bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 25
Leviticus 25
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 26 →
1
परमप्रभु मोशासित सीनै पर्वतमा बोल्नुभयो
2
र इस्राएलका मानिसहरूलाई यी नियमहरू दिने आज्ञा गर्नुभयो, जब तिमीहरू परमप्रभुले दिनुभएको देशमा पस्नेछौ, तब सातौँ वर्षमा जमिनमा केही कुरो नरोप्नू र त्यसरी परमप्रभुलाई आदर दिनू।
3
तिमीहरूले आफ्ना खेतबारीमा ६ वर्षसम्म अन्न लाउनू, दाखबारी छिँवल्नू र आफ्ना अन्न बटुल्नू।
4
तर सातौँ वर्ष जमिनको निम्ति परमप्रभुलाई अर्पण गरिएको पूरा विश्रामको वर्ष हुनेछ। त्यस वर्ष खेतमा अन्न नलाउनू अनि दाखबारी नछिंवल्नू।
5
नरोपी आफैं उम्रेका बाली पनि नबटुल्नू अनि नछिंवलेका दाखबारीबाट अङ्गुर नटिप्नू। यो जमिनको निम्ति पूरा विश्राम गर्ने वर्ष हो।
6
त्यस वर्ष जमिनमा अन्न नरोपेको भए तापनि त्यस जमिनले तिमीहरूलाई तिम्रा कमारा-कमारी, ज्यालामा काम गर्न आएका व्यक्तिहरू, तिमीहरूसित बास गर्ने विदेशीहरू,
7
तिम्रा घरेलु पशुहरू र तिम्रा खेतमा भएका जङ्गली जनावरहरूको निम्ति भोजन जुटाइदिनेछ। त्यहाँ उब्जनी भएका सबै थोक खाए हुन्छ।
8
सात गुना सात वर्ष, जम्मा उनन्चास वर्ष गन्नू।
9
तब सातौँ महिनाको दशौँ दिन अर्थात् प्रायश्चितको दिन एक जना मानिसलाई सारा देशमा तुरही फुक्दै जान लाउनू।
10
यसरी तिमीहरूले पचासौँ वर्ष अलग छुट्ट्याउनू र सबै देशबासीहरूलाई स्वतन्त्रताको घोषणा गरिदिनू। त्यस वर्ष बिक्री भएका सारा सम्पत्तिहरू तिनका पहिलेका मालिकहरू वा तिनका सन्तानलाई फर्काइदिनू। अनि कमारा बनाएर बेचिएको जो छ, त्यो आफ्नो परिवारमा फर्की जाओस्।
11
तिमीहरूले आफ्ना खेतमा अन्न नरोप्नू वा आफैं उम्रेका अन्नबाली नबटुल्नू वा नछिँवलेको दाखबारीबाट अङ्गुर नटिप्नू।
12
त्यो वर्षभरि तिमीहरूको लागि पवित्र हुनेछ र खेतबारीमा आफैं उब्जनी भएका अन्न मात्र तिमीहरूले खानेछौ।
13
त्यो वर्ष बिक्री भएका सबै सम्पत्तिहरू तिनका पहिलेका मालिकहरूलाई फर्काइदिनू।
14
यसरी तिमीहरूले आफ्नो इस्राएली छिमेकीसित जमिन किन-बेच गर्दा अनुचित व्यवहार नगर्नू।
15
अर्को आउने पुनर्स्थापनको वर्षसम्ममा कति वर्ष जमिनले अन्न उब्जाउन सक्छ, त्यही बमोजिम जमिनको दाम तोकिनुपर्छ।
16
उब्जनीका वर्षहरू धेरै छन् भने दाम धेरै हुनेछ, कम छन् भने दाम कम हुनेछ किनभने जमिनले कति बाली दिन्छ, त्यहीअनुसार जमिनको दाम तोकिनुपर्छ।
17
आफ्नै इस्राएली भाइलाई नठग तर परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा मान।
18
परमप्रभुका सबै नियम र आज्ञाहरू पालन गर र तिमीहरू देशमा कुशलसित जिइरहनेछौ।
19
जमिनले अन्न उमार्नेछ र तिमीहरूले पर्याप्त खान पाउनेछौ र सुरक्षासँग बास गर्नेछौ।
20
बाली-नाली नलाउने र अन्न नबटुल्ने सातौँ वर्षमा के खाने भनी कसैले सोध्ला।
21
परमप्रभुले छैटौँ वर्षमा जमिनलाई आशिष् दिनुहुनेछ र त्यस वर्ष दुई वर्षसम्म खान पुग्ने उब्जनी हुनेछ।
