bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 9
Leviticus 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 10 →
1
अभिषेक विधि पूरा भएको भोलिपल्ट मोशाले हारून र तिनका छोराहरू अनि इस्राएलका अगुवाहरूलाई बोलाए।
2
तिनले हारूनलाई भने, “एक-एक वटा निष्खोट साँढे र साँढ-भेडालाई ल्याऊ र साँढेलाई पापबलि र साँढ-भेडालाई होमबलि गरी परमप्रभुलाई चढाऊ।
3
[3-4] तब पापबलिको लागि एउटा बोको, होमबलिको लागि एक-एक वटा निष्खोट एकवर्षे बाछो र साँढ-भेडाको पाठो र मेलबलिको लागि एक-एक वटा साँढे र भेडा लिनू भनी इस्राएलका मानिसहरूलाई भन। ती तिनीहरूले परमप्रभुलाई तेल मिसाएको अन्नबलिसित बलि चढाउनुपर्नेछ। तिनीहरूले यो गर्नैपर्छ किनभने आज परमप्रभुले इस्राएलीहरूलाई दर्शन दिनुहुनेछ।”
5
तिनीहरूले सबै थोक मोशाले भनेअनुसार पवित्र पालको सामुन्ने ल्याए र सारा इस्राएली समूह परमप्रभुलाई पुज्न त्यहाँ भेला भए।
6
मोशाले भने, “यी सबै गर्न परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको छ र उहाँको महिमाको ज्योति तिनीहरूकहाँ देखापर्नेछ।”
7
तब तिनले हारूनलाई भने, “वेदीको छेउमा जाऊ र पापबलि र होमबलि चढाऊ र तिम्रा र मानिसहरूका पाप काटिऊन्। परमप्रभुले आज्ञा गर्नुभएअनुसार मानिसहरूका पाप काट्नको लागि यो बलि चढाऊ।”
8
हारून वेदीछेउ गए र एउटा साँढे आफ्नो लागि पापबलि चढाए।
9
तिनका छोराहरूले रगत ल्याए र तिनले आफ्ना औँला चोपेर केही रगत वेदीका कुनाका चोसाहरूमा लगाइदिए र बाँकी रगत वेदीको फेदहरूमा खन्याईदिए।
10
तब वेदीमाथि बोसो, मृगौला र कलेजोको उत्तम भाग परमप्रभुले आज्ञा गर्नुभएअनुसार जलाए।
11
तर उनले मासु र छाला छाउनीबाहिर जलाए।
12
आफ्नो होमबलिको पशु पनि तिनले मारे। तिनका छोराहरूले रगत ल्याए र तिनले रगत वेदीको चारैपट्टि छर्के।
13
तिनीहरूले तिनलाई पशुको टाउको र अरू टुक्राहरू दिए र तिनले ती वेदीमाथि जलाए।
14
त्यसपछि तिनले भित्री अङ्गहरू र पछिल्ला खुट्टाहरू धोएर वेदीमा होमबलिमाथि राखेर जलाए।
15
त्यसपछि तिनले मानिसहरूका भेटीहरू चढाए। तिनले मानिसहरूका पापको लागि चढाइनुपर्ने बाख्रा लिएर काटे र आफ्नै पापबलि चढाएझैँ त्यो चढाए।
16
तिनले होमबलिको पशु लिए र त्यसलाई पनि विधिअनुसार चढाए।
17
तिनले अन्नबलि चढाए र एक मुट्ठी पिठो लिएर वेदीमा जलाए। (यो दैनिक होमबलिबाहेक अरू थपिएको बलि थियो।)
18
तिनले मानिसहरूका लागि मेलबलि चढाए, साँढे र साँढ-भेडालाई मारे। तिनका छोराहरूले बलिको रगत ल्याए र तिनले त्यो वेदीको चारैपट्टि छर्के।
19
हारूनले साँढे र साँढ-भेडाको बोसेपुच्छर, आन्द्रा र मृगौला ढाक्ने बोसो र कलेजोको उत्तम भाग
20
पशुका ह्याकुलामाथि राखे र वेदीमा लगे। तिनले बोसो वेदीमा जलाए
21
र ह्याकुला र पछिल्ला दाहिने साँप्राहरू पूजाहारीहरूको लागि परमप्रभुलाई विशेष भेटीको रूपमा मोशाको आज्ञाअनुसार चढाए।
22
हारूनले सबै बलिहरू चढाइसकेपछि आफ्ना हात उचालेर मानिसहरूलाई आशिष् दिए। त्यसपछि तिनी ओर्ले।
23
मोशा र हारून परमप्रभुको पवित्र पालभित्र पसे र बाहिर निस्केर तिनीहरूले मानिसहरूलाई आशीर्वाद दिए अनि परमप्रभुको महिमापूर्ण ज्योति सबै मानिसहरूले देखे।
24
अचानक परमप्रभुले आगोको मुस्लो पठाउनुभयो र त्यसले होमबलि र वेदीमा भएका सबै बोसो भस्म पार्यो। त्यो देखेर मानिसहरूले सोर उचाले र भूइँसम्म शिर झुकाएर ढोगे।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27