bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 5
Leviticus 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 6 →
1
यी तल लेखिएका दोषहरूका निम्ति पापबलि चढाइनुपर्छ। यदि कसैलाई साक्षी दिन अदालतमा हाजिर हुने आदेश भएको छ र त्यसले आफूले देखेको वा सुनेको कुरा भन्दैन भने त्यसले फल भोग्नुपर्छ।
2
यदि कसैले भुल-चुकमा कुनै मरेको पशुको लाशजस्तो अशुद्ध कुरा छोयो भने रीतिअनुसार, त्यो अशुद्ध हुनेछ र त्यसले त्यो थाहा पाउनेबित्तिकै दोषी ठहरिनेछ।
3
यदि कसैले भुल-चुकमा मानिसबाट निस्केको अशुद्ध कुरो छोयो भने उसलाई थाहा हुनेबित्तिकै ऊ दोषी ठहरिनेछ।
4
यदि कसैले कुनै कुरामा सोच-विचार नगरी किरिया खायो भने जब त्यसलाई आफूले गरेको दोष थाहा हुन्छ, तब ऊ दोषी ठहरिनेछ।
5
यसरी कोही मानिस दोषी ठहरियो भने त्यसले आफ्नो पाप स्वीकार गरोस्
6
र त्यसको दण्डको रूपमा पापबलिको लागि त्यसले परमप्रभुको लागि एउटा पाठी वा भेडी ल्याओस्। पूजाहारीले त्यस मानिसको पापको लागि त्यो बलि चढाओस्।
7
त्यस मानिसले भेडी वा पाठी ल्याउन सक्दैन भने त्यसले परमप्रभुकहाँ आफ्नो पापको दाम तिर्न एक जोर परेवा कि ढुकुर ल्याओस्, त्यसबाट एउटा पापबलि र अर्को होमबलि हुनेछ।
8
ती त्यसले पूजाहारीकहाँ टक्र्याउनेछ र पूजाहारीले पहिले पापबलिको लागि पंक्षी चढाउनेछ। पंक्षीको मुन्टो पूजाहारीले टाउको नचुँडाई भाँचिदेओस्
9
र केही रगत वेदीको एक छेउमा छर्किदेओस्। बाँकी रगत वेदीको फेदमा निथारिओस्। यो पाप काट्ने बलि हो।
10
तब त्यसले दोस्रो पंक्षी नियमअनुसार होमबलि गरोस्। यस प्रकारले मानिसको पापको लागि पूजाहारीले बलि चढाउनेछ र त्यसले क्षमा पाउनेछ।
11
त्यस मानिसले एक जोर परेवा कि ढुकुर पनि ल्याउन सकेन भने त्यसले एक किलोग्राम पिठो पापबलिको लागि ल्याओस्। त्यसमाथि जैतुनको तेल वा धूप नराखोस् किनभने त्यो पापबलि हो, अन्नबलि होइन।
12
त्यसले पूजाहारीकहाँ पिठो ल्याओस्। पूजाहारीले जम्मै पिठो परमप्रभुलाई चढाएको चिन्हको रूपमा त्यसबाट एक मुट्ठी लिएर वेदीमाथि अन्नबलि चढाएर जलाओस्। त्यो पाप काट्ने बलि हो।
13
यस प्रकारले मानिसको पापको लागि पूजाहारीले बलि चढाउने र त्यसले क्षमा पाउनेछ। अन्नबलि चढाउँदाजस्तै उब्रेको पीठो पूजाहारीको भाग हो।
14
परमप्रभुले मोशालाई यस्तो नियम दिनुभयो।
15
यदि कसैले परमप्रभुलाई दिनुपर्ने पवित्र भेटीहरू दिन भुलेर अन्जानमा पाप गर्यो भने त्यसले एउटा निष्खोट भेडा वा बोको परमप्रभुकहाँ दोषबलिको रूपमा ल्याओस्। त्यस पशुको दाम तोकिएको मोलअनुसार हुनुपर्छ।
16
त्यसले आफूले नचढाएको भेटीको मोल र त्यसमाथि त्यसको अरू पाँचौँ भाग थपेर दिनुपर्नेछ। उसले त्यो पूजाहारीलाई देओस्। पूजाहारीले त्यो पशु त्यस मानिसको पापको लागि बलि चढाओस् र त्यसले क्षमा पाउनेछ।
17
कसैले अन्जानमा परमप्रभुको कुनै आज्ञा तोडेर पाप गर्यो भने त्यो दोषी ठहरिनेछ र त्यसले दण्ड तिर्नुपर्नेछ।
18
त्यसले पूजाहारीकहाँ एउटा निष्खोट भेडा वा बोको दोषबलिको रूपमा ल्याओस्। त्यस पशुको दाम तोकिएको मोलअनुसार हुनुपर्नेछ। पूजाहारीले त्यो पशु त्यस मानिसको पापको लागि बलि चढाओस् र त्यसले क्षमा पाउनेछ।
19
त्यसले परमप्रभुको विरुद्धमा गरेको पापको लागि त्यो एउटा दोषबलि हो।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27