bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 4
Leviticus 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 5 →
1
आफूले अन्जानमा इस्राएलीहरूले परमप्रभुको कुनै आज्ञा तोडे भने तिनीहरूले यी तलका नियमहरू पालन गर्नुपर्नेछ।
2
इस्राएलीहरूलाई यो कुरा बताउन परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो।
3
यदि एउटा मुख्य पूजाहारीले त्यस प्रकारको पाप गरेर प्रजालाई दोषी तुल्यायो भने त्यसले एउटा निष्खोट साँढे ल्याएर आफ्नो पापको लागि परमप्रभुलाई बलि चढाओस्।
4
त्यसले साँढेलाई पवित्र पालको ढोकामा ल्याओस् र त्यसको टाउकोमा हात राखेर त्यहाँ परमप्रभुको सामुन्ने त्यसलाई मारोस्।
5
त्यसपछि मुख्य पूजाहारीले साँढेको केही रगत लेओस् र पवित्र पालभित्र पसोस्।
6
उसले रगतमा औँला चोपेर पवित्र पर्दाको अघि सातपल्ट छर्कोस्।
7
तब केही रगत पालमा भएको धूप वेदीको चार कुनाका सिङजस्ता चोसाहरूमा लगाओस्। त्यसपछि उब्रेको रगत पालको ढोकामा राखिएको होमबलि चढाउने वेदीको फेदमा खन्याइदेओस्।
8
साँढेको जम्मै बोसो, भित्री अङ्गहरूमा लागेको बोसो,
9
बोसोसमेत मृगौला र कलेजोको सर्वोत्तम बोसो भाग उसले लेओस्।
10
पूजाहारीले ती बोसो लिएर मेलबलिमा चढाइएको पशुको बोसोलाई जस्तै होमबलिको वेदीमाथि जलाओस्।
11
तर त्यसका छाला, सबै मासु, टाउको, खुट्टा र भित्री अङ्गहरू र आन्द्राहरूसमेत
12
पालबाहिर रीतिअनुसार चोख्याइएको खरानी फाल्ने ठाउँमा लैजाओस् र त्यहाँ दाउराको आगोमा जलाओस्।
13
यदि सारा इस्राएली समूहले भुल-चुकमा पाप गरेर परमप्रभुको कुनै आज्ञा भङ्ग गरेको छ भने
14
सो पाप थाहा पाउनेबित्तिकै सारा समाजले पापबलिको लागि एउटा साँढे ल्याओस्। त्यो साँढे तिनीहरूले परमप्रभुको पवित्र पालमा ल्याऊन्,
15
इस्राएलका अगुवाहरूले त्यसको टाउकोमा आफ्ना हात राखून् र त्यहाँ त्यसलाई मारून्।
16
मुख्य पूजाहारी साँढेको केही रगत लिएर पवित्र पालभित्र पसोस्
17
र रगतमा औँला चोपेर पर्दाको अघि सातपल्ट छर्कोस्।
18
उसले केही रगत पालमा भएको धूप वेदीका चार कुनाका सिङजस्ता चोसाहरूमा लगाओस् र बाँकी रगत पालको ढोकामा राखिएको होमबलिको वेदीको फेदमा खन्याइदेओ।
19
तब साँढेको जम्मै बोसो लिएर उसले वेदीमाथि जलाओस्।
20
उसले पापबलिमा चढाइएको साँढेलाई जस्तै यस साँढेलाई पनि गरोस्। त्यसरी मानिसहरूका पापको लागि बलि चढाओस् र तिनीहरूले क्षमा पाउनेछन्।
21
त्यसपछि साँढेलाई छाउनीबाहिर लैजाओस् र उसले आफ्नो पापको निम्ति बलि गरेको साँढेलाई जस्तै त्यसलाई पनि जलाओस्। यस बलिले सारा समाजको पाप काट्नेछ।
22
यदि कुनै शासकले नचिताई पाप गरेर परमप्रभुको कुनै आज्ञा तोड्ने दोष गरेको छ भने
23
त्यसलाई त्यो पाप जनाईदिनेबित्तिकै एउटा निष्खोट बोको त्यसले बलि चढाउन ल्याओस्।
24
त्यसले आफ्नो हात बोकाको टाउकोमा राखोस् र त्यसलाई वेदीको उत्तरपट्टि, जहाँ होमबलिको निम्ति पशुहरू काटिन्छन्, त्यहाँ काटोस्। यो पाप काट्ने बलि हो।
25
पूजाहारीले बोकाको रगतमा औँला चोपेर वेदीको चार कुनाका सिङजस्ता चोसाहरूमा रगत लगाओस् र बाँकी रगत वेदीको फेदमा खन्याओस्।
26
त्यसपछि त्यसको जम्मै बोसो, मेलबलिमा चढाइएको पशुको बोसो जलाएझैँ वेदीमाथि जलाओस्। त्यसरी पूजाहारीले शासकको पापको निम्ति बलि चढाउनेछ र त्यसले क्षमा पाउनेछ।
27
साधारण मानिसहरूमध्ये कसैले अन्जानमा पाप गरेर परमप्रभुको कुनै आज्ञा तोडेर दोष गरेको छ भने
28
त्यसलाई त्यस पापको बारेमा जनाईदिनेबित्तिकै त्यसले एउटी निष्खोट बाख्री बलि गर्न ल्याओस्।
29
त्यस बाख्रीको टाउकोमा आफ्नो हात राखोस् र वेदीको उत्तरपट्टि, जहाँ होमबलिको निम्ति पशुहरू काटिन्छन्, त्यहाँ त्यसलाई काटोस्।
30
पूजाहारीले बाख्रीको रगतमा औँला चोपेर वेदीको चार कुनाका सिङजस्ता चोसाहरूमा रगत लगाओस् र बाँकी रगत वेदीको फेदमा खन्याओस्।
31
त्यसपछि त्यसको जम्मै बोसो, मेलबलिमा चढाइएको पशुको बोसो उठाएझैँ त्यसले उठाओस् र वेदीमाथि जलाओस् अनि त्यसको मीठो बास्नाले परमप्रभुलाई खुसी पार्नेछ त्यसरी पूजाहारीले त्यस मानिसको पापको निम्ति बलि चढाउनेछ र त्यसले क्षमा पाउनेछ।
32
कुनै मानिसले पापबलिको लागि भेडा चढाउँछ भने त्यो निष्खोट पाठी हुनुपर्छ।
33
त्यसले त्यसको टाउकोमा हात राखोस् र वेदीको उत्तरपट्टि, जहाँ होमबलिका पशुहरू काटिन्छन्, त्यहाँ त्यसलाई काटोस्।
34
पूजाहारीले पशुको रगतमा आफ्नो औँला चोपेर वेदीका चार कुनाका सिङजस्ता चोसाहरूमा रगत लाओस् र बाँकी रगत वेदीको फेदमा खन्याओस्।
35
तब त्यसको जम्मै बोसो मेलबलिमा चढाइएको पशुको बोसो लिएझैँ त्यसले लेओस् र त्यसलाई परमप्रभुलाई चढाएको अन्नबलिसँगै वेदीमाथि जलाओस्। यसरी पूजाहारीले त्यस मानिसको पापको निम्ति बलि चढाउनेछ र त्यसले क्षमा पाउनेछ।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27