bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 15
Acts 15
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 16 →
1
त्यसपछि कोही मानिसहरू यहूदिया क्षेत्रबाट आएर एन्टिओखिया सहरका दाजुभाइहरूलाई यसरी सिकाउन लागे, “मोशाले दिएका व्यवस्थाको रीतिअनुसार खतना नगरी तिमीहरूले मुक्ति पाउन सक्दैनौ।”
2
यस्तो प्रकारको शिक्षा सुनेर पावल र बारनाबासले तिनीहरूसँग धैरै तर्कवितर्क गरे। यसकारण त्यहाँका भाइहरूले पावल, बारनाबास र अरू कति जनालाई यस प्रश्नको फैसलाको निम्ति प्रेरितहरू र धर्म-गुरुहरूकहाँ यरूशलेममा पठाउने निर्णय गरे। उनीहरूले यरूशलेममा बस्ने प्रेरित र मण्डलीका अरू अगुवाहरूसँग कुरा गरेर त्यसको बारेमा टुँङ्गो लाउने आदेश पाए।
3
मण्डलीका दाजुभाइ र दिदी-बहिनीहरूले तिनीहरूलाई यात्रामा जानको लागि सहायता दिएर पठाए। तिनीहरू फोनिके र सामरिया क्षेत्रहरूबाट गए। यसरी जाँदाजाँदै तिनीहरूले ठाउँ-ठाउँमा भएका प्रभुमा विश्वास गर्ने दाजुभाइहरूलाई अन्य-जातिहरूले पनि विश्वास गरेका छन् भन्ने कुरा सुनाए। यो कुरा सुनेर ती दाजुभाइहरू धेरै खुसी भए।
4
यरूशलेम सहर आइपुग्दा त्यहाँ भएका प्रभुमा विश्वास गर्ने दाजुभाइ, प्रेरित र मण्डलीका धर्म-गुरुहरूले उनीहरूको स्वागत गरे। त्यसपछि पावल र बारनाबासले त्यहाँ भेला भएका सबैलाई परमेश्वरले उनीहरूद्वारा गर्नुभएको कामहरूको बारेमा बताए।
5
उनीहरूको कुरा सुनेर प्रभुमा विश्वास गरेका केही फरिसीहरूले चाहिँ उभिएर यसो भने, “अरू जातिबाट आउने चेलाहरूले यहूदी रीतिअनुसार खतना गर्नैपर्छ अनि तिनीहरूलाई मोशाले दिएका व्यवस्था पूरै पालन गर्न लगाउनुपर्छ।”
6
प्रेरित र मण्डलीका धर्म-गुरुहरूले यस कुराको लागि सभा गरे।
7
धेरै वाद-विवाद भएपछि पत्रुसले उठेर भने, “दाजुभाइहरू हो, तपाईंहरूलाई थाहै छ, अरू जातिका मानिसहरूले प्रभु येशूको सुसमाचार सुनेर विश्वास गरी मुक्ति पाऊन् भनेर परमेश्वरले मलाई तपाईंहरूको बीचबाट निकै समयअगाडि नै छान्नुभएको थियो।
8
सबै मानिसको हृदय जान्नुहुने परमेश्वरले हामीलाई दिएजस्तै गरी अरू जातिका मानिसहरूलाई पनि पवित्र आत्मा दिनुभयो। यसरी उहाँले अरू जातिका मानिसहरूलाई आफ्नो बनाउनुभयो।
9
उहाँले यहूदी र अरू जातिका मानिसहरूमा भेदभाव राख्नुभएन। अरू जातिका मानिसहरूले विश्वास गरे र परमेश्वरले तिनीहरूको हृदयलाई शुद्ध पार्नुभयो।
10
नता हाम्रा पुर्खाले न हामीले यो भारी उठाउन सक्यौं। त्यसैले हाम्रा पुर्खाले उठाउन नसकेको भारी अरूलाई बोकाएर किन परमेश्वरको जाँच गर्ने?
