bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 8
Leviticus 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 9 →
1
परमप्रभुले मोशालाई भन्नुभयो,
2
“हारून र त्यसका छोराहरूलाई मेरो पवित्र पालको ढोकामा लैजा र पूजाहारीको पोशाक, अभिषेक गर्ने तेल, पापबलिको लागि साँढे, दुईवटा भेडा र अखमिरी रोटीको डालो ले।
3
त्यसपछि सारा जन-समुदायलाई त्यहाँ बोला।”
4
मोशाले परमप्रभुको आज्ञाअनुसार गरे। इस्राएली जनसमूह भेला भएपछि
5
तिनले भने, “जे म अब गर्न लागेको छु, त्यो परमप्रभुले आज्ञा गर्नुभएको हो।”
6
मोशाले हारून र तिनका छोराहरूलाई सामुन्ने ल्याए र तिनीहरूलाई रीतिअनुसार नुहाउन लगाए।
7
उनले हारूनलाई अलखा र लबेदा लाइदिए, कम्मरमा पटुका बाँधिदिए र एपोद पहिर्याइदिएर त्यसको राम्ररी बुनेको पेटी कम्मरमा बाँधिदिए।
8
उनले तिनलाई छाती-पाता लाइदिए, त्यसमा ‘ऊरीम र तुम्मीम’ राखिदिए,
9
टाउकोमा फेटा बाँधिदिए र त्यसमा अघिल्तिर अभिषेक भएको पवित्र चिन्हको रूपमा परमप्रभुले आज्ञा गर्नुभएअनुसार सुनको पाता लाइदिए।
10
तब मोशाले अभिषेक गर्ने तेल लिएर परमप्रभुको पवित्र पाल र त्यसमा भएका सबै चीजबीजमा लाइदिए र त्यसरी ती सबै परमप्रभुलाई अर्पण गरे।
11
केही तेल लिएर तिनले वेदी र त्यसका सर-सामान, पानी हाल्ने भाँडो र त्यसका आसनमा सातपल्ट छर्के र ती परमप्रभुलाई अर्पण गरे।
12
तिनले हारूनलाई टाउकोमा केही अभिषेक गर्ने तेल खन्याइदिएर अभिषेक गरे।
13
त्यसपछि मोशाले हारूनका छोराहरूलाई अघि ल्याए र तिनीहरूलाई परमप्रभुले आज्ञा गर्नुभएअनुसार अलखा लगाइदिए, कम्मरमा पटुका बाँधिदिए र टाउकोमा टोपी लाइदिए।
14
तब मोशाले पापबलिको साँढे ल्याए र तिनका छोराहरूले त्यसको शिरमा हात राखे।
15
मोशाले त्यसलाई मारे र त्यसको रगत लिएर औँलाले वेदीका कुना-कुनाका चोसाहरूमा लाएर वेदीलाई शुद्ध पारे। तब तिनले बाँकी रगत वेदीको फेदमा खन्याए। त्यसरी तिनले वेदीलाई अर्पण गरेर पवित्र गरे।
16
मोशाले साँढेको भित्री अङ्गहरूमा भएका सबै बोसो, कलेजोको उत्तम भाग र बोसोसमेत मृगौला लिएर वेदीमाथि जलाए।
17
तिनले बाँकी साँढे, त्यसका छाला, मासु र आन्द्राहरू सबै लिए र परमप्रभुले आज्ञा गर्नुभएअनुसार छाउनीको बाहिर जलाए।
18
त्यसपछि मोशाले होमबलिको साँढ-भेडा ल्याए र हारून र तिनका छोराहरूले त्यसको शिरमा हात राखे।
19
मोशाले त्यसलाई मारे र त्यसको रगत वेदीका चारैपट्टि छर्के।
20
[20-21] तिनले साँढ-भेडालाई टुक्रैटुक्रा पारे, त्यसका भित्री अङ्गहरू र पछिल्ला खुट्टाहरू पानीले धोए र टाउको, बोसो र बाँकी साँढ-भेडा सबै परमप्रभुले आज्ञा गर्नुभएअनुसार वेदीमा जलाए। यो एउटा होमबलि हो र त्यसको बास्नाले परमप्रभुलाई खुसी पार्ने भयो।
