bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 13
Acts 13
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 14 →
1
एन्टिओखिया सहरको मण्डलीमा अगमवक्ताहरू र शिक्षा दिने मानिसहरू निकै थिए। तिनीहरू बारनाबास, काला भनिने शिमियोन, कुरेनीका लुकियस, राजा हेरोदसँगै हुर्केका मनेन अनि शाऊल थिए।
2
तिनीहरू उपवास बसेर प्रार्थना र प्रभुको आराधना गरिरहेका बेलामा पवित्र आत्माले तिनीहरूलाई भन्नुभयो, “सुन, बारनाबास र शाऊललाई मैले जुन कामको लागि चुनेको छु, त्यही कामको लागि छुट्ट्याओ।”
3
तिनीहरूले फेरि उपवास बसे र प्रार्थना गर्दै ती दुई जनामाथि आफ्ना हात राखे र तिनीहरूलाई प्रभुको काममा पठाए।
4
पवित्र आत्माले पठाउनुभएका बारनाबास र शाऊल एन्टिओखिया सहरबाट हिँडे। तिनीहरू सिलुकिया सहरमा गए। त्यहाँबाट तिनीहरू समुद्रको यात्रा गरेर साइप्रस टापुमा गए।
5
सलामिस सहरमा पुगेर यहूदीहरूका सभाघरहरूभित्र पसी तिनीहरूले परमेश्वरको वचन सुनाउन लागे। त्यो काममा सघाउन तिनीहरूले मर्कूस भनिने यूहन्नालाई पनि साथमा लगेका थिए।
6
पूरै साइप्रस टापुको यात्रा गरेपछि तिनीहरू पाफोस भन्ने सहरमा आइपुगे। त्यहाँ तिनीहरूले एउटा बार-येशू भन्ने यहूदी जादूगरलाई भेटे। उसले आफैंलाई म अगमवक्ता हुँ भन्थ्यो।
7
त्यो जादूगर साइप्रस टापूको बडा-हाकिम सर्गियस पौलुसको घरमा गइरहन्थ्यो। सर्गियस पौलुसचाहिँ एउटा बुद्धिमान् व्यक्ति थिए। तिनलाई परमेश्वरको वचन सुन्ने इच्छा भएको हुनाले बारनाबास र शाऊललाई बोलाउन पठाए।
8
तर एलुमास जादूगरले (ग्रीक भाषामा यसको अर्थ यस्तै हुन्छ) बारनाबास र शाऊललाई बाधा दिएर बडा-हाकिमलाई विश्वासबाट फर्काउन खोज्यो।
9
शाऊलले (जसलाई पावल पनि भनिन्छ) पवित्र आत्माले भरपूर भएर एलुमासलाई एकटक लाएर हेर्दै भने,
10
“तँ सबै असल कुराको शत्रु अनि दुष्ट चाल र धुर्त्याइँले भरिएको शैतानको बच्चा होस्। के तँ प्रभुको सोझो बाटोलाई बङ्ग्याउन कहिल्यै छोड्दैनस्?
11
अब हेर्, प्रभुको सजाय तँमाथि परेको छ। तँ अन्धो भएर केही समयसम्म घामको उज्यालो पनि देख्नेछैनस्!” त्यति नै खेर त्यसको आँखामा कालो बादलजस्तो लाग्यो अनि त्यो अन्धो भइहाल्यो र हातले यताउता सहारा खोज्न लाग्यो।
12
प्रभुको शिक्षामा भएको शक्ति देखेर बडा-हाकिम छक्क परे अनि उनले प्रभुमाथि विश्वास गरे।
13
पावल र तिनका साथीहरू पाफोस सहरबाट पानीजहाजमा चढेर पामफिलिया क्षेत्रको पर्गा सहरमा पुगे। त्यहाँबाट मर्कूस भनिने यूहन्नाले पावल र बारनाबासलाई छोडेर यरूशलेमतिर फर्के।
14
पावल र बारनाबासचाहिँ पर्गादेखि पिसिदिया क्षेत्रको एन्टिओखिया सहरमा गए अनि पवित्र विश्रामको दिनमा ती दुई जना सभाघरमा गएर बसे।
15
मोशाले दिएको व्यवस्था र अगमवक्ताहरूले लेखेको पुस्तकबाट पढेपछि सभाघरका नेताहरूले पावल र बारनाबासलाई बोलाएर भने, “भाइहरू! यदि तपाईंहरूसित मानिसहरूलाई साहस दिने केही कुरो छ भने भन्नुहोस्।”
16
यो सुनेर पावल उठे अनि हातले इशारा गरेर बोल्न लागे, “इस्राएली दाजुभाइ र परमेश्वरलाई मान्नुहुने सज्जनहरू हो, दया गरी मेरो कुरा सुन्नुहोस्।
17
