाई म यी कुराहरू साहससँग भन्न सक्छु। उहाँले अवश्य यी कुराहरूमा राम्ररी ध्यान दिनुभएको छ किनभने यी कुराहरू एक कुनामा घटेका होइनन्।
27
हे राजा अग्रिपास, के हजुरले अगमवक्ताहरूमाथि विश्वास गर्नुहुन्छ? हो, हजुरले विश्वास गर्नुहुन्छ भन्ने कुरा मलाई थाहा छ।”
28
त्यत्तिकैमा अग्रिपासले पावललाई भने, “यति थोरै कुरोले के तिमी मलाई ख्रीष्टियान बनाउने कोसिस गर्छौ?”
29
पावलले भने, “थोरै कुराले होस् या धेरैले— यी मेरा हातमा लगाइएका साङ्लाहरू बाहेक— हजुर मात्रै होइन, तर हजुरहरू सबै मजस्तै भइदिए हुन्थ्यो। यही म परमेश्वरसँग प्रार्थना गर्छु।”
30
त्यतिखेर राजा अग्रिपास, बडा-हाकिम फेस्तस, बरनिकी र तिनीहरूसँग आएका सबै मानिसहरूसमेत जर्याक-जुरुक उठे
31
र बाहिर जाँदा आपसमा यसो भनेर कुरा गरे, “यस मानिसले थुनिनुपर्ने वा ज्यानसजाय पाउनुपर्ने कुनै काम गरेको त रहेनछ।”
32
अग्रिपासले फेस्तसलाई भने, “यस मानिसले रोमी महाराजाकहाँ बिन्ती चढाउन नमागेको भए त छोडिदिए पनि हुन्थ्यो नि!”
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28