bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 20
Acts 20
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 21 →
1
त्यो होहल्ला शान्त भएपछि पावलले प्रभु येशूका चेलाहरूलाई जम्मा गरे र उनीहरूलाई विश्वासमा हौसला मिलोस् भन्ने शिक्षा दिएर बिदा भई माकेडोनिया इलाकातिर गए।
2
त्यहाँ पुगेपछि उनले ठाउँ-ठाउँमा गएर प्रभुका चेलाहरूलाई हौसलाले भरिएको शिक्षा दिए। त्यसपछि उनी ग्रीस देशमा आइपुगे र तीन महिनासम्म त्यहीँ बसे।
3
त्यसपछि पावलले पानीजहाजबाट सोझै सिरिया इलाका जाने विचार गरे। यसरी जान लाग्दा यहूदीहरूले उनको विरोधमा जाल रच्दै छन् भन्ने कुरा उनले थाहा पाए। त्यसो हुँदा उनले पानीजहाजबाट नगई हिँडेर माकेडोनिया हुँदै जाने निधो गरे।
4
यस यात्रामा उनलाई विभिन्न मण्डलीका दाजुभाइहरूले साथ दिए। ती साथ दिनेहरूमध्ये बेरिया सहरमा बस्ने पुरसका छोरा सोपात्रोस, थेसलोनिके सहरमा बस्ने अरिस्तार्खस र सिकन्दस, डर्बी सहरमा बस्ने गायस र तिमोथी अनि एशिया इलाकाबाट आएका तुखिकस र त्रोफिमस थिए।
5
तिनीहरूचाहिँ हामीभन्दा अगाडि नै गए र हामीलाई त्रोआस सहरमा पर्खिबसे।
6
हामीचाहिँ निस्तार चाड मनाइसकेपछि फिलिप्पी सहरबाट समुद्रको बाटो हुँदै गयौं अनि पाँच दिनपछि तिनीहरूलाई त्रोआस सहरमा भेट्यौं। त्यहाँ हामीहरू एक हप्तासम्म बस्यौं।
7
आइतबार बेलुकी हामी त्यहाँ भएका प्रभुका चेलाहरूसँग प्रभु-भोज खानको लागि जम्मा भयौं। पावलले तिनीहरूका सामु बोल्न लागे। भोलिपल्ट जानुपर्ने भएकोले आधा रातसम्म उनी बोल्दैरहे।
8
हामी जम्मा भएको माथिल्लो तलामा धेरै बत्तीहरू बलिरहेका थिए।
9
झ्यालमा युटिकस भन्ने एउटा केटो बसिरहेको थियो। पावल बोल्दाबोल्दै त्यो केटो निदाएर झुल्न थाल्यो। यसरी झुल्दाझुल्दै ऊ पूरै निदाएछ र माथिको तेस्रो तलाबाट तल जमिनमा खस्यो। उसलाई उठाउन जाँदा ऊ मरिसकेको थियो।
10
पावल तल ओर्लिए र उसमाथि पसारिएर उसलाई अँगालो हाल्दै वरिपरि भएका मानिसहरूलाई भने, “तिमीहरू नआत्तिओ, यो केटो त जिउँदै छ।”
11
त्यसपछि पावल माथिको तलामा उक्लिए र सबै मिलेर प्रभु-भोज खाए। प्रभु-भोज खाएपछि पावलले उज्यालो नहुञ्जेल तिनीहरूसँग कुरा गरे। त्यसपछि उनी तिनीहरूबाट बिदा लिएर हिँडे।
12
त्यहाँका चेलाहरूले चाहिँ त्यस केटालाई घरमा पुर्याइदिए। त्यो केटा बाँचेकाले सबै खुसी भए।
13
त्रोआसबाट पावलबाहेक हामी सबै पानीजहाज चढेर अस्सोस सहरमा गयौं। पावललाई चाहिँ अस्सोससम्म हिँडेर जाने इच्छा भएकोले उनले आफूलाई अस्सोसमा मात्रै पानीजहाजमा चढ्ने बन्दोबस्त गरेका थिए।
14
हामी अस्सोसमा पुगेपछि उनी पनि आएर जहाजमा चढे र हामी सबै मिलेर मितिलेने सहरमा गयौं।
15
भोलिपल्ट हामीहरू समुद्रको बाटो भएर खियस टापुको छेउमा र पर्सिपल्ट सामोस टापुमा पुग्यौं। त्यहाँबाट अर्को दिनचाहिँ मिलेटस सहरमा आइपुग्यौं।
16
एशियामा अलमल हुन्छ भनेर पावल एफिसस सहरमा नपस्ने निधो गरे किनभने उनलाई यरूशलेममा पुग्न हतार भएको थियो। उनले पेन्तिकोसको चाडमा सकेसम्म पुग्ने इच्छा राखेका थिए।
17
मिलेटस सहरबाट पावलले एफिसस सहरमा भएका मण्डलीका धर्म-गुरुहरूलाई बोलाइपठाए।
18
तिनीहरू आइपुगेपछि उनले भने, “एशियामा आएको दिनदेखि नै तपाईंहरूसँगै बस्दा मैले ती दिनहरू कसरी बिताएँ त्यो तपाईंहरूलाई थाहै छ।
