bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 16
Leviticus 16
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 17 →
1
हारूनका दुई छोराहरू, जो परमप्रभुलाई अपवित्र आगो चढाउँदा मारिएका थिए, तिनीहरूको मृत्यु भएपछि परमप्रभु मोशासित बोल्नुभयो।
2
उहाँले भन्नुभयो, “तेरो दाजु हारूनलाई भन् कि त्यो उचित समयमा मात्र पर्दापछाडि भएको महा-पवित्रस्थानमा जाओस् किनभने त्यहाँ म करारको सन्दुकको कृपा-आसनमाथि बादलभित्र देखापर्नेछु। यो आज्ञा मानेन भने त्यो मारिनेछ।
3
पापबलिको निम्ति एउटा साँढे र होमबलिको निम्ति एउटा साँढ-भेडा ल्याएपछि मात्र त्यो महा-पवित्रस्थानमा पसोस्।”
4
तब परमप्रभुले यी आदेशहरू दिनुभयो, हारून महा-पवित्रस्थानमा जानुभन्दा अघि त्यसले स्नान गरेर पूजाहारीका वस्त्रहरू: मिहिन सुती कपडाको लबेदा, छोटो सुरुवाल, पटुका र फेटा पहिरनुपर्छ।
5
इस्राएली जन-समूहले पापबलिको निम्ति एक जोर बोका र होमबलिको निम्ति एउटा साँढ-भेडा दिनेछन्।
6
त्यसले आफ्नो र आफ्ना परिवारको पाप काट्नलाई एउटा साँढे बलि चढाओस्।
7
त्यसपछि त्यसले एक जोर बोका परमप्रभुको पवित्र पालको ढोकामा लैजाओस्।
8
त्यहाँ त्यसले दुई ढुङ्गाका गोटी बनाएर बोकोमाथि चिट्ठा हाल्ने एउटा ढुङ्गामा ‘परमप्रभुको निम्ति’ अनि अर्कोमा ‘एजाजेलको निम्ति’ भनेर चिन्ह लगाओस्।
9
चिट्ठा हालेर परमप्रभुको निम्ति चुनिएको बोको हारूनले परमप्रभुलाई पापबलि चढाओस्।
10
एजाजेलको निम्ति चुनिएको बोको जिउँदै परमप्रभुलाई चढाएर मानिसहरूका पाप काट्नको लागि एजाजेलको निम्ति उजाड-भूमिमा छोडिदेओस्।
11
आफू र आफ्नो परिवारका निम्ति हारूनले साँढेको पापबलि चढाउँदा
12
त्यसले वेदीबाट बल्दैगरेको कोइलाले भरिएको एउटा धूपौरा र दुई मुट्ठी उत्तम धूप लिएर महा-पवित्रस्थानमा लैजाओस्।
13
परमप्रभुको सामुन्ने त्यसले धूप आगोमाथि राखोस्। धूपको धूवाँले करारको सन्दुकको कृपा आसनलाई ढाक्नेछ र त्यसलाई देखेर हारून मर्नेछैन।
14
त्यसले साँढेको अलिकता रगत लिएर आफ्नो औँलाले कृपा-आसनमाथि छर्कनेछ र करारको सन्दुकको अघिपट्टि सातपल्ट छर्कनेछ।
15
त्यसपछि त्यसले पापबलिको बोको मानिसहरूका लागि मारोस् र त्यसको रगत महा-पवित्रस्थानमा ल्याओस्। त्यो रगत त्यसले कृपा-आसनमाथि र करारको सन्दुकको अघिपट्टि साँढेको रगत छर्केजस्तै गरी छर्कोस्।
16
यस प्रकारले त्यसले इस्राएलजातिका अशुद्धता अनि सारा पापदेखि महा-पवित्रस्थानलाई चोख्याउने विधि पूरा गर्नेछ। त्यसले पवित्र पाललाई त्यसै गर्नुपर्नेछ किनभने त्यो विधिअनुसार अशुद्ध छाउनीका बीचमा रहेको हुन्छ।
17
हारून महा-पवित्रस्थानमा शुद्धीकरणको विधि पूरा गर्नलाई पसेको समयदेखि बाहिर निस्की आउञ्जेलसम्म पवित्र पालमा कोही पनि मानिसहरू हुनुहुँदैन। जब त्यसले आफू, आफ्ना परिवार र सारा जन-समूहका निम्ति त्यो विधि पूरा गरिसक्छ,
18