इस्राएली जातिका परमेश्वरले हाम्रा पुर्खाहरूलाई छान्नुभयो र तिनीहरू मिश्रदेशमा रहँदा तिनीहरूलाई महान् जाति बनाउनुभयो। आफ्नो शक्ति देखाएर परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट निकाल्नुभयो।
18
तिनीहरू उजाड-स्थानमा रहँदा परमेश्वरले चालीस वर्षसम्म तिनीहरूको हेरचाहा गर्नुभयो।
19
उहाँले कनान देशका सात जातिलाई नाश गर्नुभयो र त्यो देश हाम्रा पुर्खाहरूलाई दिनुभयो।
20
त्यति बेलासम्म चार सय पचास वर्ष जति बितिसकेको थियो। “त्यसपछि परमेश्वरले तिनीहरूको बीचमा न्याय गर्न न्यायाधीशहरू खटाउनुभयो। ती न्यायाधीशहरूले एकपछि अर्को गर्दै अगमवक्ता शमूएलका पालासम्म काम गरे।
21
त्यसपछि हाम्रा पुर्खाहरूले राजाको माग गरे अनि परमेश्वरले उनीहरूलाई बेन्यामिन कुलका कीशका छोरा शाऊललाई राजा बनाउनुभयो। शाऊलले चालीस वर्षसम्म राज्य गरे।
22
परमेश्वरले उनलाई हटाएर दाऊदलाई राजा बनाउनुभयो। दाऊदको बारेमा चाहिँ परमेश्वरले यसरी भन्नुभएको छ, ‘यिशैको छोरा दाऊदलाई भेट्टाउँदा मैले मन पराएको मानिस पाएको छु। उसले मेरो लागि गर्नुपर्ने सबै काम पूरा गर्नेछ’।
23
“आफूले गर्नुभएको प्रतिज्ञा पूरा गरेर परमेश्वरले इस्राएलीहरूको निम्ति दाऊद राजाको कुलमा नै एउटा मुक्तिदाता पठाउनुभयो, जो येशू हुनुहुन्छ।
24
येशूले आफ्नो सेवा सुरु गर्नुभन्दा अघि बप्तिस्मा दिने यूहन्ना आए। उनले चाहिँ आ-आफ्ना पापलाई मानिलिएर छोडी पानीको बप्तिस्मा लिनू भनेर इस्राएलका सबै मानिसहरूलाई प्रचार गरे।
25
आफ्नो काम सिध्याउन लाग्दा यूहन्नाले भने, ‘तिमीहरू मलाई मुक्तिदाता हो कि भनेर चिन्न चाहन्छौ, त्यो त म होइनँ। तर उहाँ मपछि आउँदै हुनुहुन्छ र मचाहिँ उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैन’।
26
“दाजुभाइहरू हो, चाहे हामी अब्राहामका सन्तानहरू हौं, चाहे हामी परमेश्वरको डर राख्ने अन्य-जातिकाहरू नै किन नहोऔँ, यो मुक्तिको सन्देश परमेश्वरले हामी सबैका लागि पठाउनुभएको छ।
27
तर यरूशलेममा बस्ने दाजुभाइ र उनीहरूका नेताहरूले येशूलाई मुक्तिदाता हुनुहुन्छ भनेर चिन्न सकेनन्। अगमवक्ताहरूले धर्मशास्त्रमा लेखेको कुरा विश्रामपिच्छे पढे पनि उनीहरूले बुझेनन्। येशूलाई मृत्युदण्ड दिएर उनीहरूले धर्मशास्त्रमा उहाँको बारेमा लेखिएका कुरालाई पूरा गरे।
28
मृत्युदण्ड दिने कुनै दोष नपाउँदा पनि तिनीहरूले येशूलाई मार्नुपर्छ भनी बडा-हाकिम पिलातससँग बिन्ती चढाए।
29
यसरी धर्मशास्त्रमा उहाँको बारेमा लेखिएका सबै कुरा पूरा गरेपछि तिनीहरूले उहाँलाई क्रूसबाट उतारे अनि चिहानमा राखे।
30
तर परमेश्वरले येशूलाई मरेकोबाट बिउँताउनुभयो।
31
गालील क्षेत्रबाट उहाँसँगै यरूशलेममा आएकाहरूले धेरै दिनसम्म उहाँको दर्शन पाए र तिनीहरूचाहिँ अहिले इस्राएलका मानिसहरूको लागि उहाँलाई देख्ने साक्षीहरू हुन्।
32
अब हामी तपाईंहरूलाई यही सुसमाचार सुनाउँछौं— परमेश्वरले हाम्रा पुर्खालाई गर्नुभएको प्रतिज्ञा
33
उहाँले उनीहरूको सन्तानको लागि नै पूरा गर्नुभएको छ। येशूलाई मरेकोबाट बिउँताउनुहुँदा उहाँले त्यो प्रतिज्ञा हाम्रै लागि नै पूरा गर्नभएको हो। अब परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुहुनेछ भन्ने कुराको बारेमा भजनसंग्रहको दोस्रो भजनमा यसरी लेखिएको छ— ‘तिमी मेरा छोरा हौ, आज मैले तिमीलाई जन्माएको छु’।