22
आठौँ वर्ष जब तिमीहरूले आफ्ना खेतबारीमा अन्न लाउनेछौ, तब तिमीहरूले छैटौँ वर्षमा बटुलेको उब्जनी नै खाइरहेका हुनेछौ र त्यस वर्षमा लाएको अन्नबाली नबटुलुञ्जेलसम्म पुग्दो खानेकुरा तिमीहरूसित हुनेछ।
23
तिमीहरूले जमिन सधैँको लागि बेच्नुहुन्न किनभने त्यो तिमीहरूको जमिन होइन, त्यो परमेश्वरको हो र तिमीहरू ती चलाउनलाई अनुमति पाएका विदेशीहरूजस्ता हौ।
24
जब जमिन बिक्री हुन्छ, पहिलेको मालिकले त्यो निखन्ने अधिकार पाउनेछ।
25
कुनै इस्राएली गरीब भयो र आफ्नो जमिन बेच्न त्यसलाई कर लाग्यो भने त्यसको सबैभन्दा नजिकको साइनो पर्ने मानिसले त्यो जमिन जसलाई बेचेको छ, त्यसबाट किनोस्।
26
कसैको जमिन किन्नलाई नजिकको साइनो पर्ने मानिस छैन भने त्यो आफैंले पछिबाट प्रशस्त धन कमाएर सो जमिन आफैं किन्न सक्छ।
27
त्यसो हो भने त्यसले आफूबाट जमिन किन्ने मानिसलाई आउँदो पुनर्स्थापनको वर्षसम्म बाँकी रहेका वर्षका निम्ति पाइने फसलको दाम बराबर धन दिनुपर्नेछ; आखिरी त्यस वर्ष त्यसले जमिन फिर्ता पाउने नै हो।
28
तर त्योसँग जमिन फेरि किन्नलाई चाहिँदो धन छैन भने त्यस जमिनमाथि अर्को पुनर्स्थापनको वर्षसम्म किन्ने मानिसको अधिकार रहनेछ। त्यस वर्ष पहिलेको मालिकलाई जमिन फर्काइनेछ।
29
कुनै मानिसले पर्खाल लाएको सहरभित्रको घर बेच्यो भने बेचेको एक वर्षभित्र सो घर निखन्ने हक त्यसको रहनेछ।
30
तर एक वर्षभित्र त्यसले घर किनेर फिर्ता लिएछ भने त्यसले घर फेरि किन्ने हक गुमाउनेछ— घर सधैँको लागि किन्नेको र त्यसका सन्तानको सम्पत्ति हुनेछ। त्यो त्यसलाई पुनर्स्थापनको वर्षमा पनि फर्काइनेछैन।
31
तर पर्खाल नलाएका गाउँ-बस्तीमा भएका घरहरूचाहिँ जमिन बराबर मानिनेछन्। पहिलेको मालिकको ती निखन्ने हक रहनेछ अनि पुनर्स्थापनको वर्षमा ती त्यसले फिर्ता पाउनेछ।
32
तथापि लेवीहरूसित भने, आफू बस्नलाई खटाइएका सहरभित्र आफ्ना सम्पत्ति कुनै पनि समयमा निखन्ने हक रहनेछ।
33
कुनै लेवीले त्यस्ता सहरभित्र भएको कुनै घर बेचेको छ र त्यो किनेर फिर्ता लिएको छैन भने, त्यो घर पुनर्स्थापनको वर्षमा उसलाई फर्काइदिनुपर्नेछ किनभने इस्राएलीहरूको बीचमा लेवीहरूका सहरभित्र भएका आफ्ना घरहरू तिनीहरूका स्थायी सम्पत्ति हुन्।
34
तर लेवीहरूका सहरका चारैपट्टिका गाई-वस्तु चर्ने खर्क कहिल्यै पनि नबेचिओस्, त्यो सदाकालको लागि तिनीहरूकै सम्पत्ति हो।
35
तिम्रो छेउमा बस्ने इस्राएली छिमेकी गरीब भएर आफ्नो पोषण भार थाम्न नसक्ने भयो भने जसरी ज्यामीलाई ज्याला दिन्छौ, त्यसरी त्यसको पनि तिमीहरूले देखभाल गर्नुपर्नेछ र त्यो मानिस तिम्रा छेउमा बसोबास गरिरहन सकोस्।
36
त्योसित व्याज नलिनू तर परमेश्वरको डर मान र तिम्रा इस्राएली छिमेकी तिम्रा छेउमा बसोबास गरिरहन सकोस्।
37
तिमीले त्यसलाई कर्जा दिएको धनमा व्याज नलिनू र त्यसलाई बेचेको खानेकुरामा नाफा नलिनू।
38