22
तब मोशाले पूजाहारीहरूका अभिषेकको निम्ति राखिएको दोस्रो साँढ-भेडा ल्याए र हारून र तिनका छोराहरूले त्यसको शिरमा हात राखे।
23
मोशाले त्यसलाई मारे र त्यसको केही रगत लिएर हारूनको दाहिने कानको लोती र दाहिने हात र खुट्टाको बुढी-औँलाहरूमा लगाइदिए।
24
तब तिनले हारूनका छोराहरूलाई अघि ल्याए र केही रगत तिनीहरूका दाहिने कानका लोती र दाहिने हात र खुट्टाका बुढी औँलाहरूमा लगाईदिए। उब्रेको रगत मोशाले वेदीको चारैपट्टि खन्याईदिए।
25
तिनले बोसो, बोसे-पुच्छर, भित्री अङ्गहरूमा भएका सबै बोसो, कलेजोको उत्तम भाग, बोसोसहित मृगौला र दाहिने पछिल्लो साँप्रो लिए।
26
तब तिनले अखमिरी रोटीको डालोबाट परमप्रभुलाई अर्पण गरेको एउटा बाक्लो रोटी, तेलसित बनाएको एउटा रोटी र एउटा पातलो रोटी लिए अनि ती सबै बोसो र पछिल्लो दाहिने साँप्रोमाथि राखे।
27
तिनले ती सब खानेकुरा हारून र तिनका छोराहरूका हातमा दिए र तिनीहरूले ती परमप्रभुलाई विशेष भेटी चढाए।
28
तब मोशाले ती सबै खानेकुरा तिनीहरूबाट लिए र वेदीमाथि अभिषेक बलिको रूपमा होमबलिमाथि राखेर जलाए। यो एउटा होमबलि थियो र त्यसको बास्नाले परमप्रभुलाई खुसी पार्ने भयो।
29
तब मोशाले ह्याकुलो लिएर परमप्रभुलाई विशेष भेटी चढाए। त्योचाहिँ अभिषेकमा चढाइएका साँढ-भेडाबाट मोशाले पाउने हिस्सा थियो। मोशाले सबै कुरा परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरे।
30
मोशाले केही तेल र वेदीमा रहेको रगत लिए र हारून र तिनका छोराहरू र तिनीहरूका वस्त्रमा छर्के। यसरी तिनले तिनीहरूलाई तिनका वस्त्रसमेत परमप्रभुलाई अर्पण गरे।
31
मोशाले हारून र तिनका छोराहरूलाई भने, “त्यो मासु परमप्रभुको पवित्र पालको ढोकामा लैजाओ र त्यो उसिनेर अभिषेकका भेटीहरूका डालोमा राखेको रोटीसँग परमप्रभुले आज्ञा गर्नुभएअनुसार त्यहाँ खाओ।
32
बाँकी रहेका मासु र रोटीहरू जलाइदेओ।
33
अभिषेकको विधि पूरा नभइञ्जेल सात दिनसम्म तिमीहरूले पवित्र पालको ढोका नछोड्नू।
34
आज हामीहरूले जे काम गर्यौं, त्यो परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूका पाप काट्नका निम्ति गरेको हो।
35
तिमीहरूले पवित्र पालको ढोकामा सात दिन र सात रात बसेर परमप्रभुले जे काम गर्ने आज्ञा गर्नुभएको छ, त्यो गर्नैपर्छ। नत्र तिमीहरू मर्नेछौ। परमेश्वरले मलाई यस्तो आज्ञा गर्नुभएको हो।”
36
यसकारण हारून र तिनका छोराहरूले मोशाद्वारा परमप्रभुले गर्नुभएको आज्ञाअनुसार सबै काम गरे।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27