bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 6
Leviticus 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 7 →
1
परमप्रभुले मोशालाई यस्तो नियम दिनुभयो।
2
यदि कुनै मानिसले आफ्नो छिमेकीले आफूसँग धरौटी राखेको कुरा फर्काएन वा त्यसको केही कुरा चोर्यो वा ठग्यो
3
वा कुनै हराएको कुरा पाएर पनि मैले पाइनँ भनेर झूटो किरिया खाएर ढाँट्यो र त्यसरी परमप्रभुको विरुद्धमा पाप गर्यो भने त्यस मानिसले एउटा दोषबलि चढाउनुपर्नेछ।
4
[4-5] त्यस्तो कुनै पाप गरेपछि त्यस मानिसले आफूले बेइमानीसाथ ठगेको कुराको लागि फिर्ता दण्डस्वरूप दिनुपर्नेछ। त्यसको निम्ति दोषबलि चढाएको दिन त्यसले त्यो चीजको धनीलाई त्यसको पूरा दाम र त्यसमाथि अरू पाँचौँ भाग थपेर दिनुपर्नेछ।
6
त्यसले पूजाहारीकहाँ एउटा निष्खोट भेडा वा बोको दोषबलि चढाउन ल्याउनुपर्छ। त्यस पशुको दाम तोकिएको मोलअनुसार हुनुपर्छ।
7
पूजाहारीले त्यो पशु त्यस मानिसको पापको लागि बलि चढाओस् र त्यसले क्षमा पाउनेछ।
8
परमप्रभुले मोशालाई होमबलि गर्नको लागि
9
हारून र त्यसका छोराहरूलाई यी नियमहरू दिनू भनी आज्ञा गर्नुभयो। होमबलि रातभरि वेदीमा रहनुपर्नेछ अनि आगो बलिरहनुपर्नेछ।
10
तब पूजाहारीले मिहिन सुती कपडाको लबेदा र छोटो सुरुवाल लाएर वेदीमा रहेको बोसोसहितको खरानी हटाएर वेदीको एक छेउमा राखोस्।
11
तब लुगा फेरेर त्यसले खरानी छाउनीबाहिर एउटा रीतिअनुसार चोख्याएको ठाउँमा लैजाओस्।
12
वेदी माथिको आगो जलिरहनुपर्नेछ र निभ्न दिनुहुन्न। हरेक बिहान पूजाहारीले वेदीमा दाउरा राखोस्, त्यसमाथि होमबलि मिलाएर राखोस् र मेलबलिको बोसो जलाओस्।
13
वेदीमा आगो लगातार बालिराख्नुपर्छ र कहिल्यै त्यसलाई निभ्न दिनुहुन्न।
14
अन्नबलिको नियम यस्तो छ। हारून वंशी पूजाहारीले परमप्रभुकहाँ वेदीको अघिल्तिर अन्नबलि ल्याओस।
15
अनि त्यसले त्यो पिठो र तेल एक मुट्ठी लिएर सबै धूप परमप्रभुलाई चढाएको चिन्हको रूपमा वेदीमा डढाओस्। त्यस बलिको मीठो बास्नाले परमप्रभु खुसी हुनुहुनेछ।
16
[16-17] उब्रेको जति पूजाहारीहरूले खानेछन्। खमिर नमिलाई त्यसको रोटी बनाएर परमप्रभुको पवित्र पालको चोक, जो पवित्रस्थान हो, त्यहाँ खाऊन्। परमप्रभुले अन्नबलिबाट पूजाहारीको भाग छुट्ट्याएर त्यो तिनीहरूलाई दिनुभएको हो। त्यो पापबलि र दोषबलिजस्तै अति पवित्र छ।
18
त्यो सधैँभरि हारूनका सन्तानको कुनै पनि पुरुषले खानेछ। त्यो परमप्रभुलाई चढाएको भोजनबाट तिनीहरूले पाइरहने हिस्सा हो। अरू कसैले अन्नबलि छोयो भने त्यसको पवित्रताको शक्तिले त्यसलाई पिर्नेछ।
19
[19-20] हारूनवंशी पूजाहारीलाई अभिषेक गर्नको लागि परमप्रभुले मोशालाई यी नियमहरू दिनुभयो, उसको अभिषेक गरिने दिनमा उसले परमप्रभुलाई एक किलोग्राम पिठो (दैनिक अन्नबलिमा चढाइने बराबर) बिहान आधा र बेलुका आधा गरेर भेटी चढाओस्।
21
त्यो तेलमा मुछेर तावामा पकाई, टुक्रा-टुक्रा पारी परमप्रभुलाई अन्नबलि चढाओस्। त्यसको मीठो बास्नाले परमप्रभुलाई आनन्द हुनेछ।
22
आउँदा सदाकालको निम्ति मुख्य पूजाहारीको सेवा काम गर्ने हारूनको हरेक सन्तानले त्यो बलि चढाउनेछ। परमप्रभुकहाँ बलिको रूपमा त्यो सबै जलाइनुपर्नेछ।
23
पूजाहारीले चढाएको अन्नबलिको एक टुक्रा पनि कसैले नखाओस्, त्यो सबै जलाइनुपर्छ।
24
[24-25] पापबलिको लागि हारून र त्यसका छोराहरूलाई यी नियमहरू दिनू भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, वेदीको उत्तरपट्टि, जहाँ होमबलिका पशुहरू मारिन्छन्, त्यहाँ पापबलिको पशु मार्नू। यो अति पवित्र बलि हो।
26
पशुलाई बलि चढाउने पूजाहारीले त्यसलाई पवित्रस्थान परमप्रभुको पवित्र पालको चोकमा खाओस्।
27
जुन मानिस वा चीजले त्यस पशुको मासु छुनेछ, त्यसलाई बलिको पवित्रताको शक्तिले पिर्नेछ। लाएको कुनै लुगामा पशुको रगत लाग्यो भने त्यो एउटा पवित्रस्थानमा धुनू।
28
मासु पकाएको माटोको भाँडा फुटाइदिनू, काँसाले बनेको भाँडा चलाइएको छ भने त्यसलाई मस्काएर पानीले पखाल्नू।
29
पूजाहारी परिवारको पुरुषले मात्र बलिको मासु खाओस्, त्यो अति पवित्र छ।
30
तर पाप काट्ने विधिमा चलाउनलाई पशुको रगत पवित्र पालभित्र ल्याइयो भने त्यो पशुको मासु नखानू, त्यो पूरा जलाइनुपर्छ।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27