bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 11
Leviticus 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 12 →
1
परमप्रभुले मोशा र हारूनलाई
2
[2-3] इस्राएलीहरूको निम्ति यी नियमहरू दिनुभयो, जमिनमाथि भएका कुनै पनि खुर चिरिएका अनि उग्राउने पशुहरू तिमीहरूले खान सक्छौ।
4
[4-6] तर ऊँट, जमिन खन्ने एक थरिको जन्तु वा खरायो नखानू। तिनीहरलाई अशुद्ध ठान्नू किनभने तिनीहरू उग्रिएका भए पनि तिनीहरूका खुर चिरिएका हुँदैनन्।
7
तर सुँगुरहरू नखानू, तिनीहरूलाई अशुद्ध ठान्नू, तिनीहरूका खुर चिरिएका भए पनि तिनीहरू उग्राउँदैनन्।
8
तिमीहरूले यी पशुहरू नखानू, तिनका सिनु पनि नछुनू, तिनीहरू अशुद्ध छन्।
9
पखेटा र कत्ला भएका कुनै पनि थरिका माछाहरू तिमीहरूले खान सक्छौ,
10
तर पखेटा र कत्ला नभएका कुनै जलजन्तु नखानू।
11
त्यस्ता जन्तु अशुद्ध ठान्नू, ती तिमीहरूले नखानू, तिनका सिनु पनि नछुनू।
12
पानीमा हुने तर पखेटा र कत्ला नहुने कुनै कुरा नखानू।
13
[13-19] तिमीहरूले यी चराहरू नखानू— चिल, लाटोकोसेरो, बेसारा, शिकारी चरा, बाज, गिद्ध, काग, शुतुरमुर्ग, जलेवा, बकुल्ला, पानीहाँस, पानी-धनेस, जल-कुखुरा, फाप्रे चरो, चमेरा।
20
[20-21] उफ्री हिँड्ने बाहेक अरू सबै पखेटा भएका किरा-फट्याङ्ग्रा अशुद्ध हुन्।
22
तिमीहरू सबै थरिका सलह, किथ्रो, फट्याङ्ग्रा खान सक्छौ,
23
तर अरू सबै थरिका पखेटा भएका तर घस्रने पनि स-साना किराहरू अशुद्ध ठान्नू।
24
[24-28] जसले यी पशुहरूका सिनु छुन्छ, त्यो साँझसम्म अशुद्ध हुन्छ, खुर भएका तर ती नचिरिएका र नउग्राउने सबै पशुहरू र पन्जा भएका चारखुट्टे जन्तुहरू। जसले तिनका सिनु बोक्छ, त्यसले आफ्नो वस्त्र धुनुपर्नेछ, तरै पनि त्यो बेलुकासम्म अशुद्ध रहनेछ।
29
[29-30] छुचुन्द्रा, ठूला र साना मुसामुसीहरू र छेपाराहरू अशुद्ध ठान्नू।
31
जसले तिनीहरू र तिनका सिनु छुन्छ, त्यो साँझसम्म अशुद्ध हुनेछ।
32
तिनका सिनु केही कुरामा पर्यो भने त्यो पनि अशुद्ध हुनेछ। त्यसरी छोएको कुनै पनि काममा चलाइने काठ, कपडा, छाला वा भाङ्ग्रो वा भाङ्ग्राको वस्त्र अशुद्ध हुनेछ। त्यसलाई पानीमा चोप्नू तर त्यो साँझसम्म अशुद्ध रहनेछ।
33
तिनका सिनु माटाको भाँडामा पर्यो भने त्यहाँ राखेका सबै थोक अशुद्ध हुनेछन् र माटाका भाँडा फोर्नुपर्नेछ।
34
त्यस्ता भाँडामा राखेका पानी कुनै खाने कुरामा पर्यो भने त्यो अशुद्ध हुनेछ। त्यस्ता भाँडामा राखेको कुनै पिउने कुरा अशुद्ध हुनेछ।
35
त्यस्तो सिनु जे कुरामा पर्छ, त्यो अशुद्ध हुन्छ, त्यो माटोको चुला वा भट्टी हो भने भत्काइदिनू।
36
तर पानीको मुहान वा कुण्ड शुद्ध नै रहनेछ, तैपनि ती सिनु छुने अरू कुनै पनि कुरा अशुद्ध हुनेछ।
37
यदि त्यस्ता कुनै अशुद्ध थोक रोप्नलाई राखेको बिउमा पर्यो भने बिउ शुद्ध नै रहनेछ।
38
तर बिउ पानीमा भिजाइराखेको छ र त्यो कुरा त्यसमा पर्यो भने त्यो बिउ अशुद्ध हुनेछ।
39
खान हुने कुनै पशु मर्यो भने त्यसलाई छुने मानिस साँझसम्म अशुद्ध हुनेछ।
40
कसैले त्यसको मासु खायो भने त्यसले आफ्नो वस्त्र धोओस्, तरै पनि त्यो साँझसम्म अशुद्ध रहनेछ। त्यो सिनु बोक्ने मानिसले आफ्नो वस्त्र धुनुपर्नेछ, तर पनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
41
[41-42] भूइँमा घस्री हिँड्ने, घस्रने चार खुट्टामा हिँड्ने स-साना वा धेरै खुट्टा भएका जीवजीवातहरू तिमीहरूले नखानू।
43
ती कुरा खाएर आफैंलाई अशुद्ध नगर।
44
म तिमीहरूका परमेश्वर परमप्रभु हुँ। तिमीहरूले आफैंलाई पवित्र राख्नुपर्छ किनभने म पवित्र छु।
45
तिमीहरूका परमेश्वर हुन मिश्रबाट तिमीहरूलाई निकाली ल्याउने परमप्रभु म हुँ। तिमीहरू पवित्र रहनुपर्छ किनभने म पवित्र छु।
46
अब पशु र चराहरूबारे, पानीमा जिउने र जमिनमा चरिहिँड्ने सबै जन्तुहरूबारे दिइएका नियम यी नै हुन्।
47
कुन कुरा विधिअनुसार शुद्ध वा अशुद्ध छ, कुन पशु तिमीहरू खान सक्छौ वा सक्दैनौ, ती छुट्ट्याउनलाई तिमीहरू होशियार रहनुपर्छ।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27