34
उहाँलाई फेरि कहिल्यै मर्नुनपर्ने गरी बिउँताउनुहुनेछ भन्ने कुराको बारेमा भने परमेश्वरले यसो भन्नुभएको रहेछ— ‘दाऊदलाई प्रतिज्ञा गरेको पवित्र र निश्चित आशिष्चाहिँ म तिमीहरूको बीचमा पठाउनेछु’।
35
फेरि, भजनसंग्रहको अर्को भजनमा दाऊद राजाले यसरी लेखेका छन्— हे परमेश्वर, तपाईंले आफ्नो पवित्र जनलाई कुहिएर नाश हुन दिनुहुन्न।
36
“यो कुराचाहिँ दाऊदले आफ्नो बारेमा भनेका होइनन् किनभने परमेश्वरको इच्छामा काम गरिसकेर उनी त मरे अनि आफ्ना पुर्खासँगै गाडिएर कुहिए।
37
तर परमेश्वरले मरेकोबाट बिउँताउनुभएको चाहिँ त्यसरी कुहिनुभएन।
38
त्यसकारण प्रिय दाजुभाइहरू हो, उनै येशूबाट पाप मेटिनेछ भनी म तपाईंहरूलाई बताउन चाहन्छु।
39
येशूमा विश्वास गर्नेहरू जति सबै पापबाट छुट्कारा पाएर परमेश्वरको अगाडि ठीक ठहरिन्छन्। यो काम त मोशाले दिएको व्यवस्थाले पूरा गर्न सकेन।
40
त्यसकारण होशियार हुनुहोस् र अगमवक्ताहरूले भनेका यी कुराहरू तपाईंहरूमाथि आइनलागून्—
41
ए गिल्ला गर्नेहरू हो, अचम्म मान अनि नाश भइजाओ! किनभने तिमीहरूको समयमा म यस्तो एउटा काम गर्नेछु, त्यस कामको बारेमा कसैले तिमीहरूलाई बताए तापनि तिमीहरूले विश्वास गर्नेछैनौ।”
42
पावल र बारनाबास सभाघरबाट निस्कँदा मानिसहरूले ‘अर्को विश्रामको दिन फेरि आएर यी कुराहरूको बारेमा हामीलाई अझै सुनाइदिनुहोस्’ भनी बिन्ती गरे।
43
सभा सकिएपछि यहूदीहरू र यहूदी धर्म मान्ने अरू जातिका मानिसहरू धेरै पावल र बारनाबासको पछि लागे। पावल र बारनाबासले तिनीहरूसँग कुरा गरेर सधैँ परमेश्वरको अनुग्रहमा रहिरहनू भनी जोड दिए।
44
अर्को विश्रामको दिन सुसमाचार सुन्न सहरका प्राय: सबै मानिसहरू उल्टेर आए।
45
यहूदीहरूले मानिसहरूको त्यत्रो हुल देखेर पावल र बारनाबासमाथि डाह गर्न थाले। तिनीहरूले विरोध गर्दै पावललाई गाली गरे।
46
तर पावल र बारनाबासले अझ साहससँग भने, “तपाईंहरूकहाँ पहिले परमेश्वरको सुसमाचार सुनाउनुपर्थ्यो, तर तपाईंहरूचाहिँ सुन्न मान्नुहुन्न। तपाईंहरू आफैंलाई अजम्मरी जीवनको अयोग्य तुल्याउनुहुन्छ। यसकारण हामी अरू जातिका मानिसहरूकहाँ जान्छौं।
47
प्रभुले हामीलाई यसै गर्नू भनेर आज्ञा दिनुभएको छ— पृथ्वीको पल्लो छेउसम्मका मानिसहरूले मुक्ति पाऊन् भनेर मैले तिमीहरूलाई अरू जातिका मानिसहरूको बीचमा उज्यालो छर्नलाई खटाएर पठाएको छु।”
48
यो कुरा सुनेर अन्य-जातिहरू रमाउँदै परमेश्वरले दिनुभएको सुसमाचारको प्रशंसा गर्न लागे। अनन्त जीवनको लागि अघिबाटै परमेश्वरबाट चुनिएका जतिले येशू ख्रीष्टमाथि विश्वास गरे।
49
परमेश्वरको वचन त्यस क्षेत्रमा सबैतिर फैलियो।
50
तर यहूदीहरूले परमेश्वरको भक्ति गर्ने उच्च श्रेणीका स्त्रीहरू र सहरका नेताहरूलाई समेत पावल र बारनाबासको विरोधमा उपद्रव गर्न उठाए र ती दुई जनालाई त्यस क्षेत्रको सिमानाबाट बाहिर धपाइदिए।
51
तब पावल र बारनाबासले ती मानिसहरूलाई परमेश्वरले नै न्याय गर्नुहुनेछ भन्ने चेतावनी दिँदै आफ्ना खुट्टाको धुलो टक्टकाए र आइकोनियन सहरतिर गए।
52
तिनीहरूले छोडेर गएका प्रभुका चेलाहरूचाहिँ पवित्र आत्माले आनन्दले भरिए।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28