bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 7
Acts 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 8 →
1
प्रधान पूजाहारीले स्तिफनसलाई सोधे, “के तिमीलाई दोष लाएको कुरा साँचो हो?”
2
स्तिफनसले जवाफ दिँदै भने, “हे मेरा दाजुभाइ र बुबाहरू हो, मैले भनेको सुनिदिनु होला— हाम्रा पुर्खा अब्राहाम हारान भन्ने ठाउँमा जानुभन्दा अघि मेसोपोटामिया भन्ने देशमा बस्थे। त्यहीँ उनलाई ठूलो महिमामा बास गर्नुहुने परमेश्वरले दर्शन दिनुभयो।
3
परमेश्वरले अब्राहामलाई भन्नुभयो, ‘आफ्नो देश र कुटुम्बलाई छोड् अनि मैले तँलाई देखाउने देशमा जा’।
4
त्यसो हुँदा अब्राहाम कल्दीहरूको देशबाट निक्लेर हारानमा गए र त्यहीँ बसे। तिनका बुबा मरेपछि परमेश्वरले तिनलाई तपाईंहरू अहिले बस्नुभएको यही देशमा ल्याउनुभयो।
5
त्यस बेला परमेश्वरले अब्राहामलाई यस देशमा आफ्नो पाइलो राख्नेसम्म जमिन पनि दिनुभएन। तर परमेश्वरले ‘यो देश तँ र तेरा सन्तानलाई दिनेछु’ भनेर प्रतिज्ञा गर्नुभयो। यो प्रतिज्ञा गर्नुहुँदा अब्राहामका छोरा-छोरी नै भएका थिएनन्।
6
परमेश्वरले अब्राहामलाई अझै भन्नुभयो, ‘तेरा सन्तानहरू विदेशमा गएर बस्नेछन्। त्यहाँका मानिसहरूले तिनीहरूलाई कमारा बनाउनेछन् र चार सय वर्षसम्म ठूलो दु:ख दिनेछन्।
7
तर तिनीहरूलाई कमारो बनाउने मानिसहरूलाई म दण्ड दिनेछु। त्यसपछि तिनीहरू त्यस देशबाट निक्लनेछन् र यहाँ आएर मेरो सेवा र आराधना गर्नेछन्’।
8
“अनि परमेश्वरले अब्राहामसँग वाचा बाँध्नुभयो र त्यस वाचाको सम्झना गराउनका लागि शरीरमा खतना गर्ने आज्ञा दिनुभयो। त्यसपछि अब्राहामका छोरा इसहाकको जन्म भयो। अब्राहामले आफ्नो छोरालाई जन्मेको आठौँ दिनमा खतना गरिदिए। इसहाकले आफ्नो छोरा याकूबलाई अनि याकूबले पनि आफ्ना बाह्रै छोराहरूलाई शरीरको खतना गरिदिए। अब यिनीहरू नै हाम्रा बाह्र कुलका पुर्खा हुन आएका हुन्।
9
“याकूबका छोरा योसेफलाई अरू दाजुभाइहरूले डाह गर्थे। तिनीहरूले योसेफलाई मिश्रदेशका मानिसहरूका हातमा बेचिदिए र उनी कमारा भए। तर परमेश्वर योसेफसँग हुनुहुन्थ्यो।
10
परमेश्वरले तिनलाई सबै दु:खबाट छुटाउनुभयो। जब योसेफ मिश्रका राजा फारोका अघि आए, तब परमेश्वरले उनलाई सुबुद्धि र असल विचार दिनुभयो। यो देखेर फारोले उनलाई मिश्रदेशको बडा-हाकिम बनाए। त्यस बेलादेखि दरबारमा योसेफको हुकुम चल्न लाग्यो।
11