19
यहूदीहरूका जालझेलले गर्दा घरीघरी ठूलो सङ्कटमा परें तैपनि मैले नम्र भएर आँसु बहाउँदै प्रभुकै सेवा गरें।
20
तपाईंहरू सबैको अगाडि र घर-घरमा पसेर शिक्षा दिँदा मैले तपाईंहरूको भलाइ हुने कुनै कुरा मनमा बाँकी राखिनँ।
21
‘मैले यहूदी र अरू जातिका मानिसहरू सबैलाई आ-आफ्ना पाप छोडेर परमेश्वरकहाँ फर्किनू’ अनि येशूमा विश्वास गर्नू भनी प्रचार गरें।
22
“अहिले म पवित्र आत्माले भन्नुभएको मानेर यरूशलेम जाँदै छु। त्यहाँ मलाई के-के हुने हो, म जान्दिनँ।
23
तर यति त जान्दछु, सतावट र झ्यालखानको दु:ख भोग्नुपर्नेछ भनेर पवित्र आत्माले मलाई थाहा दिनुभएको छ।
24
तैपनि मेरो जीवन आफ्नै लागि त कुनै मूल्यको छैन। म खालि यति मात्र चाहन्छु कि परमेश्वरले मानिस जातिलाई अनुग्रह गर्नुभएको छ भन्ने सुसमाचार फैलाउने कामलाई म पूरा गर्न सकूँ, जुन कामचाहिँ प्रभु येशूले नै मलाई अह्राउनुभएको हो।
25
अब हेर्नुहोस्, तपाईंहरू जसको बीचमा मैले परमेश्वरको राज्य प्रचार गर्दैआएको छु, तपाईंहरूसँग फेरि मेरो कहिल्यै पनि भेट हुँदैन भन्ने कुरा मलाई थाहा छ।
26
यसैकारण आज म तपाईंहरूलाई साक्षी दिँदै भन्छु, यदि तपाईंहरूमध्ये कोही नाश हुनुभयो भने मलाई त्यसको दोष लाग्नेछैन
27
किनभने परमेश्वरले हाम्रो उद्धारको निम्ति गर्नुभएको र गर्नुहुने कामको बारेमा कुनै कुरा पनि बाँकी नराखी मैले तपाईंहरूलाई सबै बताइसकेको छु।
28
अब तपाईंहरू आफैंले आफ्नो हेरचाहा गर्नुहोस् अनि पवित्र आत्माले तपाईंहरूलाई जिम्मा लगाउनुभएका बगालहरूको पनि हेर-विचार गर्नुहोस्। परमेश्वरको मण्डलीको राम्रो गोठाला हुनुहोस् किनभने प्रभु येशूले ती मानिसहरूलाई आफ्नै रगत बगाएर किन्नुभएको हो।
29
म जान्दछु, म गएपछि जङ्गली ब्वाँसाजस्ता मानिसहरू तपाईंहरूका बीचमा पस्नेछन् र मण्डलीलाई दु:ख दिन छोड्नेछैनन्।
30
तपाईंहरूकै बीचबाट पनि झूटो शिक्षा दिने मानिसहरू निस्कनेछन्। तिनीहरूले प्रभुका चेलाहरूलाई आफ्नै कुबाटोमा लैजान खोज्नेछन्।
31
त्यसो हुँदा चनाखो भएर बस्नुहोस् अनि मैले तीन वर्षसम्म दिन-रात आँसु बगाउँदै प्रभुको एक-एक चेलालाई सिकाएको कुरा नबिर्सनुहोस्।
32
“अब म तपाईंहरूलाई परमेश्वरको हातमा जिम्मा लाउँदै छु र उहाँकै अनुग्रहले भरिएको सन्देशको भरमा छोडिदिन्छु, जसद्वारा परमेश्वरले तपाईंहरूलाई विश्वासमा बलियो बनाइरहनुहुन्छ र आफ्ना मानिसहरूलाई आशिष्को भागीदार बनाउनुहुन्छ।
33
मैले कसैको सुन-चाँदी वा लुगाको लोभ गरिनँ।
34
तपाईंहरू आफैंलाई थाहा छ, मेरा हातले काम गरेर मलाई र मेरा साथीहरूलाई चाहिने कुरा जुटाएँ।
35
यसरी ‘लिनेहरूभन्दा दिनेहरू धन्य हुन्’ भनेर प्रभु येशू आफैंले भन्नुभएको कुरालाई सम्झेर कमजोर मानिसहरूको हेरचाहा गर्न सकेसम्म परिश्रमसँग काम गर्नुपर्छ भनी मैले सबै कुरामा देखाएको छु।”
36
यति भनेर पावलले सबैसँग मिलेर घुँडा टेकी प्रार्थना गरे।
37
तिनीहरूले ज्यादै शोक गरे। सबैले रुँदै पावललाई अँगालो हालेर चुम्बन गर्दै बिदा गरे।
38
पावलले एक-अर्कासँग फेरि कहिल्यै भेट हुँदैन भनेकोमा तिनीहरूले ज्यादै दु:ख माने। त्यसपछि तिनीहरूले पावललाई पानीजहाजसम्म पुर्याए।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28