bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 10
Leviticus 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 11 →
1
हारूनका छोराहरू नादाब र अबीहूले आ-आफ्नो आगो राख्ने ताप्के बल्दो फिलिङ्गो लिए र त्यसमा धूप बालेर परमप्रभुलाई चढाए। तर, त्यो आगो पवित्र थिएन किनभने परमप्रभुले त्यो चढाउन आज्ञा गर्नुभएको थिएन।
2
अचानक परमप्रभुले आगो पठाउनुभयो र तिनीहरूलाई आगोले परमप्रभुको सामुन्ने त्यहीँ भस्म पार्यो।
3
तब मोशाले हारूनलाई भने, “परमप्रभुले ‘मेरो सेवा गर्ने सबैले मेरो पवित्रताको आदर गर्नुपर्छ, म आफ्नो महिमा आफ्ना प्रजालाई देखाउनेछु’ भन्नुभएको कुराको अर्थ यही हो।” तर हारून चुप भएर बसे।
4
हारूनका काका उज्जीएलका छोराहरू मीशाएल र एलसाफानलाई बोलाएर मोशाले भने, “यहाँ आएर तिम्रा भाइहरूका लाश पवित्र पालबाट उठाओ र छाउनीको बाहिर लैजाओ।”
5
तिनीहरू आए र उनीहरूका वस्त्र समाती मोशाले दिएको आज्ञाअनुसार लाश छाउनीको बाहिर लगे।
6
तब मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई भने, “हामी शोकमा छौं भनी देखाएर तिमीहरूले आफ्ना केश कोर्न नछोड, कपडा नच्यात। त्यसो गर्यौ भने तिमीहरू मर्नेछौ र परमप्रभु सारा इस्राएली समूहसित रिसाउनुहुनेछ। तर तिम्रा अरू इस्राएली साथीहरूले परमप्रभुले पठाउनुभएको आगोले गराएको यस मृत्युमा शोक गर्न पाउनेछन्।
7
तिमीहरूले पवित्र पालको ढोका नछोड्नू नत्र मर्नेछौ किनभने तिमीहरू परमप्रभुको अभिषेक गर्ने तेलद्वारा पवित्र गरिएका छौ।” यसकारण तिनीहरूले मोशाले भनेझैँ गरे।
8
परमप्रभुले हारूनलाई भन्नुभयो,
9
“तँ र तेरा छोराहरू दाखमद्य वा कडा मद्य पिएर मेरो पवित्र पालमा नपस्नू त्यसो गर्यौ भने तिमीहरू मर्नेछौ। तेरा सम्पूर्ण सन्तानले यो नियम मान्नुपर्नेछ।
10
के कुरा परमेश्वरको हो र के कुरा साधारण काममा चलाउन सकिन्छ, विधिअनुसार कुन कुरा शुद्ध वा अशुद्ध छ, त्यो तैँले छुट्ट्याउनुपर्छ।
11
मैले मोशाद्वारा तँलाई दिइएका सबै धार्मिक नियमहरू इस्राएलका सबै मानिसहरूलाई सिकाउनुपर्छ।
12
मोशाले हारून र तिनका बाँचेका दुई छोराहरू एलाजार र ईतामारलाई भने, “परमप्रभुलाई चढाएका अन्नबलिबाट उब्रेका अन्न लिएर खमिर नमिसाई रोटी बनाएर वेदीको छेउमा खाओ किनभने यो पवित्र भेटी हो।
13
त्यसलाई पवित्रस्थानमा खानू, त्यो परमप्रभुलाई चढाइएको भोजनबाट तिमी र तिम्रा सन्तानलाई दिइएको हिस्सा हो। परमप्रभुले मलाई यस्तो आज्ञा गर्नुभएको हो।
14
तर पूजाहारीहरूको निम्ति परमप्रभुलाई विशेष दान र भेटीका रूपमा चढाइएका ह्याकुला र पछिल्ला साँप्राहरू तिमी र तिम्रा परिवारले खान सक्छौ। ती तिमीहरूले विधिअनुसार शुद्ध ठहरिएको कुनै एउटा स्थानमा खान सक्छौ। यी भेटीहरू इस्राएलीहरूले चढाएका मेलबलिबाट तिमी र तिम्रा छोरा-छोरीहरूलाई दिइएका भाग हुन्।
15
बोसो परमप्रभुलाई बलि चढाइएकै बेलामा तिनीहरूले ह्याकुलो र पछिल्ला साँप्राहरू ल्याउनलाई परमप्रभुको आज्ञाअनुसार यी सदाकालको निम्ति तिमी र तिम्रा छोराहरूका हिस्सा हुन्।”
16
मोशाले पापबलिको बोकाबारे सोधपुछ गरे र त्यो अघि नै बलि चढाइएको थियो भनी चाल पाए। त्यसले गर्दा तिनी एलाजार र ईतामारसित रिसाए र सोधे,
17
“तिमीहरूले पापबलि किन पवित्रस्थानमा खाएनौ? त्यो अति पवित्र छ र परमप्रभुले सारा जन-समूहका पाप काट्नको निम्ति तिमीहरूलाई दिनुभएको हो।
18
त्यसको रगत पवित्र पालभित्र नल्याइएको हुनाले त्यो बलिदान मैले आज्ञा गरेअनुसार तिमीहरूले पवित्रस्थानमा खानुपर्थ्यो।”
19
हारूनले जवाफ दिए, “आज मानिसहरूले परमप्रभुलाई पापबलि चढाए, होमबलि चढाए अनि आजै ममाथि यी सबै विपत्तिहरू पनि आए। आज मैले पापबलि खाएको भए कसो हुन्थ्यो होला? त्यसो गर्दा परमप्रभु अझै प्रसन्न हुनुहुन्थ्यो र?”
20
मोशाले यो कुरा सुने र तिनको चित्त बुझ्यो।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27