“त्यसपछि मिश्रदेश र हाम्रा पुर्खाहरू बस्ने कनान देशभरि अनिकाल पर्यो। त्यसले गर्दा सबै ठूलो दु:खमा परे। हाम्रा पुर्ख्यौली मानिसहरूले अन्न नै पाएनन्।
12
मिश्रदेशमा अन्न छ भन्ने कुरा सुनेर याकूबले आफ्ना छोराहरूलाई पहिलोपल्ट त्यस देशमा पठाए।
13
उनीहरू दोस्रोपल्ट अन्न किन्न जाँदा योसेफले आफैंलाई आफ्नो दाजुभाइका अघि चिनाए। त्यसै बेला योसेफको घरानाको बारेमा फारोलाई पनि थाहा भयो।
14
योसेफले आफ्ना बुबा याकूबलाई ‘पूरै जहान-परिवारसमेत लिएर मिश्रमा आउनुहोस्’ भनेर खबर पठाए। त्यसो हुँदा याकूब आफ्नो जम्मा पचहत्तर जनाको जहान-परिवार लिएर मिश्रमा आए।
15
यसरी याकूब र हाम्रा बाह्र कुलका पुर्खाहरू त्यहीँ मरे।
16
उनीहरूका लाश लगिए र शकेम भन्ने ठाउँमा गाडिए। त्यो जग्गाचाहिँ अब्राहामले हमोरको परिवारसँग किनिराखेका थिए।
17
“परमेश्वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा पूरा हुने बेला आउनै लागेको थियो। त्यसै बेला हाम्रा इस्राएली मानिसहरूको सङ्ख्या मिश्रदेशमा बढेर धेरै भइसकेको थियो।
18
आखिरमा योसेफलाई नचिन्ने एक जना नयाँ राजाले मिश्रदेशमा राज्य गर्न थाले।
19
तिनले हाम्रा पिता-पुर्खाको विरोधमा जाल रचे र तिनीहरूलाई अत्याचार गरे। तिनले इस्राएलीहरूका बालकहरूलाई मरून् भनेर जन्मनासाथ जबरजस्ती घरदेखि बाहिर फाल्न लाउँथे।
20
“त्यसै समयमा मोशाको जन्म भयो। उनलाई परमेश्वरले मन पराउनुभएको थियो। उनका आमा-बुबाले उनलाई तीन महिनासम्म घरमै लुकाएर पाले।
21
तर पछि लुकाउन नसकेर घरबाहिर राख्दा फारोकी छोरीले उनलाई लगेर आफ्नै छोरो बनाएर पालिन्।
22
उनले पढेर मिश्रीहरूको सबै ज्ञान पाए। उनी बोलचाल र कामकाजमा सिपालु हुँदै गए।
23
“जब मोशा चालीस वर्ष पुगे, उनले आफ्ना इस्राएली जातिलाई भेट्ने इच्छा गरे।
24
एक दिन उनले एउटा मिश्रीले एउटा इस्राएलीलाई पिटिरहेको देखे। उनले त्यस इस्राएलीको रक्षा गरे र बदला लिएर मिश्रीलाई मारे।
25
परमेश्वरले मोशाद्वारा नै इस्राएलीहरूलाई छुट्कारा दिन लाग्नुभएको छ भनी आफ्नै मानिसहरूले बुझ्लान् भन्ने मोशाले सोचेका थिए। तर तिनीहरूले यो कुरा बुझेनन्।
26
“भोलिपल्ट मोशाले दुई जना इस्राएली नै कुटाकुट गरिरहेका देखे। तिनीहरूलाई मिलाउने कोसिस गर्दै उनले भने, ‘तिमीहरू दाजुभाइ भएर पनि किन यसरी आपसमा झगडा गर्छौ?’
27
तर हेप्ने इस्राएलीले मोशालाई एकातिर घचेट्दै भन्यो, ‘कसले तँलाई हामीमाथि राजा र न्यायाधीश बनाएर पठायो?
28
हिजो त्यस मिश्रीलाई मारेजस्तै के मलाई पनि मार्न खोज्छस्?’
