bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 16
Acts 16
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 17 →
1
पावल डर्बी सहर भएर लुस्त्रा सहरमा आइपुगे। लुस्त्रामा तिमोथी नाम गरेका प्रभुमा विश्वास गर्ने एउटा भाइ बस्दथे। उनकी आमा पनि प्रभुमा विश्वास गर्ने यहूदी थिइन् र बुबाचाहिँ ग्रीक थिए।
2
लुस्त्रा र आइकोनियनमा भएका प्रभुमा विश्वास गर्ने सबै दाजुभाइहरूले तिमोथीलाई राम्रो मानिस ठान्थे।
3
पावलले उनलाई सँगै लैजान मन गरे अनि यहूदीहरूलाई केही बाधा नहोस् भनी उनले तिमोथीको शरीरमा यहूदी रीतिअनुसार खतना गरिदिए किनभने त्यो क्षेत्रमा बस्ने सबै यहूदीहरूलाई तिमोथीका बुबा ग्रीक हुन् भन्ने कुरा थाहा थियो।
4
त्यसपछि उनीहरू सहर-सहरमा गए र हरेक ठाउँमा भएका प्रभुका चेलाहरूलाई यरूशलेमका प्रेरित र मण्डलीका धर्म-गुरुहरूले निधो गरेका कुराहरू सुनाए अनि यी कुराहरू पालन गर्नू भन्ने अर्ती दिए।
5
यसरी मण्डलीका मानिसहरूको विश्वास बलियो हुँदै गयो र दिनदिनै प्रभुमा विश्वास गर्ने मानिसहरू थपिए।
6
पवित्र आत्माले पावल, सिलास र तिमोथीलाई एशिया इलाकामा प्रचार गर्न जान रोक्नुभएकोले उनीहरू फ्रिगिया र गलातिया क्षेत्र भएर गए।
7
माइसिया क्षेत्रको सिमानामा पुगेपछि उनीहरूले बिथिनिया क्षेत्रतिर जाने विचार गरे। तर येशूको आत्माले उनीहरूलाई त्यहाँ पनि जान दिनुभएन।
8
त्यसो हुँदा तिनीहरू माइसिया भएर सोझै तल समुद्रको किनारमा परेको त्रोआस सहरमा झरे।
9
त्यसै रात पावलले सपनामा प्रभुबाट दर्शन पाए। उनले माकेडोनिया इलाकाको एउटा मानिसले उभिएर यसरी बिन्ती गरेको देखे, “दया गरेर माकेडोनिया आइदिनुहोस् र हामीलाई सहायता गर्नुहोस्।”
10
पावलले त्यस्तो दर्शन पाएपछि हामीहरू तुरुन्तै माकेडोनियातिर जान तयार भयौं किनभने त्यहाँका मानिसहरूलाई प्रभुको सुसमाचार सुनाउन परमेश्वरले नै बोलाउनुभएको हो भन्ने कुरा हामीहरूलाई थाहा भयो।
11
त्रोआसमा पानीजहाज चढेर हामी सोझै पारि सामोथ्राके टापुतिर लाग्यौं। भोलिपल्ट नियापोलिस सहरमा पुग्यौं।
12
त्यहाँबाट जमिनको बाटो भएर माकेडोनिया इलाकाको मुख्य सहर फिलिप्पीतिर गयौं। त्यो सहरचाहिँ रोमीहरूको अधीनमा थियो। त्यहाँ हामी केही दिनसम्म बस्यौं।
13
नदीको किनारमा यहूदीहरूको प्रार्थना गर्ने ठाउँ होला भन्ने सम्झेर हामी विश्रामको दिन त्यहाँ गयौं अनि त्यहाँ भेला भएका स्त्रीहरूसँग कुरा गर्न लाग्यौं।
14
हाम्रा कुरा सुन्नेहरूमध्ये लिडिया नाउँ भएकी एक जना स्त्री थिइन्। उनी थिआटीरा भन्ने ठाउँबाट आएर फिलिप्पीमा बैजनी रङ्गको लुगाहरूको व्यापार गर्थिन्। लिडिया परमेश्वरलाई पुज्ने स्त्री थिइन्। पावलले भनेका कुरामा ध्यान दिनलाई प्रभुले उनको मन खोलिदिनुभयो।
15
विश्वास गरेर लिडियाले र उनका घरानाले बप्तिस्मा लिए। त्यसपछि उनले हामीलाई आफ्नो घरमा बस्ने अनुरोध गर्दै भनिन्, “यदि तपाईंहरूले मलाई साँच्चै प्रभुमा विश्वास गरेकी बहिनी सम्झनुहुन्छ भने हाम्रो घरमा आएर हामीसँग बसिदिनुहोस्।” यसरी उनले हामीलाई उनको घरमा जान कर लगाइन्।
16
एक दिन प्रार्थना गर्ने ठाउँमा जाँदा हामीहरूले एउटी कमारी केटीलाई भेट्यौं। उसलाई दुष्ट आत्मा लागेको थियो र त्यही दुष्ट आत्माको शक्तिले उसले मानिसको भाग्य बताइदिएर आफ्ना मालिकहरूलाई धेरै पैसा कमाएर दिन्थी।
17
अब उसले पावल र हामीलाई पछ्याउँदै यसरी कराउन लागी, “यिनीहरू महान् परमेश्वरका भक्तहरू हुन्। यिनीहरूले त मुक्ति पाउने बारेमा प्रचार गर्दछन्।”
18
