bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 18
Acts 18
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 19 →
1
त्यसपछि पावल एथेन्सबाट बिदा भएर कोरिन्थ सहरतिर लागे।
2
त्यहाँ उनले अकिलास नाउँ गरेका एक जना यहूदीलाई भेटे। अकिलासचाहिँ पोन्टस इलाकामा जन्मिएका थिए र आफ्नी जहान प्रिस्किलासँग भर्खरै इटालिया देशबाट आएका थिए किनभने रोमी सम्राट क्लौडियसले सबै यहूदीहरूलाई रोम सहरबाट निस्कने हुकुम दिएका थिए। पावल तिनीहरूलाई भेट्न गए।
3
तिनीहरूले पाल बनाउने काम गरेर जीविका चलाउँथे। पावल तिनीहरूसँगै बसे किनकि उनले पनि तिनीहरूजस्तै पाल बनाउने काम गरेर जीविका चलाउँथे।
4
पावल विश्राम दिनैपिच्छे यहूदीहरूका सभाघरमा गएर यहूदी र ग्रीकहरूसँग तर्कवितर्क गर्थे र दुवैलाई मनाउन खोज्थे।
5
सिलास र तिमोथी माकेडोनिया इलाकाबाट आएपछि पावल आफ्नो पूरै प्रचारको काममा लागे। उनले यहूदीहरूलाई ‘येशू नै मुक्ति दिनुहुने राजा ख्रीष्ट हुनुहुन्छ’ भन्ने साक्षी दिए।
6
तर तिनीहरूले पावलको विरोध गरेर उनलाई गाली गरे। पावलले तिनीहरूलाई चेतावनी होस् भनेर आफ्नो लुगाबाट धुलो टक्टकाउँदै भने, “नाश भयौ भने तिमीहरू आफ्नै दोषको कारणले गर्दा नाश हुनेछौ। मलाई चाहिँ दोष लाग्नेछैन। अबदेखि म मानिसहरूकहाँ जान्छु।”
7
त्यस बेलादेखि पावल यहूदीहरूको सभाघरमा जान छोडिदिए। त्यस सभाघरको छेउमा परमेश्वरको भक्ति गर्ने तीतस युस्तस नाउँ गरेका एक जना ग्रीक मानिसको घरमा पावल गए।
8
यहूदी सभाघरका शासक क्रिस्पस र उनका सबै परिवारले प्रभुमाथि विश्वास गरे र कोरिन्थका अरू धेरै मानिसहरूले पनि पावलको शिक्षा सुनी प्रभुमा विश्वास गरेर बप्तिस्मा पाए।
9
एक रात प्रभुले पावललाई दर्शन दिएर भन्नुभयो, “कोहीदेखि नडराऊ, चुप लागेर नबस। सुसमाचारको प्रचार गर्दै जाऊ।
10
म तिमीसँगै छु र कसैले पनि तिमीलाई केही गर्न सक्नेछैन किनभने यस सहरमा मेरा धेरै मानिसहरू छन्।”
11
यसरी पावल डेढ वर्षसम्म कोरिन्थ सहरमा बसे र परमेश्वरको शिक्षा दिइरहे।
12
अखैया इलाकामा गलियोन भनिने व्यक्ति बडा-हाकिम भएका बेला यहूदीहरू मिलेर पावलमाथि जाइलागे र उनलाई पक्रे। उनलाई बडा-हाकिमकहाँ लगेर भने,
13
“यस मानिसले हाम्रो व्यवस्थासँग नमिल्ने तरिकाले परमेश्वरलाई पुज्न सिकाएर मानिसहरूलाई बिगार्न खोज्दै छ।”
14
पावल बोल्नैआँटेका थिए। तब गलियोनले यहूदीहरूलाई भने, “यहूदीहरू हो, यदि यो कुनै नराम्रो काम अथवा ठूलो अपराधको कुरा भएको भए मैले तिमीहरूको उजुर सुनेर न्याय गर्नु ठीक थियो।
15