29
यस्तो कुरा सुनेपछि मोशा मिश्रदेशबाट भागे। उनी मिद्यान भन्ने देशमा बसोबास गर्न लागे। त्यहाँ रहँदा-बस्दा उनका दुईटा छोरा भए।
30
“चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको पोथ्राको ज्वालामा एउटा स्वर्गदूत मोशाकहाँ देखा परे।
31
यो देखेर मोशा छक्कै परे अनि राम्ररी हेर्नलाई त्यस झाडीको नजिकै जाँदा उनले प्रभुको आवाज सुने,
32
‘म तेरा पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ’। यो सुनेर मोशा डरले थरथर काँप्न थाले र उनले हेर्ने साहससम्म पनि गरेनन्।
33
प्रभुले मोशालाई भन्नुभयो, ‘तेरो जुत्ता फुकाल् किनकि तँ उभिएको ठाउँ पवित्र छ।
34
मिश्रदेशमा भएका मेरा मानिसहरूले दु:ख-कष्ट भोगेको मैले देखेको छु र तिनीहरूको छटपटी र बिलौना सुनेको छु। म तिनीहरूलाई बचाउन आएको हुँ र यस कामको लागि म तँलाई मिश्रदेशमा पठाउनेछु’।
35
“यिनै मोशा हुन्, जसलाई आफ्नै जातिले यसो भनी त्यागेका थिए, ‘कसले तँलाई हामीमाथि राजा र न्यायाधीश बनाएर पठायो?’ बलिरहेको झाडीमा यिनीसँग स्वर्गदूतद्वारा परमेश्वरले बोल्नुभयो र उनले नै इस्राएलीहरूलाई छुट्कारा दिन र तिनीहरूमाथि अगुवा हुनलाई ठहराएर पठाउनुभयो।
36
उनले नै इस्राएलीहरूलाई मिश्रदेशबाट बाहिर निकाले अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा जाँदा मिश्रदेश, लाल समुद्र र उजाड-स्थानहरूमा उनले चालीस वर्षसम्म अचम्मका काम र चिन्हहरू देखाए।
37
उनै मोशाले इस्राएलीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूका आफ्नै दाजुभाइका बीचबाट मजस्तो एक जना अगमवक्ता तिमीहरूकहाँ पठाइदिनुहुनेछ’।
38
इस्राएलीहरू उजाड-स्थानमा सीनै पर्वतको फेदमा भेला हुँदा मोशा तिनीहरूसँगै थिए। स्वर्गदूत सीनै पर्वतमा उनैसँग बोल्ने गर्थे र उनले नै स्वर्गदूतबाट पाएको जिउँदो शिक्षा इस्राएलीहरूलाई सुनाए।
39
“तर हाम्रा पिता-पुर्खाहरूले उनको कुरालाई सुन्दा पनि सुनेनन्, टेर्दा पनि टेरेनन्। मोशालाई छोडेर तिनीहरूले मिश्रदेशमा नै फर्कने इच्छा गरे।
40
तिनीहरूले मोशाका दाजु हारूनलाई यसरी भने, ‘अब हामीलाई आफ्नो देवता बनाएर अघि लैजाऊ। हामीलाई छुटाएर ल्याउने मोशा मरे कि भागे, हामीलाई के थाहा छ र?’
41
“त्यसपछि तिनीहरूले बाछाको एउटा मूर्ति बनाए र त्यसका अगाडि बलि चढाए। आफ्नै हातले बनाएको मूर्तिको खुसीयाली मा तिनीहरूले भोज लगाए।
42
त्यसकारण परमेश्वरले तिनीहरूलाई त्याग्नुभयो र स्वर्गका ग्रह र ताराहरूलाई पुजून् भनेर छोडिदिनुभयो। त्यसको बारेमा धर्मशास्त्रमा अगमवक्ताहरूले यसरी लेखेका छन्— हे इस्राएली हो! तिमीहरूले चालीस वर्षसम्म उजाड-स्थानमा जुन बलि चढायौ, त्यो त मेरो लागि थिएन।
43
तिमीहरूले मोलेख भन्ने देवताको पाल बोकेर लग्यौ अनि रेफन देवता भन्ने ताराको मूर्ति पनि ल्यायौ। तिनीहरू तिमीहरूले नै बनाएका मूर्तिहरू थिए। त्यसैकारण म तिमीहरूलाई दण्ड दिन बेबिलोनपारिसम्म पनि पठाउनेछु।