11
त्यस्तो नगरौं। तिनीहरूजस्ता हामीहरू पनि विश्वास गरेर हाम्रा प्रभु येशूको अनुग्रहले नै बचाइएका हौं।”
12
त्यस बेला सबै चुप लागे। पावल र बारनाबासले अरू जातिका मानिसहरूका बीचमा परमेश्वरले उनीहरूद्वारा गर्नुभएका अचम्मका कामहरूको बारेमा बताउँदा सबैले ध्यान दिएर सुनिरहे।
13
उनीहरूले बोलिसकेपछि याकूबले उठेर भने, “दाजुभाइहरू हो, मेरो कुरा सुन्नुहोस् है!
14
परमेश्वर आफैंले दया गरेर अरू जातिका मानिसहरूका हृदयमा काम गरी तिनीहरूलाई आफ्ना जन बनाउनुभयो। यो त सिमोन पत्रुसले तपाईंहरूलाई भर्खरै बताउनुभयो।
15
अगमवक्ताहरूले धर्मशास्त्रमा पनि यस्तै लेखेका छन्—
16
‘त्यसपछि म फर्कनेछु र दाऊदको ढलेको घरानालाई फेरि उठाउनेछु र भत्केको फेरि बनाउनेछु म त्यसलाई फेरि शक्तिशाली बनाउनेछु।
17
मैले आफ्नै बनाउन बोलाएको अरू जातिका मानिसहरू मकहाँ आउनेछन्’।
18
भनेर प्रभु परमेश्वरले भन्नुहुन्छ, जसले धेरैअघि नै यी कुरा जनाउनुभएको थियो।
19
“त्यसो हुँदा परमेश्वरमा आएका अरू जातिका मानिसहरूलाई हामी दु:ख नदिऔं भन्ने मेरो विचार छ। तैपनि अब हामी उनीहरूलाई एउटा पत्र लेखौं
20
र त्यसमा उनीहरूलाई यी कुराहरूको जानकारी दिऔं— ‘मूर्तिलाई चढाएर अशुद्ध भएका खाना नखानू, व्यभिचारबाट अलग भएर बस्नू अनि घाँटी निमोठेर मारेको पशुको मासु नखानू र केहीको पनि रगत नपिउनू’।
21
किनभने मोशाले दिएको व्यवस्था त उहिलेदेखि नै विश्राम दिनैपिच्छे सभाघरहरूमा पढेर सुनाइएकोले उनको शिक्षा सहरैपिच्छेका मानिसहरूले पनि जानिसकेका छन्।”
22
त्यसपछि प्रेरित र मण्डलीका धर्म-गुरुहरूले प्रभुमा विश्वास गर्ने सबै दाजुभाइहरूसँग मिलेर दुई जना मानिसलाई चुने। उनीहरूले ती दुई जनालाई पावल र बारनाबासको साथ लगाएर एन्टिओखिया सहरमा पठाउने निश्चय गरे। ती छानिएका दुई जना मानिस बारसाबास भनिने यहूदा र सिलास थिए। प्रभुमा विश्वास गर्ने सबै दाजुभाइहरूमा ती दुई भाइ अगुवा थिए।
23
ती चार जनाको हातमा यस्तो खालको पत्र दिएर पठाए— एन्टिओखिया, सिरिया र किलिकियामा रहने प्रभुमा विश्वास गर्ने अरू जातिका दाजुभाइहरूलाई तपाईंका दाजुभाइ अर्थात् यहाँका प्रेरित र मण्डलीका धर्म-गुरुहरूबाट अभिवादन छ।
24
हामीहरूको बीचबाट गएका कुनै-कुनै मानिसहरूले उल्टो शिक्षा दिएर तपाईंहरूलाई दु:ख दिए भन्ने कुरा हामीहरूले सुनेका छौं। तर हामीहरूले ती मानिसहरूलाई पठाएका होइनौं।
25
त्यसो हुँदा हामीले सभा गर्यौं, अनि एकमत भई हाम्रा कुरा तपाईंहरूकहाँ पुर्याउन हामीहरूकै बीचबाट केही दाजुभाइलाई छानेर हाम्रा प्रिय भाइ पावल र बारनाबाससँगै पठाउने निर्णय गर्यौं।