तर यो कुरा त तिमीहरूकै शास्त्र, नाम र व्यवस्थाको बारेमा मात्र रहेछ। त्यसो हुँदा तिमीहरू आफैंले नै यसको न्याय गर। मलाई यस कुराको न्याय गर्ने चासो छैन।”
16
यसो भनेर गलियोनले तिनीहरूलाई न्यायालयबाट पठाइदिए।
17
अब यहूदीहरूले सभाघरका शासक सोस्थेनेसलाई पक्रेर न्यायालयको अगाडि नै कुटे। तर गलियोनले केही वास्तै गरेनन्।
18
पावल निकै दिनसम्म प्रभुमा विश्वास गर्ने दाजुभाइहरूसँग कोरिन्थ सहरमा बसे। त्यसपछि उनी बिदा भएर प्रिस्किला र अकिलाससँग समुद्रको बाटो भई सिरिया इलाकातिर जान हिँडे। केही समयअगाडि कुनै भाकल गरेको हुनाले पावलले किंक्रिया सहरमा पानीजहाज चढ्नुभन्दा अघि आफ्नो कपाल खौरे।
19
एफिसस सहरमा आइपुगेपछि प्रिस्किला र अकिलास एफिससमै बस्ने भए। पावलचाहिँ एफिससको सभाघरमा पसेर यहूदीहरूसँग वाद-विवाद गर्न लागे।
20
यहूदीहरूले पावललाई केही दिनसम्म उनीहरूसँगै बस्न बिन्ती गरे, तर उनी मानेनन् र
21
पावल यसो भनेर तिनीहरूसँग बिदा भए, “यदि परमेश्वरको इच्छा भयो भने म फेरि तपाईंहरूकहाँ आउनेछु।” त्यसपछि उनी एफिससबाट समुद्रको बाटो लागे।
22
कैसरिया सहरमा आइपुगेर पावल यरूशलेममा गए अनि त्यहाँको मण्डलीका मानिसहरूसँग भेटघाट गरे। त्यसपछि उनी एन्टिओखिया सहर गएर
23
केही दिनसम्म बसे। त्यसपछि उनी गलातिया र फ्रिगिया इलाकाका ठाउँहरू हुँदै गए र ठाउँ-ठाउँमा भएका प्रभुका सबै चेलाहरूलाई विश्वासमा बलियो बनाए।
24
त्यसै बीचमा अलेक्जेन्ड्रिया सहरमा जन्मिएका अपोल्लोस नाउँ भएका एक जना यहूदी एफिसस आए। उनी धेरै राम्रोसँग बोल्न जान्ने मानिस थिए र उनलाई धर्मशास्त्रको धेरै ज्ञान थियो।
25
उनले मुक्ति दिनुहुने प्रभु येशूको बारेमा शिक्षा पाएका थिए र आत्मामा जोशिलो भएर येशूको बारेमा ठीकसँग सिकाउँथे। तैपनि उनलाई यूहन्नाले दिएको बप्तिस्मा मात्र थाहा थियो।
26
उनले यहूदीहरूको सभाघरमा निर्धक्कसँग शिक्षा दिन थाले। उनको शिक्षा सुनेपछि प्रिस्किला र अकिलासले उनलाई आफ्नो घरमा लगे र उनीहरूले परमेश्वरको मुक्तिको उपायलाई राम्ररी बयान गरेर उनलाई बुझाइदिए।
27
त्यसपछि अपोल्लोसले अखैया इलाकामा जाने विचार गरे। एफिससमा भएका प्रभुका चेलाहरूले उनलाई जाने उत्साह दिए अनि अपोल्लोसको स्वागत गर्नू भनी त्यहाँ बस्ने चेलाहरूलाई एउटा पत्र पनि लेखिदिए। अखैयामा पुगेपछि अपोल्लोसले त्यहाँ प्रभुको अनुग्रहले गर्दा विश्वासमा आएकाहरूलाई धेरै सहायता गरे
28
किनभने त्यहाँ भएका यहूदीहरूसँग मानिसको अगाडि तर्कवितर्क गर्दा उनले धर्मशास्त्रका कुराहरू लिएर प्रभु येशू नै मुक्ति दिनुहुने राजा ख्रीष्ट हुनुहुन्छ भनी प्रमाण दिए।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28