44
“उजाड-स्थानमा हाम्रा पिता-पुर्खासँग ‘परमेश्वरको उपस्थिति देखाउने’ पवित्र पाल थियो। मोशाले त्यो पवित्र पालचाहिँ परमेश्वरले देखाइदिनुभएको नमुनाअनुसार नै बनाएका थिए।
45
परमेश्वरले यो देशमा बस्ने अरू जातिका मानिसहरूलाई खेद्नुभयो र यहोशूले यो देश जितेर लिंदा उनीहरूले त्यो पवित्र पाल यस देशमा ल्याए। त्यसपछि राजा दाऊदको पालासम्म त्यो पवित्र पाल उनीहरूसँगै रहिरह्यो।
46
राजा दाऊद परमेश्वरको दयाको पात्र थिए र उनले याकूबका परमेश्वरलाई ‘तपाईंको वासस्थान बनाउन पाऊँ’ भनी बिन्ती गरे।
47
उनका छोरा सोलोमनले त्यो मन्दिर बनाए।
48
“तर महान् परमेश्वर त मानिसहरूले बनाएको मन्दिरमा बास गर्नुहुन्न। जसरी अगमवक्ताले पनि भनेका छन्—
49
परमेश्वर भन्नुहुन्छ, ‘स्वर्ग मेरो सिंहासन हो अनि पृथ्वी मेरो पाउदान हो। तब तिमीहरूले मेरो लागि कस्तो खालको मन्दिर बनाउँछौ? मेरो विश्राम गर्ने ठाउँ कहाँ छ?
50
के यी सबै कुरा मैले नै बनाएको होइनँ र?’
51
“तपाईंहरूको हृदय अन्यजातिको जस्तै कठोर भएको छ र तपाईंहरू परमेश्वरको सन्देश सुन्न चाहनुहुन्न। आफ्ना पिता-पुर्खाले जस्तै तपाईंहरूले पनि पवित्र आत्माले देखाउनुभएको कुरालाई कहिल्यै पनि मान्नुहुन्न।
52
के तपाईंहरूका पिता-पुर्खाले नसताएको कुनै अगमवक्ता होलान् र? परमेश्वरका पवित्र सेवक आउँदै हुनुहुन्छ भनेर खबर सुनाउने अगमवक्ताहरूलाई समेत तिनीहरूले मारे। तपाईंहरूले चाहिँ आउनुभएका पवित्र सेवकलाई नै धोखा दिएर मार्नुभयो।
53
तपाईंहरूले स्वर्गदूतहरूको हातद्वारा परमेश्वरको व्यवस्था त पाउनुभएको थियो, तर त्यसलाई पालन गर्नुभएन।”
54
स्तिफनसको कुरा सुनेर महासभामा बसेका मानिसहरू रिसले आगो भए र तिनीहरूले स्तिफनसलाई दाह्रा किट्न लागे।
55
तर स्तिफनसले पवित्र आत्माबाट भरपूर भएर स्वर्गतिर हेरे। उनले परमेश्वरको शक्तिशाली महिमा देखे, येशू पनि उहाँको दाहिनेपट्टि हुनुहुन्थ्यो। त्यहाँ उनले परमेश्वर र उहाँको दाहिनेपट्टि येशूलाई ठूलो महिमामा बास गर्नुभएको देखे।
56
उनले भने, “हेर, म स्वर्ग उघ्रिएको र मानव पुत्र येशूलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनुभएको देख्तै छु।”
57
त्यत्तिकैमा तिनीहरूले जोडले कराउँदै आ-आफ्ना कान थुने र सबै उनीमाथि जाइलागे।
58
तिनीहरूले स्तिफनसलाई ढुङ्गाले हानेर मार्न सहरदेखि घिस्याउँदै बाहिर निकाले। साक्षीहरूले आ-आफ्नो कोट फुकालेर शाऊल भन्ने ठिटाको जिम्मा लगाई स्तिफनसलाई ढुङ्गाले हिर्काउन लागे।
59
तिनीहरूले ढुङ्गाले हिर्काइरहँदा स्तिफनसले प्रभुलाई पुकार्दै भने, “हे प्रभु येशू, मेरो आत्मालाई लिनुहोस्।”
60
त्यसपछि उनले घुँडा टेकेर ठूलो सोर निकालेर भने, “हे प्रभु, यो पाप यिनीहरूलाई नलागोस्!” यति भनेर उनले आफ्नो प्राण त्यागे।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28