धेरै दिनसम्म त्यस केटीले त्यसै भनेर कराइरही। आखिरमा यसरी कराइरहेकी सहन नसकेर पावलले त्यो केटीतिर फर्केर दुष्ट आत्मालाई भने, “म येशू ख्रीष्टको नाउँमा तँलाई आज्ञा दिन्छु, तँ यो केटीबाट निस्केर गइहाल्।” पावलले यस्तो भन्नेबित्तिकै त्यो दुष्टात्मा त्यस केटीबाट निस्केर गइहाल्यो।
19
अब मालिकहरूको त्यस केटीबाट पैसा कमाउने बाटो नै हरायो। यो कुरा थाहा पाएर तिनीहरूले पावल र सिलासलाई पक्रेर घिसार्दै सहरको चोकमा भएको न्याय गर्ने ठाउँमा लगे।
20
यसरी पावल र सिलासलाई सहरका रोमी हाकिमहरूको अगाडि उभ्याउँदै तिनीहरूले भने, “यी यहूदीहरूले हाम्रो सहरमा उपद्रव मच्चाएर दु:ख दिँदै छन्।
21
यिनीहरूले हाम्रो रोमी कानुनअनुसार नहुने रीतिथिति सिकाँउदै छन्।”
22
त्यतिखेरै मानिसको हुल पावल र सिलासमाथि जाइलाग्यो। हाकिमहरूले पावल र सिलासको लुगा फुकालेर कोर्रा लगाउने आज्ञा दिए।
23
बेसरी कोर्रा लगाएपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानमा पुर्याए र झ्यालखानको हाकिमलाई दुई जनालाई उम्कन नसक्ने गरी थुन्ने आज्ञा दिए।
24
यो आज्ञा पाएर झ्याल-खानको हाकिमले पावल र सिलासलाई झ्यालखानको सबैभन्दा भित्री कोठामा लगे र उनीहरूका खुट्टामा काठको ठिंगुरा ठोके।
25
आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरको भजन गाइरहेका थिए। अरू कैदीहरूले चाहिँ सुनिरहेका थिए।
26
त्यति नै खेर एक्कासि डरलाग्दो भूइँचालो गयो। झ्यालखानको जग नै हल्लियो, सबै ढोकाहरू खुले र कैदीहरूलाई बाँधेका साङ्लाहरू फुक्लिए।
27
झ्यालखानका हाकिम बिउँझिए त्यहाँ उनले सबै ढोकाहरू खोलिएका देखे। सबै कैदीहरू भागेछन् भन्ने सम्झेर उनले फुत्त तरवार झिकेर सेरिएर मर्न खोजे।
28
यो देखेर पावलले कराउँदै भने, “ए हजुर, त्यसो नगर्नुहोस्। हामी सबै यहीँ छौं।”
29
यो सुनेर हाकिम बत्ती मागेर दगुर्दै भित्र आए र डरले काम्दै पावल र सिलासको पाउमा परे।
30
त्यसपछि तिनले उनीहरूलाई बाहिर लगेर भने, “हजुरहरू हो, मुक्ति पाउन मैले के गर्नुपर्छ?”
31
उनीहरूले भने, “प्रभु येशूमाथि विश्वास गर्नुहोस् अनि तपाईं र तपाईंको घरानाले मुक्ति पाउनेछन्।”
32
पावल र सिलासले तिनलाई र तिनका घरानालाई सुसमाचार सुनाए।
33
त्यसपछि हाकिमले पावल र सिलासलाई लगेर राती नै उनीहरूका घाउ धोइदिए। तिनी र तिनका घरानाले बप्तिस्मा पाए।
34
त्यसपछि हाकिमले पावल र सिलासलाई आफ्नो घरमा लगेर खाना खुवाए। उनले परमेश्वरमाथि विश्वास गरेको हुनाले घरानाका सबै खुसी भए।
35
भोलिपल्ट बिहानै सहरका हाकिमहरूले पावल र सिलासलाई छोडिदिनू भन्ने आज्ञा दिएर सिपाहीहरू पठाए।
36
झ्यालखानको हाकिमले पावललाई भने, “तपाईं र सिलासलाई छोडिदिनू भनेर सहरका हाकिमहरूले खबर पठाए। अब तपाईंहरू खुसीसँग जानुहोस्।”
37
तर पावलले खबर ल्याउने सिपाहीहरूलाई भने, “हामी रोमी नागरिक हुँदाहुँदै पनि तिनीहरूले हाम्रो कुनै दोष फेला नपारीकनै हामीलाई बेसरी पिटे। अझै हामीलाई झ्यालखानमा पनि थुने। अहिलेचाहिँ सुटुक्कै छोड्न चाहन्छन्? हामी जाँदैनौं। ती आज्ञा दिने हाकिमहरूले आफैं आएर हामीलाई निकाल्नुपर्छ।”
38
पावलले भनेको कुरा सिपाहीहरूले गएर हाकिमहरूलाई सुनाइदिए। पावल र सिलास रोमी नागरिक हुन् भनेको सुनेर तिनीहरू डराए।
39
तिनीहरूले आएर पावल र सिलाससँग माफी मागे अनि उनीहरूलाई झ्यालखानबाट बाहिर लगेर ‘हाम्रो सहर छाडेर गइदिनुहोस्’ भनी बिन्ती गरे।
40
झ्यालखानबाट निस्केपछि पावल र सिलास लिडियाको घरमा गए। त्यहाँ उनीहरूले प्रभुमा विश्वास गर्ने दाजुभाइहरूसँग भेटघाट गरे र तिनीहरूलाई साहस र ढाडस दिएर त्यहाँबाट हिँडे।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28