bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Acts 3
Acts 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 4 →
1
एक दिन पत्रुस र यूहन्ना दिउँसो तीन बजेतिर मन्दिरमा प्रार्थना गर्न जाँदै थिए। यो प्रार्थनाको समय थियो।
2
मन्दिरको चोकमा पस्ने सुन्दर भन्ने ढोकामा एउटा जन्मैदेखिको लङ्गडो बस्दथ्यो। मानिसहरूले उसलाई दिनदिनै बोकेर त्यहीँ ल्याउँथे। उसले मन्दिरमा आउने-जाने मानिसहरूसँग भिख माग्ने गर्थ्यो।
3
पत्रुस र यूहन्नालाई मन्दिरमा जाँदैगरेको देखेर उसले उनीहरूसँग पनि भिख माग्यो।
4
उनीहरूले उसलाई राम्ररी हेरे र पत्रुसले उसलाई भने, “यता हेर्!”
5
यो सुनेर उसले केही पाउँछु कि भन्ने आशा लिएर हेर्यो।
6
पत्रुसले उसलाई भने, “मसँग सुन-चाँदी त छैन, तर जे छ, त्यही म तिमीलाई दिन्छु। नासरतको येशू ख्रीष्टको नाउँमा उठेर हिँडिहाल्।”
7
यसो भनेर उनले त्यस मानिसलाई दाहिने हातमा समातेर उठाए। त्यति नै खेर त्यस मानिसका खुट्टा र गोली-गाँठा ठीक भए
8
र ऊ उभिएर हिँड्न लाग्यो। ऊ हिँड्दै र उफ्रँदै, परमेश्वरको स्तुति प्रशंसा गर्दै उनीहरूसँग मन्दिरभित्र पस्यो।
9
यसरी भित्र पस्दा धेरै मानिसहरूले उसलाई हिँडेको र परमेश्वरको प्रशंसा गरेको देखे।
10
मन्दिरको सुन्दर भन्ने ढोकामा बसेर भिख माग्ने यही नै हो भनी तिनीहरूले उसलाई चिनिहाले। ‘कसरी हिँड्ने भयो?’ भनेर तिनीहरू साह्रै नै छक्क परे।
11
त्यो निको भएको मानिस सोलोमन भन्ने दलानमा पत्रुस र यूहन्नाको पछि-पछि लागेको देखेर सबै अचम्म मान्दै दगुरेर आए।
12
ती मानिसहरूलाई देखेर पत्रुसले भने, “हे इस्राएली दाजुभाइ हो, तपाईंहरू किन यस कुरामा अचम्म मानेर हामीलाई हेरिरहनुहुन्छ? के तपाईंहरूले हामीले यिनलाई आफ्नो शक्ति र भक्तिले नै हिँड्ने गराएका हौं भन्ने सम्झनुहुन्छ?
13
त्यसो होइन, हाम्रा पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्वरले नै आफ्नो सेवक येशूलाई आदर गर्नुभयो। तपाईंहरूले चाहिँ येशूलाई मार्नुपर्छ भनेर सुम्पिदिनुभयो। पिलातसले उहाँलाई छोडिदिन खोज्दा पनि तपाईंहरूले नछोड्नू भन्नुभयो।
14
उहाँ त पवित्र र निर्दोष हुनुहुन्थ्यो। तर तपाईंहरूले उहाँको साटो एक जना ज्यानमारालाई छोडिदिन माग गर्नुभयो।
15
जीवन दिनुहुनेलाई चाहिँ तपाईंहरूले मार्नुभयो। तर परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभएको छ। यस कुराको हामी साक्षी छौं।
16
येशूमाथि भरोसा गरेको हुनाले लङ्गडाले बल पायो। येशूको नाउँ सुनेर यिनको हृदयमा विश्वास जाग्यो अनि यिनको विश्वासले गर्दा अब तपाईंहरूले यिनलाई पूरै निको भएको देख्दै हुनुहुन्छ।
17
“हे मेरा दाजुभाइ हो, म जान्दछु, तपाईं र तपाईंहरूका शासकहरूले येशू को हुनुहुन्छ भनेर नचिनीकनै मार्नुभएको हो।
18
ख्रीष्टले दु:ख भोग्नुपर्छ भनी परमेश्वरले धेरै अघिदेखि अगमवक्ताहरूद्वारा भन्नुभएको कुरालाई उहाँले यसरी पूरा गर्नुभयो।
19
अब तपाईंहरू आ-आफ्ना पापलाई मानिलिएर परमेश्वरकहाँ फर्कनुहोस् र उहाँले तपाईंहरूको सबै पाप मेटिदिनुहुनेछ। यसरी तपाईंहरूले परमेश्वरबाट आत्मामा शान्ति र शक्ति पाउनुहुनेछ।
20
परमेश्वरले तपाईंहरूका निम्ति चुन्नुभएको मुक्ति दिनुहुने राजा ख्रीष्टलाई फेरि पठाइदिनुहुनेछ। उहाँ त येशू नै हुनुहुन्छ।
21
तर पवित्र अगमवक्ताहरूले भनेजस्तै परमेश्वरले सबै कुरा नयाँ बनाउने समय नआएसम्म येशू स्वर्गमै रहनुपर्छ।
22
मोशाले पनि यसरी भनेका थिए— परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति तिमीहरूकै जातिबाट मजस्तै एउटा अगमवक्ता पठाइदिनुहुनेछ, उहाँले भन्नुहुने सबै कुरा तिमीहरूले सुन्नुपर्छ।
23
तर उहाँको कुरा नसुन्ने मानिसहरूचाहिँ परमेश्वरको जनहरूदेखि अलग पारिनेछन् र नाश हुनेछन्।
24
“शमूएल र उनीपछिका सबै अगमवक्ताहरूले पनि हिजो-आज भइरहेका यिनै कुराहरूको बारेमा भनेका थिए।
25
अगमवक्ताहरूद्वारा दिइएका परमेश्वरका प्रतिज्ञाहरू तपाईंहरूको निम्ति नै हुन् अनि परमेश्वरले तपाईंहरूका पिता-पुर्खाहरूसँग बाँध्नुभएको वाचा तपाईंहरूको लागि पनि हो। हाम्रा पुर्खा अब्राहामलाई परमेश्वरले ‘तिम्रो सन्तानद्वारा म पृथ्वीका सबै जातिहरूलाई आशिष् दिनेछु’ भनी भन्नुभएको थियो।
26
तपाईंहरूलाई दुष्ट कामहरूबाट फर्काएर त्यो आशिष् दिन परमेश्वरले आफ्नो सेवक येशूलाई खटाई पहिला तपाईंहरूकहाँ नै पठाउनुभएको हो।”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28