bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 27
Acts 27
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 28 →
1
हामीहरू इटालिया देश जाने निधो भएपछि उनीहरूले पावललाई अरू कैदीहरूसँगै सम्राटका सेनाका कप्तान युलियसको जिम्मामा छोडिदिए।
2
हामी एड्रामिटेनोस सहरबाट आएर एशिया इलाकाको धेरै बन्दरगाहहरू भएर जान लागेको पानीजहाजमा चढेर बाटो लाग्यौं। माकेडोनिया इलाकामा पर्ने थेसलोनिके सहरबाट आएका अरिस्तार्खस पनि हामीसँगै थिए।
3
भोलिपल्ट हामी सीदोन सहरमा पुग्यौं। त्यस ठाउँमा कप्तान युलियसले पावललाई दया गरेर आफ्ना साथी-भाइहरूकहाँ गई भेटघाट गर्ने र चाहिएको जति सहायता लिने मौका दिए।
4
त्यहाँबाट हाम्रो पानीजहाज फेरि बाटो लाग्यो। तर जहाजको अघिल्तिरबाट हावा चलेकोले हामीले साइप्रस टापुको छेउबाट हावा छेल्दै जानुपर्यो।
5
किलिकिया र पामफिलिया क्षेत्रको छेउमा भएको समुद्र पार गरेर हामी लुकिया क्षेत्रमा पर्ने माइरा सहरमा आइपुग्यौं।
6
त्यहाँ कप्तान युलियसले अलेक्जेन्ड्रिया सहरबाट इटालिया देशमा जाने जहाज भेटे र उनले हामीलाई त्यही जहाजमा चढ्न लगाए।
7
हावा अघिल्तिरबाट चलेकोले हामी धेरै दिनसम्म बिस्तारै-बिस्तारै अघि बढेर बल्ल क्नीडस सहरको नजिकै पुग्यौं। त्यहाँ पुग्दा हावाले हामीलाई अझै अगाडि जान दिएन। त्यसैले हामी क्रेट टापुबाट छेकिंदै सालमोने भन्ने ठाउँबाट गयौं।
8
धेरै कठिनसँग टापुको किनारै-किनार हामी लासिया सहरको नजिक भएको सुन्दर बन्दरगाह भन्ने ठाउँमा आइपुग्यौं।
9
त्यहाँ पुग्नलाई धेरै समय बरबाद भएको थियो। उपवास बस्ने विशेष दिन पनि बितिसकेको थियो र त्यस जाडोको मौसममा आइरहने आँधीबेहरीले गर्दा अब पानीजहाजबाट अघि बढ्न खतरा भएको थियो। त्यसो हुँदा पावलले आफूलाई कुर्ने मानिसहरूलाई यसो भन्दै सम्झाए,
10
“मित्रहरू हो, मलाई निश्चय यस्तो लाग्छ, हामी अहिले पानीजहाजमा यहाँबाट गयौं भने जहाज र यसका मालसामान मात्र नाश हुने होइन, तर हाम्रै ज्यान पनि जाने डर छ।”
11
तर कप्तानले पावलले भनेका कुरा पत्याएनन्। तर तिनले जहाज चलाउने र जहाजका मालिकले भनेका कुरामा बढी पत्यार गरे।
12
जाडोको समय बिताउन त्यो बन्दरगाह राम्रो पनि थिएन। त्यसो हुँदा धेरैजसो मानिसहरू कुनै हालतले पनि त्यहाँबाट गएर फोनिक्स सहर पुग्ने कोसिसमा थिए। क्रेट टापुमा भएको त्यस फोनिक्स सहरमा चाहिँ दक्षिण-पश्चिम र उत्तर-पश्चिमतिर फर्केको बन्दरगाह थियो।
13
