bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 24
Acts 24
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 25 →
1
पाँच दिनपछि प्रधान पूजाहारी हननिया र केही धर्म-गुरुहरूसमेत तर्तुल्लस भन्ने वकिल लिएर कैसरियामा आइपुगे। तिनीहरू सबैले बडा-हाकिमकहाँ पावलको विरोधमा उजुर गरे।
2
पावललाई बडा-हाकिमका अगाडि ल्याएपछि तर्तुल्लसले उनको विरोधमा यसरी वकालत गर्दै भने— “माननीय फेलिक्स, हजुर बुद्धिमान् बडा-हाकिम हुनुहुन्छ र हामीमा सधैँ सुख-शान्ति छ। हाम्रो देशको भलाइको लागि हुनुपर्ने सुधार पनि श्रीमान्को अनुग्रहले गर्दा भइ नै रहेको छ।
3
यस कुरालाई हामी सधैँ मान्दछौं र हजुरको ऋणी पनि छौं।
4
म हजुरको धेरै समय लिन चाहन्नँ, तैपनि एउटा बिन्ती छोटकरीमा चढाउँछु।
5
हामीले चिनेको यो मानिस डरलाग्दो हुलदङ्गा गर्ने खालको छ। यो मानिसले नासरी भन्ने दलको नेता भएर संसारभरिका यहूदीहरूको बीचमा उत्पात मच्चाउँदै हिँडिरहेछ।
6
यसले मन्दिर पनि अपवित्र गर्न खोज्दै थियो। त्यति नै बेला हामीले यसलाई पक्रियौं। [हामीले हाम्रो आफ्नै व्यवस्थाअनुसार यसको दोष देखाउने विचार गरेका थियौं।
7
तर सेनापति लुसियस आएर जबरजस्ती यसलाई हामीबाट खोसेर लैजानुभयो
8
र हामीलाई हजुरकहाँ उजुर गर्नू भन्ने आज्ञा दिनुभयो।] यदि हजुर आफैंले यसलाई सोध्नुभयो भने हामीले उजुर गरेका कुरा यसैबाट सबै थाहा पाउनुहुनेछ।”
9
अरू यहूदीहरूले पनि यो कुरा साँचो हो भनी गवाही दिए।
10
बडा-हाकिमले पावललाई बोल्ने आज्ञा दिएपछि पावलले यसरी भने, “मलाई थाहा छ, हजुर धेरै वर्षदेखि यस देशको बडाहाकिम र न्यायाधीश हुनुभएको छ। त्यसो हुँदा हजुरको अगाडि मलाई आफ्नो बयान दिनलाई उत्साह बढेको छ।
11
म यरूशलेममा परमेश्वरको आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन। यो कुरालाई हजुरले सजिलैसँग पत्ता लगाउन सक्नुहुन्छ।
12
मैले कसैसँग मन्दिरमा झगडा गरिरहेको कुनै यहूदीले पनि देखेको छु भन्ने दाबी गर्न सक्दैन, नता तिनीहरूले मलाई हाम्रा सभाघरहरूमा वा सहरमा कतै मानिसहरूलाई उत्पात मच्चाउन सुर्याएको देखेका नै छन्।
13
अरू कुरा त परै जाओस्, तिनीहरूले मलाई लगाएको दोषको प्रमाण पनि तिनीहरूसँग छैन।
14
तर यो कुराचाहिँ म भन्छु, जुन मुक्ति पाइने बाटोलाई तिनीहरूले झूटो भन्छन्, त्यही बाटोलाई पछ्याएर म हाम्रा पुर्खाका परमेश्वरलाई पुज्छु र भक्ति चढाउँछु। तैपनि अगमवक्ताहरूले लेखेको धर्मशास्त्र र मोशाले दिएका सबै व्यवस्थामा म विश्वास गर्दछु।
15
मैले तिनीहरूले जस्तै असल र खराब गर्ने हरेक मानिस मरेपछि फेरि बिउँतनेछन् भन्ने आशा राखेको छु।
16
यसैकारण मानिस र परमेश्वर दुवैको अगाडि म आफ्नो विवेकलाई सफा राख्न चाहन्छु।
17
“धरै वर्ष बितेपछि म आफ्ना यहूदी दाजुभाइहरूलाई दानहरू बुझाउन र परमेश्वरलाई भेटी चढाउन यरूशलेम आएको थिएँ।
18
यो काम गर्दागर्दै तिनीहरूले मलाई मन्दिरमा भेट्टाए। त्यतिखेर मैले शुद्ध हुने विधिलाई पूरा गरिसकेको थिएँ। कुनै किसिमको हुल मसँग लागेको पनि थिएन नता कुनै नराम्रो हुलदङ्गा नै भएको थियो।
19
तर एशिया इलाकाबाट आएका कति जना यहूदीहरूले मलाई मन्दिरमा देखे। यदि तिनीहरूको मेरो विरुद्धमा केही कुरा छ भने तिनीहरूले नै हजुरकहाँ आएर उजुर गर्नुपर्थ्यो।
20
कि त यहूदीहरूको महासभामा मेरो के दोष फेला पारेका छन्, यहाँ हुनेहरूले बताऊन्।
21
खालि एउटै कुरामा मात्र तिनीहरूले मलाई दोष लगाउन सक्लान्। त्यो के हो भने, ‘मरेका मानिस फेरि बिउँतनेछन् भन्ने कुरामा मैले विश्वास गरेकोले यहाँ मेरो मुद्दा चलिरहेछ’ भनेर मैले ठूलो सोरमा कराएको थिएँ।”
22
फेलिक्सलाई मुक्तिको बाटोको बारेमा राम्ररी थाहा थियो। त्यसो हुँदा उनले भने, “अब तपाईंहरूको उजुरी सेनापति लुसियस आउनुभएपछि मात्रै विचार गरूँला।”
23
यति भनेर फेलिक्सले कप्तानलाई ‘पावललाई राम्ररी पहरा दिएर राख्नू, तर उनलाई चाहिने कुरा पुर्याउने साथीहरूलाई चाहिँ नरोक्नू र उनलाई बेसी कडाकडी नगर्नू’ भन्ने आज्ञा दिए।
24
केही दिनपछि फेलिक्स आफ्नी यहूदी पत्नी द्रुसिल्लालाई लिएर आए। उनले पावललाई बोलाए र येशू ख्रीष्टलाई विश्वास गर्ने बारेमा पावलबाट सुने।
25
तर पावलले ‘परमेश्वरको धार्मिक आज्ञाहरू मानेर काम गर्नुपर्छ, आफ्नो मनलाई वशमा राख्नुपर्छ र परमेश्वरले न्याय गर्नुहुने दिन आउँदै छ’ भन्ने कुरा सुनाउँदा फेलिक्सले आतिँदै भने, “भयो, आजलाई यति नै होस्, अब तिमी जान सक्छौ। मौका मिलेको बेलामा तिमीलाई फेरि बोलाउँला।”
26
फेलिक्सले पावलबाट घुस पाउँछु कि भन्ने आशा राखेका थिए। त्यसैले उनी पावललाई घरीघरी बोलाएर कुराकानी गर्थे।
27
यसरी दुई वर्ष बित्यो। त्यसपछि फेलिक्सको ठाउँमा पर्किअस फेस्तस बडा-हाकिम भए। फेलिक्सले यहूदीहरूलाई खुसी पार्न पावललाई नछोडी झन् थुनामा राखे।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28