तब त्यो होमबलिको वेदीमा राखी त्यसलाई पवित्र गरोस्। त्यसले साँढे र बोको दुवैको रगत अलि-अलि मिसाएर वेदीको चार कुनाका चोसाहरूमा पूरा खन्याइदेओस्।
19
त्यसले आफ्नो औँलाले केही रगत वेदीमा सातपल्ट छर्कनुपर्नेछ। यस प्रकारले त्यसले पवित्र वेदीलाई इस्राएलका मानिसहरूका पापबाट चोख्याएर पवित्र गर्नुपर्नेछ।
20
जब हारूनले महा-पवित्रस्थान, परमप्रभुको पवित्र पालको बाँकी रहेको भाग र वेदीलाई पवित्र गर्ने विधि पूरा गरिसक्छ, तब त्यसले एजाजेलको निम्ति चुनिएको जिउँदो बोको परमप्रभुलाई चढाओस्।
21
त्यसले आफ्ना दुवै हात बोकाको टाउकोमा राखेर इस्राएलका मानिसहरूका सबै दुष्टता, पाप र विद्रोहहरूको लागि कायल होस् र त्यसरी ती सबै बोकाको टाउकोमा सर्नेछन्। तब बोकालाई त्यस कामको लागि खटाइएको मानिसद्वारा उजाड-भूमिमा धपाई पठाउनुपर्छ।
22
त्यस बोकोले मानिसहरूका सारा पाप बोकेर कुनै मानिसले बास नगरेको ठाउँमा लैजानेछ।
23
तब हारून पवित्र पालभित्र जानेछ र महा-पवित्रस्थानमा पुग्नुभन्दा अघि आफूले लाएको पूजाहारीको वस्त्र फुकालेर त्यहीँ छोडिराख्नेछ।
24
त्यसले एउटा चोखो स्थानमा स्नान गरेर आफ्नै वस्त्र पहिरनेछ। त्यसपछि बाहिर निस्केर त्यसले आफ्ना र मानिसहरूका पाप काट्नलाई होमबलि चढाओस्।
25
त्यसले वेदीमाथि पापबलिमा चढाएको पशुको बोसो जलाउनेछ।
26
एजाजेलको निम्ति उजाड-भूमिमा बोको धपाइलैजाने मानिसले छाउनीमा फर्की आउनुअघि आफ्ना कपडा धुनु र स्नान गर्नुपर्नेछ।
27
पापबलिको निम्ति चढाइएको साँढे र बोका जसका रगत पाप काट्न महा-पवित्रस्थानमा लगिएको थियो, तिनका सिनु छाउनीबाहिर लगेर जलाइनुपर्नेछ। छाला, मासु र आन्द्रा-भुँडी सबै जलाइनुपर्नेछ।
28
ती जलाउने मानिसले छाउनीमा फर्की आउनुअघि आफ्ना कपडा धुनु र स्नान गर्नुपर्नेछ।
29
आउँदा दिनहरूमा सधैँ यी नियमहरू मानिनुपर्छ। सातौँ महिनाको दशौँ दिनमा इस्राएलीहरू र तिनका बीचमा बस्ने विदेशीहरू उपवास बसेर केही काम नगरून्।
30
त्यस दिन आफूलाई सारा पापबाट शुद्ध पार्ने विधि पूरा गर्नुपर्छ र तिनीहरू विधिअनुसार शुद्ध हुनेछन्।
31
त्यो दिन अति पवित्र दिन हो। तिनीहरू त्यो दिन उपवास बस्नेछन् र विलकुलै काम गर्नेछैनन्। यी नियमहरू आउँदा दिनहरूमा सधैँ मानिनुपर्नेछ।
32
बुबा मरेपछि बुबाका सट्टामा उचितरूपले नियुक्ति गरिएर अर्पण गरिएका मुख्य पूजाहारीले त्यो शुद्धीकरणको विधि पूरा गर्नेछ। उसले पूजाहारीका वस्त्र लाउनेछ
33
र महा-पवित्रस्थान, परमप्रभुको पवित्र पालको बाँकी भाग, वेदी, पूजाहारीहरू र सारा जन-समूहलाई चोख्याउने पवित्र विधि पूरा गर्नेछ।
34
यी नियमहरू आउँदा दिनहरूमा सधैँ मानिनुपर्नेछ। यी विधिचाहिँ वर्षेनी एकपल्ट इस्राएलीहरूलाई आफ्ना सारा पापदेखि शुद्ध पार्नलाई पूरा गरिनुपर्नेछ। मोशाले परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरे।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27