दक्षिणतिरबाट बिस्तारै हावा चल्न लाग्यो। सबै मानिसहरूले ‘अब हामी जान सक्छौं’ भन्ने सम्झे। तिनीहरूले अड्काएर राखेका लङ्गर निकाले र जहाजलाई क्रेट टापुको छेउ-छेउतिरबाट लगे।
14
तर केही बेरपछि टापुतिरबाट ठूलो आँधीबेहरी उर्लेर आयो। त्योचाहिँ उत्तर-पूर्वी भन्ने तुफान थियो।
15
त्यसले जहाजलाई छोप्यो र त्यस आँधीको अगाडि हाम्रो केही लागेन र हामीले जहाजलाई जता लान्छ लैजाओस् भनेर छोडिदियौं।
16
क्लौडा भन्ने टापुको दक्षिणतिर पुगेपछि टापुले आँधीलाई अलि छेकिदियो। तर त्यहाँ पनि हामीले जहाजको पछाडि बाँधेको सानो नाउलाई कठिनले जोगाउन सक्यौं।
17
त्यसलाई तानेर बल्ल जहाजभित्र हुलेपछि जहाज चलाउनेहरूले जहाजलाई मोटा-मोटा डोरीहरूले बलियोसँग बाँधे। अब जहाज लिबियाको किनारतिर कतै बालुवामा भासिन्छ कि भन्ने डर भयो। त्यसो हुँदा जहाज चलाउनेहरूले पाल झारिदिए र जहाजलाई हावाकै भरमा छोडिदिए।
18
त्यो डरलाग्दो आँधी चलि नै रह्यो र भोलिपल्ट तिनीहरूले जहाजमा भएका मालसामानहरू फ्याँकिदिए।
19
पर्सिपल्ट जहाज चलाउनलाई चाहिने सामानहरू आफ्नै हातले समुद्रमा फालिदिए।
20
धेरै दिनसम्म हामीले न घाम देख्यौं नता तारा नै देख्यौं। आँधी जोडले चलिरहेको थियो र आखिरमा बाँचौंला भन्ने हाम्रो आशा पनि हरायो।
21
मानिसहरूले खाना नखाएको धेरै दिन भइसकेको थियो। पावलले सबैका अघि उभिएर भने, “दाजुभाइहरू हो, तपाईंहरूले मेरा कुरा सुनिदिनुपर्थ्यो र क्रेटबाट हिँड्नुहुँदैनथ्यो। त्यस बेला मैले भनेको कुरा सुनिदिएको भए नता यस्तो दु:ख पाइन्थ्यो नता कुनै चीजबीचको नाश नै हुनेथियो।
22
तर अब म बिन्ती गर्छु— हरेस नखानुहोस्, कसैले पनि आफ्नो ज्यान गुमाउनुपर्नेछैन, खालि जहाज मात्रै नाश हुनेछ।
23
म परमेश्वरको मानिस हुँ र उहाँकै सेवा गर्दै छु। उहाँकै एउटा दूतले आज राती मेरो छेउमा आएर भने,
24
‘ए पावल, नडराऊ, तिमीले रोमी महाराजाको सामुन्ने जानैपर्छ र तिम्रै कारणले गर्दा परमेश्वरले तिमीसँग जाने सबैको रक्षा गर्नुहुनेछ’।
25
यसकारण मेरा दाजुभाइहरू हो, हताश नहुनुहोस् किनभने परमेश्वरले भन्नुभएको त्यो कुरा अवश्य पूरा हुनेछ भन्ने विश्वास मैले राखेको छु।
26
अब हामी कुनै टापुको किनारामा ठोकिनेछौं।”
27
हाम्रो जहाज यसरी आँधीको बीचमा एड्रियास भन्ने समुद्रमा लरखराइरहेको चौध दिन भइसकेको थियो। आधाराततिर जहाज चलाउनेहरूलाई कुनै देशको किनारमा पुग्न आँट्यौंजस्तो लाग्यो।
28
त्यसो हुँदा उनीहरूले पानीको गहिराइ नाप्न थाले। नाप्दा चालीस मिटर जति गहिरो रहेछ। अलि पर पुगेपछि फेरि नाप्दा तीस मिटर जति मात्र रहेछ।