यो परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा हो। उहाँले कनान देश तिमीहरूलाई दिनू अनि तिमीहरूका परमेश्वर बन्न भनी तिमीहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो।
39
यदि तिम्रा छेउमा बस्ने इस्राएली छिमेकी औधी गरीब भएर आफूलाई तिम्रा कमारा हुनलाई विक्री गर्यो भने त्यसलाई कमाराको काम गर्न नलाउनू।
40
त्यो तिमीसित ज्यामीजस्तो भएर बसोस् र अर्को पुनर्स्थापनको वर्षसम्म तिम्रो सेवा गरेर बसोस्।
41
त्यस वर्ष त्यो र त्यसका छोरा-छोरीले तिमीलाई छोडेर आफ्नै परिवार र पुर्ख्यौली सम्पत्ति भएका ठाउँमा फर्कनेछन्।
42
इस्राएलका मानिसहरू परमप्रभुका कमारा-कमारी हुन् र उहाँले तिनीहरूलाई मिश्रदेखि निकाली ल्याउनुभयो। तिनीहरू कमारा-कमारी बन्नलाई बेचिनुहुँदैन।
43
तिनीहरूसित निष्ठुर व्यवहार नगर्नू तर आफ्ना परमेश्वरको डर मान्नू।
44
तिमीहरूलाई कमारा-कमारी चाहिन्छ भने तिनीहरूलाई तिम्रा चारैपट्टि भएका जातिहरूबाट किन्नू।
45
तिमीहरूका माझमा बास गर्ने विदेशीहरूका छोरा-छोरी पनि तिमीहरूले किन्न सक्छौ। तिम्रा देशमा जन्मेका यस्ता बाल-बालिकाहरू तिम्रा सम्पत्ति हुन सक्छन्।
46
अनि तिनीहरूलाई तिम्रा छोराहरूका हातमा पैतृक सम्पत्तिका रूपमा छोडिराख्न सक्नेछौ। तिनीहरूले आफ्ना जीवनभरि तिम्रा छोराहरूको सेवा गर्नुपर्नेछ। तर तिमीहरूले आफ्ना इस्राएलीहरू छिमेकीहरूसित निष्ठुर व्यवहार नगर्नू।
47
तिम्रा बीचमा बास गर्ने एउटा विदेशी धनी भयो अनि एउटा इस्राएली दाजु वा भाइचाहिँ गरीब भएर आफैंलाई कमारा बनाई त्यस धनी विदेशी वा त्यसका परिवारका कुनै सदस्यकहाँ बिक्री भयो भने
48
बिक्री भइसकेपछि पनि कसैले त्यसलाई किनेर छुटाउन सक्छ। कुनै त्यसका दाजु वा भाइ,
49
मामा वा काका वा साइनोका दाजु वा भाइ वा अरू कुनै नजिकका आफन्तले त्यसलाई किनी फर्काउन सक्छ। अथवा ऊ आफैंले धन कमाएर आफ्नो स्वतन्त्रता किन्न सक्छ।
50
त्यसले आफूलाई किन्ने मानिससित सल्लाह गरेर त्यो बेचिएको समयदेखि आउँदो पुनर्स्थापन वर्षसम्म गन्नुपर्छ र ज्यामीको ज्यालाअनुसार त्यसको छुटकाराको दाम तोकिनुपर्छ।
51
[51-53] बाँकी रहेको वर्षको लागि त्यसलाई हरेक वर्ष ज्याला दिएर काम गर्न राखेजस्तो गरेर हिसाब गरी त्यसलाई किनेको दामबाट बाँकी अंश त्यसले फिर्ता दिनुपर्नेछ। त्यसका मालिकले त्योसित निष्ठुर व्यवहार नगरोस्।
54
यी उपायहरूद्वारा त्यो स्वतन्त्र हुन सकेन भने अर्को पुनर्स्थापनको वर्षमा त्यो र त्यसका छोरा-छोरीहरूले छुटकारा पाउनुपर्छ।
55
कुनै इस्राएली सदाकालको निम्ति कमारा रहन सक्दैन किनभने इस्राएलका मानिस परमप्रभुका कमारा-कमारी हुन्। उहाँले तिनीहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो। उहाँ परमप्रभु तिनीहरूका परमेश्वर हुनुहुन्छ।
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 26 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27