bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Leviticus 7
Leviticus 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 8 →
1
दोषबलि चढाउने नियमहरू यी हुन्, यो एउटा अति पवित्र बलि हो।
2
यस बलिमा चढाइने पशु वेदीको उत्तरपट्टि मारिनुपर्छ, जहाँ होमबलिका पशुहरू मारिन्छन् र त्यसको रगत वेदीको चारैपट्टि छर्किनुपर्छ।
3
त्यसको सबै बोसो निकालेर वेदीमा चढाउनुपर्छ, बोसे-पुच्छर र भित्री अङ्गमाथिको बोसो
4
र बोसोसहित मृगौला र कलेजोको सर्वोत्तम बोसे भाग त्यसरी चढाइनुपर्छ।
5
सबै बोसो पूजाहारीले वेदीमा बलि चढाओस्। त्यो दोषबलि हो।
6
पूजाहारीहरूको परिवारले पुरुषले त्यो खाओस्, तर त्यो पवित्रस्थानमा खाइयोस् किनभने त्यो अति पवित्र छ।
7
पापबलि र दोषबलि दुवैमा एउटै नियम लागू हुनेछ— मासुचाहिँ बलि चढाउने पूजाहारीकै हुनेछ।
8
होमबलि चढाइएका पशुको छालाचाहिँ पूजाहारीकै हुनेछ।
9
चुलामा सेकाएको वा भाँडा वा ताप्केमा पकाएको हरेक अन्नबलि परमेश्वरकहाँ बलि चढाउने पूजाहारीकै हो।
10
तर नपकाएको अन्नबलि तेल मुछेको होस् वा सुक्खा, सबै हारूनवंशी पूजाहारीहरूको हो र तिनले त्यो बराबर बाँडून्।
11
परमप्रभुलाई चढाएको मेलबलिको लागि यस्तो नियम छ।
12
यदि उसले त्यो बलि परमेश्वरलाई धन्यवाद दिन चढाएको हो भने बलिको पशुसित खमिरबिनाको रोटी पनि चढाओस्। त्यस्तो रोटी जैतुनको तेल मिसाएको पिठोले बनेको बाक्लो रोटी र फुरौला वा जैतुनको तेल दलेको स-साना रोटी होस्।
13
त्यसबाहेक खमिर हालेर पकाएको बाक्लो रोटी चढाओस्।
14
हरप्रकारको रोटीको एक भाग त्यसले विशेष भेटीको रूपमा परमप्रभुलाई चढाओस्, त्यो पशुको रगत लिएर वेदीमा छर्कने पूजाहारीको हुनेछ।
15
पशुको मासुचाहिँ बलि चढाइएको दिनमा नै खाइनुपर्छ, त्यसलाई भोलिपल्ट बिहानसम्म नउबार्नू।
16
यदि कोही मानिसले आफ्नो वाचा पूरा गर्न अथवा आफ्नो इच्छाले चढाएको भेटीको रूपमा मेलबलि चढाउँछ भने बलि चढाएकै दिनमा ती सबै खानुपर्दैन तर उब्रेको जति भोलिपल्ट खाए हुन्छ।
17
तेस्रो दिनसम्म पनि उब्रेको मासुचाहिँ जलाइनुपर्नेछ।
18
त्यस्तो मासु तेस्रो दिनमा खायो भने परमेश्वरले त्यस मानिसको भेटी ग्रहण गर्नुहुनेछैन। त्यस भेटीको केही मूल्य हुनेछैन तर त्यो अशुद्ध गनिनेछ र जसले त्यो खानेछ, उसले त्यसको फल भोग्नेछ।
19
रीतिअनुसार कुनै अशुद्ध कुराले त्यो मासुलाई छोयो भने सो मासु खानुहुँदैन तर जलाइनुपर्नेछ। जो मानिस रीतिअनुसार शुद्ध छ, उसले त्यो मासु खान सक्नेछ,
20
तर जो अशुद्ध छ, त्यसले खायो भने त्यसलाई परमेश्वरको जन मानिनेछैन।
21
साथै मानिस वा पशुसँग सम्बन्धित रीतिअनुसार कुनै अशुद्ध कुरो छोएर कसैले त्यो मासु खायो भने त्यसलाई परमेश्वरको जन मानिनेछैन।
22
[22-23] इस्राएलीहरूको निम्ति परमप्रभुले मोशालाई यी नियमहरू दिनुभयो। गाई-गोरु, भेडा वा बाख्राको बोसो नखानू।
24
आफैं मरेको वा जङ्गली जनावरले मारेको पशुको बोसो नखानू, तर त्यसलाई अरू काममा चलाए हुन्छ।
25
जसले परमप्रभुलाई बलि चढाएको पशुको बोसो खाला, त्यसलाई परमेश्वरको जन मानिनेछैन।
26
इस्राएलीहरू जहीँ बास गरे पनि तिनीहरूले पशु पंक्षीका रगत नखाऊन्।
27
जसले यो नियम तोड्छ, त्यो परमेश्वरको जन मानिनेछैन।
28
[28-29] परमप्रभुले मोशालाई इस्राएलीहरूको लागि यी नियमहरू दिनुभयो। जसले मेलबलि चढाउँछ, त्यसको एक भाग उसले परमप्रभुकहाँ विशेष भेटीको रूपमा
30
आफ्नै हातले बलि चढाउन ल्याओस्। त्यसले पशुको ह्याकुलो र बोसो ल्याएर परमप्रभुलाई विशेष भेटीको रूपमा चढाओस्।
31
पूजाहारीले बोसो वेदीमा जलाओस् तर ह्याकुलो पूजाहारीहरूको हुनेछ।
32
[32-33] मेलबलिको रगत र बोसो चढाउने पूजाहारीलाई पशुको पछिल्लो दाहिने साँप्रो विशेष भेटीको रूपमा दिनू।
34
पशुको ह्याकुलो एउटा विशेष भेटी र त्यसको दाहिने पछिल्लो साँप्रो एउटा विशेष दान हुन्, जुन परमप्रभुले इस्राएली जनसमुदायबाट लिएर पूजाहारीहरूलाई दिनुभएको हो। यी कुरा इस्राएलीहरूले सदाकालको निम्ति पूजाहारीहरूलाई दिनुपर्नेछ।
35
यो परमप्रभुलाई चढाइएको बलिको एउटा भाग हो, जुन हारून र त्यसका छोराहरू पूजाहारी अभिषेक गरिएको दिनमा तिनीहरूलाई दिइएको थियो।
36
त्यस दिन परमप्रभुले इस्राएलका जनसमुदायलाई भेटीको त्यो हिस्सा पूजाहारीहरूलाई दिनू भनी आज्ञा गर्नुभयो। यो इस्राएलीहरूले सदाको निम्ति मान्नुपर्ने नियम हो।
37
यी नियमहरू होमबलि, अन्नबलि, पापबलि, दोषबलि, अभिषेक बलि र मेलबलिका व्यवस्था हुन्।
38
इस्राएलीहरूलाई भेटी ल्याउने आदेश दिनुभएको दिन मरुभूमिमा सीनै पर्वतमाथि परमप्रभुले यी आज्ञाहरू मोशालाई दिनुभएको हो।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27