29
पानी थोरै भएकोले उनीहरूलाई कतै चट्टानमा जहाज ठोकिन्छ कि भन्ने डर लाग्यो। त्यसकारण उनीहरूले पछाडिका चार वटा लङ्गर खसालेर जहाजलाई अडाए अनि कहिले उज्यालो होला भनेर त्यहीँ नै पर्खिरहे।
30
यसरी पर्खिरहँदा जहाज चलाउनेहरूले अगाडिको लङ्गर झार्ने निहुँ गरेर सानो नाउलाई जहाजबाट खसाले र भाग्न खोजे।
31
तर पावलले कप्तान र सिपाहीहरूलाई भने, “यी जहाज चलाउनेहरू भागे भने हामी कोही पनि बाँच्नेछैनौं।”
32
यो कुरा सुनेर सिपाहीहरूले जहाजमा बाँधेका सानो नाउलाई डोरी काटेर बगाइदिए।
33
मिरमिरे उज्यालो हुन लागेपछि पावलले मानिसहरूलाई ‘केही खाना खानु नै पर्छ’ भन्ने सल्लाह दिँदै भने, “तपाईंहरू चिन्ताले गर्दा खाँदै नखाई बस्नुभएको चौध दिन भइसकेछ।
34
अब तपाईंहरूलाई मेरो बिन्ती छ, केही न केही खानुहोस् किनभने बाँच्नका लागि त खानैपर्छ। नडराउनुहोस्, परमेश्वरले भन्नुभएजस्तै कसैलाई पनि केही हुनेछैन।”
35
यति भनेर उनले रोटी लिए अनि सबैका सामने परमेश्वरलाई धन्यवाद चढाएर खान थाले।
36
त्यसपछि अरूले पनि साहस पाएर खाए।
37
त्यस जहाजमा हामी जम्मा दुई सय छयहत्तर जना मानिस थियौं।
38
सबैले अघाउञ्जेल खाइसकेपछि जहाजलाई हलुका पार्न तिनीहरूले भएका जति सबै गहुँ पनि फ्याँकिदिए।
39
उज्यालो भएपछि समुद्रको कुनै किनारा देखियो, तर जहाज चलाउनेहरूले त्यस ठाउँलाई चिन्न सकेनन्। किनारामा सम्म ठाउँ देखेर तिनीहरूले जहाजलाई त्यतै लैजाने विचार गरे।
40
तिनीहरूले लङ्गरहरूमा बाँधेका डोरीहरू काटेर लङ्गरहरू समुद्रमै छोडिदिए र जहाज खियाउने बहना बाँधिराखेका डोरीहरू पनि फुकालिदिए अनि अघिल्तिरको पाललाई माथि उठाइदिए र हावाले जहाजलाई लैजाँदा किनारातिर खियाउँदै लगे।
41
तर जहाज बालुवाको रासमा हानिंदैगयो र अगाडिको भाग जमिनमा भासियो अनि पछाडिको भाग पानीको छालको जोड्ले गर्दा फुट्न थाल्यो।
42
त्यतिखेर कैदीहरू पौडेर भाग्लान् भन्ठानेर सिपाहीहरूले तिनीहरूलाई मार्ने विचार गरे।
43
तर कप्तानले पावललाई बचाउन चाहन्थे। त्यसो हुँदा उनले कसैलाई पनि मार्न दिएनन्। उनले नै ‘पौडन सक्ने जति पहिले नै पौडेर जानू
44
र अरूले चाहिँ जहाजका फल्याकहरू वा टुटेफुटेका टुक्राहरू समातेर पारि तर्नू’ भन्ने आज्ञा दिए। यसरी हामी सबै सुरक्षितसँग किनारामा पुग्यौं।
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 28 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28