26
पावल र बारनाबासले प्रभु येशू ख्रीष्टको कामको लागि आफ्नो ज्यानसमेत झण्डै गुमाएका थिए।
27
यी दुई भाइहरूसँगै हामीले यहूदा र सिलासलाई पनि पठाएका छौं। हामीले लेखेको कुरा उनीहरू आफैंले पनि तपाईंहरूलाई बताउनेछन्।
28
अब पालन गर्नुपर्ने मुख्य कुराबाहेक तपाईंहरूलाई मोशाले दिएका नियमको अरू बोझ नबोकाउनु नै पवित्र आत्मा र हामीहरूले ठीक ठहरायौं।
29
अब मुख्य कुराचाहिँ यिनै हुन्— मूर्तिलाई बलि चढाएको कुरो नखानू, केहीको पनि रगत नपिउनू, घाँटी निमोठेर मारेको पशुको मासु नखानू अनि व्यभिचारबाट अलग भएर बस्नू। यी कुराहरू पालन गर्नुभयो भने तपाईंहरूलाई असल हुनेछ। तपाईंहरू सबैको भलो होस्। भन्नुपर्ने कुराचाहिँ यति नै हो।
30
त्यसपछि ती चार दाजुभाइहरू यो पत्र दिएर एन्टिओखिया सहरमा गए। त्यहाँ उनीहरूले मण्डलीका सबै मानिसहरूलाई बोलाएर त्यो पत्र दिए।
31
त्यो हौसला दिने पत्र पढेर सुनाउँदा सबै खुसी भए।
32
यहूदा र सिलास आफैं पनि परमेश्वरको तर्फबाट बोल्ने अगमवक्ता थिए। उनीहरूले प्रभुमा विश्वास गर्ने दाजुभाइहरूलाई धेरै साहस दिँदै तिनीहरूको विश्वास बलियो बनाइदिए।
33
निकै दिन बसेपछि उनीहरू त्यहाँका दाजुभाइहरूसँग बिदा भएर आफूलाई पठाउने दाजुभाइहरूकहाँ नै फर्केर गए।
34
[तर सिलासलाई चाहिँ त्यहीँ नै बस्ने इच्छा भयो।]
35
पावल र बारनाबासले केही समय एन्टिओखियामा बिताए अनि अरू धेरै जनासँग मिलेर प्रभुको शिक्षा दिँदै प्रचार गरे।
36
केही दिनपछि पावलले बारनाबासलाई भने, “अब हामीले परमेश्वरको शिक्षा प्रचार गरेका सबै सहरहरूमा फेरि जाऔं। त्यहाँ भएका प्रभुमा विश्वास गर्ने दाजुभाइहरू कस्ता रहेछन्, बुझौं।”
37
बारनाबासले मर्कूस भनिने यूहन्नालाई सँगै लैजान चाहे।
38
तर पावलले चाहिँ उनलाई लैजान ठीक सम्झेनन् किनभने मर्कूसले काम पूरा नगरीकन उनीहरूलाई पामफिलिया इलाकामा छोडेर फर्केका थिए।
39
त्यस कुरामा पावल र बारनाबासको निकै मतभेद भयो र उनीहरू छुट्टिए। बारनाबासचाहिँ मर्कूसलाई लिएर समुद्रको बाटो भएर साइप्रस टापुमा गए।
40
पावलले चाहिँ आफूलाई साथ दिन सिलासलाई छाने। त्यसपछि प्रभुमा विश्वास गर्ने दाजुभाइहरूले उनीहरूलाई परमेश्वरको दयालु हातमा सुम्पिदिए अनि उनीहरू हिँडे।
41
सिरिया र किलिकिया इलाका भएर जाँदा उनीहरूले त्यहाँका मण्डलीहरूलाई विश्वासमा बलियो बनाउँदै गए।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28